पत्रकारको श्रम अधिकारका लागि लडिरहने महासंघको प्रतिबद्धता

पत्रकारको श्रम अधिकारका लागि लडिरहने महासंघको प्रतिबद्धता

काठमाडौं । कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामबाट निष्काशन गरिएका पत्रकारको पुनर्बहाली लगायतको माग राखेर आन्दोलनरत नेपाल पत्रकार महासंघले सञ्चारसंवद्ध संघसंगठन र अधिकारकर्मीसँग अन्तरक्रिया आयोजना गरेको छ । पत्रकारको श्रम अधिकारका लागि लडिरहने महासंघले प्रतिबद्धता जनाएकाे छ ।

कार्यक्रममा पत्रकार दीपा दाहालले विगतमा कान्तिपुर रेडियोमा काम गर्दा आफुमाथि भएको यौनजन्य हिंसा र सोही घटनालाई आधार बनाएर आफूलाई कान्तिपुर टेलिभिजनबाट निकालिएको दाबी गरिन् ।

नेपाल पत्रकार महासंघमा भएको कार्यक्रममा उपस्थित सहभागीले पत्रकार दीपा दाहाल लगायतको न्यायका लागि महासंघले गरेको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै आन्दोलनमा साथ रहने प्रतिवद्धता जनाइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले टुंगोमा नपुग्दासम्म पत्रकारको श्रम अधिकारका लागि महासंघ लडिरहने बताए । उनले पत्रकार दीपा दाहाल लगायतको श्रमसम्बन्धी समस्या समाधान गर्न पटकपटक पत्राचार गर्दा समेत चासो नदिएका कारण मुद्दा किनारा नलाग्दासम्म आन्दोलन नरोकिने बताए ।

महिला मानवअधिकार रक्षकहरुको राष्टिय सञ्जाल एवं ओरेकका अध्यक्ष डा.रेणु अधिकारीले पत्रकार दीपा दाहालको घटनालाई प्रतिशोधका रुपमा नभएर पत्रकार महिलालाई न्याय दिलाउने गरी स्थापित गर्न आग्रह गरिन् ।

महासंघका उपाध्यक्ष उदय जीएमले श्रमजीवी पत्रकारको मुद्दाका सवालमा महासंघ एक्लै नभएको भन्दै यो आन्दोलनले पत्रकारलाई न्याय दिलाएर छोड्ने प्रतिवद्धता व्यक्त गरे।
महासंघका महासचिव रोसन पुरीले सरकारबाट श्रमजीवी पत्रकारका नाममा सहुलियतपूर्ण ऋण लिने सवालमा कान्तिपुर मिडिया ग्रुप सबैभन्दा अगाडि भएपनि श्रमजीवी पत्रकारप्रति असहिष्णु रहेको बताएका थिए । उनले कान्तिपुर मिडियामा रहेको समस्या हल नहुँदासम्म महासंघको आन्दोलन नरोकिने बताए।

नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकार महिलामाथि कार्य क्षेत्रमा हुने सबैखाले हिंसाका विरुद्ध एकजुट हुनुपर्ने बताए । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले महासंघले श्रमजीवी पत्रकारको सवालमा महासंघले थालेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सडकमै जान पनि आफ्नो संगठन पछाडि नहट्ने उल्लेख गरे ।

समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले आफ्नो संगठनले पीडित पत्रकारहरुको न्यायका लागि महासंघलाई सदैव साथ दिने प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा पूर्व सूचना आयुक्त यशोदा तिम्सिनाले पत्रकार न्याय नपाउँदासम्म महासंघले आन्दोलन रोक्न नहुने भन्दै सम्बन्धित मिडियाका नेतृत्वकर्ताहरुसँगै महासंघले छलफल चलाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य आस्था केसी, प्रगतिशिल पत्रकार संघका पूर्वअध्यक्ष नारायण शर्मा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोेदर दवाडी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, डब्लुडब्लुजेका अध्यक्ष संगीता लामा, फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिक समूहका महासचिव बसन्ती बास्तोला, पूर्व कान्तिपुरकर्मी पुनम पौडेल लगायतले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरेका थिए। उनीहरुले श्रमजीवी पत्रकारहरुको श्रमअधिकारका लागि महासंघको आन्दोलनमा सदैव साथ दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

लोकप्रिय