१०० रुपैयाँ भन्सार कडाइ: सीमामा सास्ती, जनजीवन अस्तव्यस्त
जनकपुरधाम । नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार अनिवार्य गर्ने सरकारी कडाइले मधेसका सीमावर्ती बासिन्दाको दैनिक जीवन नै प्रभावित बनेको छ। विवाह, व्रतबन्धजस्ता शुभकार्यको सिजन सुरु भएसँगै किनमेलको चाप बढ्ने समयमा आएको यो निर्णयले सर्वसाधारण थप मारमा परेका छन्।
सीमावर्ती क्षेत्रका नागरिकहरू वर्षौंदेखि दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर छन्। नुनदेखि लत्ताकपडासम्म सस्तोमा पाइने भएकाले सीमापारि किनमेल गर्ने परम्परा जस्तै बनिसकेको छ। तर अहिले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने कडाइले उनीहरूको जीवनशैलीमै असर पारेको छ।
गौशाला नगरपालिका–कान्तिबजारकी सुनिता महतो भन्छिन्, “सस्तो पाइन्छ भनेर पारि जान्छौं, रहरले होइन। अहिलेको नियमले त बचत गर्न खोज्दा झन् थप खर्च बढ्यो।” उनीजस्तै दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका वर्ग सबैभन्दा बढी प्रभावित भएका छन्।
सम्सी गाउँपालिकाकी मञ्जुदेवीको गुनासो उस्तै छ। “आम्दानी उस्तै छ, खर्च बढ्दै गएको छ। १०० रुपैयाँभन्दा माथि सबैमा भन्सार तिर्नुपर्छ भने कसरी धान्ने?” उनी भन्छिन्।
सीमासँग जोडिएको सामाजिक सम्बन्धमा समेत यसले असर पार्न थालेको स्थानीयको भनाइ छ। सोनमा गाउँपालिकाकी लक्ष्मी देवी भन्छिन्, “माइतीबाट ल्याउने सामानमा पनि अब भन्सार तिर्नुपर्छ भन्ने सुन्दा नै दुःख लाग्छ।”
व्यापारमा असर, तस्करी बढ्ने चिन्ता
स्थानीयहरूका अनुसार यस्तो कडाइले वैधानिक किनमेल घटाएर उल्टै तस्करी बढ्ने जोखिम छ। सम्सीका विनोद साह भन्छन्, “धनीलाई असर पर्दैन, गरिब नै पिल्सिन्छ। यस्तो नियमले झन् अवैध बाटो बढ्न सक्छ।”
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि नीति अव्यावहारिक भएको टिप्पणी गर्छन्। उनका अनुसार बजार व्यवस्थापन नगरी कडाइ मात्र गर्दा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पर्छ। “नेपालमै सबै सामान सस्तो र सहज छैन। विकल्प नदिई कडाइ गर्नु ठीक होइन,” उनले भने।
भारतीय बजार सुनसान, नेपाली बजारमा चाप
कडाइपछि भारतीय सीमावर्ती बजारहरूमा चहलपहल एकाएक घटेको छ। महोत्तरीको सम्सी र कनमा बजार अहिले सुनसानजस्तै बनेका छन्। एक भारतीय व्यापारी भन्छन्, “पहिले नेपाली ग्राहक नै मुख्य थिए, अहिले व्यापार लगभग ठप्प भयो।”
यता, बर्दिबासलगायत नेपाली बजारमा भने ग्राहकको भीड बढेको छ। यसले स्थानीय व्यापारलाई केही राहत दिए पनि उपभोक्ता सन्तुष्ट छैनन्। उपभोक्ताहरूले मूल्य बढेको, विकल्प सीमित भएको र केही व्यापारीले कालोबजारी सुरु गरेको गुनासो गरेका छन्।
भन्सार संरचना नै कमजोर
मधेस प्रदेशमा जनकपुर, जलेश्वर, सर्लाही, गौर, वीरगञ्ज, राजविराज, सिरहा र ठाँडी गरी आठ भन्सार कार्यालय छन्। तर धेरै नाकामा सहज पहुँच छैन। पत्रकार तथा अभियन्ता किशोर मण्डल भन्छन्, “१०० रुपैयाँको सामानमा भन्सार लगाउने तर भुक्तानी गर्ने संरचना नहुने—यो कसरी व्यवहारिक हुन्छ?”
सरकारको दाबी: ‘नियम नयाँ होइन’
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टका अनुसार यो व्यवस्था नयाँ नभई पुरानै हो, अहिले कार्यान्वयन कडाइ गरिएको मात्र हो। उनका अनुसार यसले आन्तरिक बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालले पनि “कसैलाई दुःख दिने नियत नभएको” स्पष्ट पारेका छन्। प्रहरीका अनुसार केन्द्रको निर्देशनअनुसार मात्र कडाइ गरिएको हो।
नीति पुनरावलोकनको माग
नेपाल–भारत खुला सीमा संवाद समूहले भने १०० रुपैयाँको सीमा अव्यावहारिक भएको भन्दै नीति संशोधनको माग गरेको छ। समूहले घरायसी सामानमा छुट, धार्मिक यात्राका लागि ४८ घण्टासम्म भन्सारमुक्त सुविधा र तस्करी नियन्त्रणका लागि छुट्टै रणनीति आवश्यक रहेको जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागू गरिएको १०० रुपैयाँ भन्सार कडाइले अपेक्षित रूपमा राजस्वभन्दा बढी जनअसन्तुष्टि जन्माएको देखिन्छ। स्थानीय बजारमा आंशिक लाभ देखिए पनि उपभोक्ताको पीडा, महँगी र सामाजिक सम्बन्धमा परेको असरले सरकारमाथि नीति पुनर्विचारको दबाब बढ्दै गएको छ।
आज मिथिलामा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै छ । पर्वको षष्ठी तिथिका दिन आज साँझ व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् । षष्ठी तिथिका साँझ व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर सबै प्रकारका अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेस र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । यसपर्वको दोस्रो दिन सोमबार व्रतालुले आ–आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई चैतीछठ पूजाका लागि निम्तो दिँदै खरना पर्व मनाएका थिए । षष्ठी तिथिमा चैती छठको मुख्य पूजा अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व मनाउँदै छन् ।
धनुषा–१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित प्रमाण पत्र
धनुषा । धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव निर्वाचित भएका छन् । उनले १० हजार ४३० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम पलट साहले ९ हजार ५०२ मत प्राप्त गरेका छन् । मत परिणामअनुसार यादवले ९२८ मतको अग्रता कायम गर्दै चुनाव जितेका हुन् । यस क्षेत्रको मतगणना शनिबारनै सकिए पनि विजेताको घोषणा तथा प्रमाणपत्र वितरणमा केही समय ढिलाइ भएको थियो । निर्वाचन आयोगले यसअघि उम्मेदवारी खारेज गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारीसम्बन्धी विषयमा स्पष्ट निर्णय नदिँदा परिणाम घोषणा रोकिएको थियो । यस विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीले पनि आयोगको कदमप्रति आपत्ति जनाएको थियो । पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार जारी गरेको प्रेस वक्तव्यमा धनुषा–१ मा आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए । वक्तव्यमा आयोगको २०८२ फागुन १८ गतेको बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा त्यसपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिएको जनाइएको थियो । आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसको परिणामअनुसार मातृकाप्रसाद यादव विजयी भइसकेको नेकपाले जनाएको थियो । तर स्पष्ट मत परिणाम हुँदाहुँदै पनि आयोगले प्रमाणपत्र प्रदान गर्न आलटाल गर्नु तथा निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत गतिविधि देखिनु चिन्ताजनक भएको वक्तव्यमा उल्लेख गरिएको थियो । पार्टीले कानुनअनुसार उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित विषयलाई देखाएर प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने पनि जनाएको थियो । नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासनको पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको थियो । साथै अदालतले पनि कानून र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास व्यक्त गरेको वक्तव्यमा उल्लेख गरिएको छ । यसबीच व्यापक जनचासो र दबावपछि अन्ततः निर्वाचन आयोगले मातृकाप्रसाद यादवलाई निर्वाचित घोषणा गर्दै प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
रुकुमपूर्वबाट प्रचण्ड विजयी, बाँकी सात सिटमा नेकपाकाे अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व–१ बाट विजयी हुनुभएको छ भने अन्य विभिन्न क्षेत्रमा नेकपाका उम्मेदवारले अग्रता कायम गरेका छन्। रुकुमपूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ। यसैगरी कालीकोट–१ मा नेकपाका महेन्द्रबहादुर शाही ८ हजार ७१५ मतसहित अग्रतामा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाही ले ८ हजार २३७ मत प्राप्त गर्नुभएको छ। कपिलवस्तु–२ मा नेकपाका बृजेशकुमार गुप्ता ५ हजार ३७६ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम थापा ले ३ हजार २३८ मत प्राप्त गर्नुभएको छ। काभ्रे–१ मा नेकपाका दीननाथ गौतम ३ हजार ४४६ मतसहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १ हजार ९९० मत प्राप्त गर्नुभएको छ। त्यस्तै सल्यान–१ मा नेकपाका रमेशकुमार मल्ल २ हजार ८५१ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले १ हजार ४१७ मत प्राप्त गर्नुभएको छ। रोल्पा–१ मा नेकपाका वर्षमान पुन २ हजार ६७३ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गोकुलप्रसाद घर्तीले १ हजार ७४८ मत प्राप्त गर्नुभएको छ। अछाम–१ मा नेकपाका भीमबहादुर रावल १ हजार ९९५ मतसहित अग्रता कायम गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिपक बहादुर साउंदले १ हजार ८३७ मत प्राप्त गर्नुभएको छ। यस्तै धादिङ–२ मा नेकपाका रामबहादुर भण्डारी १ हजार ८४६ मतसहित अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद धमला ले १ हजार ६७२ मत प्राप्त गर्नुभएको छ। देशभर विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक परिणामअनुसार नेकपाका उम्मेदवारले केही क्षेत्रमा अग्रता कायम राखेका छन् भने केही स्थानमा कडा प्रतिस्पर्धा भइरहेको छ।
मौन अवधिमा सरकारी गाडीमा निजी प्लेट: एमाले धनुषा-१ का उम्मेदवारका ज्वाइँ पक्राउ
जनकपुर। मौन अवधिका बेला सरकारी सवारी साधनमा निजी नम्बर प्लेट प्रयोग गरिएको आरोपमा धनुषा–१ बाट नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलका ज्वाइँ रमेश मण्डल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रदेश सभाबाट पूर्वसभामुखको हैसियतमा उपलब्ध गराइएको सरकारी गाडीमा नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको अवस्थामा फेला परेपछि मण्डललाई नियन्त्रणमा लिइएको हो। प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट शंकास्पद अवस्थामा गुडिरहेको चारचक्के स्कारपियो गाडी र चालकलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको थियो। प्रहरी स्रोतका अनुसार बागमती–प्र–०१ ००३२ च ७८९४ नम्बरको सरकारी गाडीमा नक्कली नम्बर प्लेट राखेर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त कार्य मौन अवधिमा गरिएको भन्दै यसले निर्वाचन आचारसंहिता उल्लंघनको प्रश्न उठाएको छ। मतदातालाई प्रभावित पार्ने उद्देश्यले गाडी प्रयोग गरिएको हुन सक्ने आशंका समेत गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
पैसा बाँड्दै गरेका धनुषा–४ का स्वतन्त्र उम्मेदवार पक्राउ
जनकपुरधाम । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पैसा बाँडिरहेको अवस्थामा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का एक स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन्। क्षीरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा वितरण गरिरहेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका हुन्। धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४५ हजार रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न रहेका अन्य तीन जना भने फरार रहेका छन्। प्रहरीले घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको एक डायरीसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका उम्मेदवार महरा तथा प्रयोग गरिएको सवारीसाधनलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
रास्वपाको षड्यन्त्रमा पर्सा-२ का उम्मेदवार मनाेज चाैधरी पक्राउ
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका नेकपाका उम्मेदवार मनोज चौधरीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को षड्यन्त्र भएको आरोप लगाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चौधरी सवार गाडीमा ‘वमजस्तो देखिने शंकास्पद वस्तु’ राखिएको सूचना प्राप्त भएपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा उक्त वस्तु फेला परेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तर, नेकपाले उम्मेदवारलाई नियोजित रूपमा फसाउन गाडीमा शंकास्पद वस्तु राखी प्रहरीलाई झुटो सूचना दिइएको दाबी गरेको छ। पार्टीका नेताहरूले यस घटनालाई रास्वपाले रचेको राजनीतिक षड्यन्त्र भएको आरोप लगाएका छन्। नेकपाले निष्पक्ष छानबिनको माग गर्दै घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने जनाएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा भएको यस घटनाले पर्सा–२ को चुनावी वातावरण थप तनावग्रस्त बनेको छ। प्रहरीले अपुष्ट हल्ला नफैलाउन र संयमित रहन सबै पक्षसँग आग्रह गरेको छ।
किशोरी साहजस्तै कालोसूचिमा रहेका रुपेश पाण्डेपको उम्मेदवारि किन भएन खारेज ?
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेको आधारमा खारेज गरेको छ । तर पर्सा क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे विरुद्ध परेको ठ्याक्कै उस्तै प्रकृतिको उजुरीमा आयोगले अझै निर्णय लिन सकेको छैन् । किशोरी साह २०८० वैशाखदेखि नै कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि आयोगले फागुन १९ गते (३ मार्च) नै उनको उम्मेदवारी खारेज गरेको हो । उनी कमल निर्माण सेवा प्रालिका सेयरधनी हुन् र ८ पटकसम्म विभिन्न बैंकमा कालोसूचीमा परेका थिए । यसैगरी रुपेश पाण्डे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट करिब २० करोड ऋण लिएर १२ करोड बक्यौता तिर्न नसकेपछि माघ १८ गते कालोसूचीमा परेका थिए । उम्मेदवारी दर्ता गर्दा “कालोसूचीमा छैन” भनी झुटो स्वघोषणा गरेको उजुरी परे पनि आयोगले निर्णय लिन ढिलाइ गरेको छ । फागुन १० गतेको समाचारअनुसार एमालेले आयोग तथा बैंकमा दबाब दिएर निर्णय “होल्ड” गराएको आरोप लागेको थियो । फागुन १८ गते सर्वोच्च अदालतले पाण्डेको रिटमा “यो मुद्दा आयोगमा विचाराधीन छ, अदालतले हस्तक्षेप गर्दैन” भन्दै हस्तक्षेप अस्वीकार गरेको थियो । यसले आयोगलाई निर्णय लिने बाटो खोलिदिए पनि आयोगले अझै कुनै कदम चालेको छैन । फागुन १९ गतेको एक समाचारमा “निर्वाचन आयोगको दोहोरो मापदण्ड : धनुषामा साह खारेज, पर्सामा पाण्डेलाई उन्मुक्ति” भनी उल्लेख गरिएको छ । दुवै उम्मेदवारमाथि बैंक कालोसूची र झुटो स्वघोषणाको समान आरोप छ । तर एकको उम्मेदवारी छिट्टै खारेज हुँदा अर्कोको विषय लम्बित रहँदा आयोगको निष्पक्षतामाथि प्रश्न उठेको छ । निर्वाचन आयोगका अधिकारीहरूले “छानबिन चलिरहेको” बताए पनि आयोगले औपचारिक निर्णय अझै सार्वजनिक गरेको छैन ।
अयोग्य ठहर भएकाले धनुषा–१ मा रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज
धनुषा । धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य ठहर गर्दै साहको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्तापछि उम्मेदवारको योग्यता–अयोग्यता सम्बन्धी कागजात र विवरणहरूको परीक्षण गर्दा कानुनी प्रावधानअनुसार आवश्यक मापदण्ड पूरा नभएको निष्कर्ष निकालिएको हो। सोही आधारमा आयोगले कानुनले निर्दिष्ट गरेको अयोग्यताको दायरामा पर्ने देखिएको भन्दै उम्मेदवारी खारेज गरेको स्पष्ट पारेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेदवार हुनका लागि आवश्यक योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ। खण्ड (ज) अन्तर्गत तोकिएका प्रावधानहरू पूरा नगरेको अवस्थामा सम्बन्धित व्यक्तिलाई उम्मेदवार हुन अयोग्य मानिने व्यवस्था छ।
रुकुमपूर्वमा प्रचण्डका सात दिन, सात सन्देश
मनोज घर्तीमगर माघको अन्तिम दिनको साँझ रुकुमपूर्वको हिउँको चर्चा भयो – जसै हिउँको थुप्रोले प्रचण्डलाई स्वागत गरे । प्रचण्ड हिउँको थुप्रोमा रमाएको फोटो, भिडियो छ्यापछ्याप्ती हुने नै भए । त्यसपछिका एक साता सामाजिक सञ्जाल र सञ्चारमाध्यम रुकुममय भए । प्रचण्डमय भए । ३१ वटा वडा रहेका रुकुमपूर्वका अधिकांश वडामा प्रचण्डका पाइला परे । सबै वडाका जनता भेटे । मगर संस्कारमा फेटा गौरव, सामाजिक सम्मान र पहिचानको प्रतीक हो । लामो सेतो कपडा टाउकोमा घुमाएर बाँधिनुलाई फेटा लगाउनु भनिन्छ । मुख्यतः यो विवाहमा दुलाहा र उसका साथीहरुलाई गुठाइन्छ । भूमेलगायत चाडपर्व र पूजा तथा अन्य नाचगान र सांस्कृतिक प्रस्तुतिमा लगाइन्छ । प्राचीनकालमा टाउकोलाई घाम, चिसो, धुलोबाट बचाउन प्रयोग गरिएको फेटा साहस, सम्मान र पहिचानको प्रतीक हुँदै आज विशिष्ट व्यक्तिको सम्मानको सांस्कृतिक पहिचान बनेको छ । ५० प्रतिशत बढी मगरको बसोबास रहेको रुकुमपूर्वमा प्रचण्डको टाउकोमा फेटा गुठाइए । टाउकोमा फेटा छँदा पञ्चेबाजा घन्किदा कतै उनी दुलाहा जस्ता देखिए । जिन्दावाद र मुर्दावादको नाराले विजय उत्सव मनाइरहेका जस्ता देखिए । मैकोट, तकसेराजस्ता गाउँमा जनता र स्थानीयबाट भाषा, संस्कार, संस्कृति र इतिहास सुन्दै हिंड्दा अध्यता देखिए । उनी त्यही सुनिए पनि । र, देखिए न्याय, मुक्ति र स्वतन्त्रता दिलाएका वीर पुरुष । गौरव र आशाका प्रतीक । नेपाली कम्यृनिष्ट पार्टीका संयोजक प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा छन् । अन्य पार्टीका शीर्ष नेताहरु उच्च दबाबमा रहेको समय प्रचण्ड तनावमुक्त देखिए । माघ २९ देखि ७ गतेसम्म आफ्ना मतदातासँग भेटघाट गरेका प्रचण्ड काठमाडौं फर्किए पनि रुकुमपूर्व प्रचण्डमय नै छ । यो रहिरहनेछ । रुकुममा प्रचण्ड नाचेको, हाँसेको, खाएको, हिँडेको सामाग्री आइसकेका छन् । यो आलेखमा रुकुममा प्रचण्डको उपस्थिति, त्यहाँका बारेमा उनको बुझाइ, संश्लेषण र भन्न खोजेको कुराको चर्चा गर्ने कोशिस गरिनेछ । प्रचण्डका सात दिन प्रचण्ड ७१ वर्षका हुन् । रुकुमपूर्वमा पुथा र सिस्ने हिमाल छन् । सानी भेरी र उत्तरगंगा नदि बग्छन् । प्रचण्ड हिमालको फेदमा हिउँजस्तै चम्किलो र नदि किनारामा नदि जस्तै बेगमा विजय भावमा हिँडे । मैले यात्रामा सोधेँ, ‘यो उमेरमा यत्तिको उर्जा कसरी आउँछ ?’ प्रचण्डको सरल जवाफ ‘शारीरिक रुपमा केहीं थकान महसुस् हुन्छ । जब जनताको माया र आशा देख्छु, त्यहीं नै उर्जा भर्ने इन्जेक्सन बन्छ ।’ माघको अन्तिम दिन हिउँसँगै जिल्लाका नेता कार्यकताले प्रचण्डलाई बागलुङ र रुकुमपूर्वको सिमावर्ती पातीहाल्नामा स्वागत गरे । लुगुममा जनभेटघाट गरे । यससँगै सुरु भयो प्रचण्डको मतदाता भेटघाट । सात दिनमा प्रचण्डले रुकुमपूर्वमा ३५ स्थानमा जनभेटघाट गरे । माओवादी जनयुद्धमा चर्चित बैठकस्थल चुनबाङ पुगे । महतको लाबाङ पुगे । जनयुद्धमा छापामारले गरेका ठूला आक्रमण स्थल महत, रुकुमकोट, तकसेरा पुगे । पर्यटकीय स्थल तकसेरा र मैकोट पुगे । रात र दिउँसोको समयमा सानीभेरी किनार र भीर पहरामा पैदल यात्रा गरे । स्थानीयको घरमा खाना खाए । बास बसे । जनभेटघाट गरेका हरेक स्थानमा पञ्चे बाजा बजाइए । स्थानीय सांस्कृतिक तथा पौराणिक नाच प्रस्तुत् गरिए । प्रचण्ड हरेक नाचमा सामेल बने । प्रचण्डका सात सन्देश कर्म भूमि आएँ प्रचण्ड रुकुमेलीसँग साक्षात्कार गर्दा नौलो देखिएनन् । रुकुमेलीले पनि नौलो मानेनन् । आफ्नै घर आगनमा बसिरहेको, हिँडिरहेको भावमा थिए प्रचण्ड । परिवारको सदस्यकै रुपमा लिए रुकुमेलीले । प्रचण्डले रुकुमपूर्वलाई आफ्नो कर्मभूमिको रुपमा चित्रण गरे । र, कर्मभूमिमा आएको बताए । यसमा पूर्ण सहमत छन् रुकुमेली । प्रचण्डले यो भूमिमा लामो कर्म गरेका छन् । उनी २०४१ सालमा रुकुमपूर्वमा पाइला टेकका हुन् । जनयुद्धको सुरुवात यहीं रुकुम, रोल्पाबाट सुरु गरे । माओवादीको केहीं ऐतिहासिक बैठक रुकुमपूर्वको चुनबाङ र लाबाङमा बसे । गणतन्त्र स्थापना गर्न रुकुमकोट, महत, तकसेरामा रहेका प्रहरी चौकीमाथि आक्रमण गरे । सामुदायिक समाजवाद प्रचण्डले रुकुमपूर्वमा सामुदायिक समाजवादको चर्चा गरे । नेपाली विशेषताको समाजवाद सामुदायिक हुने उल्लेख गरे । सामुदायिक समाजवाद रुकुमपूर्वबाट सुरु गर्न सकिनेमात्रै बताएनन् की त्यसको भ्रुण पनि देखेको बताए । सामुदायिक समाजवादका विविध पक्षको लामो चर्चा यहाँ सम्भव छैन । रुकुमपूर्वमा यसको अभ्यास कसरी हुनसक्छ र भइरहेको छ भन्ने मान्न त्यहाँको केहीं विशेषतालाई हेर्न सकिन्छ । त्यहाँ मगर, दलित र क्षेत्रीको बसोबास घना छ । त्यसपछि ठकुरीको बसोबास छ । ब्राहमण, गुरुङ, नेवार, थकाली पनि छन् । रुकुमपूर्वको खासगरी अझ माथिल्लो भूभागमा सबै जातिको संयुक्त बसोबास छ । संयुक्त रहन सहन छ । संस्कृति छ । पोषाक छ । मुख्य कुरा त त्यहाँका दलित र ठकुरीको पनि मगर खाम संयुक्त भाषा बनेको छ । जातीय छुवाछुत मुक्त छ । अन्तरजातीय विवाह छ । राजनीतिक प्रतिनिधित्व समान छ । सामाजिक आर्थिक अधिकारमा महिला माथि छन् । सबै समुदाय मातृसत्तात्मक छ । यहीं विशेषतालाई नै प्रचण्डले सामुदायिक समाजवादको भ्रुण भनेको हुनुपर्छ । प्रचण्डले नेपाली विशेषताको समाजवाद सामुदायिक हुने र त्यसको अभ्यास रुकुमपूर्वबाट थाल्ने बताएका छन् । र, रुकुमपूर्वलाई नमूनाको रुपमा अघि बढाउने बताएका छन् । मगर स्वायत्त क्षेत्र रुकुमपूर्व मगर खाम भाषी क्षेत्र हो । मगर संस्कार, संस्कृतिले समृद्ध छ । यहाँ प्रचण्डले रुकुमपूर्वसहित मगर क्लस्टरहरुहरुलाई स्वायत्त क्षेत्र बनाउने बताएका छन् । स्वायत्त क्षेत्रमार्फत मगर खामभाषालाई विश्वव्यापीकरण गर्ने बताएका छन् । विशेष तथा स्वायत्त क्षेत्र बनाउन सकिने संवैधानिक व्यवस्था र रुकुमपूर्वका मगरहरुको भाषा, संस्कार, संस्कृति, सभ्यताका आधारमा त्यो बन्न सक्छ । रुकुमपूर्वले मगर बस्तीलाई जिवित संग्राहलयको अवधारणा सारेर अभ्यास थालिसकेको पनि छ । दलितका लागि प्राधिकरण रुकुमपूर्वमा २१ प्रतिशत जनसंख्या दलित समुदायको छ । त्यहाँ जातीय छुवाछुत छैन । अवशेषहरु भने देखिन्छ । जातीय छुवाछुतसहितको विभेदको अन्त्य र राजनीतिक अधिकारका लागि प्रचण्डप्रति दलित समुदाय अनुग्रहित देखिन्छ । दलित समुदायले स्पष्ट रुपमा भनेका छन् की ‘तपाईंले गर्दा हामी मान्छे भएर बाँच्न पाउने भएका छौँ ।’ विभेदको पूर्ण अन्त्य, राजनीतिक अधिकार र आर्थिक सामाजिक विकासका लागि प्रचण्डप्रति पूर्ण आशावादी पनि छन् । प्रचण्डले रुकुमपूर्वमा दलित प्राधिकरण गठन गरेर यो समुदायको सर्वाङ्गिण विकास गर्ने बताएका छन् । विकास हेर्न रुकुम जाऔँ रुकुमपूर्वमा विकास नभएको होइन । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा सुरुभएको मध्यहाडी लोकमार्गले त्यहाँको मुहार फेरिएको छ । सहिद मार्गले यात्रा सहज भएको छ । अधिकांश वडा कार्यालयसम्म खुल्ला सडक छन् । विद्यालय, स्वास्थ्य भवन बनेका छन् । तर, यसमा सन्तोष छैन । प्रचण्डसँग रुकुमपूर्वले चौतर्फी विकासको अपेक्षा गरेको छ । सबै वडामा कालोपत्रे सडक, काँक्रीदेखि मैकोट, डोल्पाको सहरतारा हुँदै चीन जोड्ने सहिदमार्ग कालोपत्रे, ढोरपाटन जोड्ने उत्तरगंगा करिडोर, सानीभेरी करिडोर कालोपत्रे जस्ता अपेक्षा गरेको छ । प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना बनाउने बताएका छन् । र, भनेका छन् ‘विकास हेर्न रुकुम जाऔँ भन्ने बनाउने छौँ ।’ उनले यो पनि भनेका छन् की पहिले क्रान्तिका लागि बन्दुक बोकेर रुकुम आएको थिएँ, यसपटक विकासको औजार लिएर आएको छु । भदौ २३ र २४ के हो ? प्रचण्डले भदौ २३ गते भएको जेनजी विद्रोह, त्यसमा भएको दमन र २४ गते भएको विध्वंसका बारेमा स्पष्ट रुपमा देशलाई भनिरहेका छन् । उनी रुकुमपूर्वमा यसमा स्पष्ट सुनिए । भदौ २३ गते जेनजी विद्रोह हुनु एमाले र कांग्रेसको तात्कालीन सरकारले गरेको भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भएको र त्यो विद्रोहमा चरम दमन गरेर युवाहरुको हत्या गरेको भनेका छन् । त्यो विद्रोहको परिस्थिति र युवाहरुको हत्या हुने गरी भएको दमन एमाले काँग्रेसले गरेको बताएका छन् । भदौ २४ गते सिंहदबार, संसद भवनसहित राष्ट्रिय धरोहर, व्यक्तिको घर तथा व्यावसायमा आगजानी गर्ने अहिलेका नयाँ भन्नेहरु रहेको प्रष्ट भनेका छन् । उनले मतदातासँग भदौ २३ र २४ पनि प्रतिस्पर्धामा रहेको युवाको हत्या गर्नुहुन्न, राष्ट्रिय धरोहर जलाउनुहुन्न भन्ने आफ्नो पार्टी पनि प्रतिस्पर्धामा रहेको बताएर आफ्नो पार्टीलाई मत मागेका छन् । क्रान्ति र शान्ति भूमि जनयुद्धको थालनी, विकास र सफलतामा रुकुमपूर्वको अग्रणी भूमिका छ । प्रचण्डले रुकुमपूर्वलाई क्रान्ति र शान्ति भूमि भनेका छन् । जनयुद्धको थालनी त्यहीं भयो । जनयुद्धलाई उचाइ दिने ठूला कारबाही त्यहीं भयो । जनयुद्धको क्रममा माओवादीको महत्वपूर्ण बैठक त्यहीं भयो । हरेक रुकुमेलीहरुको जनयुद्धमा योगदान छ । त्यसैलाई उनले क्रान्ति भूमि भनेका छन् । २०६२ मा चुनबाङमा माओवादीको केन्द्रीय समिति बैठक बस्यो । त्यो लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँगको सहकार्यमा जनआन्दोलन पनि गर्ने निर्णय गर्यो । त्यो बैठकको निर्णयका आधारमा माओवादीले फौजी कारबाही पनि जारी राख्यो, ऐतिहासिक जनआन्दोलन भयो । मुलकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्था स्थापना भयो । र, १० वर्षको युद्धपछि नेपालमा शान्ति स्थापना भयो । त्यसैलाई प्रचण्डले रुकुमपूर्वलाई शान्ति र क्रान्तिको भूमि भनेका छन् । रुकुमपूर्वले एक सातामा प्रचण्डलाई स्वागत र आतिथ्यतामा कुनै कसर बाँकी राखेन । यो सात दिनमा प्रचण्डले रुकुमपूर्वबाट नयाँ उर्जा प्राप्त गरेको हुनुपर्छ । पछिल्ला दिनका उनको अभिव्यक्तिले त्यो पुष्टि गर्छ । सात दिनमा जिल्लाका अधिकांश वडामा पुग्नु, सबै वडाका मतदातासँग भेटघाट गर्नुले रुकुमपूर्वको विकास नै भएको छैन भन्न मिल्दैन । भौगोलिक अवस्थितिले कठिनाइ छ । पूर्वाधार विकासमा अप्ठ्यारो छ । अहिलेसम्म जति विकास भएको छ, त्यसको जस प्रचण्डसँगै रुकुमपूर्वका नेताहरुलाई नै जान्छ । त्यहाँ केहीँ भएको छैन, नेताहरुलाई केहीँ गर्न सकेनन् भन्ने आरोपलाई प्रचण्डले नै खण्डन गरिदिएका छन् । उनले भनेका छन्, ‘यहाँ केहीँ भएको छैन । नेताहरुले केहीँ गरेका छैनन् भन्ने कुरा मित्थ्या हो । यहाँ धेरै विकास भएको छ । मेरै यात्राले पनि पुष्टि गर्छ । यहाँका नेताहरुले धेरै गर्नुभएको छ । यत्ति हो मबाट अझै बढी अपेक्षा छ । यहाँकै नेताहरुको साथले त्यो म गर्छु ।’ पातीहाल्नेमा केहींदिन अघि पुनः हिउँ परेको छ । हिउँको थुप्रो अग्लिएका छन् । अब त्यो हिउँले कसरी स्वागत गर्छ प्रचण्डलाई ? त्यो धेरै पर छैन ।
पाँचकुने तारामा भोट हाल्न गाउँ फर्किंदै लाखौँ मतदाता
काठमाडौं । लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव नजिकिँदै जाँदा राजधानीबाट गाउँ फर्किने मतदाताको लर्को दिनानुदिन बढ्दो छ । लगातार सार्वजनिक बिदा, होली पर्व र निर्वाचन एकैसाथ परेकाले लाखौँ नागरिक आफ्नो मताधिकार प्रयोग गर्न गाउँतर्फ लागेका हुन् । पछिल्लो एक सातामा मात्रै तीन लाख ४९ हजार ६ सय ९५ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ । १४ फागुनदेखि बाहिरिनेको संख्या उल्लेख्य रूपमा बढेको छ । १४ फागुनमा ४२ हजार ८२२ जना बाहिरिएका थिए भने १५ फागुनमा ५२ हजार ८३, १६ फागुनमा ५२ हजार ६ सय ५३, १७ फागुनमा ५३ हजार ४ सय ७ र १८ फागुनमा ५७ हजार ३ सय ७१ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै सवारी चाप उल्लेख्य रूपमा बढेको छ । “सडकमा निकै चहलपहल छ, यसले चुनावी माहोल तातेको संकेत गर्छ,” उनले भने ।दैनिक सात हजारभन्दा बढी यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिन थालेका छन् । यात्रुहरूका अनुसार यसपटकको निर्वाचनमा विशेष उत्साह देखिएको छ । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेशमा परिवर्तनको अपेक्षा बोकेर मतदाता गाउँ फर्किरहेका छन् । नयाँ बसपार्कमा भेटिएका कैलालीका सुरेश बोहराले भने, “यसपटक मेरो भोट नेपाली कम्युनिस्ट पार्टीकाे पाँचकुने तारालाई हुनेछ । त्यसकाे लागि गाउँ जाँदै छु ।” गुल्मीका सक्षम ज्ञवालीले सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने नेतृत्वको आवश्यकता औँल्याए । “राम्रो उम्मेदवार जिते मात्र देशमा परिवर्तन आउँछ,उनले भने, पार्टीकाे कुरा गर्दा नेपाली कम्युनिस्ट पार्टी सही छ ।,” यस्तै, सिन्धुपाल्चोकका गोरखबहादुर कार्कीले भ्रष्टाचार रोक्ने र युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउन नेकपाकाे पाँचकुने तारा राेज्नु पर्ने बताए । अर्घाखाँचीका गगन रेश्मी यसपालि पहिलोपटक मतदान गर्न गाउँ जाँदै छन् । उनले पनि अबकाे विकल्प नेकपानै भएकाले पाँचकुने तारा राेज्नु पर्ने सुझाव दिए । यसपटक होली पर्व र लामो बिदाले पनि गाउँ फर्किनेको संख्या पनि तारा चिन्ह लाेकप्रिय बनेकाे छ । आठदेखि नौ लाखसम्म यात्रुले उपत्यका छाड्ने अनुमान छ । अधिकांश बसको अग्रिम टिकट बुकिङ भइसकेको छ । राजधानीका प्रमुख नाका—नागढुंगा, बल्खु, साँखु, जगाती र माछापोखरीमा चेकजाँच कडा पारिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
आज तराईका जिल्लामा होली मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रंगीचंगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरणको लागि निर्वाचनपूर्व नेकपाकाे पक्षमा देशभर जनलहर निर्माण
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न दलहरूले आफ्ना कार्यक्रम र प्रतिबद्धतासहित मतदातामाझ पुग्ने क्रम तीव्र बनाइरहेका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको चुनावी अभियान, जनसभाहरू, घरदैलो कार्यक्रम र संवाद श्रृंखलाले निर्वाचन बहसलाई नीतिगत मुद्दातर्फ केन्द्रित गरेको दाबी गरेको छ। पार्टीले यसपटकको निर्वाचनलाई केवल सत्तापरिवर्तनको प्रक्रियाका रूपमा नभई “नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरण” को अवसरका रूपमा व्याख्या गरेको छ। नेकपाका केन्द्रीय नेताहरूले विकास, सुशासन, सामाजिक न्याय, आर्थिक आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानलाई प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्। देशभर भइरहेका कार्यक्रमहरूमा यिनै विषयलाई केन्द्रमा राखेर मतदातासँग प्रत्यक्ष संवाद भइरहेको पार्टी स्रोतले जनाएको छ। आर्थिक आत्मनिर्भरता र रोजगारी प्राथमिकतामा नेकपाले प्रस्तुत गरेको घोषणापत्रको मूल आधार “उत्पादनमुखी अर्थतन्त्र” रहेको बताइएको छ। पार्टीका अनुसार आयातमुखी संरचनाबाट उत्पादनमुखी संरचनातर्फ रूपान्तरण नगरेसम्म देशमा दिगो आर्थिक सुधार सम्भव छैन। त्यसैले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै रोजगारी सिर्जनामा जोड दिने प्रतिबद्धता गरिएको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, मल–बीउको सुनिश्चित आपूर्ति र कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने नीति अघि सारिएको छ। स्थानीय तहमा कृषि प्रशोधन उद्योग स्थापना गरी किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्ने योजना सार्वजनिक गरिएको छ। “खेतीलाई सम्मानजनक पेशा बनाउने” नारा दिँदै युवा कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। उद्योग क्षेत्रमा साना तथा मझौला उद्योग प्रवर्द्धन, घरेलु उत्पादनलाई प्राथमिकता, र विशेष आर्थिक क्षेत्र (SEZ) विस्तार गर्ने प्रस्ताव गरिएको छ। युवालाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र स्टार्टअप कोष स्थापना गर्ने योजना पनि समावेश गरिएको छ। शिक्षा र स्वास्थ्य : आधारभूत सेवाको सुदृढीकरण नेकपाले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा व्याख्या गर्दै यी क्षेत्रमा राज्यको भूमिका बलियो बनाउने प्रतिबद्धता जनाएको छ। सरकारी विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार, र ग्रामीण भेगमा शिक्षक दरबन्दी पूर्ति गर्ने योजना अघि सारिएको छ। उच्च शिक्षामा अनुसन्धान प्रवर्द्धन, छात्रवृत्ति विस्तार र विदेश पलायन रोक्न रोजगारमुखी पाठ्यक्रम विकास गर्ने लक्ष्य राखिएको छ। “पढाइसँगै कमाइ” कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक तालिमसँग जोड्ने प्रस्ताव पनि गरिएको छ। स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा सुसज्जित आधारभूत अस्पताल, निःशुल्क प्राथमिक स्वास्थ्य सेवा, मातृ–शिशु स्वास्थ्य कार्यक्रम सुदृढीकरण, र दीर्घरोगीका लागि सहुलियत कार्यक्रम विस्तार गर्ने नीति प्रस्तुत गरिएको छ। दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी आकर्षित गर्न विशेष प्रोत्साहन प्याकेज ल्याउने उल्लेख गरिएको छ। सुशासन र भ्रष्टाचार नियन्त्रण चुनावी अभियानका क्रममा नेकपाले सुशासन र पारदर्शितालाई विशेष प्राथमिकता दिएको छ। सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, डिजिटल प्रणालीमार्फत सरकारी सेवा प्रवाह, र भ्रष्टाचारविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। पार्टीका नेताहरूले प्रशासनिक सुधार, अनावश्यक खर्च कटौती, र विकास आयोजनाको प्रभावकारी अनुगमन गर्ने बताएका छन्। “जनताको करको पैसा जनताकै हितमा” भन्ने नारासहित सार्वजनिक जवाफदेहिता प्रणाली बलियो बनाउने योजना अघि सारिएको छ। सामाजिक न्याय र समावेशिता नेकपाले सामाजिक न्यायलाई आफ्नो वैचारिक आधारसँग जोड्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व र अवसर सुनिश्चित गर्ने नीति लिएको जनाएको छ। समान कामका लागि समान पारिश्रमिक, महिलाको नेतृत्व विकास, र हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अघि सारिएको छ। युवा लक्षित कार्यक्रमहरूमा खेलकुद पूर्वाधार निर्माण, नवप्रवर्तन प्रवर्द्धन, र विदेशमा रहेका युवालाई स्वदेश फर्केर लगानी गर्न प्रोत्साहन गर्ने योजना समावेश गरिएको छ। श्रमिक अधिकार संरक्षण, न्यूनतम ज्याला कार्यान्वयन र सामाजिक सुरक्षा कोष विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ। पूर्वाधार र दिगो विकास पूर्वाधार विकासलाई आर्थिक प्रगतिसँग जोड्दै सडक, पुल, विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा लगानी बढाउने नीति अघि सारिएको छ। जलविद्युत् उत्पादन विस्तार गरी आन्तरिक खपत बढाउने र निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखिएको छ। शहरीकरणलाई व्यवस्थित बनाउन एकीकृत बस्ती विकास, हरित शहर अवधारणा र सार्वजनिक यातायात सुधार गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ। वातावरण संरक्षण, वन सम्पदाको दिगो उपयोग, र जलवायु परिवर्तन अनुकूलन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ। राष्ट्रिय स्वाभिमान र कूटनीति नेकपाले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई जोड दिँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएको छ। छिमेकी तथा अन्य मुलुकसँग समानता, पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्ध सुदृढ गर्ने नीति अघि सारिएको छ। वैदेशिक लगानीलाई राष्ट्रिय हितअनुकूल बनाउने र श्रम सम्झौता सुदृढ गरी वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण गर्ने उल्लेख गरिएको छ। जनसहभागिता र अभियानको स्वरूप देशका विभिन्न जिल्लामा आयोजित सभाहरूमा उल्लेख्य जनसहभागिता देखिएको आयोजकहरूले बताएका छन्। गाउँ–नगरका चोक, विद्यालय प्रांगण र सामुदायिक हलहरूमा आयोजित कार्यक्रमहरूमा स्थानीय बासिन्दाले आफ्ना समस्या र सुझाव राख्ने क्रम बढेको छ। पार्टीले यसलाई “नीतिगत संवादको प्रक्रिया” का रूपमा व्याख्या गरेको छ। विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाहरूले रोजगारी, पारदर्शिता र स्थायित्वलाई मुख्य अपेक्षाका रूपमा उठाएका छन्। महिला समूहहरू स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणका विषयमा स्पष्ट योजना खोजिरहेका देखिन्छन्। मजदुर तथा कृषक समुदायले उत्पादन र बजार व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्राथमिकता दिएका छन्। संगठनात्मक सुदृढता नेकपाले यसपटक संगठनात्मक संरचना सुदृढ गर्दै स्थानीय तहसम्म अभियान परिचालन गरेको जनाएको छ। वडा–टोल स्तरसम्म चुनावी संयन्त्र गठन गरी मतदाता सूची अद्यावधिक, घरदैलो सम्पर्क र एजेन्डा प्रचार–प्रसारलाई व्यवस्थित बनाइएको बताइएको छ। पार्टीले अनुशासित र योजनाबद्ध अभियानले मतदातासँग प्रत्यक्ष सम्बन्ध बलियो बनाएको दाबी गरेको छ। विश्लेषणात्मक दृष्टिकोण राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको माहोल अहिले नीतिगत बहसतर्फ केन्द्रित देखिन्छ। दलहरूले आर्थिक सुधार, रोजगारी, सुशासन र सामाजिक न्यायजस्ता मुद्दालाई प्रमुखतामा राखेका छन्। नेकपाले प्रस्तुत गरेको उत्पादनमुखी अर्थतन्त्र, सामाजिक सुरक्षा विस्तार र प्रशासनिक सुधारका प्रस्तावले समर्थकहरूमा आशा जगाएको टिप्पणी गरिएको छ, यद्यपि ती कार्यक्रम कार्यान्वयनको प्रभावकारिताबारे बहस जारी छ। निष्कर्ष फागुन २१ को निर्वाचनलाई विभिन्न दलहरूले आ–आफ्नो दृष्टिकोणबाट ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिरहेका छन्। नेकपाले भने यसलाई “परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्र” कार्यान्वयन गर्ने निर्णायक क्षणका रूपमा चित्रित गरेको छ। देशभर सञ्चालन भइरहेको अभियान, प्रस्तुत गरिएका एजेन्डा र मतदातासँग भइरहेको प्रत्यक्ष संवादले निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अन्ततः मतदाताको निर्णयले नै आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ। प्रस्तुत कार्यक्रमहरू व्यवहारमा कत्तिको रूपान्तरित हुन्छन् भन्ने प्रश्न भविष्यको कार्यान्वयनसँग जोडिएको रहनेछ। अहिलेका लागि भने चुनावी मैदानमा एजेन्डा, प्रतिबद्धता र जनसम्पर्क अभियान तीव्र गतिमा अघि बढिरहेका छन्।
धनुषा–१ का मतदाता भन्छन् : मातृका यादवको विकल्प छैन
धनुषा । धनुषा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै मतदाताहरूले स्पष्ट शब्दमा भनिरहेका छन्–“मधेसको अधिकार र राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्न सक्ने नेता मातृकाप्रसाद यादवको यहाँ विकल्प छैन।” घरदैलो अभियानका क्रममा बस्ती–बस्तीमा पुग्दा स्थानीयवासीले विकास, प्रतिनिधित्व र आफ्ना भावनाको सम्बोधन हुने नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्। उनीहरूको साझा गुनासो छ– “जितेर जानेहरूले बजेट त ल्याउलान्, तर हाम्रा भावना कसले बुझ्ने?” स्थानीय मतदाताहरू यसपटक केवल जनप्रतिनिधि होइन, एक बलियो अभिभावकको खोजीमा रहेको देखिन्छ। एक वृद्ध मतदाताले भने, “हामीलाई केन्द्रमा गएर डराउने होइन, हाम्रो हकका लागि दृढतापूर्वक आवाज उठाउने नेता चाहिएको छ। त्यो सामर्थ्य मातृकाजीमा छ।” प्रचार अभियानका क्रममा उम्मेदवार यादवसँग भेटघाट गर्दा मतदाताहरूले विशेषगरी खानेपानी र सिँचाइको अभावलाई प्रमुख समस्याका रूपमा उठाएका छन्। “खेतहरू सुक्खा छन्, धारामा पानी छैन,” स्थानीय कृषकहरूको यो पीडा सुन्दा यादव भावुक बनेका थिए। उनले मतदातालाई आश्वस्त पार्दै भने, “मधेसी जनताको सामूहिक विकास र अधिकार नै मेरो प्राथमिकता हो। म पदमा रहँदा होस् वा नरहँदा, यस क्षेत्रको सुख–दुःखमा सधैँ साथमा छु र रहनेछु।” उनले यी समस्यालाई राज्यको मूलधारसम्म पुर्याएर समाधानका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। यस क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, जसपा नेपालका दीपक कार्की तथा रास्वपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। राष्ट्रिय राजनीतिमा रास्वपाको लहर चर्चामा रहे पनि धनुषा–१ मा भने मातृका यादवको व्यक्तिगत राजनीतिक पृष्ठभूमि, संघर्ष र प्रभाव नै मुख्य प्रतिस्पर्धी आधार बनेको देखिन्छ। झण्डै दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको नेकपाका उम्मेदवार यादवले यसपटक आफ्ना पुराना असन्तुष्ट सहकर्मी तथा पूर्व माओवादी धारका नेता–कार्यकर्तालाई समेत गोलबद्ध गर्न सफल भएका छन्। उनीहरू यतिबेला यादवलाई जिताउन एकताबद्ध रूपमा सक्रिय छन्। सामन्तवादविरुद्ध संघर्षको नारा बोकेर राजनीतिमा प्रवेश गरेका मातृका यादवका लागि यो निर्वाचन केवल अंकगणितको प्रतिस्पर्धा मात्र होइन, मधेसी पहिचान र अधिकारको निरन्तर संघर्षको एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।
प्रचण्डको स्पष्ट सन्देश: अतिवादविरुद्ध, स्थायित्व र समृद्धिको नयाँ अध्याय लागि ‘तारा’मा मतदान
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनलाई देशको राजनीतिक दिशानिर्देशन गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ। निर्वाचनको पूर्वसन्ध्यामा जारी भिडियो सन्देश र विभिन्न सार्वजनिक सम्बोधनमार्फत उहाँले सुशासन, स्थायित्व र समृद्धिको स्पष्ट रोडम्याप प्रस्तुत गर्दै जनतासँग ताजा जनादेश माग्नुभएको हो। प्रचण्डले देश ‘जेन्जी’ आन्दोलनपछिको अस्थिर र अनिश्चित राजनीतिक अवस्थाबाट गुज्रिरहेको स्मरण गर्नुभयो। सडक आन्दोलन, असन्तुष्टि र अविश्वासको वातावरणबीच लोकतान्त्रिक निकासका रूपमा निर्वाचनमा जाने निर्णय ऐतिहासिक आवश्यकता भएको उहाँको भनाइ छ। अन्तरिम सरकार गठनका लागि सहजीकरण गर्नु र ताजा जनादेशका लागि अडान लिनु आफ्नो दलको जिम्मेवार कदम भएको उहाँले उल्लेख गर्नुभयो। “देशलाई अन्योलबाट लोकतान्त्रिक प्रक्रियातर्फ ल्याउन हामीले सहजीकरण गर्यौं,” उहाँले भन्नुभयो, “अब जनताले नै अन्तिम निर्णय दिने समय आएको छ।” उहाँका अनुसार निर्वाचनमार्फत राजनीतिक स्थिरता र स्पष्ट जनादेश प्राप्त भएमा विकास र सुशासनको मार्ग प्रशस्त हुनेछ। सुशासन व्यक्तिबाट होइन, विधिबाट आफू प्रधानमन्त्री हुँदा सुशासनको थालनी गरिएको दाबी गर्दै प्रचण्डले स्पष्ट रूपमा भन्नुभयो—सुशासन कुनै व्यक्तिको सदिच्छाले होइन, संस्थागत सुधार र विधिको शासनमार्फत सम्भव हुन्छ। “व्यक्ति बदलिँदा नीति बदलिनु हुँदैन; प्रणाली बलियो बनिनुपर्छ,” उहाँको भनाइ थियो। उहाँले आफ्नो कार्यकालमा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको, शक्तिशाली गिरोह र बिचौलिया समूहहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरिएको तथा प्रशासनिक सुधार अघि बढाइएको बताउनुभयो। सुशासनको कदमले प्रभावित स्वार्थ समूहहरूले राजनीतिक गठजोडमार्फत अवरोध सिर्जना गरेको आरोप पनि उहाँले लगाउनुभयो। प्रतिपक्षमा रहँदा पनि सडक र सदन दुवैबाट कुशासन, दम्भ र अहंकारविरुद्ध संघर्ष जारी राखिएको उहाँको दाबी छ। “हामी सत्ता होस् वा प्रतिपक्ष, विधि र सुशासनको पक्षमा उभिएका छौं,” उहाँले भन्नुभयो। दुई अतिवादको खतरा प्रचण्डले देश दुई प्रकारका ‘अतिवाद’को जोखिममा रहेको बताउनुभयो। पहिलो, जनताको निराशा र आक्रोशलाई भड्काएर अराजकता, हिंसा र अनिश्चयतर्फ धकेल्ने प्रवृत्ति। दोस्रो, दलाल–विचौलिया र यथास्थितिवादी शक्तिहरूको संरक्षणमा टिकेको कुशासन। यी दुबै प्रवृत्तिले लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने र राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको उहाँको भनाइ छ। “एकातिर व्यवस्था उल्ट्याउने उग्र सोच, अर्कोतिर परिवर्तन रोक्ने यथास्थितिवाद—यी दुबै देशका लागि हानिकारक छन्,” उहाँले उल्लेख गर्नुभयो। यी दुबै अतिवादसँग जुधेर देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्ने शक्ति वाम आन्दोलन मात्र भएको उहाँको दाबी छ। वाम पुनर्गठन र एकताको पहल संयोजक प्रचण्डले वाम आन्दोलन पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरूबीच संवाद र सहकार्य बढाइएको जानकारी दिनुभयो। विभाजनबाट एकता, आरोप–प्रत्यारोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्कने अभियान सुरु भएको उहाँको भनाइ छ। उहाँले नेपाली कम्युनिस्ट पार्टीलाई वाम आन्दोलनको केन्द्रका रूपमा अघि बढाइएको बताउँदै सबै प्रगतिशील शक्तिहरू एउटै ध्रुवमा आउनुपर्ने धारणा राख्नुभयो। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको रक्षा वाम शक्तिको साझा जिम्मेवारी भएको उहाँले जोड दिनुभयो। सामाजिक न्याय र समावेशिताको एजेन्डा प्रचण्डले आगामी कार्यदिशामा सामाजिक न्यायलाई केन्द्रमा राखिएको बताउनुभयो। महिलालाई नेतृत्व तहमा पुर्याउने, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमका नागरिकको अधिकार व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। श्रमिक–किसानका अधिकार संरक्षण, सामाजिक सुरक्षा विस्तार र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ। “धनी–गरिबबीचको खाडल घटाउने संकल्पका साथ हामी अघि बढेका छौं,” उहाँले भन्नुभयो। उत्पादनमुखी अर्थतन्त्र र रोजगारी युवालाई विदेशिन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको प्रचण्डले बताउनुभयो। कृषि र उद्योगबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण, साना तथा मझौला उद्योग प्रवर्द्धन, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलता विकासलाई प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो। “हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” उहाँले भन्नुभयो। आर्थिक आत्मनिर्भरता र राष्ट्रिय उत्पादन वृद्धि नै दीर्घकालीन समृद्धिको आधार हुने उहाँको धारणा छ। डिजिटल सुशासन र सेवा प्रवाह प्रचण्डले डिजिटल सुशासनमार्फत पारदर्शिता कायम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। सरकारी सेवा लाइनमा होइन, मोबाइल र अनलाइन प्रणालीमार्फत नागरिकसम्म पुर्याउने योजना रहेको उहाँले बताउनुभयो। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गरिने, भ्रष्टाचार अन्त्यका लागि कानुनी तथा संरचनागत सुधार गरिने उहाँको भनाइ छ। सन्तुलित र स्वाभिमानी विदेश नीति अवलम्बन गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखिने उहाँले स्पष्ट गर्नुभयो। छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग समतामूलक सम्बन्ध कायम गर्दै विकास साझेदारीलाई प्रभावकारी बनाइने उहाँको योजना छ। हिंसाविरुद्ध कडा सन्देश भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै प्रचण्डले ती घटना अस्वीकार्य भएको बताउनुभयो। लोकतान्त्रिक प्रक्रियामा हिंसाको कुनै स्थान नभएको उल्लेख गर्दै उहाँले मतदानमार्फत गलत प्रवृत्तिलाई जनताले दण्ड दिने विश्वास व्यक्त गर्नुभयो। ‘तारा’मा मतदानको आह्वान अन्त्यमा उहाँले मतदातालाई आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न आग्रह गर्नुभयो। फागुन २१ लाई स्थायित्व, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्ने दिनका रूपमा स्मरणीय बनाउन अपिल गर्दै उहाँले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आग्रह गर्नुभयो। “जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो,” उहाँले भन्नुभयो, “विधिको शासनमार्फत सुशासन स्थापना गर्न र देशलाई स्थायित्वतर्फ लैजान फागुन २१ मा ऐतिहासिक निर्णय गरौं।” यसरी, प्रचण्डको स्पष्ट सन्देश सुशासनको संस्थागत आधार निर्माण, अतिवादविरुद्ध लोकतान्त्रिक स्थायित्व, सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र र वाम एकताको पुनर्गठनमा केन्द्रित देखिएको छ। अब जनताको निर्णयले आगामी राजनीतिक यात्रा तय गर्नेछ।
सहकारी पीडित भन्छन्-“रास्वपालाई मत दिने मन छैन”
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारी ठगी प्रकरणमा स्पष्ट समाधान नदिएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत नदिने सन्देश दिएका छन्। उनीहरूले सहकारी ठगीको मुद्दामा राजनीतिक दलहरू गम्भीर नदेखिएको आरोप लगाउँदै ठोस प्रतिबद्धता र कार्ययोजना माग गरेका छन्। पीडित नन्दबहादुर थापाले सहकारीको रकम फिर्ता गराउने नाममा पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नभएको बताए। “जीबी राईलाई ल्याएर दुई दिनमै सावाँ–ब्याज फिर्ता गर्छु भनियो। दुईपटक गृहमन्त्री हुँदा पनि केही भएन,” उनले भने, “हामीलाई अब झुटा आश्वासन होइन, व्यवहारिक समाधान चाहिन्छ।” पृथ्वीचोकका व्यवसायी मंगलप्रसाद खड्गीले चुनावको बेला मात्रै नेता–कार्यकर्ता घरदैलोमा आउने र पछि बिर्सने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनले सूर्यदर्शन सहकारीमा व्यक्तिगत र संस्थागत गरी २६ लाख रुपैयाँ गुमाएको बताए। “अब रास्वपाका नेताहरु विश्वास गर्ने आधार छैन,” उनले भने। प्रेमबहादुर रानाले ३३ लाख रुपैयाँ गुमाएको उल्लेख गर्दै २५ वर्षको शिक्षण र नर्सरी व्यवसायबाट कमाएको रकम डुबेको दुखेसो पोखेका छन्। पोखरा–१३ आर्बाका गोपी दाहालले पनि ६ लाख रुपैयाँ ६ वर्षदेखि फिर्ता नपाएको बताए। “घोषणापत्रमा लेखेर मात्रै हुँदैन, कार्यान्वयन चाहिन्छ,” उनले भने। सहकारीपीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले राजनीतिक दलहरूले पीडितको भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए। “सहकारी ठगीको ट्याग लागेको कसैलाई पनि मत दिनुहुन्न,” उनले भने, “हामीलाई पीडित बनाउनेलाई बरु मतै हाल्दिनँ।” उनीहरूले रवि लामिछानेले चितवनमा सहकारी ठगीको प्रमाण मागेको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। रास्वपाले चितवनमा आयोजना गरेको चुनावी सभामा लामिछानेले आफूमाथि लागेको आरोपमा प्रमाण मागेपछि पीडितहरू आक्रोशित बनेका हुन्। सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको आरोपमा मुद्दा दायर भएको छ। १८ हजार ७०० बचतकर्तामध्ये एक हजार १५७ जनाले मात्रै किटानी जाहेरी दिएका छन्। सरकारी अनुसन्धानअनुसार केही व्यक्तिको नाममा व्यक्तिगत बिगो कायम गरिएको छ भने गोर्खा मिडियामा समेत रकम गएको उल्लेख गरिएको छ। पीडितहरूको माग छ—राज्यले नीतिगत रूपमा राहत कार्यक्रम ल्याओस्, दोषीलाई कारबाही होस् र बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरियोस्। अन्यथा, आगामी निर्वाचनमा आफूहरू रास्वपासहित सहकारी ठगीमा मुछिएका व्यक्तिलाई मत नदिने उनीहरूको स्पष्ट चेतावनी छ।

