प्यालेस्टाइनको पक्षमा अमेरिकाभर प्रर्दशन, गाजामा भेटियो ३ सय ९२ जनाको सामुहिक चिहान

प्यालेस्टाइनको पक्षमा अमेरिकाभर प्रर्दशन, गाजामा भेटियो ३ सय ९२ जनाको सामुहिक चिहान

क्यालिफोर्निया। संयुक्त राज्य अमेरिकाका दर्जनौँ क्याम्पसहरूमा 'स्वतन्त्र प्यालेस्टाइन'को नारा सहित विद्यार्थीहरुले गरेको पर्दशन चर्किएको छ । इजरेलले गाजा क्षेमा नरसंहार गरेको भन्दै उक्त युद्ध रोक्न माग गर्दै प्रदर्शन भइरहँदा क्यालिफोर्नियाको लस एन्जलीसस्थित एउटा विश्वविद्यालयले दुई सातापछि हुने दीक्षान्त समारोह स्थगित गरेको छ।

सुरक्षाको कारण देखाउँदै यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया (यूएससी) ले मे १० मा हुन लागेको मुख्य दीक्षान्त समारोह उक्त दिन नहुने जानकारी दिएको छ।एट्लान्टाको एमरी यूनिभर्सिटीमा बिहीवार २८ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो।अमेरिकामा गत साता न्यूयोर्कको कोलम्बिया यूनिभर्सिटीबाट विरोधप्रदर्शनको लहर सुरु भएको थियो।बिहीवार विज्ञप्ति जारी गर्दै यूएससीले आफ्नो परिसरमाूविद्यार्थी, तिनका परिवार र साथीहरू समेत गरी ६५,००० मानिस उपस्थित हुने गरेको प्रमुख कार्यक्रम गर्न नसक्ने” अवस्था बनेको बताएको छ।


प्रहरीले प्रदर्शन रोक्ने क्रममा बुधवार कैयौँ मानिसलाई पक्राउ गर्नुका साथै विश्वविद्यालयले दीक्षान्तका लागि बनाएका अस्थायी संरचना हटाउन निर्देशन दिएपछि विश्वविद्यालय उक्त निर्णयमा पुगेको हो।यो विश्वविद्यालयले यसअघि एक मुस्लिम विद्यार्थीलाई नखुलाइएको सुरक्षा खतराका कारण दीक्षान्त समारोहमा आफ्नो मन्तव्य राख्न नदिइने जनाएको थियो।

अन्य विश्वविद्यालयमा पनि प्रदर्शन

null

अहिले अमेरिका हरेका प्रदेशका विश्वविद्यालयमा विद्यार्थीहरुले पर्दशन गरिरहेका छन् । एट्लान्टाको एमरी यूनिभर्सिटीमा पनि प्रदर्शन हुन थालेको छ। त्यहाँ प्रदर्शनकारीहरूले प्यालेस्टाइनको समर्थन गर्नुका साथै एट्लान्टामा प्रहरी तालिम केन्द्र स्थापना गर्ने विषयप्रति आपत्ति जनाएका छन्।त्यस्तो केन्द्र स्थापना गर्ने योजनाको स्थानीयवासीहरूले विरोध गर्दै आएका थिए। विपक्षीहरूले उक्त स्थानलाई प्रहरी नगर बनाउन लागिएको भन्दै विरोध गरेका छन्।एमरीले जारी गरेको वक्तव्यमा विश्वविद्यालयबाहिर भइरहेको प्रदर्शनमा विद्यार्थीहरू पनि सहभागी भएका र त्यसबाट विश्वविद्यालयलाई अन्तिम परीक्षाको तयारी र अध्ययन अध्यापन प्रभावित भएको उल्लेख गरेको छ।अमेरिकामा विद्यार्थीहरुले विश्वविद्यालय मा क्याम्प खडा गरेर पर्दशन गर्ने गर्दछन् ।

प्रहरी प्रदर्शनकारी तनाव

प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई धकेलेको दाबी एमरी प्रहरीले जनाएको छ।अधिकारीहरूमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुन कार्यान्वयनकारी निकायले भिड तितरबितर पार्न रासायनिक पदार्थ प्रयोग गर्‍यो,” एमरी प्रहरीले भनेको छ।एट्लान्टाको प्रहरीले पनि भिड नियन्त्रण गर्न रासायनिक पदार्थ प्रयोग गरिएको जनाएको छ तर उसले रबरका गोली प्रहार गरिएको आरोप अस्वीकार गरेको छ।

कसरी सुरु भयो प्रदर्शन

यसअघि न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयमा प्रदर्शनका क्रममा १०० जना पक्राउ परेका थिए। प्रदर्शनको लहर अहिले दर्जनौँ क्याम्पसहरूमा फैलिएको छ।अभियानकर्मीहरूले विश्वविद्यालयहरूलाई “नरसंहार रोक्न ” आग्रह गर्दै आएका छन्। उनीहरूले इजरेलले गाजामा अघि बढाइरहेको युद्धलाई सहयोग पुग्न सक्ने हतियार उत्पादन गर्ने कम्पनीमा विश्वविद्यालयको आर्थिक स्रोत लगानी नगर्न पनि आह्वान गरेका छन्।

दक्षिण अफ्रिकाले एउटा अन्तर्राष्ट्रिय अदालतमा गाजामा नरसंहार गरेको भन्दै इजरेलविरुद्ध हालेको मुद्दा चलिहरेको छ। इजरेलले भने उक्त आरोप आधारहीन भएको दाबी गर्दै आएको छ।कनेटिकटस्थित येल यूनिभर्सिटीमा कानुनकी विद्यार्थी चिसातो मिमुराले अभियानकर्मीहरू “नरसंहारमा प्रयोग भएका हतियार उपलब्ध गराएको र त्यसका लागि अनुदान दिएकोमा” राष्ट्रपति जो बाइडन र विद्यालयका अधिकारीहरूसँग दुःखी भएको बताइन्।गाजा युद्धः समर्थनको विषयमा इजरेली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिको कुरा बाझियो

यहुदी विद्यार्थीको प्रतिक्रिया
कतिपय प्रदर्शनहरू यहुदीविरोधी भावनाबाट प्रेरित भएको आरोप लागेको छ।कतिपय यहुदी विद्यार्थीहरूले कोलम्बियामा असुरक्षित महसुस भएको बताएका छन् भने अरू केही यहुदी विद्यार्थीहरू प्रदर्शनमा सहभागी पनि भएका छन्।

यूएससी प्रशासनले प्रदर्शनकारी विद्यार्थीहरूसँग सहमतिका लागि समयसीमा तोकेको छ। सहमति नभए विश्वविद्यालय शान्त राख्न आवश्यक उपाय अवलम्बन गरिने विश्वविद्यालयले चेतावनी दिएको छ।सो विश्वविद्यालयको क्याम्पसमा प्रदर्शनमा गर्ने एक डेमोक्र्याटिक पार्टीकी सांसदकी छोरी पनि छिन्।

गाजामा ३ सय ९२ जनाको सामुहिक चिहान फेला 

गाजामा ३ सय ९२ जनाको सामुहिक शव भएको चिहान फेला परेको छ । सो चिहान  तीनवटा छुट्टाछुट्टै ठाउँमा सामूहिक रुपमा भेटिएपछि त्यसको स्वतन्त्र छानविनको माग गरिएको छ । दक्षिणी गाजा पट्टीको खान युनिसको नासेर अस्पतालमा मानिसहरू र स्वास्थ्यकर्मीहरूले शव फेला पारेका हुन्।

null

संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गाजाका सामूहिक चिहानहरूबाट सबै फोरेन्सिक प्रमाणहरू  सुरक्षित राख्न आग्रह गरेका छन् जसमा अन्तर्राष्ट्रिय छानबिनको आवश्यकता औल्याइएको छ। प्यालेस्टाइन सिभिल डिफेन्सले गाजामा ३ सय ९२ शव फेला परेका तीनवटा छुट्टाछुट्टै सामूहिक चिहानको स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।बिबिसि र अल जजिराको सहयोगमा 

रविलाई बोल्न दिएर संसद्‌ अवरुद्ध गर्ने कांग्रेसको निर्णय

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए पछि संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । पार्टीको जारी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा वैशाख २८ गतेबाट सञ्चालन हुने सदनको बजेट अधिवेशनमा रास्वपा सभापति समेत रहेका लामिछानेलाई आफ्नो कुरा राख्न दिने र त्यसपछि अवरुद्ध गर्ने पक्षमा कांग्रेस पुगेको हो ।  बैठकमा सहभागी एक पदाधिकारीले दिएको जानकारीअनुसार कांग्रेस लोकतान्त्रिक दल भएकाले कसैको बोल्न पाउने अधिकार कुण्ठित नगर्ने विषयमा छलफल भएको हो । उनका अनुसार गृहमन्त्री लामिछानेले बोले पनि संसदीय छानबिन समिति नबनेसम्म संसद् बैठक भने चल्न नदिने कांग्रेसले तयारी गरेको छ।  कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेलाई संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ।यसअघि सो विषयमा छलफल गरी संसद चलाउन सभामुखले बोलाएको बैठकमा कांग्रेसले परानै अडान कायम राखेको थियो ।

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव संकलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा सुझाव संकलन गरी पेस गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।  सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको हो । समितिका सदस्यहरूमा बद्री पाण्डे, देवेन्द्र पौडेल, डा‍. तोसिमा कार्की र रामप्रकाश चौधरी रहेको समितिका सभापति अम्मरबहादर थापाले जानकारी दिए । विधेयकमाथिको दफाबार छलफलमा सांसदहरूले सार्वजनिक सेवा प्रसारण संस्थालाई नीतिगत निर्देशन दिन गठन हुने परिषद्को अध्यक्ष नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा जोड दिए । विधेयकको बुँदा नं ६ मा सार्वजनिक सेवा प्रसारण संस्थाको नीतिनिर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिन एउटा परिषद्को गठन हुने प्रस्ताव गरिएको छ ।  विधेयकमा परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र सदस्यहरूमा अर्थ मन्त्रालयको सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव, सञ्चार मन्त्रालयको सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, पत्रकार महासङ्घको अध्यक्ष, नेपाल विज्ञापन सङ्घको अध्यक्ष, चलचित्र विकास बोर्डको अध्यक्ष, विभिन्न पेसाकर्मी, समाजसेवीलगायत १४ सदस्य रहने व्यवस्था गरिएको छ ।  परिषद्को सदस्य मनोनयन गर्दा समावेशी सिद्धान्तका आधारमा गर्नुपर्नेछ । परिषद्को बैठक वर्षमा कम्तीमा एकपटक बस्ने र बैठकमा आवश्यकताअनुसार विषयविज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ । रासस

वीर अस्पतालमा दाँतको उपचार गराउँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वीर अस्पतालमा दाँतको उपचार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्ड दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका हुन् ।सरकारी स्वास्थ्य संस्थाका मै गएर प्रधानमन्त्रीले दाँतको उपचार गरेका हुन् । 'आज बिहान् देखि दात दुखी रहेपछि वीर अस्पतालमा उपचारका लागि आउनु भएको हो।' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । विरका डा.रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्री प्रचण्डको उपचार गरेको उनले जानकारी दिए ।प्रधानमन्त्रीले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गरेका थिए ।

मुलुकलाई औद्योगिक विकासतर्फ लैजान उद्यमशीलतालाई बढावा दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिनु जरुरी रहेको बताएका छन्।  बुधबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताए।  राष्ट्रपति पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए।  उनले साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए।  राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतको उपयोग समावेशी र समानुपातिक सहभागितामा मात्रै नभएर परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नेसमेत सघाउ पुर्‍याउने बताए। उनले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो सङ्ख्यामा स्वरोजगार सिर्जना गरेकाले यसको प्रवर्धनमा विशेष कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।  राष्ट्रपति पौडेलले महिला युवा र उद्यमीका लागि सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाउनुपर्ने खाँचो रहेको धारणा राखे। उनले स्वदेशी वस्तु बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तुबिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई महत्त्व दिनुपर्ने आजको आवश्यकता भएको बताए। उनले पुँजी पहुँचमा अहिले पनि घरेलु तथा साना उद्योगी मारमा परेको भन्दै सरकारले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यस क्षेत्रको विकासमा सहयोग पुर्‍यानुपर्नेमा जोड दिए।  उनले देशमा उत्पादित वस्तुको प्रवर्धन गरी उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाको लागि आवश्यक संरचना बनाउन सरकारको ध्यान दिनुपर्ने बताए।  

लोकप्रिय