बगरमा पसिना, राजमार्गमा बजार

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन् । फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् ।

तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्तकमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ । कृष्णपुर नगरपालिका–२ का नीरज राना विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन्।

राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारी चालक र यात्री हुन् । बिहानदेखि साँझसम्म सडक छेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको उनी बताउछन् । राना मुक्तकमैया बस्तीमा बस्नुहुन्छ । सरकारले करिब तीन दशकअघि पुनःस्थापनाका क्रममा उनलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर रानाको परिवार बस्दै आएको छ ।

माघ महिनादेखि उनी वनहरा नदी किनारमा बगरखेती गर्छन् । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घर नजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ । “दैनिक पाँच हजार रुपैयाँ जतिको बिक्री हुन्छ”, रानाले भने, “सिजनभरिमा रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।”

वनहरा मुक्तकमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगरखेतीमा संलग्न छन् । नदीकिनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् । स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत लिजमा लिएर खेती गर्दै आएका छन् । यस वर्ष उनले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, तोरैयाँ र करेला लगाएका छन्।

“गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो”, उनले भने, “त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु । सिजनमा रु पाँच लाखसम्मको बिक्री हुन्छ, जसबाट रु दुई लाखदेखि रु तीन लाखसम्म बचत हुन्छ ।” उनका अनुसार खेती नै परिवारको मुख्य आयस्रोतका रूपमा रहेको छ । “अरू गरिखाने आधार छैन”, उनले भने, “यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।”

सडक किनारमा तरबुजा प्रतिकिलो रु २५, काँक्रा ४०, तोरैयाँ ६० र तितेकरेला रु ५० प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा रु १५ मा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् । तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताए ।

“राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ”, उनले भने, “यहाँका काँक्रा र तरकुजा निकै मीठा हुन्छन् । स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।” तर सडक छेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्रगतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्तकमैया बताउँछन् ।

तरकारी तथा फलफूल बिक्रीमा संलग्न धिरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याए । “नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो”, उनले भने, “व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो, तर अहिलेसम्म कुनै पहल भएको छैन ।”

बगरखेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठूलो लगानी र मिहिनेत आवश्यक पर्ने उनीहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै रु ३० हजारदेखि रु एक लाखसम्म खर्च हुने गरेको छ । मलखाद, बीउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिइन् । “खेती गर्न सजिलो छैन”, उनले भनिन्, “दिनरात मिहिनेत गर्नुपर्छ । राम्रो स्याहारसुसार गरेमात्रै उत्पादन राम्रो हुन्छ ।”

स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताए । “खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ”, उनले भने, “यसले घरधन्दा धानेको छ ।”

विरा रानाका अनुसार बगरखेतीले मुक्तकमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । “बगरमा बगाएको पसिना खेर जाँदैन”, उनले भने, “परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।”

रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्तकमैया परिवारका लागि बगरखेती आम्दानीको स्रोतमात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ । तर कृषि अनुदान, सिँचाइ, बीउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्तकमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् ।

“यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ”, लीलावती वडायकले भनिन्, “बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।” वनहरा नदीकिनारको बगर अहिले मुक्तकमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्तकमैया परिवारको घरखर्चमात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ ।

सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

कैलाली । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो । यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण मानिन्छ । यहाँ थुप्रै सुन्दर र मन लोभ्याउने ठाउँहरू भए पनि घुम्ने पर्यटक कम छन् । विभिन्न तहका सरकारबाट पर्यटन प्रवर्द्धनका लागि बनाइने योजनाको प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटन प्रवर्द्धनमा ठोस काम हुन नसकेको विज्ञहरूको भनाइ छ । बाह्य पर्यटकहरू टिकाउन पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीले बताउँछन् । नीतिगत अस्पष्टता, जटिल कानुनी प्रक्रियालगायतका कारण पनि पर्यटकीय क्षेत्रको प्रवर्द्धन एवं विकास हुन नसकिरहेको उनीहरूको भनाइ छ । पर्यटन व्यवसायी शिवहरि पाण्डेले सुदूरपश्चिम प्रदेशमा प्राकृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि पर्यटनका गतिविधि बढ्न नसकिरहेको बताए । उनले भने, “धेरै गन्तव्यस्थलमा न्यूनतम पूर्वाधार पनि पुर्‍याउन सकिएको छैन । ब्रान्डिङ गरेर समयानुकूल प्रचारप्रसारको अभाव छ, तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम पुग्न सक्ने ‘कनेक्टिभिटी’को समस्या हुँदा पनि गतिविधि अपेक्षित बढ्न सकेको छैन ।” बाटोको असुविधासँगै पर्यटकीय क्षेत्रमा उचित बसोबासको व्यवस्था नहुँदा र कतिपय पर्यटकीयस्थलको पहिचान हुन नसकेर पनि कहाँ घुम्ने भन्ने अन्योलता पर्यटकमा देखिने गरेको छ । पर्यटन आर्थिक गतिविधिमात्र नभई युवा रोजगारी, स्थानीय उत्पादनको बजार, संस्कृति संरक्षण र क्षेत्रीय विकाससँग जोडिएको विषय पनि हो । सुदूरपश्चिम प्रदेशका अन्तरराष्ट्रिय सीमानाका हुँदै नेपाल घुम्न आउने अधिकांश पर्यटकको यस प्रदेशमा बसाइँ हुँदैन । अध्यागमन कार्यालय कैलालीको तथ्याङ्कअनुसार तेस्रो मुलुक भएर नेपाल भित्रिने पर्यटक काठमाडौँ, पोखरा, मनाङ, मुस्ताङ, कागबेनीलगायतका ठाउँमा जाने गरेका छन् । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन एकाइका प्रमुख डबल रावलले पर्यटक प्रवर्द्धनका लागि योजनाबद्ध काम भइरहेका बताए । उनले भने, “चालु आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासमा रु ६० करोड बजेट विनियोजन भएको छ, केही योजना निर्माणको प्रक्रियामा गइसकेका छन् ।” मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सीमानाकाबाट आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी दुई लाख ५९ हजार ६८३ पर्यटक भित्रिएका छन् । त्रिनगर, गड्डाचौकी, खक्रौला, चिसापानी, दार्चुलालगायतका ठाउँमा पर्यटन सूचना केन्द्र सञ्चालनमा छन् । सीमानाकाबाट भित्रिनेमध्ये अधिकांश विदेशी पर्यटक सुदूरपश्चिममा बसाइ नगरी पूर्वी नेपालतर्फ घुम्न जाने गरेका छन् । रावलले भने, “सीमानाकाबाट भित्रिनेमध्ये कतिपय धार्मिक पर्यटकहरू भने प्रदेशका पहाडी जिल्लाका धार्मिकस्थलमा पुग्ने गरेका छन् ।” आव २०८२/८३ मा प्रदेश सरकारले ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने नीति लिएको छ । यसअन्तर्गत प्रदेशभरि धार्मिक सास्ंकृतिक, ऐतिहासिक, पुरातात्विक र सिमासार तथा तालतलैया क्षेत्रको संरक्षण र विकासका लागि ‘बाँकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालनमा छ । धार्मिक पर्यटन सर्किट निर्माण, खप्तड बडिमालिका मल्लिकार्जुन, सिगासधाम, रामारोशनजस्ता पर्यटकीय क्षेत्रको विकास कार्यक्रम र केबुलकार स्थापनाका लागि अध्ययन गर्ने कार्यक्रम पनि छ । थुप्रै मठमन्दिर एवं देवस्थल रहेकाले सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रूपमा चिन्ने गरिन्छ । प्रदेशसँग जोडिएको महाकाली नदीपारिको भारतको उत्तराखण्ड क्षेत्रलाई पनि देवभूमि मानिन्छ । प्रसिद्ध धार्मिकस्थल अछामको वैद्यनाथ धाममा रावणले तपस्या गरेको किंवदन्ती छ । शिव प्रकट भएर स्वयंले रावणको घाँटी काटेपछि वैद्य आएर घाँटी जोडिदिएको कथन छ । भगवान् शिवको नाम त्यतिबेला वैद्यनाथ धामले परिचित रहेको जानकारको भनाइ छ । यो धामसहित खप्तड क्षेत्र, बडिमालिका, अपी–नाम्पा हिमाल, शुक्लाफाँटा, घोडाघोडी ताल, रामारोशन, बडीकेदार, परशुराम धाम, शैलेश्वरी, उग्रतारा मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलासैनी, गोदावरी धाम, शिवपुरी धाम, बेहडाबाबा धामजस्ता थुप्रै पर्यटकीय क्षेत्र छन् । यस्तै कर्णाली नदीमाथि बनेको एकखम्बे पुल, महाकाली नदीमाथिको झोलुङ्गे पुलजस्ता आकर्षक गन्तव्यस्थलले अन्तरराष्ट्रिय पर्यटकसमेत आकर्षित गर्न सक्ने क्षमता राख्छन् । विभिन्न प्रजातिका गुलाबका फूलको अवलोकन गर्न सकिने ठाउँका रूपमा चर्चित टीकापुर उद्यान चर्चित छ । यो ठाउँमा तत्कालीन राजा महेन्द्रले वि.सं. २०२८ मा एक महिना बसेर राजकाज चलाउनुभएको इतिहास छ । यस्तै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालसहित सयौँ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जङ्गली धानलगायतले यो क्षेत्र आकर्षक मानिन्छ । जिल्लाको चुरे पहाडी क्षेत्रमा राणाकालीन समयमा बनेकाको गर्बा दरबार पनि छ । यो दरबार भने संरक्षणको अभावमा खण्डहर बनिसकेको छ । कैलालीको मोहना नदी र पथरैया नदी डल्फिनको अवलोकनका लागि चर्चित छ । साउन, भदौ महिनामा यी नदीमा डल्फिनको अवलोकन गर्न सकिन्छ । कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्घे झुण्डका साथै अन्य जीवजन्तुको अवलोकन गर्न सकिन्छ । कञ्चनपुरमा शिवलिङ्गको स्वरुपमा प्राकृतिक रूपमा बनेको लिङ्गा, वेतकोट ताल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला छ । डडेलधुराको अजयमेरूकोट दरबारले एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कलात्मक शैलीमा निर्माण गरिएका नौला (खानेपानीको परम्परागत धारा), देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । समुद्री सतहबाट दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जलाई अति दुर्लभ दलदले घाँसेमैदानका रूपमा लिने गरिए पनि प्रचारप्रसार सोहनुसार हुन नसकेको प्रमुख रावलले बताए । धुपिसल्ला र लालीगुराँसको जङ्गलका बीचमा रहेको पाटन, रङ्गीविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जङ्गल खप्तडका मन लोभ्याउने आकर्षण हुन् । यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौँ खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणीधाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ । बाजुराको बडिमालिका प्राकृतिक तथा धार्मिक दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा रहेकाले यसको प्रचारप्रसार र प्रवर्द्धनमा तीनै तहका सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा प्रमुख रावलले जोड दिनुभयो । भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् । यहाँका सौन्दर्य विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको छ ।

थारु चित्रकला लाेप हुँदै

कञ्चनपुर । माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारु गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारु  समुदायको संस्कृति, प्रकृतिप्रतिको श्रद्धा र जीवनशैली झल्काउँथ्यो । तर समय परिवर्तनसँगै पक्की घर निर्माणको बढ्दो प्रवृत्तिले थारू समुदायको परम्परागत भित्ते लोक चित्रकला अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । पहिले थारु  समुदायका घरका भित्तामा रुख, बेहुलाबेहुलीलाई डोलीमा बोकेको, हात्ती, घोडा, मयूर, चरा, गोरु जोत्दै गरेका किसान, मान्छे, माछा, कछुवा, चित्तल, बाघ, भालु, गणेश, शिवपार्वतीलगायतका चित्र बनाउने गरिन्थे । चित्र बनाउने काममा महिला निपूण हुन्थे । ती चित्रहरू केवल सजावटमात्र नभई जीवन दर्शन, धार्मिक आस्था, प्रकृतिप्रतिको श्रद्धा र सामाजिक संस्कारको प्रतीकका रूपमा चिनिन्थे । भित्ते चित्रमार्फत थारू समुदायले आफ्नो रहनसहन, वन्यजन्तु, जलजङ्गल, खेतीपाती, विवाह संस्कार र देवदेवतासँगको सम्बन्धलाई अभिव्यक्त गर्दथे । राना थारु  समुदायका अगुवा जगता राना भन्छन्, “गहुँबाली भित्र्याएर फुर्सदिला भएको समयमा विशेषगरी वैशाख–जेठमा नयाँ घर बनाउने र पुराना घर मर्मत गर्ने काम हुन्थ्यो, महिलाले माटो ल्याएर घर लिपपोत गर्ने र त्यही बेला भित्तामा चित्र बनाउने चलन थियो, त्यो हाम्रो संस्कृति र पहिचानको भाग थियो ।” उनका अनुसार गाउँका सबै महिला मिलेर सामूहिक रूपमा घर लिपपोत गर्ने चलन थियो । भित्ता लिपपोत गर्दा सिपालु महिलाले माटो उकेरेर चित्र बनाउने गर्थे । यसले गाउँमा आपसी सहयोग, मेलमिलाप र सामुदायिक एकता पनि बढाउने काम गथ्र्यो । थारू गाउँमा बडघर चयन प्रक्रिया सकिएपछि गाउँमा अंशवण्डा गर्ने, घर निर्माण गर्ने र मर्मत गर्ने योजना बनाउने परम्परा छ । योजनाअनुसार गाउँका सबै मानिस सामूहिक रूपमा एकअर्काको घर बनाउने चलन परापूर्वकालदेखि चल्दै आएको थारू अगुवा हवलदार चौधरी बताउछन्। उनका अनुसार सहर नजिकका गाउँमा पक्की घर निर्माण बढेसँगै सामूहिक रूपमा घर बनाउने र भित्तामा चित्र बनाउने चलन विस्तारै हराउँदै गएको छ, तर विकट ग्रामीण गाउँहरूमा भने अझै केही हदसम्म यो परम्परा बाँकी छ । भित्ते चित्रहरूमा देखाइने चित्रको पनि आफ्नै अर्थ र प्रतीकात्मक महत्व हुने गरेको उनी बताउछन् । “भित्तामा कोरिने चित्रमा घोडालाई यातायातको साधन र शक्ति तथा गतिशीलताको प्रतीक मानिन्थ्यो”, उनले भने, “कछुवालाई लामो आयु र धैर्यको प्रतीक मानिन्थ्यो भने मयूरलाई सौन्दर्य र समृद्धिको प्रतीकका रूपमा चित्रमा राखिन्थ्यो, हात्ती शक्ति र गौरवको प्रतीक मानिन्थ्यो, डोलामा बेहुलाबेहुली बोकेको चित्र विवाह संस्कार र पारिवारिक सम्बन्धको महत्व दर्शाउने चित्रका रूपमा बनाइन्थ्यो ।” देखतभूलीका वृद्धा द्रोपती राना भने, “कच्ची माटो र काठले बनेका घरमा बस्दा आफ्नै हातले माटोको भित्तामा चित्र बनाउँथ्यौ, त्यो चित्र बनाउने कला हजुरआमाबाट सिकेको थिएँ, अहिले त कोर्ने मान्छे पनि छैनन्, न माटोको भित्तो नै बाँकी छ ।” उनका अनुसार विशेषगरी चित्र बनाउने काममा महिलाहरूको मुख्य जिम्मेवारी मानिन्थ्यो र आमा–हजुरआमाले छोरीहरूलाई यो कला सिकाउने गर्थे । यसरी पुस्तौँदेखि पुस्तामा यो कला हस्तान्तरण हुँदै आएको थियो । तर पछिल्ला दशकमा पक्की घर निर्माणको बढ्दो चलनसँगै माटोको भित्तो हराउँदै गयो । माटोको भित्तो नभएपछि भित्तेचित्र बनाउने परम्परा पनि हराउँदै गएको पिपलाडी गाउँका स्थानीय बासिन्दा बिलबहादुर चौधरी बताउछन्। “पहिले घर बनाउँदा महिलाहरूले भित्तामा चित्र कोर्थे, अहिले सिमेन्टको भित्तामा पेन्ट लगाइन्छ, माटोको चित्र बनाउने चलन हरायो”, उनले भने “खोजेर पनि ती चित्र पाउनै मुस्किल छ ।” घरको भित्तामा बनाइने चित्रमा केही घरमा रङ भर्ने चलन पनि थियो । केहीले रङबिना पनि चित्र बनाउने गर्दथे । चित्र बनाउन प्रयोग हुने रङ पनि प्राकृतिक सामग्रीबाट तयार गरिन्थे । हल्दीबाट पहेँलो रङ, रातो माटोबाट रातो रङ, खरानीबाट खैरो वा कालो रङ, रुखको बोक्रा र पातबाट हरियो तथा अन्य रङ बनाइन्थे । यसले वातावरणमैत्री र प्राकृतिक जीवनशैली झल्काउँथ्यो । थारू सांस्कृतिक जानकार नरेन्द्रप्रसाद चौधरीका अनुसार थारू भित्ते चित्रकला केवल कलामात्र नभई समुदायको इतिहास, संस्कृति र जीवन दर्शन बोकेको जीवित दस्तावेजका रूपमा रहेको छ । चित्रहरूमा प्रकृतिप्रतिको श्रद्धा, वन्यजन्तुसँगको सहअस्तित्व, खेतीपाती, सामाजिक संस्कार, विवाह, देवीदेवताप्रतिको आस्थालगायत विषय चित्रित हुन्थे । “हामीलाई बाल्यकालमा आमा–हजुरआमाले चित्र कोरेको हेर्दथ्यौँ, अहिले त्यही कला देख्नै दुलर्भ भइसक्यो, विद्यालयको पाठ्यक्रममा यस्तो परम्परालाई जीवन्त राख्न पाए नयाँ पुस्ताले सिक्ने थिए । “यो लोक चित्रकला संरक्षण गर्न विद्यालयस्तरबाटै सुरु गर्न आवश्यक छ”, उनले भने, “विद्यालयको पाठ्यक्रममा थारू कला संस्कृति समावेश गर्ने, स्थानीयस्तरमा चित्रकला तालिम सञ्चालन गर्ने, गाउँमा भित्तेचित्र महोत्सव आयोजना गर्ने र सङ्ग्रहालयमा थारू भित्तेचित्रको नमूना राख्नेजस्ता कार्यक्रम सञ्चालन गर्न सके यो कला पुनर्जीवित हुनसक्छ ।” यसका साथै अहिले पक्की घरको भित्तामा पनि पेन्ट प्रयोग गरेर परम्परागत चित्र बनाउने अभ्यास सुरु गर्न सकिने उनी बताउछन् । यस कार्यले आधुनिक घरमा पनि परम्परागत कला जोगाउन सहयोग पुग्नेछ । “थारू भित्ते चित्रकला केवल घर सजाउने माध्यममात्र थिएन”, थारू बुद्धिजीवी चन्द्रलाल चौधरीले भने, “त्यो सामुदायिक आत्माभिव्यक्तिको माध्यम पनि थियो, घर लिपपोत गर्ने, चित्र बनाउने, घर निर्माण गर्नेजस्ता काम सामूहिक रूपमा गरिन्थ्यो, जसले गाउँमा एकता, सहयोग र सामाजिक सम्बन्ध मजबुत बनाउने काम गथ्र्यो, अहिले ती परम्परा पनि विस्तारै हराउँदै गएका छन् ।” “माटोको भित्तामा कोरिएका ती चित्रहरू विस्तारै मेटिँदै गएका छन्”, उनी अगाडि थप्छन्, “ती चित्रहरूले बोकेको इतिहास, संस्कृति र पहिचान अझै जीवित छ, अब आवश्यक छ– त्यो इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने, भित्तामा फेरि चित्र उकेर्ने रङ भराउने र हराउँदै गएको यो मौलिक कला पुनः जीवन्त बनाउने प्रयास गर्ने ।” “समयमै संरक्षण, तालिम, सचेतना र सरकारी पहल हुनसके भोलिका दिनमा थारू गाउँका भित्तामा फेरि हात्ती, घोडा, मयूर, बेहुलाबेहुली र प्रकृतिका चित्रहरू देख्न पाइने आशा अझै बाँकी छ, त्यो दिन आउने कि नआउने भन्ने कुरा भने अहिलेको पुस्ताको प्रयासमा निर्भर रहनेछ”, उनी भन्छन् ।

हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

कैलाली । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ । कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान तीव्र भइरहेको स्थानीयले बताएका छन् । “बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ”, स्थानीय सिंहराज बुढामगरले भने, “चैतमा यसरी कटान गरिरहेको नदीले बर्खा लागेमा बस्ती जोखिममा पार्छ । नदीले सिधैँ पार्क क्षेत्र कटान गरिरहेको छ । यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुन्छ ।” पार्कको वनभोजस्थलदेखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी, बालुवा थुप्रिई टापुजस्तै बनाएको छ । नदीको बहाव टीकापुरतर्फ बगिरहेकोे र टीकापुरतर्फ नदीमा पक्की तटबन्धसमेत नभएकाले थुप्रेर रहेका ढुङ्गा, गिट्टी, बालुवा सफाइ नगरेमा यस वर्षको मनसुनमा टीकापुरतर्फ नदीले कटान गरी बस्तीमा नदी पस्ने उच्च जोखिम देखिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल सुमन धितालले बताए । “पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था छैन । समस्या समाधान तथा बृहत उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिन्छ”, धितालले भने, “आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएका छौँ ।” नगरपालिका बर्सेनि कर्णाली नदी कटानको जोखिम झेल्दै आएको छ । कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी नियन्त्रणका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माण गरेको छ । सिँचाइले निर्माण गरेका तटबन्ध तारजालीका भएकाले यसको दिगोपनामा पनि समस्या देखिएको छ । टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार टीकापुरको वडा नं ५ पार्क क्षेत्र, वडा नं ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत ठाउँ बर्सेनि कटान भइरहेका छन् । सिँचाइ आयोजनाले विगतमा गर्ने तारजालीको तटबन्ध दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) हाल्ने गरेको छ । तर पछिल्ला दुई वर्षयता यहाँ लगानी छैन । नदी कटान बढ्दै गएको तर आयोजनाले लगानी गर्न छोड्दा नदी नियन्त्रण समस्या भइरहेको छ । सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभएपछि अहिले तटबन्धको स्वरुप परिवर्तन गरिएको बताए । “विगतमा कर्णाली नदीमा दर्जनौँ ठाउँमा तटबन्धको काम भएको छ । विश्व बैंकको सहयोग नभएपछि तेस्रो ‘फेज’मा कर्णाली नदीमा खासै काम छैन, इन्टेकसहित तीन ठाउँमा तटबन्धको काम चलिरहेको छ”, उनी भन्छन्, “आयोजनासँग पनि बजेट कम छ । पुराना ठेक्का लागेका समयमै निर्माण व्यवसायीले काम नसकेका ठाउँमा निर्माण भइरहेको छ ।” सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि कर्णाली नदीको चिसापानीमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर निर्माण, जलविद्युत् निर्माण, डिभिजन बक्स र आउटलेट सुधार कार्य, सिञ्चित क्षेत्र बचाउ तथा सुरक्षा, सामाजिक सुरक्षा र पर्यावरण संरक्षण, पानी व्यवस्थापन, नयाँ शाखा नहर निर्माणका क्षेत्रमा काम गरिसकेकोे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नदी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरी आवश्यकताअनुसार जनधनको क्षतिबाट बस्ती जोगाउन पहल हुने बताए । “हामी सबै क्षेत्रसँग छलफल गरी उचित निकासका निर्णय गरेर पहल गर्छौँ, विपदबाट रोकथामका लागि सम्बन्धित निकायमा कार्यान्वयन गर्नेतिर पहल गर्छौँ”, उनले भने, “कैलालीका नदीहरूमा अहिले भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन अनुरोध गरेका छौँ ।” कर्णाली नदी कैलाली र बर्दियाको सीमामा भएकाले अन्तरजिल्ला समन्वय समितिबाट छलफल गरी आपसी समझदारीबाट विपद् व्यवस्थापनमा काम हुने प्रजिअ रेग्मीले बताए । 

आरनको भरमा लुहार दम्पतीको जीवि चल्दै

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् ।  शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उनले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आएका छन् । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ । यसैगरी, परिस्थितिमा बझाङको बुँगलका शङ्कर पनि जीविकोपार्जनको नयाँ सम्भावना खोज्दै परिवारसहित कञ्चनपुर झरेका हुन् । तराईमा आएपछि उनले नयाँ पेसा रोजेनन्, बरु पुर्खौँदेखि गर्दै आएको धातुजन्य सामग्री निर्माण गर्ने परम्परागत सीपलाई नै जीवनयापनको आधार बनाएका छन् । हाल उनी फुलेलीमा करिब डेढ कट्ठा जग्गामा कच्ची घर बनाएर बस्दै आएका छन् । घरकै छेउमा सानो आरन सञ्चालन गरेर शङ्करले विभिन्न प्रकारका कृषि तथा घरायसी प्रयोगका सामान बनाउने काम गर्दै आएका उनले आरनमा फलाम तताएर पिट्दै विभिन्न आकारका सामग्री तयार गर्छन् । शङ्करले किसानलाई आवश्यक पर्ने हँसिया, बन्चरो, चक्कु, दाउ, माना, पाथीलगायतका कृषि औजार बनाउने गर्छन् । घरायसी प्रयोगका लागि कडाही, पानी बोक्ने फोला, चरु, कुडीलगायतका सामान पनि आरनमै तयार हुन्छन् । आरनमा तयार गरेका सामग्री स्थानीय बासिन्दाका घरघरमा पुगेर उनले बिक्री गर्छन् । शङ्करका अनुसार पहाडमा बस्दा आरनमा बनाइने सामानको राम्रो माग थियो । गाउँका किसान र सर्वसाधारणले स्थानीय रूपमा बनाइएका बलिया र टिकाउ सामान प्रयोग गर्न रुचाउँथे । तर पछिल्लो समय बजारमा कारखानामा बनेका सस्ता र सजिलै पाइने सामान बढ्दै जाँदा परम्परागत आरन पेसा सङ्कटमा परेको उहाँको भनाइ छ । “पहाडमा बस्दा हामीले बनाएका सामान सजिलै बिक्री हुन्थे,” उनले विगत सम्झँदै भने, “हामीले बनाउने सामान बलियो र टिकाउ हुन्छन्, तर बजारमा रेडिमेड सामान सजिलै पाउन थालेपछि ग्राहक खोज्नै गाह्रो हुन थाल्यो ।” पहाडमा आरनमा बनाइने सामानको माग घट्दै गएपछि उनी जीविकोपार्जनको खोजीमा तराई झरेका हुन् । तराईमा बजार ठुलो हुने र सामान सजिलै बिक्री हुने अपेक्षा गरेका भए पनि यहाँको वास्तविकता भने फरक देखिएको उनी बताउँछन् । “यहाँ बजार त ठुलो छ,” शङ्करले भने, “तर कारखानामा बनेका सस्ता सामान धेरै पाइन्छन्, हामीले हातैले धातुलाई पिटेर बनाउने सामान बनाउन धेरै मेहनत लाग्छ, त्यसैले लागत पनि बढी पर्छ ।” “आरनको काम निकै मेहनतिलो हुन्छ, फलामलाई आगोमा तताएर हातौडाले पिट्दै आवश्यक आकार दिनुपर्छ,” उनी भन्छन्, “त्यसपछि धार लगाउने, घिसार्ने र प्रयोगयोग्य बनाउने प्रक्रिया हुन्छ, यो काममा शारीरिक श्रम र अनुभव दुवै आवश्यक पर्छ ।” सामान तयार भएपछि शङ्करले श्रीमतीसँगै ती सामान टाउकोमा बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्छन् । कहिलेकाहीँ धेरै टाढासम्म पैदल हिँडेर पनि सामान बेच्न जानुपर्ने हुन्छ । आरनमा तयार पारिएका धातुका सामान बिक्री गरेर लुहारले महिनामा करिब रु १० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्ने गरेका छन् । तर यो आम्दानी स्थिर भने नहुने गरेको उनको अनुभव रहेको छ । ग्राहक कम हुँदा आम्दानी निकै घट्ने गरेको उनी बताउँछन् । “कहिलेकाहीँ ग्राहकले सामान नै किन्दैनन्, बिक्री हुँदैन,” शङ्करले भने, “त्यस्तो बेला थोरै कमाईमै चित्त बुझाउनुपर्छ, यही कामबाट आउने पैसाले घरको चुलो बलिरहेको छ, बालबालिका र जहान पालिएका छन् ।” यस काममा शङ्करलाई उनकी श्रीमती किर्रा लुहारले पनि साथ दिँदै आएकी छन् । सामान तयार भएपछि उनीहरू दुवै जना गाउँ–गाउँ पुगेर बिक्री गर्छन् । किर्राका अनुसार कतिपय ठाउँमा सामान नगदमा बिक्री हुन्छ भने कतिपय ठाउँमा अझै पनि साटासाट ९विनिमय० प्रणाली प्रचलनमा छ । “कहिलेकाहीँ नगद पाइन्छ,” किर्राले भनिन्, “तर कतिपयले अन्न वा बाख्रासँग साटेर सामान लिन्छन्, त्यसैले हामी दुवै जना सँगै जानुपर्छ ।” लुहार दम्पतीका पाँच छोरा र दुई छोरी छन् । उनीहरूले आरन चलाएरै कमाएको पैसाले दुई छोरा र एक छोरीको विवाह सम्पन्न गरेका छन् । परिवारको अधिकांश खर्च यही पेसाबाट आएको आम्दानीले धानिएको उनी निसङ्कोच बताउँछन् । तर, पछिल्लो समय आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि उनका एक छोरा रोजगारीका लागि भारत गएका छन् । “यो काममा मेहनत धेरै छ, कमाई कम,” शङ्करले भने, “त्यसैले नयाँ पुस्ता यो पेसामा बस्न चाहँदैन ।” उनी भन्छन्, “सरकारले आरन सुधारका लागि आधुनिक मेसिन तथा उपकरण अनुदानमा उपलब्ध गराए काम गर्न निकै सहज हुने थियो ।” “मेसिन भए काम छिटो हुन्छ श्रम कम गर्नुपर्ने हुन्छ,” शङ्करले भने, “लागत पनि घट्छ र बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।” तर अहिलेसम्म कुनै सरकारी निकाय वा सम्बन्धित संस्थाले परम्परागत पेसा जोगाउने कार्यमा लागेकाहरूको अवस्था बुझ्न चासो नदेखाएको उनले गुनासो गरे । “आफ्नै पौरख गरेर कमाउनेलाई कसैले हेर्दैन,” शङ्करले भने, “हाम्रो सीपलाई जोगाउन सरकारले सहयोग गरिदियो भने राम्रो हुन्थ्यो ।” शङ्करका अनुसार अहिलेको नयाँ पुस्ताले परम्परागत पेसा छोडेर अन्य रोजगारी खोज्न थालेका छन् । कम आम्दानी र धेरै श्रमका कारण युवापुस्ताले आरनको काममा चासो देखाउन छाडेका छन् । शुक्लाफाँटा नगरपालिका–८ का वडा सदस्य लालबहादुर महराले वडामा रहेका आरन सुधारका काम भइरहेको जानकारी दिए । उनका अनुसार शङ्कर लुहारको परिवार वडामा आएको डेढ वर्ष मात्रै भएकाले आगामी दिनमा आरन सुधारका लागि सहयोग गर्ने योजना बनाइनेछ । “वडामा रहेका धेरै आरन सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन्,” महराले भने, “लुहार परिवारका लागि पनि आगामी दिनमा सहयोग गर्ने प्रयास गरिनेछ ।” परम्परागत सीप र श्रममा आधारित आरन पेसा अहिले आधुनिक उद्योग र बजार प्रतिस्पर्धाबिच अस्तित्व जोगाउन सङ्घर्षरत छ । शङ्कर लुहार जस्ता कारिगरहरूको सीप संरक्षण गर्न सकेमा स्थानीय उत्पादन, परम्परागत ज्ञान र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवाला बताउँछन् ।

शुक्लाफाँटामा बाघ गणना शुरु, ५८० क्यामेराले निगरानी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा, लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघहरूको गतिविधि र संख्या मापन थालिएको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जले शुक्लाफाँटा–लालझाडी–जोगबुडालाई दुई–दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरी गणना सञ्चालन गरिरहेको छ । यसअघि ४३ पाटेबाघ फेला परेका शुक्लाफाँटामा यो काम प्रत्येक वर्ष निरन्तर भइरहेकाे छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकका सानो क्षेत्रमा सबैभन्दा बढी बाघ भएको क्षेत्र मानिन्छ । पर्याप्त आहार प्रजातिका कारण यहाँ बाघहरूको संख्या अन्य निकुञ्जभन्दा बढी रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार, बाघ गणनाका लागि ५८० स्वचालित क्यामेरा जडान गरिएका छन् र ७७ जनाको प्राविधिक टोली खटाइएको छ । उनले भने, “यी क्यामेरा र टोलीको सहायताले बाघहरूको वास्तविक संख्या र व्यवहारको विस्तृत अध्ययन गर्न सकिनेछ ।”

रुकुमपूर्वबाट प्रचण्ड विजयी, बाँकी सात सिटमा नेकपाकाे अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व–१ बाट विजयी हुनुभएको छ भने अन्य विभिन्न क्षेत्रमा नेकपाका उम्मेदवारले अग्रता कायम गरेका छन्। रुकुमपूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ। यसैगरी कालीकोट–१ मा नेकपाका महेन्द्रबहादुर शाही ८ हजार ७१५ मतसहित अग्रतामा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाही ले ८ हजार २३७ मत प्राप्त गर्नुभएको छ। कपिलवस्तु–२ मा नेकपाका बृजेशकुमार गुप्ता ५ हजार ३७६ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम थापा ले ३ हजार २३८ मत प्राप्त गर्नुभएको छ। काभ्रे–१ मा नेकपाका दीननाथ गौतम ३ हजार ४४६ मतसहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १ हजार ९९० मत प्राप्त गर्नुभएको छ। त्यस्तै सल्यान–१ मा नेकपाका रमेशकुमार मल्ल २ हजार ८५१ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले १ हजार ४१७ मत प्राप्त गर्नुभएको छ। रोल्पा–१ मा नेकपाका वर्षमान पुन २ हजार ६७३ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गोकुलप्रसाद घर्तीले १ हजार ७४८ मत प्राप्त गर्नुभएको छ। अछाम–१ मा नेकपाका भीमबहादुर रावल १ हजार ९९५ मतसहित अग्रता कायम गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिपक बहादुर साउंदले १ हजार ८३७ मत प्राप्त गर्नुभएको छ। यस्तै धादिङ–२ मा नेकपाका रामबहादुर भण्डारी १ हजार ८४६ मतसहित अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद धमला ले १ हजार ६७२ मत प्राप्त गर्नुभएको छ। देशभर विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक परिणामअनुसार नेकपाका उम्मेदवारले केही क्षेत्रमा अग्रता कायम राखेका छन् भने केही स्थानमा कडा प्रतिस्पर्धा भइरहेको छ।

रुकुमपूर्वमा प्रचण्डका सात दिन, सात सन्देश

मनोज घर्तीमगर माघको अन्तिम दिनको साँझ रुकुमपूर्वको हिउँको चर्चा भयो – जसै हिउँको थुप्रोले प्रचण्डलाई स्वागत गरे । प्रचण्ड हिउँको थुप्रोमा रमाएको फोटो, भिडियो छ्यापछ्याप्ती हुने नै भए । त्यसपछिका एक साता सामाजिक सञ्जाल र सञ्चारमाध्यम रुकुममय भए । प्रचण्डमय भए । ३१ वटा वडा रहेका रुकुमपूर्वका अधिकांश वडामा प्रचण्डका पाइला परे । सबै वडाका जनता भेटे । मगर संस्कारमा फेटा गौरव, सामाजिक सम्मान र पहिचानको प्रतीक हो । लामो सेतो कपडा टाउकोमा घुमाएर बाँधिनुलाई फेटा लगाउनु भनिन्छ । मुख्यतः यो विवाहमा दुलाहा र उसका साथीहरुलाई गुठाइन्छ । भूमेलगायत चाडपर्व र पूजा तथा अन्य नाचगान र सांस्कृतिक प्रस्तुतिमा लगाइन्छ । प्राचीनकालमा टाउकोलाई घाम, चिसो, धुलोबाट बचाउन प्रयोग गरिएको फेटा साहस, सम्मान र पहिचानको प्रतीक हुँदै आज विशिष्ट व्यक्तिको सम्मानको सांस्कृतिक पहिचान बनेको छ । ५० प्रतिशत बढी मगरको बसोबास रहेको रुकुमपूर्वमा प्रचण्डको टाउकोमा फेटा गुठाइए । टाउकोमा फेटा छँदा पञ्चेबाजा घन्किदा कतै उनी दुलाहा जस्ता देखिए । जिन्दावाद र मुर्दावादको नाराले विजय उत्सव मनाइरहेका जस्ता देखिए । मैकोट, तकसेराजस्ता गाउँमा जनता र स्थानीयबाट भाषा, संस्कार, संस्कृति र इतिहास सुन्दै हिंड्दा अध्यता देखिए । उनी त्यही सुनिए पनि । र, देखिए न्याय, मुक्ति र स्वतन्त्रता दिलाएका वीर पुरुष । गौरव र आशाका प्रतीक । नेपाली कम्यृनिष्ट पार्टीका संयोजक प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा छन् । अन्य पार्टीका शीर्ष नेताहरु उच्च दबाबमा रहेको समय प्रचण्ड तनावमुक्त देखिए । माघ २९ देखि ७ गतेसम्म आफ्ना मतदातासँग भेटघाट गरेका प्रचण्ड काठमाडौं फर्किए पनि रुकुमपूर्व प्रचण्डमय नै छ । यो रहिरहनेछ । रुकुममा प्रचण्ड नाचेको, हाँसेको, खाएको, हिँडेको सामाग्री आइसकेका छन् । यो आलेखमा रुकुममा प्रचण्डको उपस्थिति, त्यहाँका बारेमा उनको बुझाइ, संश्लेषण र भन्न खोजेको कुराको चर्चा गर्ने कोशिस गरिनेछ । प्रचण्डका सात दिन प्रचण्ड ७१ वर्षका हुन् । रुकुमपूर्वमा पुथा र सिस्ने हिमाल छन् । सानी भेरी र उत्तरगंगा नदि बग्छन् । प्रचण्ड हिमालको फेदमा हिउँजस्तै चम्किलो र नदि किनारामा नदि जस्तै बेगमा विजय भावमा हिँडे । मैले यात्रामा सोधेँ, ‘यो उमेरमा यत्तिको उर्जा कसरी आउँछ ?’ प्रचण्डको सरल जवाफ ‘शारीरिक रुपमा केहीं थकान महसुस् हुन्छ । जब जनताको माया र आशा देख्छु, त्यहीं नै उर्जा भर्ने इन्जेक्सन बन्छ ।’ माघको अन्तिम दिन हिउँसँगै जिल्लाका नेता कार्यकताले प्रचण्डलाई बागलुङ र रुकुमपूर्वको सिमावर्ती पातीहाल्नामा स्वागत गरे । लुगुममा जनभेटघाट गरे । यससँगै सुरु भयो प्रचण्डको मतदाता भेटघाट । सात दिनमा प्रचण्डले रुकुमपूर्वमा ३५ स्थानमा जनभेटघाट गरे । माओवादी जनयुद्धमा चर्चित बैठकस्थल चुनबाङ पुगे । महतको लाबाङ पुगे । जनयुद्धमा छापामारले गरेका ठूला आक्रमण स्थल महत, रुकुमकोट, तकसेरा पुगे । पर्यटकीय स्थल तकसेरा र मैकोट पुगे । रात र दिउँसोको समयमा सानीभेरी किनार र भीर पहरामा पैदल यात्रा गरे । स्थानीयको घरमा खाना खाए । बास बसे । जनभेटघाट गरेका हरेक स्थानमा पञ्चे बाजा बजाइए । स्थानीय सांस्कृतिक तथा पौराणिक नाच प्रस्तुत् गरिए । प्रचण्ड हरेक नाचमा सामेल बने । प्रचण्डका सात सन्देश कर्म भूमि आएँ प्रचण्ड रुकुमेलीसँग साक्षात्कार गर्दा नौलो देखिएनन् । रुकुमेलीले पनि नौलो मानेनन् । आफ्नै घर आगनमा बसिरहेको, हिँडिरहेको भावमा थिए प्रचण्ड । परिवारको सदस्यकै रुपमा लिए रुकुमेलीले । प्रचण्डले रुकुमपूर्वलाई आफ्नो कर्मभूमिको रुपमा चित्रण गरे । र, कर्मभूमिमा आएको बताए । यसमा पूर्ण सहमत छन् रुकुमेली । प्रचण्डले यो भूमिमा लामो कर्म गरेका छन् । उनी २०४१ सालमा रुकुमपूर्वमा पाइला टेकका हुन् । जनयुद्धको सुरुवात यहीं रुकुम, रोल्पाबाट सुरु गरे । माओवादीको केहीं ऐतिहासिक बैठक रुकुमपूर्वको चुनबाङ र लाबाङमा बसे । गणतन्त्र स्थापना गर्न रुकुमकोट, महत, तकसेरामा रहेका प्रहरी चौकीमाथि आक्रमण गरे । सामुदायिक समाजवाद प्रचण्डले रुकुमपूर्वमा सामुदायिक समाजवादको चर्चा गरे । नेपाली विशेषताको समाजवाद सामुदायिक हुने उल्लेख गरे । सामुदायिक समाजवाद रुकुमपूर्वबाट सुरु गर्न सकिनेमात्रै बताएनन् की त्यसको भ्रुण पनि देखेको बताए । सामुदायिक समाजवादका विविध पक्षको लामो चर्चा यहाँ सम्भव छैन । रुकुमपूर्वमा यसको अभ्यास कसरी हुनसक्छ र भइरहेको छ भन्ने मान्न त्यहाँको केहीं विशेषतालाई हेर्न सकिन्छ । त्यहाँ मगर, दलित र क्षेत्रीको बसोबास घना छ । त्यसपछि ठकुरीको बसोबास छ । ब्राहमण, गुरुङ, नेवार, थकाली पनि छन् । रुकुमपूर्वको खासगरी अझ माथिल्लो भूभागमा सबै जातिको संयुक्त बसोबास छ । संयुक्त रहन सहन छ । संस्कृति छ । पोषाक छ । मुख्य कुरा त त्यहाँका दलित र ठकुरीको पनि मगर खाम संयुक्त भाषा बनेको छ । जातीय छुवाछुत मुक्त छ । अन्तरजातीय विवाह छ । राजनीतिक प्रतिनिधित्व समान छ । सामाजिक आर्थिक अधिकारमा महिला माथि छन् । सबै समुदाय मातृसत्तात्मक छ । यहीं विशेषतालाई नै प्रचण्डले सामुदायिक समाजवादको भ्रुण भनेको हुनुपर्छ । प्रचण्डले नेपाली विशेषताको समाजवाद सामुदायिक हुने र त्यसको अभ्यास रुकुमपूर्वबाट थाल्ने बताएका छन् । र, रुकुमपूर्वलाई नमूनाको रुपमा अघि बढाउने बताएका छन् । मगर स्वायत्त क्षेत्र रुकुमपूर्व मगर खाम भाषी क्षेत्र हो । मगर संस्कार, संस्कृतिले समृद्ध छ । यहाँ प्रचण्डले रुकुमपूर्वसहित मगर क्लस्टरहरुहरुलाई स्वायत्त क्षेत्र बनाउने बताएका छन् । स्वायत्त क्षेत्रमार्फत मगर खामभाषालाई विश्वव्यापीकरण गर्ने बताएका छन् । विशेष तथा स्वायत्त क्षेत्र बनाउन सकिने संवैधानिक व्यवस्था र रुकुमपूर्वका मगरहरुको भाषा, संस्कार, संस्कृति, सभ्यताका आधारमा त्यो बन्न सक्छ । रुकुमपूर्वले मगर बस्तीलाई जिवित संग्राहलयको अवधारणा सारेर अभ्यास थालिसकेको पनि छ । दलितका लागि प्राधिकरण रुकुमपूर्वमा २१ प्रतिशत जनसंख्या दलित समुदायको छ । त्यहाँ जातीय छुवाछुत छैन । अवशेषहरु भने देखिन्छ । जातीय छुवाछुतसहितको विभेदको अन्त्य र राजनीतिक अधिकारका लागि प्रचण्डप्रति दलित समुदाय अनुग्रहित देखिन्छ । दलित समुदायले स्पष्ट रुपमा भनेका छन् की ‘तपाईंले गर्दा हामी मान्छे भएर बाँच्न पाउने भएका छौँ ।’ विभेदको पूर्ण अन्त्य, राजनीतिक अधिकार र आर्थिक सामाजिक विकासका लागि प्रचण्डप्रति पूर्ण आशावादी पनि छन् । प्रचण्डले रुकुमपूर्वमा दलित प्राधिकरण गठन गरेर यो समुदायको सर्वाङ्गिण विकास गर्ने बताएका छन् । विकास हेर्न रुकुम जाऔँ रुकुमपूर्वमा विकास नभएको होइन । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा सुरुभएको मध्यहाडी लोकमार्गले त्यहाँको मुहार फेरिएको छ । सहिद मार्गले यात्रा सहज भएको छ । अधिकांश वडा कार्यालयसम्म खुल्ला सडक छन् । विद्यालय, स्वास्थ्य भवन बनेका छन् । तर, यसमा सन्तोष छैन । प्रचण्डसँग रुकुमपूर्वले चौतर्फी विकासको अपेक्षा गरेको छ । सबै वडामा कालोपत्रे सडक, काँक्रीदेखि मैकोट, डोल्पाको सहरतारा हुँदै चीन जोड्ने सहिदमार्ग कालोपत्रे, ढोरपाटन जोड्ने उत्तरगंगा करिडोर, सानीभेरी करिडोर कालोपत्रे जस्ता अपेक्षा गरेको छ । प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना बनाउने बताएका छन् । र, भनेका छन् ‘विकास हेर्न रुकुम जाऔँ भन्ने बनाउने छौँ ।’ उनले यो पनि भनेका छन् की पहिले क्रान्तिका लागि बन्दुक बोकेर रुकुम आएको थिएँ, यसपटक विकासको औजार लिएर आएको छु । भदौ २३ र २४ के हो ? प्रचण्डले भदौ २३ गते भएको जेनजी विद्रोह, त्यसमा भएको दमन र २४ गते भएको विध्वंसका बारेमा स्पष्ट रुपमा देशलाई भनिरहेका छन् । उनी रुकुमपूर्वमा यसमा स्पष्ट सुनिए । भदौ २३ गते जेनजी विद्रोह हुनु एमाले र कांग्रेसको तात्कालीन सरकारले गरेको भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भएको र त्यो विद्रोहमा चरम दमन गरेर युवाहरुको हत्या गरेको भनेका छन् । त्यो विद्रोहको परिस्थिति र युवाहरुको हत्या हुने गरी भएको दमन एमाले काँग्रेसले गरेको बताएका छन् । भदौ २४ गते सिंहदबार, संसद भवनसहित राष्ट्रिय धरोहर, व्यक्तिको घर तथा व्यावसायमा आगजानी गर्ने अहिलेका नयाँ भन्नेहरु रहेको प्रष्ट भनेका छन् । उनले मतदातासँग भदौ २३ र २४ पनि प्रतिस्पर्धामा रहेको युवाको हत्या गर्नुहुन्न, राष्ट्रिय धरोहर जलाउनुहुन्न भन्ने आफ्नो पार्टी पनि प्रतिस्पर्धामा रहेको बताएर आफ्नो पार्टीलाई मत मागेका छन् । क्रान्ति र शान्ति भूमि जनयुद्धको थालनी, विकास र सफलतामा रुकुमपूर्वको अग्रणी भूमिका छ । प्रचण्डले रुकुमपूर्वलाई क्रान्ति र शान्ति भूमि भनेका छन् । जनयुद्धको थालनी त्यहीं भयो । जनयुद्धलाई उचाइ दिने ठूला कारबाही त्यहीं भयो । जनयुद्धको क्रममा माओवादीको महत्वपूर्ण बैठक त्यहीं भयो । हरेक रुकुमेलीहरुको जनयुद्धमा योगदान छ । त्यसैलाई उनले क्रान्ति भूमि भनेका छन् । २०६२ मा चुनबाङमा माओवादीको केन्द्रीय समिति बैठक बस्यो । त्यो लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँगको सहकार्यमा जनआन्दोलन पनि गर्ने निर्णय गर्यो । त्यो बैठकको निर्णयका आधारमा माओवादीले फौजी कारबाही पनि जारी राख्यो, ऐतिहासिक जनआन्दोलन भयो । मुलकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्था स्थापना भयो । र, १० वर्षको युद्धपछि नेपालमा शान्ति स्थापना भयो । त्यसैलाई प्रचण्डले रुकुमपूर्वलाई शान्ति र क्रान्तिको भूमि भनेका छन् । रुकुमपूर्वले एक सातामा प्रचण्डलाई स्वागत र आतिथ्यतामा कुनै कसर बाँकी राखेन । यो सात दिनमा प्रचण्डले रुकुमपूर्वबाट नयाँ उर्जा प्राप्त गरेको हुनुपर्छ । पछिल्ला दिनका उनको अभिव्यक्तिले त्यो पुष्टि गर्छ । सात दिनमा जिल्लाका अधिकांश वडामा पुग्नु, सबै वडाका मतदातासँग भेटघाट गर्नुले रुकुमपूर्वको विकास नै भएको छैन भन्न मिल्दैन । भौगोलिक अवस्थितिले कठिनाइ छ । पूर्वाधार विकासमा अप्ठ्यारो छ । अहिलेसम्म जति विकास भएको छ, त्यसको जस प्रचण्डसँगै रुकुमपूर्वका नेताहरुलाई नै जान्छ । त्यहाँ केहीँ भएको छैन, नेताहरुलाई केहीँ गर्न सकेनन् भन्ने आरोपलाई प्रचण्डले नै खण्डन गरिदिएका छन् । उनले भनेका छन्, ‘यहाँ केहीँ भएको छैन । नेताहरुले केहीँ गरेका छैनन् भन्ने कुरा मित्थ्या हो । यहाँ धेरै विकास भएको छ । मेरै यात्राले पनि पुष्टि गर्छ । यहाँका नेताहरुले धेरै गर्नुभएको छ । यत्ति हो मबाट अझै बढी अपेक्षा छ । यहाँकै नेताहरुको साथले त्यो म गर्छु ।’ पातीहाल्नेमा केहींदिन अघि पुनः हिउँ परेको छ । हिउँको थुप्रो अग्लिएका छन् । अब त्यो हिउँले कसरी स्वागत गर्छ प्रचण्डलाई ? त्यो धेरै पर छैन । 

पाँचकुने तारामा भोट हाल्न गाउँ फर्किंदै लाखौँ मतदाता

काठमाडौं । लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव नजिकिँदै जाँदा राजधानीबाट गाउँ फर्किने मतदाताको लर्को दिनानुदिन बढ्दो छ । लगातार सार्वजनिक बिदा, होली पर्व र निर्वाचन एकैसाथ परेकाले लाखौँ नागरिक आफ्नो मताधिकार प्रयोग गर्न गाउँतर्फ लागेका हुन् । पछिल्लो एक सातामा मात्रै तीन लाख ४९ हजार ६ सय ९५ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ । १४ फागुनदेखि बाहिरिनेको संख्या उल्लेख्य रूपमा बढेको छ । १४ फागुनमा ४२ हजार ८२२ जना बाहिरिएका थिए भने १५ फागुनमा ५२ हजार ८३, १६ फागुनमा ५२ हजार ६ सय ५३, १७ फागुनमा ५३ हजार ४ सय ७ र १८ फागुनमा ५७ हजार ३ सय ७१ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै सवारी चाप उल्लेख्य रूपमा बढेको छ । “सडकमा निकै चहलपहल छ, यसले चुनावी माहोल तातेको संकेत गर्छ,” उनले भने ।दैनिक सात हजारभन्दा बढी यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिन थालेका छन् । यात्रुहरूका अनुसार यसपटकको निर्वाचनमा विशेष उत्साह देखिएको छ । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेशमा परिवर्तनको अपेक्षा बोकेर मतदाता गाउँ फर्किरहेका छन् । नयाँ बसपार्कमा भेटिएका कैलालीका सुरेश बोहराले भने, “यसपटक मेरो भोट नेपाली कम्युनिस्ट पार्टीकाे पाँचकुने तारालाई हुनेछ । त्यसकाे लागि गाउँ जाँदै छु ।” गुल्मीका सक्षम ज्ञवालीले सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने नेतृत्वको आवश्यकता औँल्याए । “राम्रो उम्मेदवार जिते मात्र देशमा परिवर्तन आउँछ,उनले भने, पार्टीकाे कुरा गर्दा नेपाली कम्युनिस्ट पार्टी सही छ ।,” यस्तै, सिन्धुपाल्चोकका गोरखबहादुर कार्कीले भ्रष्टाचार रोक्ने र युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउन नेकपाकाे पाँचकुने तारा राेज्नु पर्ने बताए । अर्घाखाँचीका गगन रेश्मी यसपालि पहिलोपटक मतदान गर्न गाउँ जाँदै छन् । उनले पनि अबकाे विकल्प नेकपानै भएकाले पाँचकुने तारा राेज्नु पर्ने सुझाव दिए । यसपटक होली पर्व र लामो बिदाले पनि गाउँ फर्किनेको संख्या पनि तारा चिन्ह लाेकप्रिय बनेकाे छ । आठदेखि नौ लाखसम्म यात्रुले उपत्यका छाड्ने अनुमान छ । अधिकांश बसको अग्रिम टिकट बुकिङ भइसकेको छ । राजधानीका प्रमुख नाका—नागढुंगा, बल्खु, साँखु, जगाती र माछापोखरीमा चेकजाँच कडा पारिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।  

नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरणको लागि निर्वाचनपूर्व नेकपाकाे पक्षमा देशभर जनलहर निर्माण

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न दलहरूले आफ्ना कार्यक्रम र प्रतिबद्धतासहित मतदातामाझ पुग्ने क्रम तीव्र बनाइरहेका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको चुनावी अभियान, जनसभाहरू, घरदैलो कार्यक्रम र संवाद श्रृंखलाले निर्वाचन बहसलाई नीतिगत मुद्दातर्फ केन्द्रित गरेको दाबी गरेको छ। पार्टीले यसपटकको निर्वाचनलाई केवल सत्तापरिवर्तनको प्रक्रियाका रूपमा नभई “नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरण” को अवसरका रूपमा व्याख्या गरेको छ। नेकपाका केन्द्रीय नेताहरूले विकास, सुशासन, सामाजिक न्याय, आर्थिक आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानलाई प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्। देशभर भइरहेका कार्यक्रमहरूमा यिनै विषयलाई केन्द्रमा राखेर मतदातासँग प्रत्यक्ष संवाद भइरहेको पार्टी स्रोतले जनाएको छ। आर्थिक आत्मनिर्भरता र रोजगारी प्राथमिकतामा नेकपाले प्रस्तुत गरेको घोषणापत्रको मूल आधार “उत्पादनमुखी अर्थतन्त्र” रहेको बताइएको छ। पार्टीका अनुसार आयातमुखी संरचनाबाट उत्पादनमुखी संरचनातर्फ रूपान्तरण नगरेसम्म देशमा दिगो आर्थिक सुधार सम्भव छैन। त्यसैले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै रोजगारी सिर्जनामा जोड दिने प्रतिबद्धता गरिएको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, मल–बीउको सुनिश्चित आपूर्ति र कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने नीति अघि सारिएको छ। स्थानीय तहमा कृषि प्रशोधन उद्योग स्थापना गरी किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्ने योजना सार्वजनिक गरिएको छ। “खेतीलाई सम्मानजनक पेशा बनाउने” नारा दिँदै युवा कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। उद्योग क्षेत्रमा साना तथा मझौला उद्योग प्रवर्द्धन, घरेलु उत्पादनलाई प्राथमिकता, र विशेष आर्थिक क्षेत्र (SEZ) विस्तार गर्ने प्रस्ताव गरिएको छ। युवालाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र स्टार्टअप कोष स्थापना गर्ने योजना पनि समावेश गरिएको छ। शिक्षा र स्वास्थ्य : आधारभूत सेवाको सुदृढीकरण नेकपाले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा व्याख्या गर्दै यी क्षेत्रमा राज्यको भूमिका बलियो बनाउने प्रतिबद्धता जनाएको छ। सरकारी विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार, र ग्रामीण भेगमा शिक्षक दरबन्दी पूर्ति गर्ने योजना अघि सारिएको छ। उच्च शिक्षामा अनुसन्धान प्रवर्द्धन, छात्रवृत्ति विस्तार र विदेश पलायन रोक्न रोजगारमुखी पाठ्यक्रम विकास गर्ने लक्ष्य राखिएको छ। “पढाइसँगै कमाइ” कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक तालिमसँग जोड्ने प्रस्ताव पनि गरिएको छ। स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा सुसज्जित आधारभूत अस्पताल, निःशुल्क प्राथमिक स्वास्थ्य सेवा, मातृ–शिशु स्वास्थ्य कार्यक्रम सुदृढीकरण, र दीर्घरोगीका लागि सहुलियत कार्यक्रम विस्तार गर्ने नीति प्रस्तुत गरिएको छ। दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी आकर्षित गर्न विशेष प्रोत्साहन प्याकेज ल्याउने उल्लेख गरिएको छ। सुशासन र भ्रष्टाचार नियन्त्रण चुनावी अभियानका क्रममा नेकपाले सुशासन र पारदर्शितालाई विशेष प्राथमिकता दिएको छ। सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, डिजिटल प्रणालीमार्फत सरकारी सेवा प्रवाह, र भ्रष्टाचारविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। पार्टीका नेताहरूले प्रशासनिक सुधार, अनावश्यक खर्च कटौती, र विकास आयोजनाको प्रभावकारी अनुगमन गर्ने बताएका छन्। “जनताको करको पैसा जनताकै हितमा” भन्ने नारासहित सार्वजनिक जवाफदेहिता प्रणाली बलियो बनाउने योजना अघि सारिएको छ। सामाजिक न्याय र समावेशिता नेकपाले सामाजिक न्यायलाई आफ्नो वैचारिक आधारसँग जोड्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व र अवसर सुनिश्चित गर्ने नीति लिएको जनाएको छ। समान कामका लागि समान पारिश्रमिक, महिलाको नेतृत्व विकास, र हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अघि सारिएको छ। युवा लक्षित कार्यक्रमहरूमा खेलकुद पूर्वाधार निर्माण, नवप्रवर्तन प्रवर्द्धन, र विदेशमा रहेका युवालाई स्वदेश फर्केर लगानी गर्न प्रोत्साहन गर्ने योजना समावेश गरिएको छ। श्रमिक अधिकार संरक्षण, न्यूनतम ज्याला कार्यान्वयन र सामाजिक सुरक्षा कोष विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ। पूर्वाधार र दिगो विकास पूर्वाधार विकासलाई आर्थिक प्रगतिसँग जोड्दै सडक, पुल, विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा लगानी बढाउने नीति अघि सारिएको छ। जलविद्युत् उत्पादन विस्तार गरी आन्तरिक खपत बढाउने र निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखिएको छ। शहरीकरणलाई व्यवस्थित बनाउन एकीकृत बस्ती विकास, हरित शहर अवधारणा र सार्वजनिक यातायात सुधार गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ। वातावरण संरक्षण, वन सम्पदाको दिगो उपयोग, र जलवायु परिवर्तन अनुकूलन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ। राष्ट्रिय स्वाभिमान र कूटनीति नेकपाले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई जोड दिँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएको छ। छिमेकी तथा अन्य मुलुकसँग समानता, पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्ध सुदृढ गर्ने नीति अघि सारिएको छ। वैदेशिक लगानीलाई राष्ट्रिय हितअनुकूल बनाउने र श्रम सम्झौता सुदृढ गरी वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण गर्ने उल्लेख गरिएको छ। जनसहभागिता र अभियानको स्वरूप देशका विभिन्न जिल्लामा आयोजित सभाहरूमा उल्लेख्य जनसहभागिता देखिएको आयोजकहरूले बताएका छन्। गाउँ–नगरका चोक, विद्यालय प्रांगण र सामुदायिक हलहरूमा आयोजित कार्यक्रमहरूमा स्थानीय बासिन्दाले आफ्ना समस्या र सुझाव राख्ने क्रम बढेको छ। पार्टीले यसलाई “नीतिगत संवादको प्रक्रिया” का रूपमा व्याख्या गरेको छ। विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाहरूले रोजगारी, पारदर्शिता र स्थायित्वलाई मुख्य अपेक्षाका रूपमा उठाएका छन्। महिला समूहहरू स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणका विषयमा स्पष्ट योजना खोजिरहेका देखिन्छन्। मजदुर तथा कृषक समुदायले उत्पादन र बजार व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्राथमिकता दिएका छन्। संगठनात्मक सुदृढता नेकपाले यसपटक संगठनात्मक संरचना सुदृढ गर्दै स्थानीय तहसम्म अभियान परिचालन गरेको जनाएको छ। वडा–टोल स्तरसम्म चुनावी संयन्त्र गठन गरी मतदाता सूची अद्यावधिक, घरदैलो सम्पर्क र एजेन्डा प्रचार–प्रसारलाई व्यवस्थित बनाइएको बताइएको छ। पार्टीले अनुशासित र योजनाबद्ध अभियानले मतदातासँग प्रत्यक्ष सम्बन्ध बलियो बनाएको दाबी गरेको छ। विश्लेषणात्मक दृष्टिकोण राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको माहोल अहिले नीतिगत बहसतर्फ केन्द्रित देखिन्छ। दलहरूले आर्थिक सुधार, रोजगारी, सुशासन र सामाजिक न्यायजस्ता मुद्दालाई प्रमुखतामा राखेका छन्। नेकपाले प्रस्तुत गरेको उत्पादनमुखी अर्थतन्त्र, सामाजिक सुरक्षा विस्तार र प्रशासनिक सुधारका प्रस्तावले समर्थकहरूमा आशा जगाएको टिप्पणी गरिएको छ, यद्यपि ती कार्यक्रम कार्यान्वयनको प्रभावकारिताबारे बहस जारी छ। निष्कर्ष फागुन २१ को निर्वाचनलाई विभिन्न दलहरूले आ–आफ्नो दृष्टिकोणबाट ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिरहेका छन्। नेकपाले भने यसलाई “परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्र” कार्यान्वयन गर्ने निर्णायक क्षणका रूपमा चित्रित गरेको छ। देशभर सञ्चालन भइरहेको अभियान, प्रस्तुत गरिएका एजेन्डा र मतदातासँग भइरहेको प्रत्यक्ष संवादले निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अन्ततः मतदाताको निर्णयले नै आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ। प्रस्तुत कार्यक्रमहरू व्यवहारमा कत्तिको रूपान्तरित हुन्छन् भन्ने प्रश्न भविष्यको कार्यान्वयनसँग जोडिएको रहनेछ। अहिलेका लागि भने चुनावी मैदानमा एजेन्डा, प्रतिबद्धता र जनसम्पर्क अभियान तीव्र गतिमा अघि बढिरहेका छन्।

प्रचण्डको स्पष्ट सन्देश: अतिवादविरुद्ध, स्थायित्व र समृद्धिको नयाँ अध्याय लागि ‘तारा’मा मतदान

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनलाई देशको राजनीतिक दिशानिर्देशन गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ।  निर्वाचनको पूर्वसन्ध्यामा जारी भिडियो सन्देश र विभिन्न सार्वजनिक सम्बोधनमार्फत उहाँले सुशासन, स्थायित्व र समृद्धिको स्पष्ट रोडम्याप प्रस्तुत गर्दै जनतासँग ताजा जनादेश माग्नुभएको हो। प्रचण्डले देश ‘जेन्जी’ आन्दोलनपछिको अस्थिर र अनिश्चित राजनीतिक अवस्थाबाट गुज्रिरहेको स्मरण गर्नुभयो। सडक आन्दोलन, असन्तुष्टि र अविश्वासको वातावरणबीच लोकतान्त्रिक निकासका रूपमा निर्वाचनमा जाने निर्णय ऐतिहासिक आवश्यकता भएको उहाँको भनाइ छ। अन्तरिम सरकार गठनका लागि सहजीकरण गर्नु र ताजा जनादेशका लागि अडान लिनु आफ्नो दलको जिम्मेवार कदम भएको उहाँले उल्लेख गर्नुभयो। “देशलाई अन्योलबाट लोकतान्त्रिक प्रक्रियातर्फ ल्याउन हामीले सहजीकरण गर्‍यौं,” उहाँले भन्नुभयो, “अब जनताले नै अन्तिम निर्णय दिने समय आएको छ।” उहाँका अनुसार निर्वाचनमार्फत राजनीतिक स्थिरता र स्पष्ट जनादेश प्राप्त भएमा विकास र सुशासनको मार्ग प्रशस्त हुनेछ। सुशासन व्यक्तिबाट होइन, विधिबाट आफू प्रधानमन्त्री हुँदा सुशासनको थालनी गरिएको दाबी गर्दै प्रचण्डले स्पष्ट रूपमा भन्नुभयो—सुशासन कुनै व्यक्तिको सदिच्छाले होइन, संस्थागत सुधार र विधिको शासनमार्फत सम्भव हुन्छ। “व्यक्ति बदलिँदा नीति बदलिनु हुँदैन; प्रणाली बलियो बनिनुपर्छ,” उहाँको भनाइ थियो। उहाँले आफ्नो कार्यकालमा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको, शक्तिशाली गिरोह र बिचौलिया समूहहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरिएको तथा प्रशासनिक सुधार अघि बढाइएको बताउनुभयो। सुशासनको कदमले प्रभावित स्वार्थ समूहहरूले राजनीतिक गठजोडमार्फत अवरोध सिर्जना गरेको आरोप पनि उहाँले लगाउनुभयो। प्रतिपक्षमा रहँदा पनि सडक र सदन दुवैबाट कुशासन, दम्भ र अहंकारविरुद्ध संघर्ष जारी राखिएको उहाँको दाबी छ। “हामी सत्ता होस् वा प्रतिपक्ष, विधि र सुशासनको पक्षमा उभिएका छौं,” उहाँले भन्नुभयो। दुई अतिवादको खतरा प्रचण्डले देश दुई प्रकारका ‘अतिवाद’को जोखिममा रहेको बताउनुभयो। पहिलो, जनताको निराशा र आक्रोशलाई भड्काएर अराजकता, हिंसा र अनिश्चयतर्फ धकेल्ने प्रवृत्ति। दोस्रो, दलाल–विचौलिया र यथास्थितिवादी शक्तिहरूको संरक्षणमा टिकेको कुशासन। यी दुबै प्रवृत्तिले लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने र राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको उहाँको भनाइ छ। “एकातिर व्यवस्था उल्ट्याउने उग्र सोच, अर्कोतिर परिवर्तन रोक्ने यथास्थितिवाद—यी दुबै देशका लागि हानिकारक छन्,” उहाँले उल्लेख गर्नुभयो। यी दुबै अतिवादसँग जुधेर देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्ने शक्ति वाम आन्दोलन मात्र भएको उहाँको दाबी छ। वाम पुनर्गठन र एकताको पहल संयोजक प्रचण्डले वाम आन्दोलन पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरूबीच संवाद र सहकार्य बढाइएको जानकारी दिनुभयो। विभाजनबाट एकता, आरोप–प्रत्यारोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्कने अभियान सुरु भएको उहाँको भनाइ छ। उहाँले नेपाली कम्युनिस्ट पार्टीलाई वाम आन्दोलनको केन्द्रका रूपमा अघि बढाइएको बताउँदै सबै प्रगतिशील शक्तिहरू एउटै ध्रुवमा आउनुपर्ने धारणा राख्नुभयो। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको रक्षा वाम शक्तिको साझा जिम्मेवारी भएको उहाँले जोड दिनुभयो। सामाजिक न्याय र समावेशिताको एजेन्डा प्रचण्डले आगामी कार्यदिशामा सामाजिक न्यायलाई केन्द्रमा राखिएको बताउनुभयो। महिलालाई नेतृत्व तहमा पुर्‍याउने, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमका नागरिकको अधिकार व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। श्रमिक–किसानका अधिकार संरक्षण, सामाजिक सुरक्षा विस्तार र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ। “धनी–गरिबबीचको खाडल घटाउने संकल्पका साथ हामी अघि बढेका छौं,” उहाँले भन्नुभयो। उत्पादनमुखी अर्थतन्त्र र रोजगारी युवालाई विदेशिन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको प्रचण्डले बताउनुभयो। कृषि र उद्योगबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण, साना तथा मझौला उद्योग प्रवर्द्धन, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलता विकासलाई प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो। “हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” उहाँले भन्नुभयो। आर्थिक आत्मनिर्भरता र राष्ट्रिय उत्पादन वृद्धि नै दीर्घकालीन समृद्धिको आधार हुने उहाँको धारणा छ। डिजिटल सुशासन र सेवा प्रवाह प्रचण्डले डिजिटल सुशासनमार्फत पारदर्शिता कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। सरकारी सेवा लाइनमा होइन, मोबाइल र अनलाइन प्रणालीमार्फत नागरिकसम्म पुर्‍याउने योजना रहेको उहाँले बताउनुभयो। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गरिने, भ्रष्टाचार अन्त्यका लागि कानुनी तथा संरचनागत सुधार गरिने उहाँको भनाइ छ। सन्तुलित र स्वाभिमानी विदेश नीति अवलम्बन गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखिने उहाँले स्पष्ट गर्नुभयो। छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग समतामूलक सम्बन्ध कायम गर्दै विकास साझेदारीलाई प्रभावकारी बनाइने उहाँको योजना छ। हिंसाविरुद्ध कडा सन्देश भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै प्रचण्डले ती घटना अस्वीकार्य भएको बताउनुभयो। लोकतान्त्रिक प्रक्रियामा हिंसाको कुनै स्थान नभएको उल्लेख गर्दै उहाँले मतदानमार्फत गलत प्रवृत्तिलाई जनताले दण्ड दिने विश्वास व्यक्त गर्नुभयो। ‘तारा’मा मतदानको आह्वान अन्त्यमा उहाँले मतदातालाई आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न आग्रह गर्नुभयो। फागुन २१ लाई स्थायित्व, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्ने दिनका रूपमा स्मरणीय बनाउन अपिल गर्दै उहाँले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आग्रह गर्नुभयो। “जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो,” उहाँले भन्नुभयो, “विधिको शासनमार्फत सुशासन स्थापना गर्न र देशलाई स्थायित्वतर्फ लैजान फागुन २१ मा ऐतिहासिक निर्णय गरौं।” यसरी, प्रचण्डको स्पष्ट सन्देश सुशासनको संस्थागत आधार निर्माण, अतिवादविरुद्ध लोकतान्त्रिक स्थायित्व, सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र र वाम एकताको पुनर्गठनमा केन्द्रित देखिएको छ। अब जनताको निर्णयले आगामी राजनीतिक यात्रा तय गर्नेछ।

सहकारी पीडित भन्छन्-“रास्वपालाई मत दिने मन छैन”

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारी ठगी प्रकरणमा स्पष्ट समाधान नदिएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत नदिने सन्देश दिएका छन्। उनीहरूले सहकारी ठगीको मुद्दामा राजनीतिक दलहरू गम्भीर नदेखिएको आरोप लगाउँदै ठोस प्रतिबद्धता र कार्ययोजना माग गरेका छन्। पीडित नन्दबहादुर थापाले सहकारीको रकम फिर्ता गराउने नाममा पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नभएको बताए। “जीबी राईलाई ल्याएर दुई दिनमै सावाँ–ब्याज फिर्ता गर्छु भनियो। दुईपटक गृहमन्त्री हुँदा पनि केही भएन,” उनले भने, “हामीलाई अब झुटा आश्वासन होइन, व्यवहारिक समाधान चाहिन्छ।” पृथ्वीचोकका व्यवसायी मंगलप्रसाद खड्गीले चुनावको बेला मात्रै नेता–कार्यकर्ता घरदैलोमा आउने र पछि बिर्सने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनले सूर्यदर्शन सहकारीमा व्यक्तिगत र संस्थागत गरी २६ लाख रुपैयाँ गुमाएको बताए। “अब रास्वपाका नेताहरु विश्वास गर्ने आधार छैन,” उनले भने। प्रेमबहादुर रानाले ३३ लाख रुपैयाँ गुमाएको उल्लेख गर्दै २५ वर्षको शिक्षण र नर्सरी व्यवसायबाट कमाएको रकम डुबेको दुखेसो पोखेका छन्। पोखरा–१३ आर्बाका गोपी दाहालले पनि ६ लाख रुपैयाँ ६ वर्षदेखि फिर्ता नपाएको बताए। “घोषणापत्रमा लेखेर मात्रै हुँदैन, कार्यान्वयन चाहिन्छ,” उनले भने। सहकारीपीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले राजनीतिक दलहरूले पीडितको भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए। “सहकारी ठगीको ट्याग लागेको कसैलाई पनि मत दिनुहुन्न,” उनले भने, “हामीलाई पीडित बनाउनेलाई बरु मतै हाल्दिनँ।” उनीहरूले रवि लामिछानेले चितवनमा सहकारी ठगीको प्रमाण मागेको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। रास्वपाले चितवनमा आयोजना गरेको चुनावी सभामा लामिछानेले आफूमाथि लागेको आरोपमा प्रमाण मागेपछि पीडितहरू आक्रोशित बनेका हुन्। सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको आरोपमा मुद्दा दायर भएको छ। १८ हजार ७०० बचतकर्तामध्ये एक हजार १५७ जनाले मात्रै किटानी जाहेरी दिएका छन्। सरकारी अनुसन्धानअनुसार केही व्यक्तिको नाममा व्यक्तिगत बिगो कायम गरिएको छ भने गोर्खा मिडियामा समेत रकम गएको उल्लेख गरिएको छ। पीडितहरूको माग छ—राज्यले नीतिगत रूपमा राहत कार्यक्रम ल्याओस्, दोषीलाई कारबाही होस् र बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरियोस्। अन्यथा, आगामी निर्वाचनमा आफूहरू रास्वपासहित सहकारी ठगीमा मुछिएका व्यक्तिलाई मत नदिने उनीहरूको स्पष्ट चेतावनी छ।

निष्पक्ष  र शान्तिपूर्ण निर्वाचनका लागि प्रचण्डको अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गर्नु भएको छ । उहाँले भिडियो सन्देशमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ । सम्बोधनमा उहाँले जेन्जी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गर्नुभयो। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको बताउँनुहुँदै त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताउँनुभएको छ । सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको उहाँले बताउँनुभयो। सो समयमा सुशासनबाट आत्तालिएका शक्तिहरूले संसदका पहिलो र दोस्रो दललाई एकै ठाउँमा उभ्याएको आरोप पनि उहाँले बताउँनुभयो । त्यसपछि प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उहाँले यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मत दिने बताउँनुभयो । निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उहाँले बताउनुभयो ।

यस्ताे छ, नेकपाकाे प्रतिबद्धतामा ‘स्वाधीन र समृद्ध नेपाल’ निर्माणमा समाजवादको मार्गचित्र

काठमाडौं। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रले ‘स्वाधीन र समृद्ध नेपाल’ निर्माणलाई केन्द्रीय राष्ट्रिय एजेन्डाका रूपमा अघि सारेको छ।  पार्टीले स्पष्ट रूपमा उल्लेख गरेको छ-मुलुक अहिले आर्थिक परनिर्भरता, बेरोजगारी, महँगी, सामाजिक विभेद, राजनीतिक अस्थिरता र संस्थागत भ्रष्टाचारजस्ता बहुआयामिक समस्याबाट गुज्रिरहेको छ। यी चुनौतीहरूको दीर्घकालीन समाधान नेपाली विशेषताको वैज्ञानिक समाजवादमार्फत मात्र सम्भव हुने दाबी पार्टीको छ। प्रतिबद्धता पत्र केवल नीतिगत घोषणामा सीमित नभई, आगामी पाँच वर्षका ठोस लक्ष्य, संरचनागत सुधार र सामाजिक रूपान्तरणका योजनासहित प्रस्तुत गरिएको छ। पार्टीले नेपालको राजनीतिक, आर्थिक र कूटनीतिक निर्णय प्रक्रियामा आत्मनिर्णयको अधिकार सुदृढ गर्ने नीति लिएको छ। वैदेशिक हस्तक्षेप र अनावश्यक परनिर्भरता घटाउँदै राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने याेजना लिइएकाे छ। राष्ट्रिय हितअनुसार सन्तुलित कूटनीति अपनाउने र भौगोलिक अखण्डता र सार्वभौमसत्तामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरिएकाे छ।  पार्टीको विश्लेषणमा, स्वाधीनता केवल भूगोलको रक्षा होइन; आर्थिक आत्मनिर्भरता, नीतिगत स्वतन्त्रता र सांस्कृतिक स्वाभिमानसँग पनि गाँसिएको विषय हो। व्यवस्था परिवर्तनभन्दा अगाडि ‘अवस्था’ परिवर्तन नेकपाले अंगीकार गरेको नेपाली विशेषताको वैज्ञानिक समाजवादले शासन प्रणाली मात्र परिवर्तन गर्ने होइन, आम नागरिकको जीवनस्तर रूपान्तरण गर्ने लक्ष्य राखेको छ। प्रत्येक नागरिकका लागि गाँस, वास, कपासको सुनिश्चितता गरेकाे छ। शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा व्यवहारिक कार्यान्वयन गर्ने प्रतिबद्धा लिएकाे छ। सेवामूलक राज्यको अवधारणा, जहाँ नागरिकको आधारभूत जीवनस्तर सुनिश्चित गरिन्छ। त्यसकाे लागि नेकपाकाे प्रतिबद्धतामा उत्पादन र स्वामित्व संरचनामा परिवर्तन गर्ने, उत्पादनका साधनहरूमाथि सामूहिक वा सामाजिक स्वामित्व विस्तार गर्ने, प्राकृतिक स्रोत–साधनको दोहनमा राष्ट्रिय हित प्राथमिकता दिने, मुठ्ठीभर व्यक्तिमा सीमित पूँजी र सम्पत्तिको सामाजिक उपयोग गर्ने प्रतिबद्धाता नेकपाकाे छ।  पार्टीको दाबी अनुसार यसले आय–असमानता घटाउने, सामाजिक न्याय स्थापित गर्ने र श्रमको सम्मान सुनिश्चित गर्दछ।  प्रतिबद्धता पत्रमा नेपालको अर्थतन्त्रलाई आयातमा आधारित उपभोगवादी संरचनाबाट उत्पादनमुखी र आत्मनिर्भर संरचनामा रूपान्तरण गर्ने स्पष्ट खाका प्रस्तुत गरेको छ। जसमा पाँच वर्षका ठोस लक्ष्य निर्धारण गरिएकाे छ। पहिलाेमा वार्षिक आर्थिक वृद्धिदर १० प्रतिशतभन्दा माथि पुर्‍याउने, दाेस्राेमा बहुआयामिक गरिबी २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने, कृषि, उद्योग, ऊर्जा, पर्यटन र सूचना–प्रविधि क्षेत्रमा संरचनागत लगानी वृद्धि गर्ने लगायतका याेजनाहरु अघि सारिएकाे छ।  यसैगरी रोजगारी सृजना र युवा केन्द्रित नीति, स्वदेशमै लाखौं रोजगारी सिर्जना गर्ने योजना, वैदेशिक रोजगारीमा निर्भरता घटाउने, ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत सीप विकास र उत्पादनसँग जोड्ने प्रतिबद्धाता छ। यस रणनीतिले आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र स्थानीय उत्पादनको प्रवर्द्धनलाई जोड दिएको छ। सुशासन र राजनीतिक स्थिरता: परिणाममुखी शासनतर्फ नेकपाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने स्पष्ट उल्लेख गरेको छ। सार्वजनिक खरिद, ठेक्का र सेवा प्रवाहमा पारदर्शितामा जाेड दिएकाे छ। निर्वाचन प्रणालीमा सुधार गरी स्थिर सरकार निर्माणको आधार पनि अघि सारिएकाे छ। प्रशासनिक संरचनामा पुनर्संरचना र कार्यक्षमता अभिवृद्धि गर्ने, नागरिकलाई घरदैलोमै छिटोछरितो सेवा उपलब्ध गराउने राजनीतिक स्थिरता आर्थिक विकास र सामाजिक रूपान्तरणको पूर्वशर्त हो लिएकाे छ।  सामाजिक न्याय: विभेद र उत्पीडनको अन्त्य प्रतिबद्धता पत्रमा वर्गीय, जातीय, लैङ्गिक, भाषिक र क्षेत्रीय विभेद अन्त्य गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरिएको छ। जसमा पूर्ण समानुपातिक समावेशी लोकतन्त्र सुदृढीकरण, छुवाछूत, छाउपडीजस्ता कुरीतिहरूको उन्मूलन, महिलाको समान प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिता, सीमान्तकृत समुदायको सशक्तीकरणका याेजना छन् । यसले सामाजिक सद्भाव, आत्मसम्मान र समान अवसरको वातावरण निर्माण गर्ने लक्ष्य नेकपाले लिएकाे छ।  शिक्षा: निःशुल्क, गुणस्तरीय र सेवामूलक शिक्षालाई व्यापारिकरणबाट मुक्त गरी सेवामूलक र समावेशी बनाउने नीति प्रतिबद्धता पत्रको केन्द्रीय अंश हो। माध्यमिक तहसम्मको शिक्षा राज्यको पूर्ण दायित्व हाे । विपन्न, दलित, आदिवासी, अपाङ्ग र सीमान्तकृतका लागि विशेष छात्रवृत्तिकाे व्यावस्था गर्दै निशुल्क दिने नेकपाकाे प्रतिबद्धतामा छ।  यता निजी विद्यालयको शुल्कमा सीमा निर्धारण गर्ने पनि जनाएकाे छ। प्रत्येक पालिकामा नमुना आवासीय ‘स्मार्ट विद्यालय’ निर्माण गर्ने,सीपमूलक र प्राविधिक शिक्षामा जोड दिने छ। यसले शिक्षा प्रणालीलाई उत्पादन र रोजगारसँग जोड्दछ।  स्वास्थ्य: सार्वभौमिक पहुँच र सामाजिक सुरक्षा स्वास्थ्यलाई मौलिक हकको रूपमा पूर्ण कार्यान्वयन गर्ने योजना पनि विस्तृत रूपमा उल्लेख गरिएको छ। जसमा खोप, सुरक्षित मातृत्व, सरुवा रोग नियन्त्रण निःशुल्क गर्ने, १०० प्रतिशत नागरिकमा अनिवार्य स्वास्थ्य बीमाकाे व्यवस्था। गरिब र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले व्यहोर्ने, २०८८ सम्म व्यक्तिगत उपचार खर्च ३५ प्रतिशतभन्दा तल झार्ने, सरकारी अस्पतालमा बिहान ७ देखि बेलुका ७ बजेसम्म ओपीडी सेवा दिने, औषधि उत्पादन र आपूर्तिमा सरकारी भूमिका सुदृढ बनाउने छन् । सरकारदवारै स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक पेन्सन, बेरोजगार भत्ता, अपाङ्गता भत्ता जस्ता सुविधा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।  

अतिवादका विरुद्ध प्रचण्डकाे आह्वान: तारामा मतदान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला असाधारण राजनीतिक मोडमा उभिएको बताउँदै आगामी निर्वाचनलाई “राष्ट्र जोगाउने, लोकतन्त्रको रक्षा गर्ने र समाजवादी दिशातर्फ अघि बढ्ने ऐतिहासिक अवसर”का रूपमा लिन आग्रह गर्नुभएको छ।  हिजाे शनिबार रोल्पा, रुपन्देही र कपिलवस्तुमा आयोजित विशाल चुनावी सभाहरूलाई सम्बोधन गर्दै उहाँले नयाँ एकता, दृढ अडान र समाजवादी अभियानलाई सफल बनाउन नेकपाको चुनाव चिह्न ‘तारा’मा मतदान गर्न अपिल गर्नुभयो। प्रचण्डले आफ्नो सम्बोधनमा दोहोर्याउँदै भन्नुभयो-“यो निर्वाचन सामान्य सत्ता परिवर्तनको प्रक्रिया मात्र होइन, राष्ट्रिय संकटबाट मुक्तिको अभियान हो। जनताको मत नै अन्तिम शक्ति हो, र यसपटकको मतले देशको दिशा तय गर्नेछ।” उहाँका अनुसार विगत केही महिनामा विकसित राजनीतिक घटनाक्रमले देशलाई असहज र जटिल परिस्थितितर्फ धकेलेको थियो, जसको निकासका लागि निर्वाचन अपरिहार्य बनेको हो। संकटको पृष्ठभूमि र निर्वाचनको औचित्य रुपन्देहीमा बोल्दै प्रचण्डले भदौ २३–२४ गतेका हिंसात्मक घटनाले देशलाई गम्भीर संकटमा पुर्‍याएको स्मरण गराउनुभयो। सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन तथा विभिन्न राजनीतिक दलका कार्यालय र नेताहरूका निवासमा भएको आगजनी र तोडफोडलाई उहाँले “अराजक र अतिवादी प्रवृत्तिको अभिव्यक्ति” भन्दै त्यसले लोकतान्त्रिक प्रणालीमाथि चुनौती खडा गरेको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री, सेनापति र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूबीच भएको गहन छलफलपछि देशलाई निकास दिन अन्तरिम सरकार गठन र निर्वाचनमा जाने सहमति जुटाइएको थियो। “यो निर्वाचन न जनताले प्रत्यक्ष मागेको थियो, न दलहरूले चाहेका थिए,” उहाँले भन्नुभयो, “तर संविधान, लोकतन्त्र र राष्ट्रिय स्थायित्व जोगाउन निर्वाचन नै उपयुक्त विकल्प ठहरियो।” स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको जोड तीनै जिल्लामा उहाँले एकै स्वरमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आवश्यकता औंल्याउनुभयो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग र अदालतलगायत सबै संवैधानिक निकायलाई राष्ट्रहितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै उहाँले कुनै पनि प्रकारको धाँधली, चलखेल वा दबाब स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। “जनताको वास्तविक अभिमत प्रतिबिम्बित हुने वातावरण निर्माण गर्नु राज्यका सबै निकायको साझा दायित्व हो,” उहाँले जोड दिनुभयो। सरकारका उपलब्धि र अवरोध प्रचण्डले आफ्नो नेतृत्वको सरकारका उपलब्धिहरू स्मरण गर्दै भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक न्यायको विस्तार, आर्थिक सुधार र सन्तुलित परराष्ट्र नीतिलाई उल्लेखनीय कदमका रूपमा प्रस्तुत गर्नुभयो। नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी अनुसन्धानलगायतका विषयलाई उदाहरण दिँदै उहाँले ठूला माफिया र दलाल शक्तिविरुद्ध सरकारले कडा कदम चालेको दाबी गर्नुभयो। “हामीले ठूला–ठूला स्वार्थ समूहको विरुद्ध उभिने साहस गर्‍यौं,” उहाँले भन्नुभयो, “तर त्यही कारण भ्रष्टाचारका संरक्षक शक्तिहरू एकजुट भएर सरकार ढाल्न लागे।” यद्यपि आफूहरू निराश नभएको उल्लेख गर्दै उहाँले जनताको बीचबाटै नयाँ शक्ति संगठित गरिने बताउनुभयो। अतिवादको आलोचना, एकताको प्रस्ताव देशमा दुई प्रकारका अतिवादी प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले एकातिर व्यवस्थालाई उल्ट्याउन खोज्ने प्रतिक्रियावादी सोच र अर्कोतिर यथास्थितिलाई जोगाइराख्न चाहने प्रवृत्ति दुवै लोकतन्त्रका लागि हानिकारक भएको बताउनुभयो। यसको विकल्प देशभक्त वामपन्थी र क्रान्तिकारी शक्तिको एकता भएको उहाँको धारणा थियो। उहाँले नेकपा गठनको उद्देश्य कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र शुद्धीकरण गर्दै एउटै बलियो केन्द्र निर्माण गर्नु रहेको स्पष्ट पार्नुभयो। “देशलाई निकास दिन सक्षम शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता हो, त्यसका लागि देशभर जनताले अब तारामा मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएका छाैँ। अतिवादका विरुद्ध अब तारामा मतदाननै उत्तम उपाय हाे।,” उहाँले भन्नुभयो। ‘बन्दुक होइन, मतपत्र’बाट समाजवाद रोल्पाको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै प्रचण्डले अबको संघर्ष हतियारले होइन, मतपत्रले हुने स्पष्ट पार्नुभयो। “हामी हतियारको राजनीतिबाट मतपत्रको राजनीतिमा प्रवेश गरिसकेका छौं,” उहाँले भन्नुभयो, “अब परिवर्तनको शक्ति जनताको मतपत्रमा निहित छ।” रोल्पालाई “क्रान्तिको लालकिल्ला”का रूपमा चित्रित गर्दै उहाँले विगतमा यही भूमिबाट परिवर्तनको सन्देश गएको र अब फेरि राष्ट्रिय सन्देश दिनुपर्ने बेला आएको बताउनुभयो। “रोल्पाको माटो साक्षी छ-यो धर्तीले सधैं परिवर्तनको पक्षमा उभिएको छ,” उहाँले भावुक स्वरमा भन्नुभयो। राष्ट्रियता र सन्तुलित परराष्ट्र नीति प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी तथा अन्य मुलुकसँग सन्तुलित र मर्यादित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। “हामी कसैको विरोधमा होइनौं,” उहाँले स्पष्ट पार्नुभयो, “तर राष्ट्रिय स्वाभिमान र स्वाधीनताको प्रश्नमा कुनै सम्झौता हुँदैन।” संविधान संशोधन र प्रणाली सुधार उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी प्रतिनिधित्वजस्ता विषयमा बहस आवश्यक रहेको उल्लेख गर्नुभयो। राजनीतिक स्थायित्व र सुशासनका लागि प्रणालीगत सुधार अपरिहार्य रहेको उहाँको भनाइ थियो। निष्कर्ष  सम्बोधनको अन्त्यमा प्रचण्डले जुनसुकै षड्यन्त्र भए पनि अन्तिम फैसला जनताकै हातमा रहने विश्वास व्यक्त गर्नुभयो। “यो पटकको मतदान परिवर्तन, सुशासन र समाजवादी दिशाको पक्षमा हुनेछ भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो। रोल्पा, रुपन्देही र कपिलवस्तुबाट उठेको सन्देशलाई एउटै सूत्रमा बाँध्दै उहाँले देश संकटमा पर्दा निकास दिने जिम्मेवारी फेरि पनि नेकपामाथि आएको दाबी गर्नुभयो। नयाँ एकता, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक रूपान्तरणका एजेन्डालाई केन्द्रमा राख्दै उहाँले मतदातासँग भावनात्मक र राजनीतिक दुवै अपिल गर्नुभयो—“देशका लागि, लोकतन्त्रका लागि, समाजवादको यात्राका लागि तारामा मतदान गरौं।”

कञ्चनपुर–३ मा मानबहादुर सुनारको पक्षमा बढ्दो जनलहर, विभिन्न दलका नेता–कार्यकर्ता नेकपामा प्रवेश

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मानबहादुर सुनारको पक्षमा जनसमर्थन तीव्र बन्दै गएको छ। चुनाव नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र समर्थकहरू नेकपामा प्रवेश गर्ने क्रम बढ्दो छ, जसले क्षेत्रीय राजनीतिमा नयाँ उत्साह र तरंग पैदा गरेको छ। नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध नेता–कार्यकर्ताहरूले पार्टी परित्याग गर्दै मानबहादुर सुनारलाई जिताउने अभियानमा साथ दिने घोषणा गरेका छन्। नेकपा कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टका अनुसार पछिल्ला दिनहरूमा क्षेत्र ३ का बेदकोट, भीमदत्त र दोधाराचाँदनी नगर क्षेत्रमा चुनावी गतिविधि सशक्त बनेसँगै जनताको आकर्षण नेकपातर्फ बढेको छ। नेकपा केन्द्रीय सदस्य प्रताप तिरुवाले मानबहादुर सुनारको उम्मेदवारीलाई “समुदायको मुक्ति, राष्ट्रिय स्वाभिमान र सुशासनको अभियान”सँग जोडिएको बताए। उनका अनुसार एमालेका हर्कबहादुर मगर, रतन विष्ट, भीमदत्त नगरपालिका काँग्रेस नेता ललित कोली तथा राप्रपा नेता योगेश धामी लगायतका व्यक्तित्वहरू नेकपामा प्रवेश गरिसकेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार मानबहादुर सुनार, क्षेत्र ३ निर्वाचन परिचालन समितिका संयोजक प्रकाशबहादुर रावल लगायतका नेताहरूले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्ने स्वतन्त्र विद्यार्थी, युवा, महिला, किसान, मजदुर तथा ज्येष्ठ नागरिकहरूले देशमा सबै समुदायको समान अधिकार, भ्रष्टाचारमुक्त शासन र राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि नेकपा नै सक्षम शक्ति भएको विश्वास व्यक्त गरेका छन्। स्थानीय स्तरमा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका स्पष्ट एजेन्डासहित मानबहादुर सुनार जनतामाझ सक्रिय रूपमा घरदैलो अभियानमा जुटिरहेका छन्। बढ्दो समर्थन र अन्तरदलिय आकर्षणले कञ्चनपुर–३ मा उनको जितको सम्भावना बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्। कञ्चनपुर–३ मा देखिएको यो सकारात्मक माहोलले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण र परिवर्तनको संकेत दिएको छ।