शाखा अधिकृतको तयारी कसरी गर्ने ?

शाखा अधिकृतको तयारी कसरी गर्ने ?

पाठ्यक्रमको संक्षिप्त परिचय 

लोकसेवा आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदका लागि पाठ्यक्रम तय गरेको छ । जसलाई लिखित परीक्षा (प्रथम चरण र द्वितीय चरण) तथा अन्तिम चरण (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता) गरी दुई भागमा विभाजन गरिएको छ ।

अप्राविधिक (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद) सेवाका सबै समुहको लागि निर्धारण भएको लिखित परीक्षाका अतिरिक्त नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवाको लागि अतिरिक्त पत्रसमेत थप समावेश गरिएको छ । संयुक्त र एकीकृत परीक्षा प्रणालीको आधारमा माथि उल्लिखित सेवाका सबै समुहको लागि प्रथम, द्वितीय र तृतीय पत्र÷विषयको विषयवस्तु एउटै र अनिवार्य गरेको छ ।

तर चतुर्थ पत्र ऐच्छिक विषय लोक सेवा आयोगको तालिकामा दिइएका १८ वटा विषयहरुमध्ये कुनै एक विषयमात्र छनौट गर्न पाउने व्यवस्था छ । चतुर्थ पत्र ऐच्छिक विषयमा आधारित छ ।

लिखित परीक्षा अन्तर्गत पहिलो चरण १०० पूर्णांक र दोश्रो चरण ३०० पूर्णाकंको परीक्षा लिने व्यवस्था छ । प्रथम पत्र अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण वस्तुगत आधारमा गरिन्छ । जसमा सामान्य सचेतना, अँग्रेजी भाषा सम्बन्धि ज्ञान जस्ता विषयवस्तु समेटिएका छन् ।

छनौटका चरणहरु 

सबैभन्दा पहिले– लोकसेवा आयोगको विज्ञापन अनुसार दरखास्त फाराम भरेका परीक्षार्थीहरुको पहिलो चरणको परीक्षा लिइन्छ ।

पहिलो चरण– उत्तीर्ण गरेका प्रशीक्षार्थीले मात्र दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

दोश्रो चरण– शासन प्रणाली, समसामयिक विषय र ऐच्छिक विषय गरी तीनवटा समावेश गरिएको छ । यसरी दोश्रो चरणको तीनवटैमा सफल भएका प्रशीक्षार्थीहरुमध्ये पहिलो चरण र दोश्रो चरणको अंक जोडी अधिकतम अंक प्राप्त गर्ने प्रशीक्षार्थीहरु अन्तिम चरणको लागि हुने गर्दछ ।

अन्तिम चरण– सूचना प्रविधि सीप परिक्षण, सामूहिक परीक्षण र व्यक्तिगत अन्तर्वार्ता लगायतका विषय समेटेका छन् ।

कस्तो व्यक्ति छनौट हुन सक्दछ ?

पाठयक्रमलाई सरसर्ती हेर्दा यसले समेटेका विषयवस्तु बृहत देखिन्छ । समेटेका विषयवस्तुले घोकेर लोकसेवा आयोगको परीक्षा उतीर्ण गर्न भन्दा पनि भएका व्यक्तिले उतीर्ण गर्न सक्ने अवस्था रहेको छ ।

पहिलो पत्रमा समावेश गरिएका विषयवस्तुबाट विशेष गरी सिक्न सक्ने क्षमता र अँग्रेजी भाषाको ज्ञान भएका उम्मेदवार छनौट गर्न मदत पुगेको छ ।

दोश्रो पत्रमा समावेश गरिएका राज्य र शासन, संविधान र कानून, सार्वजनिक सेवा र सार्वजनिक व्यवस्थापन, श्रोत व्यवस्थापन र योजना तथा तेश्रो पत्रमा समावेश गरिएका सामाजिक, आर्थिक, विकास, वातावरणसंग सम्बद्ध मामिला जस्ता विषयवस्तुले सो विषयमा ज्ञान र अध्ययन समेत भएको विकास प्रशासन संचालन गर्न सक्ने दक्ष, सक्षम, प्रतिस्पर्धी उम्मेदवार छनौट गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी पाठ्यक्रमले समावेश गरेका ऐच्छिक विषयले गर्दा विश्वविधालयका उत्कृष्ट उम्मेदवारलाई निजामती सेवामा आकर्षित गर्ने गरेको छ भने सूचना प्रविधि सीप परिक्षण मार्फत बदलिदो परिवेशमा निजामती सेवालाई आवश्यक पर्ने सूचना प्रविधिमैत्री उम्मेदवार छनौट हुने गरेको छ । यसरी नयाँ पाठ्यक्रमले प्रशासनको आधुनीकिकरण गर्न योग्य व्यक्ति छनौट गर्न सहयोग पुर्याएको छ ।

तयारीको रणनीति कस्तो हुनुपर्ला 

निजामती सेवा नेपालको प्रतिष्ठित सेवा हो । देश र जनताको सेवा गर्न निजामती सेवा एउटा उत्तम विकल्प हुनुका साथै यसमा भविष्यको अवसर पनि रहेको छ ।

त्यसैले निजामती सेवालाई आफ्नो वृत्ति विकासको आधार वनाउन चाहने व्यक्तिहरुले माथि उल्लेखित पाठ्यक्र्रमलाई ध्यानमा राखेर खदिलो तयारी गर्नु जरुरी छ ।

परीक्षार्थीहरुले खासगरी निम्न कुरामा ध्यान दिन सके राम्रो हुनेछ 
० नियमित रुपमा अध्ययन गर्ने ।

०  पाठ्यक्रमका सबै विषयलाई समान महत्व दिएर अध्ययन गर्ने ।

० आफ्नो क्षमतामा विश्वास राखी नआत्तिकन अध्ययनलाई जारी राख्ने ।

० घोकेर पढ्नुभन्दा बुझेर पढ्ने जसले गर्दा विश्लेषणात्मक क्षमताको विकास गर्न सकिन्छ ।

० बुँदाहरु सम्झिनका लागि साना साना सुत्रहरु बनाएर पढ्ने ।

० संभव भएसम्म लोक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिसँगबाट क्ष्मभब लिने ।

० संभव भएसम्म छोटो समयका लागि ट्यूसन क्लासमा जाँदा राम्रो हुने ।

० समूहमा बस्ने र छलफल गर्ने गरेमा अध्ययन थप प्रभावकारी हुने ।

० अन्त्यमा, ओपन म्याइन्डेड भएर धैयर्तापूर्वक अध्ययन गर्न सके अवश्य पनि सफलता हासिल हुन्छ ।

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय