त्रिभुवन पुस्तकालय सङ्कटमा

त्रिभुवन पुस्तकालय सङ्कटमा

दमक, चैत १० । देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज–६ खजुरा गाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ ।

वि.सं २००९ मा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन हुन नसक्दा सङ्कटमा परेको हो । यहाँ रहेका पुराना पुस्तक जीर्ण छन् भने नयाँ पुस्तक नल्याएको वर्षौँ भइसकेको छ । अचेल बिहान–बेलुका राष्ट्रिय र स्थानीय पत्रपत्रिका पढ्न आउने बाहेक पुस्तकालयमा अरु किताब पढ्न कोही नआउने गरेको स्थानीय हेमसागर अधिकारी बताउनुहुन्छ ।

पुस्तकालयको वार्षिक आम्दानी रु ४६ हजार रहेको छ । यहाँ पुराना उपन्यास र ऐतिहासिक किताब राखिएका छन् । पुस्तकालयका कर्मचारी सरिता घिमिरेले बिहान ७ बजेदेखि ९ बजे तथा बेलुका ४ देखि ६ बजेसम्म पुस्तकालय खोल्ने गरेको बताउनुभयो । उहाँले सो पुस्तकालयको रेखदेख गरेवापत रु एक हजार परिश्रमिक पाउनुहुन्छ ।

“पुस्तकालयको व्यवस्थापन हुन नसक्दा यहाँ आउनेको सङ्ख्या दिनानुदिन घट्दै गएको छ,” घिमिरेले भन्नुभयो । पुस्तकालयमा हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाका गरी एक हजारभन्दा बढी पुस्तक रहेका छन् ।

तत्कालीन समयमा कर्णेल भक्तबहादुर बस्नेत, दौलतविक्रम विष्टलगायतको पहलमा उक्त पुस्तकालय स्थापना गरिएको थियो । दुई कोठे भवनमा रहेको सो पुस्तकालयको नाममा बैगुनधुरामा चार बिगाहा जग्गा समेत रहेको छ । सो जग्गा साहित्यकार विष्टले पुस्तकाललाई उपलब्ध गराउनुभएको हो ।

पुस्तकालयका उपाध्यक्ष नवीन जोशी पुस्तकाललाई व्यवस्थित गर्न नसकिएको स्वीकार्नुहुन्छ । “भवन जीर्ण छ, पुस्तकालयतर्फ पाठकको ध्यान आकर्षित गराउन सकेका छैनौ,” उहाँले भन्नुभयो । पुस्तकालयलाई पठनीयस्थलका रुपमा जीवन्त दिन यस क्षेत्रका व्यवसायी तथा सरोकारवालाले मासिक रु २० तिरेर पाठक बन्ने गरेका उहाँले बताउनुभयो ।

“गाविसले उपलब्ध गराएको बजेटबाट तारबार हाल्ने योजना छ,” उपाध्यक्ष जोशीले भन्नुभयो । पुस्तकालयलाई बैगुनधुराको जमिनबाट वार्षिक रु ३५ हजार तथा घुम्तीबाट वार्षिक करिब रु ११ हजार आम्दानी हुन्छ । पुस्तकालयलाई व्यवस्थित गर्न आठ वर्ष अगाडी राजेन्द्र शर्माको अध्यक्षतामा समिति समेत गठन गरिएको थियो । व्यवस्थापन समिति सक्रिय नहँुदा पुस्तकालय सङ्कटमा परेको स्थानीय शेरबहादुर शर्मा बताउनुहुन्छ ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय