परिमार्जनबिनाको संशोधन स्वीकार्य छैनः अध्यक्ष ठाकुर

परिमार्जनबिनाको संशोधन स्वीकार्य छैनः अध्यक्ष ठाकुर

इनरुवा, माघ १०। तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनबिनाको संशोधन प्रस्ताव मोर्चालाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आइतबार कुरा गर्दै अध्यक्ष ठाकुरले हचुवाको भरमा संविधान संशोधन प्रक्रिया अघि बढाउन खोजिए मोर्चा विरोधमा उत्रिन बाध्य हुने उल्लेख गरे । सरकारले मधेसी जनता र मोर्चालाई समेटेर अघि बढ्न चाहन्छ भने आफूहरुका माग समेटेर परिमार्जनसहितको संविधान संशोधन पारित हुनुपर्ने उनको भनाइ थियो ।

चुनावका लागि प्रमुख तीन दल सहमति नजिक पुगेकोबारे जिज्ञासामा अध्यक्ष ठाकुरले मधेसका मुद्दा सम्बोधनबिना कुनै पनि तहको चुनाव सम्भव नरहेको जिकिर गरे । मोर्चा पर्ख र हेरको अवस्थामा रहेकाले सरकारले लिने कदमपश्चात् ठोस निर्णयमा पुग्ने उनले बताए । रासस

बुटवल पावर कम्पनीको दोस्रो तलामा एक व्यक्ति मृतावस्थामा फेला

काठमाडौँ ।काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन्। मृत फेला परेका व्यक्तिमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार विक आज मृत फेला परेका हुन्। उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीलाई श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताएका छन्। रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीसँग उनले आग्रह गरेका छन् । शनिबार जनकपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उनले यस्तो बताएका हुन्। देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको उनले उल्लेख गरे। उनले रोजगारीको खोजीमा युवापुस्ता भौँतारिरहेको बताए । यस्तो अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। उनले मेलाले श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका निम्ति महत्न्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको बताए। देशको श्रमबजारको आवश्यकताअनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न उनले आग्रह गरे। 

दुधको भुक्तानीको व्यवस्था गरिन्छ : मन्त्री साह

झापा । कृषि,पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छिन्। विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौँदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन्। “दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,” उनले भनिन्, “मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु। किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ। जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।” मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उनले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताइन्। दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन बिक्री नभएर थन्किरहेको उनले जानकारी दिइन्। मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने बताउँदै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औँल्याइन्। दुधबाट बनेका वस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनले बताएन्।

केशव राईको शब्दमा राजेशपायल राईको ‘गाँउबेसी’ सार्वजनिक

काठमाडौं । लोकप्रिय तथा मेगास्टार गायक राजेशपायल राई ‘राई इज किङ’को नया गीत सार्वजनिक भएको छ । नव गीतकार केशव राईको शब्दमा रहेको ‘गाँउबेसी’ बोलको गीत राजेशपायलको स्वरमा सार्वजनिक भएको छ । केशवको शब्दमा रहेको गीतलाई चर्चित संगीतकार तथा गायक राई नबिनले संगीत दिएका छन् । विशाल चौरारी टिभि युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका छन्, भने रेकर्डिङ, मिक्सिङ, मास्टरिङ योगेन मुकारुङले गरेका छन् । सरिता राई निर्माता रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । यो गीतको भिडियोमा क्यामेरा, इडिट, कलर तथा ड्रोन बिशाल राईको रहेको छ । सार्वजनिक भएको गीतको बारेमा बोल्दै राजेशपायलले गाउँघरको शब्दहरुले आफुलाई गाउमै पु¥याउने बताए । उनले भने ‘गाउँघर, भञ्ज्याङ चौतारीहरुलाई बिम्ब बनाएर लेखिएका शब्दहरुले मलाई औधी छुन्छ । गीतकार केशव राईले गाउँलाई मज्जाले खिपेका छन्’ राजेशपायलले भने। त्यस्तै गीतकार केशवले पनि आफ्नो पहिलो गीत महागायक राजेशपायलको स्वरमा ल्याउने चाहना पुरा भएको बताए ।  केशवले भने युकेमा बसेपनि गाउँघरकै याद आइरहन्छ ।’

लोकप्रिय