चन्द्र भण्डारीद्वारा जनता आवास कार्यक्रमको ११ करोड दुरुपयोग !

चन्द्र भण्डारीद्वारा जनता आवास कार्यक्रमको ११ करोड दुरुपयोग !

गुल्मी, मंसिर १५ । सरकारले विपन्न वर्गका लागि घर बनाउन दिएको रकम काँग्रेस नेता चन्द्र भण्डारी र उनका कार्यकर्ताले दुरुपयोग गरेको फेला परेको छ ।

बलिथुमको माझीगाउँ र बम्घाको बोटेगाउँमा सरकाले जनता आवास कार्यक्रम अन्तर्गत रकम दिएपनि भण्डारीले व्यक्तिगत रुपमा घर उपहार दिएको भन्दै आफ्ना कार्यकर्तालाई ठेक्का दिएर रकम दुरुपयोग गरेका हुन ।  ११ करोड ७० लाखको उक्त कार्यक्रमलाई चन्द्र भण्डारीले व्यक्तिगत उपहार भन्दै टेण्डर सार्वजनिक नगरी गुपचुप रुपमा आफ्ना कार्यकर्तालाई जिम्मा दिएका छन् । तिन महिना देखि विपन्नका घर भत्काएपनि उनीहरुले निर्माण नगरीदिएपछि विपन्न माझीहरु खुल्ला आकासमुनि बस्न बाध्य छन् ।

निर्माण प्रकृया शुरु भएका घरहरु पनि विपन्नलाई नदिएर कार्यकर्तालाई मात्र दिईएको छ ।‘चन्द्र भण्डारीका आफ्नै मान्छे हुँ भन्दै केयरसिँले आफ्ना नछुटिएका चार भाईलाई एक एकवटा घर बनाउने तर यहाँ बिहान साँझ खान नसक्नेले घर पाएका छैनन’, स्थानीय करबिर माझीले भने – ‘विपन्नले नपाउने, नेताका मान्छेले पाउने के हो ?’ यसरी खुल्यो पोल ःदँशै भन्दा अघि नै काँग्रेस नेता चन्द्र भण्डारी उक्त टोलमा पुगेर पिपलको बोटमुनि सबैलाई जम्मा गरे । माछामासु के खाने हो दँशैमा भनेर सोधे ।

चुनावको मुखैमा आउँदा नेता भण्डारीको विपन्न परीवारप्रतिको सहानुभुतिप्रति पारी मजुवामा रहेका एमाले नेता चेतन बस्नेत लगायतले आलोचना र खोज शुरु गरे । खोजी गर्दै जाँदा सञ्चारमाध्यममा मैले मेरै तलवबाट उनीहरुका छोराछोरी पढाएँ, दँशैखर्च ५० हजार दिएँ भनेर भनिएको कुरा झुटा सावित भएको पत्ता लगाए । उक्त रकम घर बनाउने रकमबाट कट्टी गर्ने गरी खर्च गरेको खुल्न आएको बस्नेतले बताए । बुधबार बिहान बाम गठबन्धनको चुनावी घरदैलो कार्यक्रम गयो ।

त्यसमा स्थानीय करबिरले गुनासो गरे – ‘जसलाई भोट दिएपनि त्यस्तै हो, किन भोट दिने, विपन्नका लागि आएका घर ठूलाबडाले बनाए, हामीजस्ता उपाय नभएकाले हेरेर बस्ने ।’काम पनि आफै, पैसा पनि माग्न थाले चुनाव प्रचार टोलीले त्यसको खोजी गर्यो । बुझ्दै जाँदा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफ्नै छोरा जस्तै गरेर माया गर्ने कार्यकर्ता केयरसिँह माझी र उनका भाई होम बहादुर माझीले मनपरी गरेको खुल्यो । चन्द्र भण्डारीले दिएको उपहार भन्दै केयरसिँह र होम बहादुरले गाउँलेलाई धम्क्याउँदै मनपरी घर बनाउने परीवारको प्राथमिकिकरण गरेको बताए । ‘दँशैमा आएर चन्द्र भण्डारीले टिका लगाई एक एक सय रुपैयाँ दिएर मेरो उपहार तपाइँहरुलाई घर भनेपछि हामी पनि केही बोलेनौ,उतीखेर उपहार भनेर मख्खै थिईम्, अहिले ढुंगा बोक्ने आफै, मिस्कट बोक्ने आफै, दार (काठ) दिने आफै, घडेरी खार्ने आफै’, थानीय आईति माझीले भनिन् ‘अहिले त २५ हजार पनि दिनुपर्छ भनेर भित्रभित्रै भनेका छन्, कहाँबाट दिने हो ।’ ठेकेदारका मान्छेलाई अनिवार्य मासु र रक्सी घर बनाउन शुरु गरेका झण्डै एक दर्जन परीवारले घडेरी खन्न शुरुगरेदेखि नै सिकाउन भनेर आउने ठेकेदारका मान्छेलाई मासु र रक्सी अनिवार्य दिनुपरेको गुनासो गरे ।

‘घर भत्काएर पालमा बसेका छाँै, आफूले बिहान बेलुकाको गुजारा त कसरी धानम भन्ने छ, उनीहरुलाई मासु र रक्सी रे’, स्थानीय सुरमायाले भनिन् – ‘हाम्रा त छोरा बम्बईमा छन, अलिअलि सकम्ला, पोल्तिर गएर हेर्नुस त उनले काँबाट रक्सीमासु ख्वाउने ?’ मँसिरको चिसोमा खुल्ला आकासमुनि घर निर्माणका लागि भनेर तिहार लगत्तै भएका घरहरु भत्काउन शुरु गरीएको भएपनि अहिलेसम्म जग पुर्ने मात्र काम भएको छ ।

घर बनाउन शुरु गरेका सबै माझीहरु त्रिपालमुनी बसेका छन् । ‘यी यहि छाप्रोमा बसेका छाँै, घर बन्ने कहिले हो टुंगो छैन’ जग हालेको घरको बाहिर खाना पकाउँदै गरेका छत्रे माझीले भने ‘भएको घर पनि भत्काईयो, छाप्रोमा सुतेर जाजोमा कठ्याग्रिएका छौँ ।’ विद्यालय छाडेर भागे नाईके भाई होम बहादुरका नाममा पेटी ठेकेदारको जिम्मा लिएका नाईके केयरसिँह माझी बुधरबार पत्रकारको सोधखोज गर्दा भागेका छन् ।

माझी प्राविका शिक्षक रहेका केयरसिँह विद्यालयमा समेत मौखिक जानकारी मात्र गराई चुनाव प्रचारमा हिँडेको स्थानीयले आरोप लगाएका छन् । ‘मैले बाटोमा भेट्दा किसिकोट जान्छु भनेर मोटरसाईकलमा गए, विद्यालयमा जानकारी नै रहेनछन’ स्थानीय चेतन बस्नेतले भने ‘स्कूल छाडेर चुनाव प्रचारमा हिँड्ने के काईदा हो ?’ उनी भाउजुलाई उपचार गर्न भन्दै विद्यालयमा मौखिक जानकारी दिएर गएको विद्यालयकी प्रधानाध्यापक जुना गौतम बताईन् । चुनाव शुरु भएपछि उनी विद्यालय आउनै छाडेको शिक्षकहरुको भनाई रहेपनि प्रधानाध्यापक गौतमले त्यसो नभएको बताईन् ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय