कांग्रेस जागरण अभियानः कम बोल्ने, बढी सुन्ने
काठमाडौं । नेपाली कांग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको छ। पार्टीका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेदेखि दोस्रो चरणको हिमाल, पहाड, तराई(मधेस (हिपतम) जागरण अभियान मुलुकभर एकैसाथ सुरु हुने कांग्रेसले जनाएको छ।
असोज ७ गते सम्पन्न हुने जागरण अभियान प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित हुनेछ। मुलुकभर रहेका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउनेछ।
पहिलो चरणको कार्यक्रमको ढाँचाजस्तै यसपटक पनि वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘जननायक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा १०६ वटा बिरुवा रोपेर अभियानको देशव्यापी रूपमा उद्घाटन गरिनेछ,’ अभियानबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्याइनेछ।’
जागरण अभियानलाई अन्तक्र्रियात्मक बनाउन एउटा मात्र सभाको आयोजना गरिनेछ। असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शन कार्यक्रम गरिनेछ। ‘त्यसबाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ,’ कार्यक्रमको स्वरुपबारे कांग्रेसको परिपत्रमा भनिएको छ। जागरण अवधिभर विशेष सामाजिक संवादअन्तर्गत सामाजिक विसंगतिविरुद्ध, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया गर्ने कांग्रेसले जनाएको छ।
पार्टी प्रवेश अभियान
जागरण अभियानलाई कांग्रेसले पार्टी प्रवेश कार्यक्रमका रुपमा पनि प्राथमिकता दिएको छ। पहिलो चरणमा ३१ हजार ६ सय ४२ जना विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको जानकारी दिँदै पार्टी प्रवक्ता शर्माले दोस्रो चरणमा यो संख्या बढ्ने दाबी गरे। जागरण अभियानका क्रममा नेपाली जनसम्पर्क समितिहरूले राजदूतावास र कन्सुलेटमार्फत नेपाल सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेस गर्ने कार्यक्रम छ। समयावधि सकिएका जनसम्पर्क समितिहरूले केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयबमोजिम अधिवेशन तयारीका लागि आवश्यक प्रारम्भ गर्ने जनाइएको छ।
अन्तिम दिन हुने सभामा महँगी, भ्रष्टाचार ९वाइडबडी, न्यारो वडी प्रकरण लगायत०, महिला हिंसा, अलोकतान्त्रिक विधेयक र सरकारको कार्यशैलीविरुद्ध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। यसअघि वैशाख २५ गतेदेखि जेठ २५ मा पहिलो चरणको जागरण अभियान सम्पन्न भएको थियो। पहिलो चरणको जागरण अभियानमा क्रममा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा रहेको गुटबन्दी अन्त्य गर्न केन्द्रीय प्रतिनिधिलाई सुझाएका थिए।
प्रतिनिधिको टुंगो लाग्दै
दोस्रो चरणको जागरण अभियान मुलुकभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा आयोजना हुने भएकाले केन्द्रीय प्रतिनिधिको टुंगो अझै लागेको छैन। महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले ३३० केन्द्रीय प्रतिनिधि चयनको काममा जुटेका छन्। ‘सम्भवतः शुक्रबार सबै केन्द्रीय प्रतिनिधिको टुंगो लाग्छ होला,’ पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले भने, ‘ठूलो संख्यामा केन्द्रीय प्रतिनिधि चयन गर्नुपर्ने भएकाले अलि समय लागेको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।
कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)
काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा उल्लेख गरिएको छ । विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ । के छ त प्रतिवद्वतापत्रमा ?