जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ ।
आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताए । अभियानअन्तर्गत जिल्लाभित्र रहेका ३५ वर्षमाथिका एक लाख ५० हजार बढी नागरिकलाई खोप लगाइने लक्ष्य राखिएको छ ।
“चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ”, उनले भने, “सङ्क्रमण दर बर्सेनि बढ्दै जान थाले पछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) लाई मात्र लक्षित गरेर खोप अभियान सञ्चलन गर्न लागिएको हो ।”
जिल्लामा रोगको जोखिम देखिँदै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालले बताए । उनका अनुसार अभियानमार्फत जिल्लाका आठ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने छ ।
“लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन जिल्लाका ३५ वर्ष उमेर र सो माथिका नागरिकलाई आग्रह गरेका छौँ”, उनले भने, “स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायसँग सहकार्य गरी अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरेका छाैं।”
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापनिज इन्सेफलाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसै गरी आव २०८०/८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले जानकारी दिए ।
जापनिज इन्सेफलाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङको र पेटतिर भने सेतो चिह्न भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेष गरी धान बालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख वासस्थान हो, साउन, भदौ र असोजमा जापनिज इन्सेफलाइटिस बढी देखिने गर्दछ ।
यस रोगबाट धेरै व्यक्ति गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको प्रमुख चापागाईँले बताए । “यो रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाई वा कमजोरी देखिन्छन्”, उनले भने, “यस रोगका खतराका लक्षण छारे रोग, प्यारालाइसिस र अचेत हुनु रहेको छ ।”
सप्तरीकाे लोखरममा तीन जनामा हैजा पुष्टी
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखाला प्रभावित क्षेत्र तीन जनामा हैजा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय सप्तरी र गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले नौ जनाको पखालाको आरडिटी परीक्षण गर्दा तीन जनामा हैजा पोजेटिभ देखिएको हो । यद्यपी, यो रिपोर्ट पूर्ण विश्वासिलो नभएकाले थप जाँचका लागि माथिल्लो निकायमा पठाइएको स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताए । उनले आरडिटीले शत प्रतिशत हो नै भन्न सकिँदैन, तर थप रिपोर्ट नआएसम्म हो नै मानेर काम गर्नुपर्ने बताए । जाँचपछि आइतबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्काललाई प्रभावित क्षेत्रलाई आइसोलेट गर्ने निर्णय गरेको छ । त्यहाँ स्वास्थ्यकर्मी खटाइने र पूर्ण रिपोर्ट नआएसम्म सबैलाई सावधानी अपनाउन जनचेतना फैलाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । लोखरमको मुसहर बस्तीमा झाडापखाला लागेर एकै परिवारको तीन जनाको मृत्यु भएको थियो । त्यसपछि यो कुरा बाहिरिएको थियो ।
नेपालमा जेइकाे महामारी तीव्र : १९ प्रतिशत संक्रमितको मृत्यु: वृद्धावस्थामा बढी जोखिम
काठमाडौं– यस वर्ष जापानी इन्सेफलाइटिस (जेई) बाट ३२ जनाको मृत्यु भएको छ, जसमा १७२ संक्रमितमध्ये १९% को हाराहारीमा ज्यान गएको छ। लुम्बिनी (११), बागमती (६), गण्डकी (५) लगायत ४५ जिल्लामा फैलिएको यो रोग विगत ३ वर्षदेखि आक्रामक बन्दैछ। गत वर्ष ८६ संक्रमितमध्ये २५ को मृत्यु भएको थियो। ६० वर्षमाथिका १५, २०–५९ वर्षका १२ र १९ वर्षमुनिका ५ जनाको ज्यान गएको छ। सामान्यतया बालबालिकामा बढी हुने यो रोग नेपालमा वृद्धहरूलाई बढी असर पार्दैछ, जसको कारण खोपको कमी, भाइरस परिवर्तन वा अन्य रोगसँगको संयोजन हुन सक्छ। क्युलेक्स लामखुट्टेबाट सर्ने यो भाइरस चराचुरुङ्गी र सुँगुरबाट फैलिन्छ, जसले ३०% सम्म मृत्युदर र ५०% मा स्नायुजन्य दीर्घकालीन समस्या (जस्तै लकवा, स्मृति ह्रास) निम्त्याउँछ। लक्षण: उच्च ज्वरो, टाउको दुखाइ, अचेत अवस्था (४–१४ दिनभित्र)। उपचार लक्षणमुखी मात्र छ, एन्टिभाइरल छैन। मानसुन (साउन–असोज) मा जोखिम बढी हुन्छ। रोकथाम: १२ महिनाका शिशुमा खोप, लामो लुगा, झुल/क्रिम, सरसफाइ, पानी जम्न नदिने र पशुशाला टाढा राख्ने। विज्ञहरूले थप अध्ययन र सतर्कताको जोड दिएका छन्।
गुल्मीमा पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालन
गुल्मी । देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका अस्पताल शिलान्यास गरेको थियो । जसमा जिल्लाको चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । पछिल्लो पटक चन्द्रकोट गाउँपालिका–६ मा बिहीबारदेखि आधारभूत अस्पताल सञ्चालनमा आएको हो । पालिका अध्यक्ष युवराज केसीका अनुसार गाउँपालिकाको विज्ञापनमार्फत एक र लुम्बिनी प्रदेशको छात्रवृत्ति करार एक गरी दुइजना एमबिबिएस् डाक्टरको व्यवस्था गरिएको छ । तुल्सीभक्त अर्जुन व्युल्डर्स जेभीले रु १३ करोड ६६ लाखमा भवन निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको थियो । अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरेलगायत ओपिडी सेवाहरू सञ्चालन हुनेछन् । गुल्मीदरबार गाउँपालिका–३ मा गत वैशाख २४ गतेबाट आधारभूत अस्पताल सञ्चालनमा आएको थियो । बिकोई अर्जुन न्यू लिजा गुल्मीले दुई वर्षअघि रु १२ करोड ९४ लाखमा भवन निर्माणको काम सकेको थियो । दुईजना एमबिबिएस डाक्टर लुम्बिनी प्रदेशको छात्रवृत्ति करारबाट आएको र अन्य जनशक्ति पालिकाले व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरेको छ । अहिले अस्पतालमा १२ जना जनशक्ति रहेको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए । गुल्मी दरबारको आधारभूत अस्पतालमा प्रसूति गराउने दुईजना जनशक्ति काजमा ल्याइएको छ । दुवै अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, ल्याब, अक्सिजन, निःशुल्क प्रसूति सेवा, गर्भपतनलगायतका सेवा सञ्चालनमा छन् । गुल्मी दरबारका स्वास्थ्य संयोजक समेत रहेका अर्यालका अनुसार अहिले आधारभूत अस्पतालमा दैनिक ३० देखि ३५ जनाले सेवा लिइरहेका छन् । चन्द्रकोटमा बाग्लुङको बरेङसम्म र गुल्मी दरबारमा रेसुङ्गा नगरपालिकाको दुविचौरसम्मका नागरिकले सेवा लिएका छन् । ‘आधारभूत अस्पतालमा स्वास्थ्य बिमा लागू गर्न सकियो भने राम्रोसँग सञ्चालन गर्न सकिन्छ ।’ गुल्मी दरबारका स्वास्थ्य संयोजक अर्यालले भने ।
जापनिज इन्सेफ्लाइटिसबाट चितवनमा पाँच जनाको मृत्यु
चितवन । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । उनीहरूको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो । जापनिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।
डेङ्गीको जोखिम,सचेत रहन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म कायम रहने भन्दै नगरवासीलाई थप सचेत रहन आग्रह गरेको छ। महानगरका ३२ वटै वडामा डेङ्गीका बिरामीको सङ्ख्या बढ्दै गएकोले यो रोगले महामारीको रूप लिन सक्ने खतरा रहेको काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले जनाएको छ। डेङ्गी नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण महानगरको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले भदौदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने बताए। उनले स्थानीय वा केन्द्रीय सरकारको प्रयास मात्र नभई प्रत्येक नागरिकले आफ्नो घर र वरपरबाट डेङ्गी नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिए। “डेङ्गी नियन्त्रण सरकारको मात्र जिम्मेवारी होइन, नागरिक आफैं जिम्मेवार बन्नुपर्छ। घरघरमा लामखुट्टेको बासस्थान नष्ट गरे ठूलो समस्याबाट जोगिन सकिन्छ,” भुसालले भने। ‘खोज र नष्ट गर’ अभियान तीव्र महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाएको छ। लामखुट्टेको लार्भा नष्ट गर्ने, माइकिङमार्फत जनचेतना फैलाउने र नगरवासीलाई सचेत गराउने कार्य भइरहेको छ। पानी जम्ने ठाउँहरू जस्तै गमला, ड्रम, टायर, बोतल, खाली ट्याङ्की र अन्य भाँडाहरूमा लामखुट्टेले फुल पार्ने भएकाले यस्ता स्थानहरू नियमित सफा राख्न भुसालले आग्रह गरे। “घरभित्रै लामखुट्टे उत्पादन गर्ने कारखाना बनिरहेको छ। सामान्य सचेतनाले डेङ्गी नियन्त्रण सम्भव छ,” उनले थपे। समुदाय र स्कूलमा सचेतना महानगरले समुदाय र स्कूलहरूमा पुगेर डेङ्गी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। विशेषगरी, बालबालिकामार्फत अभिभावकहरूलाई सचेत गराउने प्रयास भइरहेको छ। स्कूलहरूमा आयोजित कार्यक्रममार्फत डेङ्गी फैलाउने लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायहरूबारे जानकारी दिइएको छ। डेङ्गीको जोखिम र लामखुट्टेको विशेषता डेङ्गी भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो लामखुट्टे ग्रामीणभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ र सफा पानी जम्ने स्थानमा फुल पार्छ। जथाभावी फालिएका बोतल, टिनका भाँडा, पुराना टायर, गमला, पानीका ट्याङ्की, मट्टितेल वा अलकत्राका खाली ड्रमहरूमा यस्ता लामखुट्टेले लार्भा उत्पादन गर्छन्। सावधानीका उपायहरू घर वरपर पानी जम्न नदिने र नियमित सरसफाइ गर्ने। पानीका ट्याङ्की र गमलाहरू ढाकेर राख्ने। पुराना टायर, बोतल र अनावश्यक भाँडाकुँडा हटाउने। लामखुट्टे भगाउने धूप, क्वाइल वा झुलको प्रयोग गर्ने। डेङ्गीको लक्षण (ज्वरो, टाउको दुख्ने, जोर्नी दुख्ने, बान्ता हुने) देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि सबै वडाहरूमा निरन्तर अनुगमन र सचेतना अभियान चलाउने प्रतिबद्धता जनाएको छ। नगरवासीलाई यो रोगविरुद्ध सामूहिक प्रयासमा सहभागी हुन आह्वान गरिएको छ।
मदर टेरेसाका प्रेरणादायी विचार
काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ। निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पित गरेकी मदर टेरेसाको स्मरणमा यो दिवस विभिन्न परोपकारी गतिविधिका साथ मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो। असमानता, गरिबी र विविध पीडाबाट प्रभावित समुदायलाई सहयोग गर्नु यसको मुख्य उद्देश्य हो। यो दिवसले पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवार दान, र जलवायु परिवर्तन तथा गरिबीका कारण गाँस, बास र कपासबाट वञ्चितहरूलाई उदार मनले सहयोग गर्न प्रोत्साहन गर्छ। संयुक्त राष्ट्रसङ्घले यस्ता गतिविधिमार्फत सामाजिक न्याय र समानताको सन्देश प्रवाह गर्न जोड दिएको छ। नेपालमा पनि विभिन्न सङ्घसंस्था र स्वयंसेवीहरूले परोपकारी कार्यहरू जस्तै खाद्यान्न वितरण, स्वास्थ्य शिविर र शिक्षासम्बन्धी कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउँदै छन्। यस्ता गतिविधिले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। मदर टेरेसाका प्रेरणादायी विचार १. यदि तपाई संसार परिवर्तन गर्न चाहानुहुन्छ भने, घर गएर परिवारलाई माया गर्नुहोस्। २. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन । ३. सफलताको लागि तिमी के कति काम गर्छौ यो महत्त्वपुर्ण कुरा होइन,तिमी आफ्नो कामलाई कति प्रेमले गर्छौ यो सफलताको मापदण्ड हो। ४. अनुशासन लक्ष्य र उपलब्धि बीचको पुल हो । ५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो । ६. प्रगाढ प्रेम मापन गरिँदैन, मात्र दिइन्छ । ७. प्रेम हर मौसममा हुने फल हो,र हरेक व्यक्ति को पहुंच मा छ। ८. यदि तिमी मन दुख्दासम्म प्रेम गर्न सक्छौ भने अझै प्रेम गर, तिमीले प्रेमको शिवाय केहि भेट्ने छैनौ । ९. स-साना कुराहरुमा वफादार हुनुहोस् किनकि तीनै साना कुराहरुमा तपाईको शक्ति निहित छ । १०. जहाँ जाउ प्रेम बाँड किनकि कोही तिमी सामु आउँदा प्रफुल्लित अनुहार लिएर फर्किओस् । ११. हामी सोच्छौ कि हामी जे गर्छौ त्यो समुन्द्रमा थोपा खसाए बराबर हो तर एक एक थोपा निकाल्दा समुन्द्रमा पनि कम हुन्छ । १२. सबैले ठूला काम गर्न सक्दैनन् तर साना काम गर्न सक्छन्, जसले ठुलो खुसी दिन सक्छ । १३. दयालु शब्द छोटो र बोल्न सजिलो हुन सक्छ, तर तिनीहरूको प्रतिध्वनि साँच्चै अन्तहीन हुन्छ। १४. रोटीको भोक भन्दा प्रेमको भोक हटाउन धेरै गाह्रो हुन्छ । १५. तिमीले सय व्यक्तिलाई खुवाउन सक्दैनौ भने कम्तिमा एक व्यक्तिलाई खुवाउ । १६. हिजो बितिसक्यो ,भोलि आएकै छैन बस आज मात्र हाम्रो हो त्यसैले सुरुवात आजै गर । १७. हामी एक साधारण मुस्कानले गर्न सक्ने सबै राम्रो कुरा कहिले पनि थाहा पाउँदैनौँ । १८. प्रेम गर्छु भनेर हुदैन प्रेम व्यवहारमा देखाइनु पर्छ र त्यो व्यवहार नै सेवा हो । १९. सबैभन्दा डरलाग्दो गरिबी एक्लोपन, र कसैबाट प्रेम नगरिएको महसुस नै हो। २०. यदि तिमी मान्छेहरुलाई मुल्यांकन गर्न थालेउ भने उनीहरुलाई प्रेम गर्न भुल्नेछौ ।
जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा तीन जनाको मृत्यु
चितवन । चितवनमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन २३ गतेदेखि भदौ ३ गतेसम्म गरिएको परीक्षणमा नौ जनामा जेई संक्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए । संक्रमण भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा देखिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकले सतर्कता अपनाउन आग्रह गरेका छन् । अचानक उच्च ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, बान्ता हुने, शरीर काम्ने र घाँटी दुख्ने लक्षण देखिएमा तत्काल चिकित्सकको सल्लाह लिन विशेषज्ञहरुले सुझाव दिएका छन् ।
जीवन बिमा व्यवसायमा १६ प्रतिशत वृद्धि
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका जीवन बिमा कम्पनीहरूको व्यवसाय करिब २ खर्ब रुपियाँ नजिक पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार १४ जीवन बिमा कम्पनीले १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १६.०५ प्रतिशतले बढी हो । तीन लघु जीवन बिमा कम्पनीको कारोबार समेत जोड्दा यो रकम १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो कारोबार १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख थियो । नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ४८ अर्ब ३ करोड ८० लाख रुपियाँ बिमा शुल्क आर्जन गर्दै १७.५९ प्रतिशतको वृद्धि हासिल गरेको छ । नेसनल लाइफले २२ अर्ब ४२ करोड ४४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले १९ अर्ब ९२ करोड ५५ लाख, हिमालयन लाइफले १७ अर्ब ६६ करोड ७ लाख र सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपियाँको कारोबार गरेका छन् । यस्तै, एसियन लाइफले १० अर्ब २४ करोड ८४ लाख, राष्ट्रिय जीवन बिमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख, सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख, आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपियाँको व्यवसाय गरेका छन् । तीन लघु जीवन बिमा कम्पनीले गत वर्ष ८४ करोड ३४ लाख रुपियाँको कारोबार गरेका छन् । गार्डियन माइक्रो लाइफले ३१ करोड ९९ लाख, क्रेस्ट माइक्रो लाइफले ३१ करोड २९ लाख र लिबर्टी माइक्रो लाइफले २१ करोड ५ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् ।
चितवनका व्यवसायी लामिछाने नेपाल-भारत मैत्री अस्पतालको शैक्षिक निर्देशकमा नियुक्त
काठमाडौं । नेपाल-भारत मैत्री अस्पताल (शिक्षण कलेज)को शैक्षिक निर्देशकमा चितवनका युवा व्यवसायी महेश लामिछाने नियुक्त भएका छन् । कलेजले लामिछानेलाई बुधवार शैक्षिक निर्देशकमा नियुक्त गरेको हो । लामिछानेको नियुक्ती सँगै अस्पतालले शैक्षिक क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास रहेको अध्यक्ष पवन पाठकले विश्वास व्यक्त गरे । लामो समयदेखि चितवनमा रहेर व्यवसाय गर्दै आएका लामिछानेले अस्पताललाई नयाँ उचाईमा लैजाने योजना रहेको सुनाए । अस्पतालले यसै वर्ष मात्रै सिटीईभिटी अन्तर्गतको ३ वर्षे स्टाफ नर्स, सामान्य चिकित्सा (एचए) र फार्मेसीका लागि सम्बन्धन प्राप्त गरेको छ । अहिले धमाधम आवेदन फारम भर्ने काम भईरहेको नवनियुक्त शैक्षिक निर्देशक लामिछानेले बताए । एसईई दिएर बसेका विद्यार्थीहरुले साउन २६ गतेसम्म फारम भर्न सक्ने उनले जानकारी दिए । प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै लामिछानेले सिप मुलक शिक्षा अध्ययन गर्न विद्यार्थीहरुलाई उनले आग्रह पनि गरे । एक सय शैयाको अस्पताल काठमाडौंको मित्रपार्कमा रहेको छ भने कलेज हाँडीगाँउमा रहेको छ ।
७४ जिल्लामा फैलियाे डेंगु, संक्रमित दुईहजार बढी
काठमाडौं । मनसुन सक्रिय भएसँगै डेंगुको जोखिम देशव्यापी रूपमा बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनयता देशभर डेंगुका २ हजार ४५१ बिरामी पहिचान भएका छन् पछिल्लो एक हप्तामा मात्रै १५७ नयाँ बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १५ जनामा डेंगु पुष्टि भएको छ । डेंगु सङ्क्रमण हालसम्म देशका ७४ जिल्लामा फैलिएको छ । प्रदेशगत तथ्याकलाई केलाउँदा गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित देखिएको छ । गण्डकीमा हालसम्म ६ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने पछिल्लो एक हप्तामा मात्रै ४८ नयाँ बिरामी थपिएका छन् । त्यसपछि बागमती प्रदेशमा ५ सय २३, लुम्बिनी प्रदेशमा ४०५ र कोशी प्रदेशमा ४ सय ३६ जनामा सङ्क्रमण देखिएको छ ।
के तपाईलाई पोल्ने, अमिलो डकार र छातीमा जलन हुने जस्ता लक्षणहरू त छैनन् ?
एसिडिटी: कारण, लक्षण, र घरेलु उपचार एसिडिटी एक सामान्य स्वास्थ्य समस्या हो, जसमा पेटमा अम्ल (एसिड) को मात्रा बढी हुन्छ, जसले पेटको माथिल्लो भागमा पोल्ने, अमिलो डकार आउने, र छातीमा जलन हुने जस्ता लक्षणहरू देखिन्छन्। यो समस्या सामान्यतया खानपान, जीवनशैली, वा तनावका कारण उत्पन्न हुन्छ। यहाँ एसिडिटीको कारण, लक्षण, र घरेलु उपचारबारे तथ्यपरक जानकारी प्रस्तुत गरिएको छ। एसिडिटी भनेको के हो? एसिडिटी, जसलाई हाइपरएसिडिटी वा ग्यास्ट्रिक रिफ्लक्स पनि भनिन्छ, तब हुन्छ जब पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले पेटको भित्री तहलाई असर गर्छ वा खाना नली (इसोफेगस) मा माथि आउँछ। सामान्य अवस्थामा, पेटको भित्री तहले यो अम्ललाई नियन्त्रण गर्छ, तर कहिलेकाहीँ यो सन्तुलन बिग्रन्छ, जसले असहजता उत्पन्न गर्छ। एसिडिटीका कारणहरू अस्वस्थ खानपान: तारेको, मसालेदार, वा अमिलो खानेकुरा (जस्तै, चटपटे, फास्ट फूड, अमिलो फलफूल)। धेरै कफी, चिया, वा रक्सीको सेवन। अनियमित खानपान, जस्तै धेरै समय भोकै बस्ने वा एकैपटक धेरै खाने। जीवनशैली: तनाव र चिन्ता, जसले पेटमा एसिड उत्पादनलाई बढाउँछ। खाना खाएलगत्तै सुत्ने बानी। कम शारीरिक गतिविधि वा मोटोपन। औषधि र स्वास्थ्य अवस्था: एन्टिबायोटिक्स, पेनकिलर (जस्तै, आइबुप्रोफेन), वा स्टेरोइड जस्ता औषधिको प्रयोग। ग्यास्ट्राइटिस, अल्सर, वा हायटल हर्निया जस्ता स्वास्थ्य समस्या। गर्भावस्था, जसले पेटमा दबाब बढाउँछ। एसिडिटीका लक्षणहरू छाती वा पेटको माथिल्लो भागमा पोल्ने अनुभव (हार्टबर्न)। अमिलो डकार आउने वा मुखमा तीतो स्वाद। पेट फुल्ने वा ग्यासको समस्या। वाकवाकी लाग्ने वा बान्ता हुने अनुभव। घाँटीमा जलन वा खाना निल्न गाह्रो हुने। लामो समयसम्म रहँदा खोकी वा श्वासप्रश्वासमा समस्या। एसिडिटीबाट बच्ने उपाय खानपानमा सुधार: सन्तुलित खाना खाने, जस्तै सागपात, गेडागुडी, र सजिलै पच्ने खानेकुरा। मसालेदार, तारेको, र अमिलो खानेकुरा कम गर्ने। रातको खाना सुत्नुभन्दा कम्तीमा २-३ घण्टा अघि खाने। धेरै पानी पिउने, तर खाना खाँदा धेरै तरल पदार्थ नपिउने। जीवनशैली परिवर्तन: तनाव कम गर्न योग, ध्यान, वा हल्का व्यायाम गर्ने। खाना खाएपछि तुरुन्तै नसुत्ने, हल्का हिँड्ने। धूमपान र रक्सीको सेवन बन्द गर्ने। सुत्दा टाउकोको भागलाई ६-८ इन्च माथि राख्ने। नियमित स्वास्थ्य जाँच: लामो समयसम्म लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने। अल्सर वा ग्यास्ट्रिक रिफ्लक्स रोग (GERD) को जाँच गराउने। घरेलु उपचार अदुवा: अदुवाले पेटको अम्ललाई सन्तुलनमा राख्छ। एक टुक्रा अदुवा चपाएर वा अदुवाको चिया बनाएर पिउन सकिन्छ। विधि: एक गिलास तातो पानीमा १ चम्चा अदुवाको रस र मह मिसाएर बिहान खाली पेटमा पिउने। सौंप: सौंपले पाचन प्रक्रियालाई सहज बनाउँछ र अम्ललाई नियन्त्रण गर्छ। विधि: १ चम्चा सौंपलाई १ गिलास तातो पानीमा १० मिनेट उमालेर पिउने। तुलसी: तुलसीका पातहरूले पेटको जलन कम गर्छ। ४-५ वटा तुलसीका पातहरू चपाउनुहोस् वा तुलसीको चिया बनाएर पिउनुहोस्। दूध वा दही: चिसो दूध वा दहीले तुरुन्तै राहत प्रदान गर्छ। १ गिलास चिसो दूध वा सादा दही खाना खाएपछि खाने। केरा: पोटासियमयुक्त केराले पेटको अम्ललाई तटस्थ गर्छ। दैनिक १-२ वटा पकेको केरा खाने। बेकिंग सोडा: बेकिंग सोडाले अम्ललाई तुरुन्तै तटस्थ गर्छ। १ गिलास पानीमा आधा चम्चा बेकिंग सोडा मिसाएर पिउने, तर यो धेरै प्रयोग नगर्ने। कागती र पानी: कागतीले पेटको अम्ललाई सन्तुलनमा राख्न मद्दत गर्छ। १ गिलास मनतातो पानीमा आधा कागतीको रस मिसाएर बिहान पिउने। सावधानी घरेलु उपचार लामो समयसम्म प्रयोग गर्नुअघि चिकित्सकसँग परामर्श लिनुहोस्। बारम्बार वा गम्भीर लक्षण देखिएमा (जस्तै, रगतसहितको बान्ता, तौल घट्ने, वा निल्न गाह्रो हुने), तुरुन्तै चिकित्सकीय सहायता लिनुहोस्। बेकिंग सोडा धेरै प्रयोग गर्दा रक्तचाप वा पेटमा अन्य समस्या हुन सक्छ। निष्कर्ष एसिडिटी एक सामान्य समस्या हो, जसलाई खानपान र जीवनशैलीमा सुधार तथा घरेलु उपचारबाट नियन्त्रण गर्न सकिन्छ। नियमित व्यायाम, सन्तुलित खाना, र तनाव व्यवस्थापनले यो समस्यालाई कम गर्न सकिन्छ। यदि लक्षणहरू बारम्बार देखिन्छन् वा गम्भीर हुन्छन् भने, चिकित्सकसँग परामर्श गर्नु उत्तम हुन्छ। स्वस्थ जीवनशैली अपनाएर एसिडिटीबाट छुटकारा पाउन सकिन्छ।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन राखिने
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ। गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल आज सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँसँगै घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको भएपनि उहाँलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी गराएको छ।
गर्भावस्थाको पहिलो त्रैमासिक र श्रीमानको भूमिका
गर्भावस्था प्रत्येक महिलाको जीवनको विशेष समय हो, तर यो समय शारीरिक मात्र नभई मानसिक र भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। गर्भावस्थाको पहिलो त्रैमासिकमा महिलाको मनोविज्ञान धेरै कुराबाट प्रभावित हुन्छ, विशेषगरी शरीरमा हुने हार्मोनल परिवर्तन र नयाँ जीवनको सुरुवातसँग आउने जिम्मेवारीसँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ। यस्तो बेला महिलाको मनोविज्ञान सामान्य अवस्था भन्दा फरक हुन्छ। के के हुन्छ त? १. भावनात्मक उतारचढाव (Mood Swings) पहिलो त्रैमासिकमा महिलाको भावनात्मक स्थिरतामा उतारचढाव आउनु सामान्य हो। एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनको तीव्र रूपमा वृद्धि हुँदा खुशी, उदासी, तनाव, वा झोक जस्ता भावनाहरू एकैचोटि अनुभव हुन सक्छ। यी भावनात्मक उतारचढावले महिलालाई कहिलेकाहीं असहज बनाउँछ, जसका लागि सकारात्मक वातावरणको आवश्यकता हुन्छ। २. चिन्ता र डर नयाँ जीवनको सुरुवातसँगै महिलामा विभिन्न प्रकारका डर र चिन्ता पैदा हुन्छ। बच्चाको स्वास्थ्य, आफ्नै स्वास्थ्य, र भविष्यको तयारीबारे सोच्दा उनी अनिश्चित महसुस गर्न सक्छिन्। विशेषगरी, पहिलो पटक गर्भवती भएका महिलाहरूमा यो डर र तनाव झन् बढी देखिन्छ। यो अवस्थामा मानसिक समर्थनले ठूलो भूमिका खेल्छ। ३. आफ्नै शरीरप्रति संवेदनशीलता गर्भावस्थाको पहिलो चरणमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ। वाकवाकी, थकान, वजनको वृद्धि, र शरीरको अन्य शारीरिक लक्षणहरूले उनी कहिलेकाहीं आफूलाई आत्मविश्वासहीन महसुस गर्न सक्छिन्। कतिपय अवस्थामा उनी आफूलाई "सुन्दर छैन" भन्ने सोच्न पनि सक्छिन्, जसले मानसिक तनाव पैदा गर्न सक्छ। ४. मातृत्वको भावना (Maternal Instinct) गर्भावस्थामा मातृत्वको भावना सुरु हुन्छ। बच्चाको आगमनको सोचले महिलामा प्रेम, सुरक्षा, र हेरचाहको भावना पैदा गर्छ। उनी भविष्यको योजनामा केन्द्रित हुँदै मातृत्वको भूमिकामा आफैंलाई तयार पार्न थाल्छिन्। ५. सामाजिक र भावनात्मक समर्थनको आवश्यकता यो समयमा महिलालाई परिवार र श्रीमान्को साथको आवश्यकता अत्यधिक हुन्छ। समर्थन र सहानुभूतिको अभावले उनी एक्लोपन महसुस गर्न सक्छिन्। परिवारको माया र सहयोगले गर्भावस्थाको चुनौतीलाई सहज बनाउन सहयोग गर्छ। श्रीमान्को सहयोग भनेको उनीप्रति माया र सम्मान देखाउनु मात्र होइन, उनका भावनाहरूलाई बुझेर सहानुभूति देखाउनु पनि हो। ६. थकान र मानसिक कमजोरी पहिलो त्रैमासिकमा शारीरिक थकानका कारण महिलाले मानसिक रूपमा पनि कमजोर महसुस गर्न सक्छिन्। कामप्रतिको ध्यान कम हुनु, सधैं थाकेको महसुस गर्नु, र निर्णय लिने क्षमतामा कमी आउनु सामान्य हुन्छ। ७. भविष्यको योजना (Future Planning) महिला गर्भावस्थाको सुरुवातमै बच्चाको आगमनपछि हुने वित्तीय व्यवस्थापन, जिम्मेवारी, र जीवनशैलीबारे सोच्न थाल्छिन्। यो सोच सकारात्मक भए पनि कहिलेकाहीं यो सोचले तनाव र चिन्ता बढाउन सक्छ। ८. साथी र समाजको धारणा समाज र साथीभाइको धारणा महिलाको मानसिकतामा ठूलो प्रभाव पार्छ। यदि उनी सकारात्मक र समर्थनजनक वातावरणमा छिन् भने उनी आत्मविश्वास र सकारात्मक महसुस गर्छिन्। तर, आलोचनात्मक वा असहयोगी वातावरणले उनीमा नकारात्मक प्रभाव पार्न सक्छ। [ ] श्रीमानको भूमिका गर्भावस्थाको पहिलो त्रैमासिक महिला जीवनको संवेदनशील समय हो, जसमा शारीरिक परिवर्तनसँगै मानसिक र भावनात्मक रूपमा पनि महिलालाई चुनौतीको सामना गर्नुपर्छ। यो समयमा परिवार, श्रीमान्, र साथीहरूको माया, सहयोग, र सहानुभूति महिलाको मनोविज्ञानलाई स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। सकारात्मक वातावरणले महिलालाई तनावमुक्त राख्न मद्दत गर्छ र मातृत्वको यात्रालाई सहज र आनन्दमय बनाउँछ। १. समर्थन र सहानुभूति देखाउनुहोस् श्रीमतीलाई शारीरिक र मानसिक रूपमा सहज महसुस गराउन सकारात्मक वातावरण तयार गर्नुहोस्। उनी गर्भावस्थाका शारीरिक परिवर्तन र समस्याहरू (जस्तै: वाकवाकी, थकान, मूड स्विङ) झेल्दै छिन् भन्ने बुझ्नुहोस्। २. स्वास्थ्य जाँचमा सहयोग गर्नुहोस् डाक्टरको नियमित भेटघाट (prenatal check-ups) मा जान साथ दिनुहोस्। आवश्यक परामर्श र मेडिकल परीक्षणका लागि समय व्यवस्थापन गर्न सहयोग गर्नुहोस्। ३. सन्तुलित आहार सुनिश्चित गर्नुहोस् श्रीमतीलाई पौष्टिक आहार लिन प्रेरित गर्नुहोस्, जस्तै फलफूल, सागसब्जी, प्रोटिनयुक्त खाना। धेरै पानी पिउन र जंक फुड टाढा रहन सुझाव दिनुहोस्। ४. भावनात्मक रूपमा बलियो बनाउनुहोस् गर्भावस्थाका चुनौतीबारे उनीसँग खुलेर कुरा गर्नुहोस्। उनीलाई आफ्नो महसुस बताउन सहज बनाउनुहोस् र तपाईं उनको साथमा हुनुहुन्छ भन्ने विश्वास दिनुहोस्। ५. घरेलु काममा सहयोग गर्नुहोस् उनी थाकेको वा असहज महसुस गरेमा घरको काम आफैं गर्नुहोस्। कोठा मिलाउने, बाथरूम सफा गर्ने अनि लुगा धुने काममा सहयोग गर्नुस्। आरामको समय मिलाउन दिनुहोस्। ६. गर्भावस्था सम्बन्धी जानकारी जुटाउनुहोस् पुस्तक, अनलाइन स्रोत, वा डाक्टरबाट गर्भावस्थाको पहिलो त्रैमासिकबारे जान्नुहोस्। यसको माध्यमबाट श्रीमतीलाई राम्रोसँग सहयोग गर्न सक्नुहुन्छ। ७. मनोविनोद र विश्रामको व्यवस्था गर्नुहोस् सँगै बसेर फिल्म हेर्ने, रमाइलो गर्ने, वा साना घुमफिरमा लैजाने योजना बनाउनुहोस्। सकेसम्म बढी भन्दा बढी समय दिनुस्। बेलाबेला सुप र अन्य खानेकुरा ल्याइदिनुस। हरेक दिन खुट्टा, टाउको कमर मालिस गरिदिनुस्। उनीलाई खुशी र तनावमुक्त राख्ने प्रयास गर्नुहोस्। यो समयमा श्रीमानको सहयोग र माया श्रीमतीको लागि महत्वपूर्ण हुन्छ, जसले उनीलाई आत्मबल दिन्छ र गर्भावस्थाको चुनौतीलाई सहज बनाउँछ।
यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ । यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।
किन हुन्छ यौन सम्पर्क गर्दा अचानक मृत्यु ? यस्ता छन् विश्वका चर्चित घटनाहरु
यौन सम्बन्धलाई शारीरिक र मानसिक आनन्दको क्रियाका रुपमा बुझिन्छ तर एक अर्काको आपसी सहमतिमा यौन सम्बन्ध भइरहेको अवस्थामा अकस्मात मृत्यु भएका कैयन घटनाहरु रहेका छन् । त्यसो भए किन हुन्छन् त यस्ता घटनाहरु? यौन सम्बन्धका क्रममा मृत्यु भएकोलाई विभिन्न शब्दावलीमा उल्लेख गरिएको छ, जस्तै "सेडलमा मर्नु" वा फ्रेन्च भाषामा "ला मोर्त द'अमोर"। नेपालीमा भने त्यस्तो कुनै शब्द रहेको छैन । शरीर विज्ञानका अनुसार यौन सम्बन्धका बेला विशेष गरी चरमोत्कर्षका क्रममा अक्सिटोसिन हर्मोनको स्तर बढने गर्दछ। जसलाई "माया हर्मोन" पनि भनिन्छ। यो हर्मोनले मानिसलाई सामीप्यतामा बाँधिन र परस्पर विश्वास निर्माण गर्न मद्दत गर्छ। यौन क्रियाकलापलाई विभिन्न मुड सुधार गर्ने रणनीतिहरूमध्ये एक मानिन्छ, अर्थात् यसले निरासा, उदासी वा डिप्रेसनको भावना कम गर्न मद्दत गर्न सक्छ। २०११ मा जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको एक मेटा-विश्लेषणमा, हरेक हप्ता यौन क्रियाकलापमा एक घण्टा थप हुँदा प्रति १०,००० वर्षमा २–३ मायोकार्डियल इन्फार्कसन र एक आकस्मिक हृदय मृत्युको जोखिम बढेको देखाएको छ। यौन सम्बन्धले भल्साल्भा म्यानुभरमार्फत सबराक्नोइड हेमरेजलाई समेत बढावा दिनसक्छ। २०११ मा जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित अर्को मेटा-विश्लेषणमा, आफ्नो जोडीप्रति प्रतिवद्ध पुरुषको तुलनामा अवैध या अरु महिलासँग सम्बन्धमा रहने पुरुषहरूमा यौन सम्पर्कका बेला गम्भीर वा प्राणघातक हृदयघातका घटनाहरू हुने सम्भावना धेरै बढी हुने पाइएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा हुने मृत्युहरू लगभग ०.६% सबै आकस्मिक मृत्यु हुन्छन्। बेलायतमा, ५० वर्ष मुनिका मानिसहरूको ०.२% आकस्मिक हृदयघातको एक घण्टाभित्र यौन सम्बन्धका क्रममा मृत्यु भएको पाइएको छ। सामान्यतया सुरक्षित मानिने साइडेनाफिल औषधिलाई पनि वृद्ध वा कमजोर पुरुषहरूमा यौन क्रियाकलापका क्रममा आकस्मिक हृदयघात भइ हुने मृत्युसँग जोडिएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत्युहरूको संख्या अन्य औषधि, जस्तै कोकिनको प्रयोगसँग पनि जोडिएको छ। हृदयजन्य कारणहरूले गर्दा यौन क्रियाकलापका क्रममा हुने अधिकांश मृत्युहरू पुरुषको रहेको छ। विश्व प्रशिद्ध घटनाहरु यो सूचीमा केवल सहमतिमा भएका यौन क्रियाकलापका क्रममा वा सिधै तिनीहरूको कारणले भएका मृत्युहरू मात्रै समावेश गरिएको छ। यसमा इच्छाविपरितका यौन क्रियाकलापहरू, जस्तै बलात्कारलाई समेटिएको छैन। Pope John XII (d. 964) लाई सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत भएको मानिन्छ। Pope John XII १४ मे ९६४ मा मरेका थिए। कथानक अनुसार उनी Stefanetta नामकी महिलासँग यौन सम्बन्ध राख्दै गर्दा पक्षघातबाट मरेका थिए। बेलायतका प्रधानमन्त्री Lord Palmerstonको सन् १८६५ मा छोटो बिरामीपछि देहान्त भयो। भनिन्छ नौकरानीसँग बिलियर्ड टेबलमा यौन सम्बन्ध गर्दा उनको मृत्यु भएको थियो, तर यो विवादास्पद छ, केही श्रोतले भने कि उनी निमोनियाबाट मरेको बताएका छन्। फ्रान्सका राष्ट्रपति Félix Faure सम्म सहमतिमा भएको यौन क्रियाकलापका क्रममा मृत अवस्थामा फेला परेका थिए। सन् १८९९ मा उनको मृत्युको कारण मस्तिष्क रक्तस्रावको रूपमा सूचीबद्ध गरिएको थियो। प्रत्यक्षदर्शीहरूरुका अनुसार मृत भएका बखत उनी अर्धनग्न अवस्थामा थिए। एक प्रसिद्ध Jesuit धर्मशास्त्री Cardinal Jean Daniélou सन् १९७४ मा पेरिसको एक वेश्यालयमा ६९ वर्षको उमेरमा मरे। उनी भेट्न गएको स्थानकी यौनकर्मीले कार्डिनल दान दिन गएको बताएपनि उनको मृत्यु शारीरिक सम्पर्ककै क्रममा भएको थियो । संयुक्त राज्यका पूर्व उपराष्ट्रपति र Rockefeller परिवारको सम्पत्ति उत्तराधिकारी Nelson Rockefeller सन् १९७९ मा ७० वर्षको उमेरमा हृदयघातबाट मरेका थिए। तर उनको मृत्यु यौन सम्बन्ध गर्दा भएको विश्वास गरिएको छ। उनका मृत्युका असामान्य परिस्थितिहरूका कारण न्यूयोर्क म्यागजिनले भनेको थियो, "Nelson thought he was coming, but he was going"। उनको मृत्युको समयका विवरणहरू धेरै फरक थिए र उनको शीघ्र दाहसंस्कारले मृत्युको सटीक कारण अनिश्चित बनायो। (यहाँ उल्लेख गरिएको जानकारी इन्टरनेटमा उपलब्ध बिभिन्न श्रोतबाट लिइएको हो)

