यसो भन्छन् डोटीका उम्मेदवार…. उस्तै एजेण्डा, उस्तै दाबी,

यसो भन्छन् डोटीका उम्मेदवार…. उस्तै एजेण्डा, उस्तै दाबी,

चुनावी आममसभा, कार्यकर्ता भेटघाट तथा रणनीतिक भेलामार्फत दलहरुले आ–आफ्ना चुनावी, अजेण्डा, दल तथा गठबन्धनको औचित्य र निर्वाचन हुने आधारहरु सार्वजनिक गर्दै छन् । योसँगै जनतासँग आफुलाई जिताउनसमेत आह्वान गर्दै प्रचार प्रसारमा जुटेका छन् ।

डोटीमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीरबहादुर बलायर, प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट भरत बहादुर खड्का र प्रदेश सभा ‘ख’ का उम्मेदबार योगेन्द्र बहादुर शाही चुनावमा भिड्दै छन् ।

नेकपा एमाले–नेकपा (माओबादी केन्द्र) गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेका केन्द्रीय वैकल्पिक सदस्य प्रेम बहादुर आलेमगर, प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल र निर्वाचन क्षेत्र ‘ख’ बाट नेकपा माओबादी केन्द्र डोटीका ईन्चार्ज त्रिलोचन भट्ट पनि चुनावी प्रचार प्रसारमा छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधि सभाका लागि जिल्ला अध्यक्ष बेणिमाधब जोशी, प्रदेश सभा ‘क’ बाट नरेश आले र ‘ख’ बाट केशब नाथ योगी चुनाव भिड्दै छन् ।

अधिकांश ‘अजेण्डा’ समान

प्रचारप्रसारका क्रममा दलका उम्मेदबारहरुले राखेका अधिकांश मुद्दाहरु समान देखिन्छन् । प्रदेशको राजधानीको सवाल, सडक मार्गहरु, बिकास योजनाहरुमा दलहरुका समान अजेण्डा छन् ।

दिपायल राजधानीका लागि सबै दलका उम्मेदबारहरुले प्रतिबद्धता जनाएका छन् । धेरैले दिपायल राजधानी हुनेमा शंका नगर्न भनेका छन् । बोगटान सडक र खुटिया–बीपीनगर–दिपायल फाष्ट ट्र्याक, खप्तडको पर्यटन विकास लगायतका सवालहरुमा सबै उम्मेदबारहरुको प्रतिबद्धता रहेको छ ।

सबैको जित्ने दाबी

दल तथा उम्मेदबारहरुले ‘आफुलाई र दललाई जनताले चिनेकाले’ सजिलै जित्ने दाबी समेत गर्न थालेका छन् । उनीहरुले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।
‘जनता अहिले स्पष्ट छन् । बुझेका छन् । र को कस्तो हो राम्रोसँग ठम्याएका छन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बलायरले भने, ‘त्यसैले हामी जित्नेमा शंका छैन ।’

कांग्रेसको जित भनेको लोकतन्त्रको जित रहेको उनले दाबी गरे । आफ्नो संघर्ष, जनताप्रतिको त्याग–तपस्या, विकास निर्माणमा आफुले गरेको योगदान चुनाव जित्ने पर्याप्त आधार रहेको उनले बताए ।

नेपाली कांग्रेस प्रदेश सभा ‘क’का उम्मेदबार भरत खड्काले डोटीको बर्तमान बिकासको सबै अगुवाई कांग्रेसले गरेकाले कांग्रेस र आफु सजिलै जित्ने दाबी गरे । ‘ख’ का उम्मेदबार योगेन्द्र बहादुर शाहीले लोकतन्त्रको जग कांग्रेस भएकाले लोकतन्त्र बचाउन जनताले कांग्रेसलाई मतदान गर्नेभएकाले चुनाव जितिने दाबी गरे ।

एमाले–माओबादी गठबन्धनका उम्मेदबारहरुले राष्ट्रियता, स्थायी सरकार र बिकासका लागि जनताले आफुलाई मतदान गर्ने दाबी गरे । नेकपा एमालेका तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदबार चक्र मल्लले आफ्नो पार्टी राष्ट्रियताका पक्षमा, बिकासका पक्षमा अडिग भएर लागेकाले जनताले खुशी भएर मतदान गर्ने दाबी गरे । ‘एमाले राष्ट्रियताको सवालमा, विकासका सवालमा क्लियर छ । जुन जनताले बुझेका छन्,’ उनले भने, ‘एमालेले विकासका लागि बिगतदेखि नै लोकप्रिय काम गर्दै आएको कुरामा पनि जनता प्रष्ट छन् । त्यसैले जित हाम्रो हुन्छ ।’

प्रतिनिधि सभाका उम्मेदबार प्रेम आलेमगरले आफु विकासबादी भएको र जनताले दुखपिडासंग जानकार भएकाले आफु जित्ने दाबी गरे ।

प्रदेश सभा ‘ख’ का उम्मेदवार माओबादी जिल्ला ईन्चार्ज त्रिलोचन भट्टले राजनीतिक स्थायित्व, स्थायी सरकार, जनपक्षीय विकासका लागि जनताले आफुलाई मतदान गर्ने दाबी गरे ।

उता राष्ट्रिय जनमोर्चाले आफु स्पष्ट राजनीतिक शक्ति भएकाले जित निश्चित भएको दाबी गर्दै आएको छ । केन्द्रिय सदस्य मनोज भट्टले भने, ‘यी दलहरुले भ्रमको खेती गर्छन्, जुन कुरा जनताले बुझेका छन् । त्यसैले यसपटकको निर्वाचनमा भोट हामीलाई हाल्छन् ।’

प्रतिनिधि सभाका उम्मेदबार बेणीमाधब जोशीले आफु जनमोर्चा र आफु निष्कलंक छवी र निरन्तर राजनीतिज्ञ भएकाले आफ्नो जित निश्चित भएको दाबी गरे ।

प्रदेश सभा ‘ख’ का उम्मेदबार केशबनाथ योगीले बिकास, राजनीतिक सवालमा जनमोर्चा स्पष्ट रहेको र ठुला दलको चरित्र जनताले बुझिसकेकाले आफ्नो जित निश्चित भएको दाबी गरे ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय