काठमाडौंसहित देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
१५ घण्टा अघि
काठमाडौं— देशभर मौसमी गतिविधि तीव्र बनेका कारण आज अधिकांश स्थानमा बदलीसहित वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको छ भने दिउँसो हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्हरुको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो १० बजेदेखि ११ बजेसम्म वर्षा सुरु हुने र दिनभर यदाकदा पानी पर्ने क्रम जारी रहनेछ। “वर्षा सुरु भइसकेको छैन, तर दिउँसो हल्कादेखि मध्यम वर्षा हुनसक्छ,” मौसमविद्हरूले जानकारी दिएका छन्। सातवटै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना देशका उच्च पहाडी र हिमाली भूभागमा पनि आज हल्का वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ। रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मनसुनी र पश्चिमी वायुले असर पुर्‍याउँदै हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको छ भने देशको पश्चिम भू-भागमा पश्चिमी र स्थानीय वायुले आंशिक असर पुर्‍याएको विभागले जनाएको छ। साथै, भारतको पश्चिम बंगाल नजिकै बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको छ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
१ असार, २०८२
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
२७ जेठ, २०८२
वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही
२५ जेठ, २०८२