केरुङबाट ल्याउँदै गरेको अबैध सुनसहित रसुवागढीमा एकजना पक्राउ

केरुङबाट ल्याउँदै गरेको अबैध सुनसहित रसुवागढीमा एकजना पक्राउ

काठमाडौं, माघ ११ । चिनको केरुङबाट बा ७८ प २१३१ नम्बरको मोटरसाइकमा नेपाल आउदै गरेका चक्र बहादुर धमला  अबैध सुनको  चक्कि ढिक्कासहित रसुवामा पक्राउ परेका छन् ।

टिमुरे १ रसुवागढी प्रहरी चेकपोष्टमा चेकजाचँ गर्ने क्रममा  धमलाको साथमा रहेको मनि पर्समा  ११७.३२ ग्राम  अबैध सुन फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले बताए ।

४६ वर्षीय  धमला  जिल्ला सि.पा सिम्पाल काभ्रे ६ घर भई हाल रसुवा यार्सा  ९ मा बस्छन् ।

पक्राउ परेका धमला, मोटरसाइकल र बरामद सुन भन्सार कार्यालय टिमुरेमा बुझाईएको  प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

रसुवागढी नाकाबाट चीनले एक महिनाका लागि सामान अायात निर्यात बन्द गरेको छ । एक सातादेखि चीनको केरुङबाट नेपाल अाउने र जाने सामान बन्द  छ । भन्सार बन्द हुदाँ सयाौ कन्टेनर भन्सार यार्डमा बसेका छन् । तर सुन तस्करको सक्रियता भने बढेको छ ।

यस अघि चीनकै केरुङबाट ल्याइएको १५ केजी सुन बालाजु बृतले बरामद गरेको थियो ।

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ। चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ । रासस

एकैदिन तोलामा २३ सय बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन हिजो प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो।  शुक्रबार तोलामा २३ सय रुपैयाँ बढेर तोलाको रु एक लाख ३७ हजार नौ सयमा कारोबार भइरहेको छ। हिजो बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुनको मूल्य रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ। चाँदीको मूल्य आज तोलामा रु ५० रुपैयाँले बृद्धि भएको छ।  बिहीबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएको चाँदी आज एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसदिन छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुनको मूल्य २७ सय घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।  यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

लोकप्रिय