प्रचण्डका अगाडि बिक्रम पाण्डेको तुलना

प्रचण्डका अगाडि बिक्रम पाण्डेको तुलना

नेपाली कांग्रेस र एमाले सत्तामा रहेको बेला प्रचण्ड ३३ दलको नेतृत्व गर्दै आन्दोलनमा थिए । एउटा पेचिलो समय थियो । संविधान निर्माणका लागि कांग्रेस र एमाले त्यति सहज अवस्थामा थिएनन् । मतैक्यहरु थुप्रै थिए । प्रचण्ड नेतृत्वको ३३ दलले तीन दिने आन्दोलनको घोषणा गरेको थियो ।

तर आन्दोलनको दोश्रो दिन एकाएक प्रचण्डले आन्दोलन फिर्ता लिएको घोषणा गरे । राष्ट्रिय राजनीतिमा संवादको सूरुआत गर्न र दलहरुबीच संविधान निर्माणमा देखिएको दूरी हटाउन यो कदम आवश्यक भएको प्रचण्डले बताएका थिए ।

त्यसको केही दिनपछि प्रचण्ड, सुशील कोइराला र केपी शर्मा ओलीको मुख्य नेतृत्वमा १६ बुँदे समझदारी भयो । यो १६ बुँदे समझदारी नेपाली राजनीतिको ऐतिहासिक सहमति थियो । पहिलो संविधान सभाको असफलता झेलेको मुलुकका लागि विदेशी प्रभुहरुको आशीर्वादबिना नेपाली राजनीतिमा पहिलोपटक एउटा ऐतिहासिक समझदारी बनेको थियो । लगत्तै प्रचण्डले भनेका थिए, ‘यो राजनीतिक एकता र अग्रगामी कदमको सुरुआत हो । कुनै प्रभुहरुको इसारा र दबाब बिना हामी नेपालीले नेपालको संविधान बनाउन सक्छौं भन्ने सन्देश यसले दिएको छ ।’यही १६ बुँदे सहमतिको जगमा नेपालमा संविधान जारी भयो । भारतले मानेको थिएन । बाबुराम भट्टराईले भारतलाई समर्थन हुने गरी सभासद पदबाट समेत राजिनामा दिए । मधेसी दलहरु आन्दोलनमा गए । तर नेपाली जनताले गणतन्त्र, धर्म निरपेक्षता, समावेशी राज्य र थुप्रै मौलिक अधिकार ग्यारेण्टी भएको संविधान पाए । यो संविधान जारी गर्नुमा प्रचण्डको एउटा मुख्य भूमिका रहेको थियो ।

बताइरहनु नपर्ला, त्यतिखेर राप्रपा नेता तथा निर्माण व्यवसायी बिक्रम पाण्डे आफूले पाएका ठेक्काहरुको लेखाजोखा र कमसल सामग्री प्रयोग गरेकोमा भइरहेका छानबीनबाट जोगिने कसरत गर्दै थिए ।

१६ बुँदे सहमतिसँगै देशमा संविधान जारी भयो । बिडम्बनाको कुरा, त्यसपछि नेपाली कांग्रेस र एमालेबीचको सरकार सञ्चालनको सहमति शुरुमा कांग्रेसले नमानेको कारण स्थिर सरकार बन्न सकेन । तर प्रचण्डले संविधान कार्यान्वयनसम्म र खासगरी सबै तहका निर्वाचनसम्म राष्ट्रिय सरकार गठन गर्नुपर्ने निकै कोशिस गरे । नेपाली कांग्रेस र एमालेबीचको सहमतिका लागि प्रचण्डले खेलेको भूमिका महत्वपूर्ण थियो । बिडम्बना, सुशिल कोइरालाको ढिपीका कारण तत्कालमा यो सम्भव भएन । र, एमाले र माओवादी केन्द्रको सरकार बन्यो । तर राष्ट्रिय राजनीतिका मुद्दाहरुमा नेपाली कांग्रेससँगको सहकार्यलाई प्रचण्डले जहिल्यै पनि जोड दिए । कांग्रेस प्रतिपक्षमा भएपनि प्रचण्ड सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकका नाताले कांग्रेसलाई विशुद्द प्रतिपक्षी बन्नबाट रोक्न सफल भए । पछिल्लो चरणमा एमाले र माओवादीबीचको सहमति पालना नभएपछि कांग्रेस र माओवादीको सरकार बन्यो । प्रचण्ड प्रधानमन्त्री बने ।
यो समय चरम संकटको समय थियो । एमाले चिढिएको थियो, भारतले सिर्जना गरेको नाकाबन्दीबाट देश आक्रान्त परिणाम झेलिरहेको थियो । विदेशीहरुसँगको सम्बन्ध बिग्रेको थियो । संविधान कार्यान्वयन हुने हो या होइन भन्ने चिन्ता सर्वत्र थियो । राजनीतिक संवादहीनता, मधेसी दलहरुको आन्दोलनकारी मानसिकताले गर्दा अवस्था जटिल थियो । तर प्रचण्डले आफ्नो १० महिनो कार्यकाललाई एउटा उदाहरणीय कार्यकाल बनाए ।

उता बिक्रम पाण्डे, त्यही अवधिमा दूधकोशीको पुल भाँचिएको, सिक्टामा नहर भत्किएको र बीरगञ्जमा ढलमा कमसल सामग्री प्रयोग गरिएको भन्दै विवादमा तानिँदै थिए । यता प्रचण्डले संविधान कार्यान्वयनका लागि दलहरुबीच संवाद, सहकार्य, मधेसी दलहरुलाई वार्तामा ल्याउने, राष्ट्रिय गौरवका आयोजनाहरुको सफल कार्यान्वयन, मूल्य बृद्धि र आर्थिक बृद्धिका लागि सचिवहरुलाई निर्देशन दिइरहेका थिए । यता पाण्डे सरकारमा जाने दाउमा थिए । आफ्नो निर्माण व्यवसायलाई थप बिस्तार गर्ने योजना बनाउँदै थिए । उता अमेरिकामा आफ्नै घरमा बस्ने उनका छोराले मम्मीलाई अमेरिका बस्न लगेका थिए । मेलम्चीदेखि सिक्टा, तामाकोशीदेखि चमेलियासम्मका राष्ट्रिय गौरवाका ठूला परियोजनाहरुको अनुगमनमा प्रचण्ड हिँडिरहेको बेला सत्तामैं भएका पाण्डे पनि अमेरिका आवतजावत गरिरहेका थिए ।
सम्भवतः मधेसी दलहरु चरम असन्तुष्ट रहेको अवस्थामा शान्तिपूर्णरुपमा स्थानीय तहको निर्वाचन देशैभरी सम्पन्न गर्नु त्यति चानचुने कुरा थिएन । यो अरु कुनै नेताले गर्न सक्ने अवस्था समेत थिएन । तर प्रचण्डले त्यो आँट गरे । राजनीतिक संवादलाई तीब्र बनाउँदै नेकपा एमालेसँग समेत सहमति गरेर, कांग्रेसलाई विश्वासमा ल्याएर प्रचण्डले विकास निर्माणका कामलाई गति दिनुका साथै चुनाव सम्पन्न गर्न सफल भए । नत्र दश महिनाको कार्यकालमा यी काम गर्नु त्यति सहज थिएन ।
देशमा पहिलोपटक लोडसेडिङ हट्यो । आर्थिक बृद्धि दर इतिहासमा नै पहिलो पटक ७.५ प्रतिशत पुग्यो, मूल्य बृद्धि दर ९ प्रतिशतबाट झरेर २.८ प्रतिशतमा सीमित हुन पुग्यो । छिमेकीहरुसँगको सम्बन्ध सुमुधुर भयो ।

राजनीतिक इमान्दारिता देखाउँदै प्रचण्डले १० महिनामा महत्वपूर्ण काम गरेर देउवालाई सत्ता हस्तान्तरण गरे । यता प्रचण्ड सत्ता जस्तो महत्वपूर्ण र पाएपछि छोड्नै नसक्ने प्रवृत्तिलाई चिर्दै प्रधानमन्त्री पद हस्तान्तरण गर्दै थिए । सम्भवतः बिक्रम पाण्डे मन्त्री पद फुत्किएपछि फेरी बन्ने सरकारमा मन्त्री कसरी हुने भन्ने चिन्तामा थिए होलान् ।
राष्ट्रिय राजनीतिका मियो हुन प्रचण्ड । उनी राजनेता बन्लान नबन्लान त्यो इतिहासले बताउला । तर उनी स्वार्थबाट माथि उठेर केही गर्न सक्ने, बोल्ड निर्णय लिन पनि पछि नपर्ने नेता हुन ।

अहिले उनका चुनावी प्रतिष्पर्धि बनेका छन् बिक्रम पाण्डे । पाण्डे विशुद्ध ठेकेदार हुन । उनले बिडिङ गरेर ठेका हात पार्छन् र निर्माणका काम गर्छन् । उनले आफै लगानी गरेर विकासका काम गर्दैनन्, न त्यो सम्भव पनि छ । ठेकेदारको पेशा नै ठेका पाएपछि निर्माण गर्नु हो । त्यसअर्थमा बिक्रम पाण्डेले केही नौलो गरेका होइनन् । प्रचण्ड आयोजनाहरुको योजना बनाउने र त्यसका लागि बजेट खोज्ने र निकासा गर्ने भूमिका थिए, बिक्रम पाण्डे तिनै आयोजनाहरुमा ठेक्का पार्ने भूमिकामा । प्रचण्डले चितवनमात्रै होइन, देशलाई निकास दिने किसिमले भूमिका खेल्दै थिए, पाण्डेका लागि मन्त्रीपद र आफ्नो व्यवसाय प्यारो थियो ।
बिक्रम पाण्डेलाई त्यसैले पनि प्रचण्डसँग तुलना गर्न सकिँदैन । अहिले यिनै प्रचण्ड चितवनबाट निर्वाचन लडिरहेका छन् । यो चितवनबासीका लागि गौरवको कुरा हुनुपर्ने हो । किनभने देशलाई निकास दिन सक्ने बोल्ड क्षमता भएका केही सीमित नेताहरुमा प्रचण्ड एक हुन । र, भविष्यमा यो देशको समग्र विकासका लागि उनीसँग भिजन छ, अहिले वाम एकताको निर्णयपछि उनी थप बलिया बनेका छन् । उनले थप काम गर्न सक्छन् । समग्र देशको अर्थतन्त्र बलियो भयो भने चितवनको अर्थतन्त्र, चितवनको विकास स्वतः हुनेमा शंका छैन । देशको आर्थिक अवस्था राम्रो भए त्यसको फाइदा स्वतः चितवनलाई हुन्छ । अर्कोतर्फ प्रचण्डसँग चितवनको विकासका लागि समेत केही महत्वाकांक्षी परियोजना छन् । यी परियोजनाहरुका लागि स्थिर सरकारमार्फत बजेट ल्याउने र त्यो सरकारका लागि राजस्व खोज्ने काम पनि प्रचण्डले सक्छन् । प्रचण्डले चीनदेखि भारतसम्म सोझो सम्बन्ध राखेर नेपालको विकासका लागि योजना र सहयोग भित्र्याउन सक्छन् । तर त्यो काम उनका प्रतिद्वन्द्वीले कदापि गर्न सक्दैनन् ।

सबैले यो तथ्य गम्भीरतापूर्वक सोच्नैपर्छ ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय