उम्मेद्वारले कसरी गर्ने अन्तर्वार्ताको तयारी ?

उम्मेद्वारले कसरी गर्ने अन्तर्वार्ताको तयारी ?

सबैभन्दा महत्वपूर्ण कुरा जागिर आफ्नो योग्यता अनुरूप छ कि छैन जान्नु नै हो। जागिर पाइसकेपछि आफूले त्यहाँ गर्नुपर्ने कामका बारेमा पत्ता लगाउनुपर्छ। आफूबाट कम्पनीले के चाहन्छ ? त्यो पनि महत्वपूर्ण हुन्छ। त्यसैले यसलाई पनि विश्लेषण गर्नुपर्छ। आफ्नो कला, क्षमता, पेसागत दक्षता एवं व्यक्तिगत गुण कम्पनीको मागअनुसार छ–छैन पत्ता लगाउनुपर्छ। कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार गर्नुपर्छ।

आफ्नो गुण र कम्पनीको माग 

जब कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार हुन्छ, तब जागिरको अवश्यकतासँग आफ्नो गुण र योग्यता दाज्नुपर्छ। आफ्नो कला, शैक्षिक योग्यता, अनुभव, पेसागत योग्यता, दक्षता, क्षमता एवं कम्प्युटर स्किलजस्ता कम्तीमा ११ वटा कुराको सूची तयार पार्नुपर्छ, जुन अन्तर्वार्ताकारसँग शेयर गर्न काम लाग्छ। आफ्नो सूची र जागिरको आवश्यकता मिल्छ कि मिल्दैन रुजु गर्नुपर्छ। यति भएपछि अन्तर्वार्तामा सोध्न सकिने सम्भावित प्रश्नको जवाफका लागि तयार हुनुपर्छ।

कम्पनीका बारेमा जानकारी 

कुनै पनि संस्थामा जागिर सुरु गर्नु अगावै उक्त संस्थाका बारेमा जानकारी राख्नु महत्वपूर्ण हुन्छ। त्यसैले कुनै संस्थामा अन्तर्वार्ता दिन जाने हो भने सम्बन्धित संस्थाका बारेमा जानकारी लिनुपर्छ। यसले आफूलाई अन्तर्वार्तामा उत्तर दिन मात्र होइन, जागिरका लागि निर्णय गर्न पनि सजिलो बनाउँछ। कम्पनीका बारेमा त्यहाँको काम गर्ने शैली, काम गर्ने वातावरण एवं त्यहाँका हुनेवाला सहकर्मीहरूका बारेमा थोरै भए पनि जानकारी लिनुपर्छ।

अन्तर्वार्ताका लागि प्राक्टिस 

आफूसँग सोध्न सकिने केही नमुना प्रश्नको सूची तयार गर्नुपर्छ। जसका लागि केही जानकार व्यक्तिहरूको अथवा इन्टरनेटको सहयोग लिनुपर्छ। यसले अन्तर्वार्तालाई सहज बनाउन मद्दत गर्छ। आफ्नो घरका सदस्यहरूमध्ये एक जना वा साथीहरूमध्ये एकजनासँग अन्तर्वार्ताको प्राक्टिस गर्न सकिन्छ।

पहिरनमा ध्यान 

कुनै पनि काम हतारमा गर्नुहुँदैन। अन्तर्वार्तामा जानुभन्दा अघि नै पहिरन तयार राख्नुपर्छ। अन्तर्वार्ताका लागि र्फमल ड्रेसमै जानु उपयुक्त हुन्छ। यसले व्यक्तित्व झल्काउनुका साथै आफूलाई अफिसियल बन्न पनि मद्दत पुर्‍याउँछ। फर्मल ड्रेस आइरन गरेर राख्नुपर्छ। भनिन्छ– ‘फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ सैले झुक्किएर पनि क्याजुअल ड्रेसमा अन्तर्वार्ता दिन जानुहुँदैन, किनभने त्यसले आफ्नो इम्प्रेसन खराब बनाउन सक्छ।

स्थान र समय 

अन्तर्वार्ताका लागि कहाँ जानुपर्ने हो ? त्यहाँ जाने बाटो कताबाट कता हो ? कुन समयमा पुग्नुपर्ने हो ? सबै कुराको जानकारी लिनुपर्छ। कार्यालयमा गएर कोसँग भेट्ने भन्ने कुरामा पनि स्पष्ट हुनुपर्छ।

के–के लैजाने ? के नलैजाने ? 

सामान्यतया अन्तर्वार्ताको समयमा केही चिज छुटाउनु हुँदैन। तीमध्ये आफ्नो बायोडाटाको अतिरिक्त कपी र अनुभवका पत्रहरूका कपीको साथमा रिफरेन्स महत्वपूर्ण हुन्छ। त्यसबाहेक आफ्नो शैक्षिक योग्यताका सर्टिफिकेटलगायत ट्रेनिङ्गका सर्टिफिकेटहरू पनि लानु राम्रो हुन्छ। अन्तर्वार्ताको समयमा मोबाइल बज्नु हुँदैन, चुइंगगम, चकलेट वा अन्य चिजहरू मुखमा राख्नु हुँदैन।

कसरी प्रस्तुत हुने ? 

अन्तर्वार्ता दिने कोठामा छिर्नुअघि के म भित्र छिर्न सक्छु भनेर सोध्नुपर्छ। अन्तर्वार्ता लिने मानिसको अघि पर्ने बित्तिकै नर्भस हुनु हुँदैन। हडबडाउनु हुँदैन। अन्तर्वार्ता लिने मानिसको प्रश्नको जवाफ संयमितरूपमा राम्रोसँग, स्पष्ट आवाजमा दिनुपर्छ। सकेसम्म उक्त पदका लागि आफू उपयुक्त भएको कारण उल्लेख गर्नुपर्छ। अनावश्यक कुरा गर्नुहुँदैन।

सुन्नुहोस र सोध्नुहोस्

अन्तर्वार्ता लिने व्यक्तिको कुरा ध्यान दिएर सुन्नुपर्छ। कुनै कुरामा कन्फ्युज भए शिष्टतापूर्वक प्रश्न सोध्न हिचकिचाउनु हुँदैन भने अनावश्यक कुरा पनि गर्नुहुँदैन।

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय