के हो त वास्तवमै फेसबुकको दानापानी ?

के हो त वास्तवमै फेसबुकको दानापानी  ?

नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाए नि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनि फेसबुक नखोली चित्तै बुझ्दैन । अझ हामीमध्ये कतिपयले त बिरामी हुनुभन्दा अगाडि नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् ।

सम्झना पौडेल

मेरो फेसबुक भोकायो लौन दाना हाल्देउ फेसबुकको बारेमा टिप्पणी गर्नु भन्दा पहिले यसको थोरै जानकारी गराउन उचित ठाने। फेसबुकको आविष्कार मार्क जुकर्वर्गले फेब्रुअरी ४ ,२००४ मा गरेका थिए ।

जसमा फेसबुक लाइ नेपालीमा रुपान्तरण गर्दा अनुहार पुस्तिका भन्ने हुन्छ । आज प्रायः जसो प्रत्येक नेपाली युवाको हात हातमा यो मुहार पुस्तिका छ । झनै यसले मानिसलाई धेरै फराकिलो गहिरो बनाइ दिएको छ कि यसको नसा लागेपछि मान्छेले भात खानै छाड्छ ।

अब कसरी भन्नुहुन्छ भने तल पढ्दै जानुहोस मेरो आफनै जीवन भोगार्इ अनुभव र फेसबुकमा भेटिएका साथीहरुको बारेमा केलाएकी छु । सदाझैं मलार्इ त्यो दिन फेसबुक चलाउन नपाउँदा कता कता के छुटेको के छुटेको जस्तो आभाष भइरहेको थियो।

कारण त्यो दिन बत्तिपनि थिएन वाइफाइ चल्ने कुरै भएन मोबाइलमा ब्यालेन्स पनि सकिएको थियो अलि बिरामी पनि भएकोले पसलसम्म जान मन पनि लागेन मलाई ।

लाग्यो त्यतिबेला साँच्चै मेरो फेसबुक भोकाएको छ । सायद फेसबुक नपाएर म भोकाएको थिए या फेसबुक मेरो अनुपस्थितिमा भोकाएको थियो, त्यो भने कि उसलाई कि मलाई थाहा होला । मेरा मनमा एका एक कुरा खेल्न थाले । मलाई लाग्दैछ यति बेला मेरो फेसबुक साँच्चै भोकाएको छ ।

सुन्दा तपाइलाई लाग्न सक्ला के फेसबुकले पनि मान्छेको जस्तै चिया, नास्ता, खाना, खाजा गर्छ कि फेसबुकलाई पनि गाई बस्तुको जस्तो घाँसपात दानापानी हाल्नुपर्छ किनकी फेसबुक त निर्जीव हो । त्यसलाई चलाउने, खेलाउने, जिस्काउने, माया गर्ने हामी सजीव हौं ।

सम्झना पौडेल

मलाई मात्र हैन यो कुरा तपाइलाई पनि थाहा छ । फेसबुक आफैं बोल्न सक्दैन, लेख्न सक्दैन, हिँड्न सक्दैन । विचराको न त हात छ न खुट्टा छ । न त चपाउने दाँत छ न त बोल्नलाई मुख छ । न त सुँघ्नलाई नाक छ न सुन्नलाई कान नै छ । बिचराको केही छैन तर पनि ऊ हामी भन्दा निकै माथि छ । हाम्रो असल मित्र बनेको छ । हाम्रो हरेक गतिबिधिमा उसको सहभागिता अनिवार्य छ । हामी सजिव प्राणी भएकै कारण हाम्रो आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनौ ।

त्यतिकैमा दिदी पनि अफिसबाट आइपुग्नुभयो अनि बिरामी मान्छे नसुतेर किन टोलाएर बसेको भन्नुभयो म दिदीको प्रश्नले लाचार भए । कारण मसँग कुनै जवाफ थिएन । फेरि म आनाकानी गर्दै दिदीलाई केही भन्न खोजेथे ।

दिदीले बुझेर सोध्नुभयो,के भयो के भन्न खोज्दै छौं र मैले फ्याट्टै भने दिदी मेरो फेसबुक भोकायो लौन दानापानी हाल्नुपर्यो मेरो कुराले दिदी अकमक्क पर्नुभयो । यो के भनेको भन्दा मैले भने- ‘हो, दिदी हामीलाई जसरी बिहान उठ्ने बितिकै चियानास्ता चाहिन्छ, भोक लागेको बेलामा खानेकुरा चाहिन्छ त्यस्तै माछा, मासु, सागसब्जी इत्यादि खानेकुराको समिश्रणबाटै हाम्रो शरीर स्वस्थ र तन्दुरुस्थ बन्दछ त्यसरी नै फेसबुकलाई पनि जिवन्तता दिन विविध कुराहरुको आवश्यकता पर्दछ ।

आज ३ दिन भो म बिरामी भएदेखिको फेसबुकमा कुनै स्टाटस राख्न पाएको छैन । मेरा मनका अनेकौ विचारहरु फुरेका छन, त्यसै ओइलाउनु भन्दा उसको पेट भर्नु जाति हो । कुनै पनि मित्रहरुको स्टाटसमा कमेन्ट ठोक्न पाएको छैन । बरु म म्यासेज कसैलाई गर्दिनँ ।

तर, मेरा मनमा जागेका केही विचारको स्वादहरु मेरो आत्मीय मित्रहरुमाझ पस्कन चाहान्छु अनि त दिदीले रिचार्ज नै ल्याएर हाल्दिनुभयो । अनि म खुसी भएँ र भोकाएको फेसबुकको पेट भर्न तर्फ लागे । फेसबुकप्रति हामी यति आकर्षित भएका छौँ कि हामी फेसबुकबिना आफ्नो जीवन नै अधुरो रहेको मान्न थाल्छौं ।

कैयौँ लुटिन्छन यहाँ, केही छुटिन्छन् यहाँ । गलेका, टुटेका, छुटेका भेटिन्छन् यहाँ । बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ । कोही तिर्खाएको हुन्छ कोही भोकाएको, अनेकथरि थकान मेटिन्छ यहाँ । कोही रुनेहरु कोही हाँस्नेहरु, अनेकथरि देखिन्छन यहाँ, कोही माफ माग्ने, कोही माफ दिने, मनभित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ, कोही बाठो, बुझ्ने हुन्छन्, सूचना, विचार, धारणाहरू पोखिन्छ यहाँ ।

नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाए नि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनि फेसबुक नखोली चित्तै बुझ्दैन । अझ हामीमध्ये कतिपयले त बिरामी हुनुभन्दा अगाडि नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् ।

हुन त वभिन्न भौगोलिक अवस्थामा रहेको एउटा बन्द कोठा जस्तो परिधिमा रहेका मानिसहरुलाई खुल्ला र फराकिलो स्वतन्त्र चिन्तन विवेकका साथ आ-आफ्नै मातृभाषामा संचारको स्थापना गराउने काम गरेको छ, फेसबुकले । यसले संञ्चारको साधनमध्ये सबैभन्दा चाँडो सूचना दिने काम गरेको पाइन्छ ।

एक-अर्काबीच सूचना, विचार, धारणाहरू, जानकारीहरू साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रिया हो फेसबुक । फेसबुकमा लिखित, मौखिक, श्रब्यदृश्य वा साङ्केतिक अर्थहहरु रहेका हुन्छन । जस्को माम्यमबाट हामीले संचार गर्ने गरेका छौं ।

हामीले फेसबुक मार्फत सुनेर, लेखेर, देखेर, सहभागिता जनाउने गरेका छौं । हरेक विषयवस्तुलाई सन्देश वा जानकारीको रूपमा प्रकाशन वा प्रसारण गर्ने प्रक्रियालाई आमसंचार भन्दै आएको बेलामा फेसबुकले भने सामाजिक संजालको रुपमा आफनो संजाल संसारभर फैलाउन सफल भएको छ ।

यिनै विभिन्न यन्त्रहरुका माध्यम बाट थुप्रै सामाजिक संजालहरु आउन थालेका छन् र प्रयोग भइ रहेका छन् । जसरी व्यक्ति व्यक्ति मिलेर समाजको संरचना निमार्ण भएको छ । जसमा अनेकौं थरिका मानिसहरु छन उनीहरुको आ आफनै जीवनशैली, भोगाइ र मनका भावहरु छन् त्यसरी नै पत्येक व्यक्तिको फेसबुकबाट समाजको पत्येक अंगमा ढाकेको भन्दा फरक नपर्ला ।

यस पृथ्वीको सृष्टि कालदेखि नै जैविक अजैविक वा भौतिक बस्तुहरुमा सकारात्मक र नकारात्मक चिज बोकेर आएको देखिन्छ । त्यसैले हाम्रो गाउँघर समाजमा एउटा टुक्का प्रचलनमा आएको हुनु पर्छ “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँडू यहि वाक्यमा निर्भर हुँदै आएको देखिन्छ यो फेसबुकमा ।

कैयौँ लुटिन्छन यहाँ, केही छुटिन्छन् यहाँ । गलेका, टुटेका, छुटेका भेटिन्छन् यहाँ । बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ । कोही तिर्खाएको हुन्छ कोही भोकाएको, अनेकथरि थकान मेटिन्छ यहाँ । कोही रुनेहरु कोही हाँस्नेहरु, अनेकथरि देखिन्छन यहाँ, कोही माफ माग्ने, कोही माफ दिने, मनभित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ, कोही बाठो, बुझ्ने हुन्छन्, सूचना, विचार, धारणाहरू पोखिन्छ यहाँ ।

कोही जिस्काउँछन् कोही थर्काउछन्, अनेक तरिकाको बात हुन्छ यहाँ । साँच्चै पत्तो नपाएरै होला, चलाउँदा चलाउँदै रात हुन्छ यहाँ ती पिउने भट्टीहरु भुलेका छन् कोही पढ्दै लेख्दै फुर्दै स्टाटसमा खुलेका छन् कोही सिकारी बनि प्रत्येकका मन मस्तिष्कमा डुलेका छन् ।

यसैगरी चलेका छन् नेपाली बजारमा फेसबुक यहाँ राजनीतिज्ञदेखि ब्यापारीसम्म, कलादेखि साहित्यसम्म साधारण सरल सोंचदेखि जीवनयापनसम्म दलालदेखि भ्रष्टाचारीसम्म सज्जनदेखि अपराधीसम्म यो फेसबुकको फाइदा र बेफाइदा गहिरिएर हेर्दा कति अनन्त छ ।

नोट : लेखिका पौडेलले दानापानी भनेर फेसबुकमा हामीले राख्ने स्टाटस, फोटो ,कमेन्ट, लाइक तथा कुराकानी जस्ता बिषयबस्तुलाई भन्न खोजेकी हुन् ।

‘भ्यालेन्टाइन डे’ आकाशको जुनदेखि लासाको सुनसम्म

प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा लाखौ को मात्रामा गुलाबको फूल प्रयोग हुने भएको हो । मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू वा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, सम्बन्ध मा आएका सानातिना कमि कमजोरीहरु लाइ सुधारदै मायाका गित गाउदै उकालि ओरालो भन्ज्याङ अनि चौतारी जहा भएपनि जस्तो भएपनि मायाले बनाएका ति बाटोहरुलाई साथमा लिएर हिड्यो त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो। रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतिक भनिन्छ नि रातो राम्रो, गुलियो मिठो त्यसैले रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुने र यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि आफुले दिएको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ। पहेँलो गुलाफः मित्रताको प्रतिक मित्रतानै मानिस को बलवान शक्ति हो त्यसैले पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । साथि सबैको हुन्छ तर असल साथि बिरलै पाइन्छ त्यसैले मित्रता मा कुनै असर नआओस् भनि पहेंलो गुलाफ दिने गरिन्छ । गुलाफी गुलाफः मुटुको धड्कनको प्रतिक मायामा आकाशको जुन देखि लासाको सुन ल्याइदिन्छु भन्ने सम्म कुरा हुन्छ । तिमी मेरो सबै हौ ,अनि तिमी मेरो सधै हौ जस्ता कुराले प्रेमी(प्रेमिका सगँ मेरो मुटु तिम्रो लागि हो जस्ता कुराले मायाजालमा पार्न गुलाफी फुल दिने गरिन्छ । सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हरेक प्रेमी(प्रेमिका चाहन्छन् आफुले गरेको प्रेम साचो अनि स्वच्छ होस ता कि बिचमा कुनै दरार नआओस् । साचो मायामा दिने फुलहरु स्वच्छ हृदयले दिइन्छ । मायामा परेपछि कहिले खुसी त कहिले दुस्खी , कहिले हर्ष त कहिले भाबुक त्यसैले भावुकताले भरिएको सन्देश दिनु परेमा पनि सेतो गुलाफ दिने गरिन्छ । कालो गुलाफः बिदाईको प्रतिक माया गर्नु नै कसैलाइ साथ र सपोर्ट गर्नु हो । हरेक प्रेमी/प्रेमिका आफ्नो जोडि लाइ साँचो माया मा भएको हेरी सम्बन्ध लाइ बिबाहमा सम्म परिनत गर्न चाहान्छन् । कुनै कारणवश प्रेम सम्बन्ध अगाडि बढाउन सम्भव छैन भने कालो गुलाफ दिएर आफ्नो सम्बन्धलाई तोडिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् । प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, सहयोग, सहनशिलता, इमानदारिता, समर्पन, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने प्रेम देखावटी मात्र नभइ अर्थहिन हुन्छ । प्रेमी - प्रेमिकाहरूका लागि स्वच्छ हृदयभन्दा राम्रो प्रतिक अरू के नै हुन सक्छ र तर पनि प्रेम व्यक्त गर्न अन्य प्रतिकहरू पनि प्रचलित छन तर त्यसको तुलनामा गुलाफ को फुल नै दिएर प्रेम साट्ने प्रवृत्ति भने निकै नै बढि छ । - प्रदीप खड्का

तिम्रो मायाले होला म...

तिम्रो मायाले होला म बाचेको छु म खुसी छु, हो हृदयबाट खुसी छु कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु म जति टाढा भए पनि फेरि आउने छु तिमीलाई समयको अन्त्यसम्म माया गर्नेछु म तिमीलाई कदर गर्नेछु, मेरो प्रिय माया गरिरहने छु हृदयमा सधैँ मायाको घण्टी बज्छ किनकि जीवन जीवन हो र प्रेमले मन छुन्छ तिम्रो मिठो मायाको यादले मनमा खुसी ल्याउँछ तिमि यहाँ बस्छौ मेरो नजरमा डेरा छ के तिमी अगाडि बढ्छौ तिम्रो प्रशंसाले अझै ठाउँ पाउनेछ तिम्रा मिठा विचारहरूमा मेरो सम्झनामा छ यति मात्र बोले म तिमीलाई धेरै माया गर्छु म खुसी छु, हो हृदयबाट खुसी छु - गोबिन्द राज ओझा 'राजन' दिपायल सिलगढी न.पा. २, दिपायल, डोटी

हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा–मिठा परिकार बनाएर रातभर नाच्ने गाउने र पटक–पटक खाने चलन छ ।जसलाई दर भन्ने गरीन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक–भडक मौलाउँदै गएको संस्कृति विदहरु बताउछन् । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

एकै परिवारका तीन पुस्ताको चित्रकला प्रदर्शनी

काठमाडौं : ‘एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसन’ ले चित्रकला बेचेर सामाजिक सेवाका लागि कोष जम्मा गर्ने महत्वकांक्षी जमर्को थालेको छ । फाउण्डेसनले नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी सुरु गरेको छ, ‘लिगेसी’ अर्थात् विरासत । विरासत यस अर्थमा कि यो प्रदर्शनीमा एकाघर परिवारका तीन पुस्ता झसेन्द्र विक्रम राणा, सुदर्शन विक्रम राणा, सुनिता राणा र प्रधि राणाका चित्रकला रहेका छन् । फागुन ७ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन १६ सम्म सञ्चालन हुने जनाइएको छ । तीन पुस्ताले बुझेको समाज, जीवन, जगत र प्रकृतिको संयोजन नै प्रदर्शनी ‘लिगेसी’ को विशेषता हो । उही रंग, उही क्यानभास, उही ब्रस, उही माध्यम तर चेतना फरक । समयको भोगाई फरक । प्रस्तुतिका बिम्ब फरक । शैली फरक । परिभाषा फरक । विषय एउटै भए पनि फरक पुस्ताको भोगाई, अनुभूति र अभिव्यक्तिमा पाइने पृथक स्वादलाई प्रदर्शनीमा मज्जाले संगाल्न पाइन्छ । प्रदर्शनीमा क्यान्सर रोगबाट मुक्ति पाएका बालकलाकारका १२ वटा कलाकार्य समेत राखिएको छ, जसको बिक्री मूल्य प्रतिवटा १० हजार रहेको छ । सो बिक्रीबाट प्राप्त आधा रकम नेपाल क्यान्सर सपोर्ट ग्रुप र आधा कलाकारलाई दिइने जनाइएको छ । नेपाली कला सङ्कलकसमेत रहनुभएका फाण्डेशनका प्रकाश श्रेष्ठका अनुसार, फाउण्डेसनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बर्षेनी सहयोग गर्दै आइरहेको छ । प्रदर्शनीको प्रमुख उद्देश्य हो, कलाको सम्मान, कलाको प्रवद्र्धन, कलाकारलाई आर्थिक उत्प्रेरणा र त्यसबाट सङ्कलित रकमबाट सामाजिक सेवा । एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसनले पाँच वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेसनले चित्रकला बिक्रीबाट प्राप्त रकमले सामाजिक कार्यमा लगाउने योजना बनाएको छ । प्रदर्शनीमा सहभागी बरिष्ठ कलाकार सुनिता राणाले भनिन्, ‘सामाजिक क्षेत्रमा यो नयाँ एउटा अभियान हो, जसले कला क्षेत्रलाई पनि सहयोग पुर्‍याउँछ । सामाजिक सेवाको उद्देश्य समेत पुरा हुन्छ ।’

लोकप्रिय