इजरायली अवैध वस्ती हटाइने

इजरायली अवैध वस्ती हटाइने

विविसी, पुस ९ । संयुक्त राष्ट्र संघले इजरायल र प्यालेष्टाइन सीमा क्षेत्रमा अवैध रुपमा निर्माण गरिएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघ अन्र्तगतको सुरक्षा परिषदको बैठकले अवैध रुपमा बनाइएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गदै बस्ती भत्काउन आदेश दिएको हो ।

इजरायलको समर्थन गर्दै अमेरिका भने मतदानमा सहभागि भएन । इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुशेलम कब्जा गरेको थियो त्यसयता करीब पाँच लाख यहूदी अवैध रुपमा वस्ती निर्माण गरी बस्दै आएका छन् ।

१ सय ४० बस्तीहरु अवैघ रुपमा रहेको सुरक्षा परिषदले जनाएको छ । प्रस्तावको पक्षमा १४ मत परेको छ । सुरुवातमा इजरायलले प्रस्ताव फिर्ता लिन दबाब दिएपनि मलेसिया, न्यूजिल्याण्ड, सेनेगल र भेनेजुयलाको आग्रहमा प्रस्ताव अगाडी बढाइएको थियो । सो बस्तीको कारण अशान्ति फैलिएको भन्दै त्यसलाई हटाउन लामो समयदेखि पहल गरिएको थियो ।

वाइडेनलाई नेतान्याहुको जवाफ -'हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य हुँदैन'

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले द्वन्द्वको एक हिस्सा हमास भएको बताउँदै हमासको बिनास नभएसम्म युद्धको अन्त्य नहुने बताएका छन्।शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहपछि उनको यस्तो प्रक्रिया आएको हो । युद्धको अन्त्यका लागि इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको विनासबाट मात्रै सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका हुन् । प्रस्ताव अन्तर्गत, इजरायलले स्थायी युद्धबिराम लागू गर्नु अघि यी सर्तहरू पूरा गर्नुपर्नेमा जोड दिएको छ । यी सर्त पूरा हुनुअघि इजरायल स्थायी युद्धबिराममा सहमत नहुने धारणा नेतान्याहुले उल्लेख गरे। शनिबार, बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धबिरामका लागि नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताए। उनले युद्धबिराम तीन चरणको प्रस्तावमा छ हप्तादेखि गाजाको सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने बताए।युद्धको अन्त्यसँगै सयौँ प्यालेस्टिनी कैदीको रिहाइको बदलामा महिला, वृद्ध–वृद्धा घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले उल्लेख गरेका छन् ।  इजरायल र प्यालेस्टिनीले स्थायी युद्धबिरामका लागि छ हप्तामा वार्ता गर्ने र वार्ताको क्रममा युद्धबिराम जारी रहने बाइडेनले जनाए।हमासले बाइडेनले बनाएको योजनालाई सकारात्मकरूपमा लिएको जनाइएको छ ।

अफगानिस्तानमा आँधी र बाढी : दुई सय बढिको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताए। विदेशी सञ्चारमाध्यमहरुले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १५ सय भन्दा बढि घरहरुमा बाढिले क्षति पुर्याएको छ भने सयौंको संख्यामा हताहत भएको छ । तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले शनिवार बताए । उनका अनुसार ३ सय घर, बिजुली र सञ्चार सेवामा गम्भीर क्षति पुगेको छ। अफगानिस्तानले गत महिनादेखि भारी वर्षा र बाढीको सामना गरिरहेको छ । तुफान र बाढीले बदख्सान र सामंगन लगायत अन्य उत्तरी प्रान्तका अधिकांश भागहरूमा पनि क्षति पु¥याएको छ ।

टर्कीमा केबलकार दुर्घटना हुँदा एकको मृत्यु, दश घाइते

एजेन्सी । टर्कीको दक्षिणी प्रान्त अन्टाल्यामा शुक्रबार एउटा केबलकारको केबिन भाँचिएर पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। त्यहाँको स्थानीय समय अनुसार शुक्रबार बेलुका ५ः२३ मा केबलकारका २४ वटा केबिन हावामा फसेका थिए। केबलकारको केबिनमा अड्किएका ११२ जनालाई उद्दार गरीएको छ भने । ६० भन्दा बढी व्यक्ति १६ घण्टा देखि  हावामै फसिरहेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । हावामा अड्किएका नागरिकहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको विपत व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिले उद्दारका लागि ७ वटा हेलिकप्टर र ५०० उद्दार कर्मी परिचालन गरिएको छ । शनिबार साँझसम्म उद्दार कार्य सक्ने गरी काम गरिरहेको अधिकारीहरुले बताएका छन् ।

मारिए ईद मनाउन हिडेका हमास प्रमुखका तीनजना छोरा

ऐजेन्सी । हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिएको बताएका छन्। हमास सम्बन्धित सञ्चार माध्यमका अनुसार उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्प नजिक हवाइ अक्रमण हुँदा कारमा सवार सबैजना मारिएका हुन् । हानियाले यो घटनाका कारण इजरेलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्। हमास र इजरेलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन्। इजरेलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ।उनीहरूको समूह मुस्लिम पर्व इदको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ। हानियाले आफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद युद्धभरि गाजामै बसेको सञ्चार माध्यमहरुलाई बताएका छन् ।सो घटना पछि हमासले वक्तव्य जारी गर्दै हानियाका चार जना नातिनातिनाहरू मोना, अमल, खालिद र रजान पनि उक्त आक्रमणमा मारिएको बताएको छ। हमासले उक्त आक्रमणलाई “विश्वासघाती र कायर” भनेको छ।

लोकप्रिय