रुसी राष्ट्रपतिमा फेरि पुटिनको जित सुनिश्चित

काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

<…

वाइडेन प्रशासनद्धारा युक्रेनलाई ३ सय मिलियन डलर हतियार सहायता घोषणा

वासिंगटन डिसी । अमेरिकन राष्ट्रपति जो वाइडेनको प्रशासनले युक्रेनलाई तीन सय अमेरिकी डल बराबरको हतियार सहायता दिने घोषणा गरेको छ । अमेरिक संसदले युक्रेनलाई दिइने सहायतामा रोक लगाएकै बेला बाइडेन प्रशासनले ठूलो मात्रामा हतियारका लागि सहायता दिने घोषणा गरेको हो । हतियार र युद्ध सामग्रीको अभावमा युद्धमा हार व्यहोरेको भन्दै युक्रेनले अन्तराष्ट्रिय समुदायसँग सहायतको अपिल गर्दै आएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार व्हाइट हाउसमा यससम्बन्धमा निर्णय भएको जानकारी दिएका हुन । पछिल्ला दिनहरुमा रुसले आक्रामक युद्ध छेडेपछि युक्रेनले ठूलो क्षति बेहोर्नुपरेको छ भने कतिपय क्षेत्रमा उसका सैनिकहरु पछाडि फर्केका छन् ।

पाकिस्तानको राष्ट्रपतिमा जरदारी निर्वाचित

काठमाडौं । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उमेदवार आसिफ अली जरदारी निर्वाचित भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले जरदारी विजयी भएको घोषणा गरेको हो ।  जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचन मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको आयोगले जनाएको छ । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे ।  पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त भए । जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उमेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जरदारीले निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् ।  २००८ देखि २०१३ सम्म देशको ११औँ राष्ट्रपतिको रूपमा नेतृत्व गरेका जरदारीको राष्ट्रपतिको रूपमा यो दोस्रो कार्यकाल हो । जरदारी ८ फेब्रुअरी, २०२४ मा भएको आम निर्वाचनमा राष्ट्रियसभा सदस्य निर्वाचित थिए ।राष्ट्रपतिको रूपमा शपथ लिनुअघि उनले राष्ट्रियसभाबाट राजीनामा दिनुपर्नेछ ।

नेपाली गार्ड रहेको कार्गोमा हुथीको मिसाइल आक्रमण, ३ जनाको निधन

काठमाडौं । नेपाली नागरिक सुरक्षा गार्ड रहेको कार्गो जहाजमा हुथी बिद्रोहीले मिसाइल आक्रमण गरेका छन् । दक्षिणी यमनको सो कार्गो जहाजमा हुथी मिसाइल आक्रमण हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।  व्यापारिक जहाजहरूमा हुथीको यस्तो आक्रममा परि निधन भएको यो पहिलो घटना हो ।  हुथीहरूले गाजामा इजरायल र हमास बीचको युद्धमा प्यालेस्टाइनीहरूलाई समर्थन गर्न आफ्नो आक्रमणहरू भएको बताएका छन्। मध्यपूर्वमा चल्ने सामुन्द्रिक यातयातको निरिक्षण गर्ने युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार  घटनामा तीन जना चालक दलका सदस्यको मृत्यु भएको र कम्तीमा चारजना घाइते भएका छन् ।  जसमा तीन जनाको अवस्था गम्भीर छ। हुथीहरूको यस किसिमको लापरवाहपूर्ण आक्रमणले विश्वव्यापी व्यापारमा बाधा पुग्ने सेन्टकमले जानाएको छ । आक्रमणमा परेको कार्गोमा २० जना चालक दलका सदस्यहरू रहेका थिए । जसमा  १ जना भारतीय , ४ जना भियतनामी १५ जना फिलिपिनो नागरिक रहेका छन् । भने त्यस जहाजमा तीनजना सशस्त्र गार्ड–दुई श्रीलंका र एक नेपाली पनि थिए । हुथीहरूलेयमनी शहर अडेनबाट करिब ५० समुद्री माइल (९३ किलोमिटर) दक्षिण पश्चिममा आक्रमण गरेका हुन् । आक्रमणबाट मर्नेको शनाखत भने अहिलेसम्म हुन सकेको छैन ।

पाकिस्तानको प्रधानमन्त्रीमा शाहबाज सरिफ निर्वाचित

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उमेदवार शाहबाज शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।  राष्ट्रियसभा वा संसद्को तल्लो सदनबाट आइतबार भएको मतदानबाट उनी पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका हुन् ।   आइतबारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरेका पीएमएल–एनका अध्यक्ष शरिफले उनलाई प्रधानमन्त्री घोषणा गरे । शरिफका एकमात्र प्रतिद्वन्द्वी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) र पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफका संयुक्त उमेदवार उमर अयुब खानले ९२ मत प्राप्त गरेका थिए ।  ३३६ सदस्यीय राष्ट्रियसभाको निर्वाचनका लागि कुल १६९ मत आवश्यक थियो । शरिफले पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अन्य सहयोगीहरूबाट भोट पाएका थिए ।  यसअघि २०२४ फेब्रुअरी ८ मा भएको मुलुकको आमनिर्वाचनपछि बनेको नयाँ सदनबाट शुक्रबार राष्ट्रियसभाका सदस्यहरू सदिकलाई सभामुख र सैयद गुलाम मुस्तफा शाहलाई उपसभामुखमा निर्वाचित भएका थिए ।  

भारतमा ट्याक्टर ट्रली पल्टँदा २२ जनाको मृत्यु, १०  जना घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शनिबार ट्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा भएको हो । “अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले सञ्चारमाध्यमलाई बताएका छन् । प्रहरीकाअनुसार, पीडित गंगास्नान गर्न कादरगञ्ज जाँदै थिए । पीडितमध्ये अधिकांश महिला र बालबालिका छन् । उद्धारकर्ताले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् । ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतमा घातक सडक दुर्घटना प्रायः ‘ओभरलोडिङ’, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

गाँजाको प्रयोगलाई वैधानिकता दिंदै जर्मनी

बर्लिन । जर्मनीले गाँजाको प्रयोगलाई वैधानिकता दिने भएको छ । औषधिको रुपमा मात्रै नभएर मनोरञ्जनको रुपमा समेत गाँजा प्रयोग गर्न पाउँने सम्बन्धि विधयेक जर्मनीको तल्लो सदनेले पास गरेसँगै जर्मनीमा गाँजा वैध हुने निश्चित भएको हो । जर्मनीको संसदको तल्लो सदनले विपक्षी र चिकित्सा अधिकारीहरूको चेतावनीको बाबजुद शुक्रबार सीमित मनोरञ्जन प्रयोगको लागि गाँजालाई वैधानिक दिने पक्षमा मतदान गरेको हो । गाँजाको उपयोग सम्बन्धि नयाँ नियम अनुसार अब जर्मनमा वयस्कहरूले व्यक्तिगत प्रयोगको लागि थोरै मात्रामा गाँजा राख्न सक्छन् तर औषधिको रुपमा प्रयोग गर्नका लागि भने १८ वर्ष मुनिका लागि प्रतिबन्ध कायम नै रहेको छ । गाँजाको उपयोग बारे गरिको मतदानमा जम्मा ४०७ जना जर्मन सांसदले नयाँ नियमको पक्षमा मतदान गरे भने २२६ सांसदले विपक्षमा र चार सांसदले शुक्रबारको मतदानबाट अनुपस्थित रहे । यो विधेयक पारित भएसँगै जर्मनीमा गाँजालाई औषधिको रुपमा उपयोग गर्न सजिलो पहुँचको फाइदाबारे र बेफाइदाबारे पक्ष विपक्षमा राष्ट्रिय बहस भैरहेको छ । यो विधयेक पारित भएसँगै गाँजा खुला गर्ने माल्टा र लक्जमबर्ग पछि जर्मनी युरोपको तेस्रो देश बन्ने  छ ।  

बार्सिलोनाका पूर्व फुटबलर अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्ष कैद

एजेन्सी । बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। २०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो। तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ। ४० वर्षीय अल्भेसलाई जेल सजाय भुक्तान गरेको पाँच वर्षपछि सम्म पनि निगरानीमा राख्न अदालतले आदेश गरेको छ भने ९ वर्षसम्म उनीसँग कुनै पनि माध्यमबाट कुराकानी गर्न प्रतिबन्ध लगाएको छ। स्पेनमा यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएमा चार देखि १५ वर्षसम्म जेल सजाय हुनसक्छ। बिबिसीका अनुसार पीडिततर्फका वकिलले अल्भेसलाई १५ वर्षको जेल सजाय माग गरेका थिए। तर फैसलाले सत्य स्थापित गरेको भन्दै उनीहरुले अदालतको आदेशको स्वागत गरेका छन्। अल्भेसकी वकिल इनेस ग्वार्डिओलाले अदालतको उक्त आदेशविरूद्ध माथिल्लो अदातलमा अपील गर्ने बताएकी छन्। अल्भेसले बार्सिलोनाको नाइट क्लबमा २३ वर्षीय युवतीलाई मदिरा सेवन गराएर फकाइफुल्याइ शौचालयमा पुर्‍याएर‍ बलात्कार गरेका थिए।  

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको प्रस्तावमाथि हमास सकारात्मक

एजेन्सी । गाजापट्टीमा नयाँ युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको पहलमा तयार पारिएको प्रस्तावमाथि हमासले जवाफ फर्काएको छ । हमासको जवाफ सकारात्मक भएको बताइएपनि त्यसको विषय वस्तुमाथि केही खुलाइएको छैन । इजरायल, अमेरिका, कतार र इजिप्टले तयार पारेको सम्झौताको विवरण सार्वजनिक हुन बाँकी छ । अपुष्ट समाचार अनुसार यसपटक ६ हप्ताका लागि युद्धविराको प्रस्ताव गरिएको छ । युद्धविरामको समयमा दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेका कैदीबन्दीहरु साटासाट गर्नेछन् । इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । हाल मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज यसबारे इजरायली अधिकारीहरूसँग छलफल गर्ने बताएका छन् । यो प्रस्ताव हमासलाई करिब एक हप्ता अघि पठाइए पनि हमासले मंगलवार मात्रै यसको जवाफ दिएको हो ।

अमेरिकाद्धारा इराक र सिरियामा ब्यापक हवाइ हमला

वासिंगटन डिसी । अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरु गरेको छ । गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरु गरेको हो । अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ स्थानलाई केन्द्र बनाइ आक्रमण गरेको हो ।अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमार्फत भने, ‘हाम्रो प्रतिक्रिया सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ।’गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए । सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिमाणात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो । इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।

गोप्य विषय चुहावट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र उनका पूर्वनिकट सहयोगीलाई जेल सजाय सुनाइएको हो । पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतले मंगलबार यो सजाय सुनाएको छ । कूटनीतिक मामिलासम्बन्धी ‘साइफर केस’ नाम दिइएको यो मुद्दामा उनलाई दोषी ठहर गरिएको हो । खानले आफूलाई सत्ताबाट हटाउन सन् २०२२ मा यो षड्यन्त्र भएको जिकिर गरेका थिए । ‘अफिसियल सेक्रेट एक्ट’अन्तर्गत स्थापित अदालतले खानलाई अमेरिकाका लागि पाकिस्तानी पूर्व राजदूतले पठाएको गोप्य कागजातको दुरुपयोग गरेकामा दोषी ठहर गरेको हो । आउँदो फेब्रुअरी ८ मा हुने आमनिर्वाचनको करिब एक साताअघि पाकिस्तानको प्रमुख प्रतिपक्षी नेताका रूपमा रहेका खानविरुद्ध सजाय तोकिएको छ । उनले आफूलाई निर्दोष बताउँदै आएका छन् । अलजजिराबाट ।

चीनमा ७.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलवार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्पहरू आएका थिए । भूकम्पको केन्द्रबिन्दुमा कैयौं आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । भूकम्पका कारण केही मानिसहरु सामान्य घाइते भएका छन् । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत आपूर्तिमा अस्थायी अवरुद्ध भएको थियो ।

यू-१९ विश्वकप : दक्षिण अफ्रिका विजयी

काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ । समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको हो । वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ को बलियो स्कोर खडा गरेको थियो । दक्षिण अफ्रिकाका लागि डेभोन मराइसले सर्वाधिक ६५ रनको इनिङ खेले । कप्तान जुआन जेम्सले ४७ रन, डेभिड टाइगरले ४४ र एल प्रिटोरियसले ४० रनको योगदान दिए । वेस्ट इन्डिजका लागि नाथन सीलीले सर्वाधिक ३ विकेट लिए । नाथन एडवर्ड्स र डिसन जेम्सले समान २–२ विकेट लिए । लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली ४०.१ ओभरमा २५४ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि ज्वेल एन्ड्रयुले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले ९६ बलमा १४ चौका र तीन छक्का प्रहार गर्दै १३० रन बनाए । तर, अन्य कुनै पनि ब्याट्सम्यानले अर्ध शतक पनि बनाउन सकेनन् र एकपछि अर्को गर्दै आउट भए जसका कारण टोली हारेको थियो । दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले सर्वाधिक ५ विकेट र रिले नोर्टनले ३ विकेट लिए ।

चोरेको आरोपपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा

काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् । ग्रिन पार्टीकी ४२ वर्षीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ । पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । अहिले उनीमाथि लागेको आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको बिबिसिले जनाएको छ । उनले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना जनप्रतिनिधिहरुबाट गर्ने अपेक्षा विपरीत व्यवहार भएको भन्दै माफी मागेकी छन् । उनले भनेकी छन्, ‘मैले धेरै जनालाई लाजमर्दो बनाएको छु र त्यसको लागि माफी चाहन्छु ।’ मेडिकल जाँचबाट आफ्नो स्वास्थ्य ठिक छैन भन्ने पनि आफूले बुझेको उनले उल्लेख गरेकी छन् । ‘मेरो व्यवहार यस्तो भयो कि मसँग भन्ने केही शब्द छैन किनकी यो कुनै हिसाबले पनि ठिक छैन । र, मेडिकल जाँचबाट मलाई थाहा भयो कि मेरो स्वास्थ्य ठीक छैन ।’ उनले आफूमा कामको कारण तनाव सिर्जना भएको उल्लेख गरेकी छन्

इजरायलको आक्रमणबाट गाजामा २० जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजाको एउटा घरमा आक्रमण गर्दा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । शनिबार बिहान गाजाको अलदराज नजिकै रहेको घरमा इजरायलले गरेको बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको प्यालेस्टिनी सिभिल डिफेन्सले जनाएको छ । शनिबार मध्य गाजा शहरको अलदराज क्षेत्रमा ठूलो भिडन्त भएको जनाइएको छ ।