नेफ्टा फिल्मअवार्ड वितरणमा को–को पुग्दैछन दुबई ?

नेफ्टा फिल्मअवार्ड वितरणमा को–को पुग्दैछन दुबई ?

मेघराज सापकोटा,
युएई, मंसिर २८ । नेपाली चलचित्र प्राबिधिक सङ्घको आयोजनामा हुने नेफ्टा अवार्ड समारोहमा नेपालका सुपरस्टार नायक राजेश हमाल आउने भएका छन् । युएईको शहर दुबईको लनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा आगामी डेसेम्बर २३ तारिकका दिन हुने भनिएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी सकिएको आयोजकले बताएको छ् ।

समारोहमा नायक हमाल सहित नेपालका १२० भन्दा बढी कलाकार तथा प्राबिधिकहरुको उपस्थिती रहने छ । बि.स. २०७२ सालमा बनेका र चलचित्र प्राविधिक संघको आह्वान बमोजिम दर्ता भएका ४३ वटा नेपाली चलचित्रहरु बीच ३१ विधामा प्रतिस्पर्धा हुँदैछ । उक्त कार्यक्रममा झण्डै ३ हजार नेपाली तथा बिदेशी दर्शकहरुको उपस्थिती रहने आयोजकको दाबी रहेको छ । युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा स्थानीय वितरक कम्पनी स्पेक्ट्रम एडभरट्राईजिङ एण्ड मिडिया कन्सल्टेटको समन्वयमा सम्पन्न हुन लागेको उक्त कार्यक्रम नेफ्टाको नवौं संस्करण फिल्म अवार्ड हो ।

चार घण्टा सम्म चल्ने उक्त अवार्ड समारोहमा २० जना चर्चित कलाकारको नृत्य, प्रहसन लगायतका प्रस्तुती समेटिएको कन्सेप्ट भिजनका राजन अधिकारीले बताए । समारोहमा चर्चित हास्यकलाकार दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तती, नायक दयाहांग राई, नायिका प्रियंका कार्की लगायतका चर्चित कलाकारहरु आउने भएका छन ।

कन्सेप्ट भिजनका लागि युएईमा व्यवस्थापनको जिम्मा सालिक सुबेदी, राजन अधिकारी र सुबाश सिंह ठकुरी ९अनिश० ले गरेका छन । आयोजकले यस् अघी नै बिभिन्न मुल्यका टिकटहरु बजारमा सार्वजनिक गरिसकेका छन । अवार्ड समारोहका लागि युएईका बिभिन्न स्थानहरुबाट निशुल्क बस सेवाको ब्यवस्था गरेको आयोजकले जनाएको छ । युएईमा रहेका नेपालीहरुका संघसंस्थाका प्रतिनिधिहरुसँग बिभिन्न चरणमा कुरा भईसकेकोले नेपाली सिनेमालाई माया गर्ने सबैको सहयोग रहनेमा ढुक्क रहेको आयोजकको तर्फबाट कन्सेप्ट भिजनका सालीक सुबेदीले बताए ।

नेपाली चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको यस अघिका संस्करणहरु कतार, मलेसिया र हङ्कङमा सम्पन्न भईसकेका छन ।

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।  साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन्। 

मिस नेशनल उपाधिको लागि भिड्दै मोडल डा.आयुष्नोभा

काठमाडौंँ । मोडल तथा डाक्टर आयुष्नोभा ढुंगाना अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् ।  कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । उनले अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् । कलाकारिता तर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक ( Youngest Sub–tittle Translator) लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन् । ‘मिष्टर एण्ड मिस नेशनल’ तर्फ उनी अहिले मिस नेशनलको प्रतिस्पर्धा गर्न लागेकी छन । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उदेश्यले यो प्रतियोगीतामा सहभागी भएको उनले बताइन । प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनलाई उपाधिको दावेदार समेत मानिएको छ ।  मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन् ।  ‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगीताको फाइनल यहि मेको एक तारिकमा हुँदैछ । जसमा प्रतियोगीतामा ताज जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाले बताइन् । मिस नेशनलका डिरेक्टर डा. सन्तोष उपाध्याय हुन् । उनी मिष्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता पनि हुन् ।  

गायक राजेश पायलले घर घडेरी दिएर गरे ‘डिभोर्स’

काठमाडौं । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि पक्राउ परेका चर्चित गायक राजेशपायल राईले डिभोर्स गरेका छन् । गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् ।स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।डिर्भोसपछि उनले हिजो मादक पदार्थ सेवन गरी हल्ला गरेको बुझिएको छ । उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङबुङलाई थप नगद दिने सहमति गरेका छन् । साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ । उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं.सं.२०७८ असोजमा बिहे दर्ता गरेका थिए । गायक राईकी श्रीमतीले आफ्नो सामाजिक सञ्जालमा डिर्भोसको विषयलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । उनले यस क्रममा केही दिनअघि ‘तिम्रो खुशी नै मेरो खुशी, चाहे तिमीलाई पाउ या गुमाउ’ भन्दै लेखेकी छन् । 

‘उपहार’ को ‘खाडीमा भेटौंला’ सार्वजनिक

काठमाडौं । गत शुक्रबार देखि रिलिज भएकोे फिल्म ‘उपहार’ को ‘खाडीमा भेटांैला’ गीत ओएसआर डिजिटलमार्फत मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

लोकप्रिय