आजको मौसम : केही स्थानमा वर्षा, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम : केही स्थानमा वर्षा, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । आज देशका केही भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पश्चिम र मध्य नेपालमा पश्चिमी र स्थानीय वायूको प्रभाव रहेको छ भने कोसी प्रदेशमा मनसुनी वायू सक्रिय भएकाले ती क्षेत्रहरूमा वर्षा हुने सम्भावना रहेको छ।

कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ।

कोसी प्रदेशका केही स्थानहरू तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि कोसी प्रदेश र पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ।

सावधानीका लागि विभागले मौसमको जानकारी लिँदै यात्रा तथा कृषिजन्य गतिविधिमा सतर्कता अपनाउन अनुरोध गरेको छ

पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन जल तथा मौसम विभागको आग्रह

काठमाडौं । देशभर मौसमी प्रणाली सक्रिय भइरहेका कारण आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही स्थानमा चट्याङसहितको वर्षा हुने अनुमान छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ। दिउँसो र राति देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र पहिरोको जोखिम समेत रहन सक्ने विज्ञहरूको भनाइ छ। विभागका अनुसार हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भागमा मनसुनी वायु सक्रिय रहेको छ भने भारतको पश्चिम बंगाल आसपासको न्यूनचापीय क्षेत्र र देशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले समेत प्रभाव पारेको छ। सार्वजनिक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यात्रा गर्दा सतर्क रहन, नदी तथा खोलाको आसपास नजान र जोखिमयुक्त क्षेत्रहरूमा आवश्यक पूर्वतयारी गर्न विभागले सबैलाई अनुरोध गरेको छ।

कोसी सहित यी पाँच प्रदेशमा राति अत्यधिक वर्षा हुन सक्ने

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोसी प्रदेशको पहाडी भूभागमा आज एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार कोसी र वाग्मती प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित देशका अन्य पहाडी भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बाँकी भू(भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना पनि गरिएको छ। त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने अनुमान गरिएको छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाले कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा रातिको समयमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। महाशाखाले सम्भावित वर्षाले खोलानालामा पानीको सतह बढ्ने, पहिरोको जोखिम हुने तथा चट्याङ लाग्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। साथै, यात्रा गर्नुपर्ने अवस्था छ भने मौसमबारे जानकारी लिएर मात्र सर्तकतापूर्वक यात्रा गर्न सुझाव दिइएको छ।

देशभर गर्मी बढ्नेक्रम कायम, बुधबारदेखि वर्षाको सम्भावना

काठमाडौं । देशमा केही दिनदेखि गर्मी बढिरहेको छ । देशका धेरै भूभागमा सुक्खा अवस्थाका कारण तापक्रम उच्च रहन पुगेको हो। जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज र भोलिसम्म तापक्रम अझै बढ्नेछ भने भोलि रातिबाट वर्षा गराउने प्रणाली विस्तार हुने देखिएको छ। आज र भोलिदिन दिउँसोसम्म देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छैन। मंगलबारदेखि हल्का वर्षा सुरु भई बुधबारदेखि तापक्रम घट्दै जाने र वर्षा क्रमशः बढ्दै जाने अनुमान गरिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि आइतबारको तुलनामा अझ गर्मी हुने छ। बुधबारदेखि मनसुन सक्रिय भई यो साता देशभर फैलिने सम्भावना छ। बिहीबारदेखि केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि विभागले जनाएको छ। यसबीच, आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ। आइतबार ३०।४ डिग्री तापक्रम मापन गरिएको थियो। आज दिउँसो कोसी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मुख्यतः सफा रहनेछ। कोसी र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात पनि हुन सक्छ। हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लोकप्रिय