अरुको मन राखिदिँदा राखिदिँदै पनि…..

अरुको मन राखिदिँदा राखिदिँदै पनि…..

कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरु थामिनसक्नुका हुन्छन् । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोस पत्यार्इनसक्नुका हुन्छन् । अरुको मन राखिदिँदा राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना घटे पनि । अरुको मन राखिदिँदा राखिदिँदै आफैँलाई बिर्सिए पनि ।

संसारमा सबैभन्दा कमलो कुरा पनि मानिसकै मन होला । र सबैभन्दा कडा पनि मानिसको मनै होला । धेरै सम्बन्धहरु मनसँग जोडिएको हुन्छ । धेरै सम्बन्ध मनबाट तोडिएको पनि हुन्छ । अक्सर मनैले चल्छ मान्छे यहाँ, र मनकै कारणले जल्छ पनि मान्छे यहाँ । घामजस्तै पारिलो पनि मनै हुन्छ, छुरीजस्तै धारिलो पनि मनै हुँदो रहेछ । मनसँगै हुन्छ विश्वास पनि, मनसँगै हुन्छ घात प्रतिघात पनि ।

आफ्ना इच्छाहरुलाई केही पर पन्छाएर, जब कसैको मन राखिन्छ, क्षणभरलाई त्यसले दिने शान्ति अभूतपूर्व हुन्छ । आफ्नो अनुकुलताको पर्वाह नगरी कसैको मनको पुकार जब सुनिन्छ, त्यसले कमसेकम पछुताउने मौका दिँदैन ।

चाहे जसको ओठमा फलोस्, खुसी आखिर खुसी नै हो । खुसी फूलजस्तै हो, कुन बोटमा फुल्योसँग होइन, कति फुल्यो, कस्तो फुल्योसँग सरोकार राख्छ ।

कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरु थामिनसक्नुका हुन्छन् । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोस पत्यार्इनसक्नुका हुन्छन् । अरुको मन राखिदिँदा राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना घटे पनि । अरुको मन राखिदिँदा राखिदिँदै आफैँलाई बिर्सिए पनि ।

कतिको मन नदुखोस् भनेर मन राखिदिएँ । पछि तिनैले मन दुखाए । कति मन दुखेकाहरुमा आफ्नै मनको सुनेर मन लगाएँ । दुखाइको अन्त्य भइसकेपछि त मान्छेका मन पनि ढुँगामा परिणत हुँदारहेछन् ।

सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनु पर्छ । हो, यहि ठान्ने हुँदा आफू भने मुर्झाएर सुकिँदोरहेछ । यहि एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कतिपटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाढिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरुको मृत्युले चुकाइएको हुन्छ ।

छन् नि यो पनि आफ्नै मनबाट गुज्रेको अनुभव, कि अरुको मन राख्दा राख्दा, अरु रिसाउलान् कि भन्ने चिन्ता गर्दा गर्दा, आफ्नो त कतै ठाउँ नै पो नरहँदो रहेछ । अरुलाई समस्याको जँघार तराउँदा तराउँदा आफू भने भेलमै कतै हराइँदोरहेछ । अरुको मनको मल्हम बन्दा बन्दा आफ्नो जीवनको कदम अल्झेको अल्झ्यै हुँदोरहेछ । जसको चित्त बुझाउँदा बुझाउँदै आफैँ रिक्त भइएको हुन्छ, अक्सर उनैले चित्त दुखाउँछन् । मनसितको सम्बन्धमा अक्सर मन दुखाउनेहरु नै ज्यादा भेटिन्छन् ।

मन राखिदिनका लागि अरुलाई दुख्ला कि भन्दै डराइ डराइ बोलिन्छ । मनै राखिदिनका लागि समय नै नहुँदा नहुँदै पनि, आफ्नै कामलाई पर पन्छाएर अरुको काम गरिन्छ । अरुकै मन राखिदिनका लागि आफ्नो मनैले नमानेका कैयौँ काम पनि गरिन्छ। अरुलाई सुकिलो बनाइदिन आफू मैलिएको समेत पत्तो हुन्न ।

एउटा सम्बन्ध यसै नमरोस् भनेर, आफ्नो रहर त कति पो मारिएछ। आफूलाई परबाट देख्दा हरेकपटक हाँस्ने ओठ कहिल्यै बन्द नहोस् भनेर आफूलाई उसकै अनुकुलतामा ठाउँ कुठाउँ खोलिएछ। सधैँ मिलाउनलाई मतिर अघि बढ्ने हातहरु अनायास मैतिर सोझिएर धार नलागोस् भनेर आफैँलाई तौलेर प्रस्तुत गरेको छु ।

सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनु पर्छ । हो, यहि ठान्ने हुँदा आफू भने मुर्झाएर सुकिँदोरहेछ । यहि एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कतिपटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाढिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरुको मृत्युले चुकाइएको हुन्छ ।

अरुको मन राखिदिनका लागि जे जति गरेँ, त्यतिको मिहिनेत र श्रम लगाएर आफ्नो मन राखेको भए, सायद म आफैँ पो केही बन्ने थिएँ । सायद आफूलाई खुसी तुल्याउन सक्थेँ कि १ तरपनि यहि मन मान्दैन । मन उही अरुकै चित्त बुझाएर पाइने आनन्दकै पछि कुनै एककोहोरो प्रेमी आफूले मन पराएकी केटीको पछाडी दगुरेझैँ दगुरिरहेछ । मसित मेरा सपनाहरु रिसाएका छन् । मसित मेरै समय क्रुद्ध छ । मसित मेरा खुसीले निहुँ खोजेका कति कति घटना छन् । कतिपटक त म आफैँले आफैँलाई माफ गर्न सकेको छैन । मलाई मेरो आफ्नै मनसँग गुनासो छ कि अरुको मन राखिदिँदा राखिदिँदै म आफैँ कहीँको रहिनँ ?

कान्तिपुरबाट साभार

‘भ्यालेन्टाइन डे’ आकाशको जुनदेखि लासाको सुनसम्म

प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा लाखौ को मात्रामा गुलाबको फूल प्रयोग हुने भएको हो । मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू वा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, सम्बन्ध मा आएका सानातिना कमि कमजोरीहरु लाइ सुधारदै मायाका गित गाउदै उकालि ओरालो भन्ज्याङ अनि चौतारी जहा भएपनि जस्तो भएपनि मायाले बनाएका ति बाटोहरुलाई साथमा लिएर हिड्यो त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो। रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतिक भनिन्छ नि रातो राम्रो, गुलियो मिठो त्यसैले रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुने र यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि आफुले दिएको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ। पहेँलो गुलाफः मित्रताको प्रतिक मित्रतानै मानिस को बलवान शक्ति हो त्यसैले पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । साथि सबैको हुन्छ तर असल साथि बिरलै पाइन्छ त्यसैले मित्रता मा कुनै असर नआओस् भनि पहेंलो गुलाफ दिने गरिन्छ । गुलाफी गुलाफः मुटुको धड्कनको प्रतिक मायामा आकाशको जुन देखि लासाको सुन ल्याइदिन्छु भन्ने सम्म कुरा हुन्छ । तिमी मेरो सबै हौ ,अनि तिमी मेरो सधै हौ जस्ता कुराले प्रेमी(प्रेमिका सगँ मेरो मुटु तिम्रो लागि हो जस्ता कुराले मायाजालमा पार्न गुलाफी फुल दिने गरिन्छ । सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हरेक प्रेमी(प्रेमिका चाहन्छन् आफुले गरेको प्रेम साचो अनि स्वच्छ होस ता कि बिचमा कुनै दरार नआओस् । साचो मायामा दिने फुलहरु स्वच्छ हृदयले दिइन्छ । मायामा परेपछि कहिले खुसी त कहिले दुस्खी , कहिले हर्ष त कहिले भाबुक त्यसैले भावुकताले भरिएको सन्देश दिनु परेमा पनि सेतो गुलाफ दिने गरिन्छ । कालो गुलाफः बिदाईको प्रतिक माया गर्नु नै कसैलाइ साथ र सपोर्ट गर्नु हो । हरेक प्रेमी/प्रेमिका आफ्नो जोडि लाइ साँचो माया मा भएको हेरी सम्बन्ध लाइ बिबाहमा सम्म परिनत गर्न चाहान्छन् । कुनै कारणवश प्रेम सम्बन्ध अगाडि बढाउन सम्भव छैन भने कालो गुलाफ दिएर आफ्नो सम्बन्धलाई तोडिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् । प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, सहयोग, सहनशिलता, इमानदारिता, समर्पन, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने प्रेम देखावटी मात्र नभइ अर्थहिन हुन्छ । प्रेमी - प्रेमिकाहरूका लागि स्वच्छ हृदयभन्दा राम्रो प्रतिक अरू के नै हुन सक्छ र तर पनि प्रेम व्यक्त गर्न अन्य प्रतिकहरू पनि प्रचलित छन तर त्यसको तुलनामा गुलाफ को फुल नै दिएर प्रेम साट्ने प्रवृत्ति भने निकै नै बढि छ । - प्रदीप खड्का

तिम्रो मायाले होला म...

तिम्रो मायाले होला म बाचेको छु म खुसी छु, हो हृदयबाट खुसी छु कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु म जति टाढा भए पनि फेरि आउने छु तिमीलाई समयको अन्त्यसम्म माया गर्नेछु म तिमीलाई कदर गर्नेछु, मेरो प्रिय माया गरिरहने छु हृदयमा सधैँ मायाको घण्टी बज्छ किनकि जीवन जीवन हो र प्रेमले मन छुन्छ तिम्रो मिठो मायाको यादले मनमा खुसी ल्याउँछ तिमि यहाँ बस्छौ मेरो नजरमा डेरा छ के तिमी अगाडि बढ्छौ तिम्रो प्रशंसाले अझै ठाउँ पाउनेछ तिम्रा मिठा विचारहरूमा मेरो सम्झनामा छ यति मात्र बोले म तिमीलाई धेरै माया गर्छु म खुसी छु, हो हृदयबाट खुसी छु - गोबिन्द राज ओझा 'राजन' दिपायल सिलगढी न.पा. २, दिपायल, डोटी

हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा–मिठा परिकार बनाएर रातभर नाच्ने गाउने र पटक–पटक खाने चलन छ ।जसलाई दर भन्ने गरीन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक–भडक मौलाउँदै गएको संस्कृति विदहरु बताउछन् । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

एकै परिवारका तीन पुस्ताको चित्रकला प्रदर्शनी

काठमाडौं : ‘एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसन’ ले चित्रकला बेचेर सामाजिक सेवाका लागि कोष जम्मा गर्ने महत्वकांक्षी जमर्को थालेको छ । फाउण्डेसनले नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी सुरु गरेको छ, ‘लिगेसी’ अर्थात् विरासत । विरासत यस अर्थमा कि यो प्रदर्शनीमा एकाघर परिवारका तीन पुस्ता झसेन्द्र विक्रम राणा, सुदर्शन विक्रम राणा, सुनिता राणा र प्रधि राणाका चित्रकला रहेका छन् । फागुन ७ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन १६ सम्म सञ्चालन हुने जनाइएको छ । तीन पुस्ताले बुझेको समाज, जीवन, जगत र प्रकृतिको संयोजन नै प्रदर्शनी ‘लिगेसी’ को विशेषता हो । उही रंग, उही क्यानभास, उही ब्रस, उही माध्यम तर चेतना फरक । समयको भोगाई फरक । प्रस्तुतिका बिम्ब फरक । शैली फरक । परिभाषा फरक । विषय एउटै भए पनि फरक पुस्ताको भोगाई, अनुभूति र अभिव्यक्तिमा पाइने पृथक स्वादलाई प्रदर्शनीमा मज्जाले संगाल्न पाइन्छ । प्रदर्शनीमा क्यान्सर रोगबाट मुक्ति पाएका बालकलाकारका १२ वटा कलाकार्य समेत राखिएको छ, जसको बिक्री मूल्य प्रतिवटा १० हजार रहेको छ । सो बिक्रीबाट प्राप्त आधा रकम नेपाल क्यान्सर सपोर्ट ग्रुप र आधा कलाकारलाई दिइने जनाइएको छ । नेपाली कला सङ्कलकसमेत रहनुभएका फाण्डेशनका प्रकाश श्रेष्ठका अनुसार, फाउण्डेसनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बर्षेनी सहयोग गर्दै आइरहेको छ । प्रदर्शनीको प्रमुख उद्देश्य हो, कलाको सम्मान, कलाको प्रवद्र्धन, कलाकारलाई आर्थिक उत्प्रेरणा र त्यसबाट सङ्कलित रकमबाट सामाजिक सेवा । एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसनले पाँच वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेसनले चित्रकला बिक्रीबाट प्राप्त रकमले सामाजिक कार्यमा लगाउने योजना बनाएको छ । प्रदर्शनीमा सहभागी बरिष्ठ कलाकार सुनिता राणाले भनिन्, ‘सामाजिक क्षेत्रमा यो नयाँ एउटा अभियान हो, जसले कला क्षेत्रलाई पनि सहयोग पुर्‍याउँछ । सामाजिक सेवाको उद्देश्य समेत पुरा हुन्छ ।’

लोकप्रिय