मोदी ईनर्जीको आईपीओ बाँडफाँट, ५ लाख भन्दा बढीले पाए शेयर

मोदी ईनर्जीको आईपीओ बाँडफाँट, ५ लाख भन्दा बढीले पाए शेयर

काठमाडौं । मोदी इनर्जि लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ।  मोदी ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले आज बिहान क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँट गरेको हो ।

कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता साधारण शेयर विक्री खुला गरेको थियो । आयोजना प्रभावित स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

स्थानीयमा वितरण हुन नसकेको २० लाख ९५ हजार ६१० कित्ता शेयर समेत सर्वसाधारणमा थप गरी विक्री गरिएको हो । कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो।

जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

नेप्सेमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक बुधबार सामान्य अंकले सुधार भएको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा पुगेको छ ।  बुधबार ३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ भने बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।

नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा झरेको छ । यस दिन ३२० धितोपत्रका ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँमा किनबेच भयो । १३ उपसमूहमध्ये चारवटाको समूहगत समूहगत सूचक बढ्यो । बाँकी नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

लोकप्रिय