लोकसेवाको सबै तहका लागि सोधिने प्रश्नोत्तर

लोकसेवाको सबै तहका लागि सोधिने प्रश्नोत्तर

विषयगत प्रश्‍नोत्तर

१. विश्‍व मानचित्रमा नेपालको अवस्थितिबारे लेख्न्नुहोस ।

नेपाल पृथ्वीको उत्तरी गोलार्द्धमा पर्ने एसिया महादेशको मध्यभागमा रहेको छ।

नेपाल २६ डिग्री २२’ देखी ३० डिग्री २७’ उत्तरी अक्षांशसम्म र ८० डिग्री ४’ देखि ८८ डिग्री १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ ।

नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किमि रहेको छ ।

यसले विश्वको ०.०३५ र एसिया महादेशको ०.३५ भू-भाग ओगटेको छ ।

क्षेत्रफलको हिसाबमा नेपाल विश्वका १९२ राष्‍ट्रमध्ये ९०औँ ठूलो देश हो ।

२) नेपालको प्रामाणिक समयको निर्धारण

नेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ को पूर्वी देशान्तर रेखालाई आधार मानिएको छ ।

ग्रीनविच मिन टाइमभन्दा ५ घन्टा ४५ मिनेट छिटो छ ।

यो प्रामाणिक समयको निर्धारण वि सं २०४२ वैशाख १ देखि गरिएको हो ।

३) हिमाली क्षेत्रका विशेषताहरू

देशको कुल भुभागको करिब १५ प्रतिशत भूभाग यस क्षेत्रमा रहेको¸

विभिन्न हिमनदी र नदीहरूको उद्‍गमस्थल¸ बौद्ध धर्मावलम्बीहरूको बसोबास भएको¸ यातायात¸ सञ्चार¸ शिक्षा र स्वास्थ्यको अपर्याप्‍त सुविधा¸पशुपालन¸ फलफूल¸ जडीबुटी मुख्य व्यवसाय ।

४० पहाडी क्षेत्रका विशेषताहरू

देशको कुल भूभागको करिब ६८ प्रतिशत भूभाग यस क्षेत्रमा रहेको¸ सुहाउँदो हावापानी¸ ५ वटै विकास क्षेत्रका सदरमुकाम रहेको¸ बाहुन¸ क्षेत्री¸ तामाङजस्ता जाति र हिन्दूधर्म मान्नेहरूको बाहुल्य भएको ।

५) तराई क्षेत्रका विशेषताहरू

देशको कुल भूभागको करिब १७५ भूभाग यस क्षेत्रमा रहेको¸ अन्न भण्डारले परिचित¸ यातायात¸ सञ्चार¸ शिक्षा र स्वास्थ्यको पर्याप्‍त सुविधा भएको¸ कृषि¸ पशुपालन¸ उद्योग¸ व्यापार¸ नोकरी आदि पेसा अँगालिएको¸ हिमाली र पहाडी क्षेत्रका तुलनामा बेरोजगार संख्या न्यून

६) नेपालको निजामती सेवामा प्रवेश गरेका नयाँ विषयहरू

सुशासन

लैङ्गिक समता¸ समानता र मूलप्रवाहिकरण

समावेशीकरण

उपभोक्ता हक हितको संरक्षण

नयाँ सार्वजनिक व्यवस्थापन

सक्षम सरकारः सक्षम प्रशासन

७) निजामती सेवाका विशेषताहरू

क) राज्यव्यवस्थाको अभिन्न अंग र सरकारको संस्थागत संयन्त्र

ख) स्वतन्त्र निकायद्वारा कर्मचारीको छनौट

ग) स्थायी कार्यकाल¸ निश्‍चित पदावधि र उमेरको हद

घ) नियम कानुनमा आधारित

ङ) योग्यता प्रणालीमा आधारित

च) पद सोपानको सिद्धान्तमा आधारित प्रशासनिक संरचना

छ) लिखित अभिलेखको व्यवस्था

ज) दोहोरो उत्तरदायित्व

झ) वृत्ति विकासका अवसरहरूको सुनिश्चित‍ता

ञ) गैर सैनिक चरित्र

ट) राजनीतिक रूपमा तटस्थ

ठ) तोकिएको सेवाको सर्त सुविधा

८० निजामती सेवा भनेको के हो ?

नेपालको अन्तरिम संविधान¸ २०६३ को धारा १२६ अनुसार सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनि ऐनद्वारा तोकिएका सेवा वा पदबाहेक नेपाल सरकारका अरू सबै सेवा वा पदलाई निजामती सेवा वा पद भनिन्छ ।

निजामती सेवा वैतनिक¸ स्थायी र सीपयुक्त कर्मचारीहरूको संगठन हो जसले सरकार र नागरिकबीच पुलको रूपमा रहेर कार्य गर्दछ ।

यो सरकारको नीति तथा कार्यक्रमहरू जनतासमक्ष लगि कार्यान्वयन गर्ने र जनगुनासा¸ आवश्यकता र चाहनाका सम्बन्धमा सरकारलाई सुझाव दिने महत्त्वपूर्ण संयन्त्र हो ।

९० लेखा भन्नाले के बुझिन्छ ?

लेखा परीक्षण ऐन¸ २०४८ अनुसार “लेखा” भन्नाले “कारोबार भएको बेहोरा देखिने गरि प्रचलित कानुन बमोजिम राखिने अभिलेख¸ खाता¸ किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ ।”
साधारण अर्थमा लेखा भन्नाले प्रचलित कानुन¸ ऐन नियम¸ नीति¸ कार्यक्रम तथा निर्णय¸ आदेश तथा मापदण्डसमेतलाई आधार मानि कारोबारको यथार्थ विवरण देखिने गरि राखिने अभिलेख वा खाता भन्ने बुझिन्छ ।

१०० लेखा प्रणाली भन्नाले के बुझिन्छ ?

आर्थिक कारोबारको लेखाङ्कन गर्ने¸ अभिलेख राख्‍ने र त्यसको नतिजा एवं यथार्थ आर्थिक स्थिति देखाउन अपनाइने व्यवस्थित कार्यविधिलाई लेखा प्रणाली वा स्रेस्ता प्रणाली भनिन्छ ।

लेखाका विभिन्न प्रतिवेदनहरू तयार गर्न आवश्यक पर्ने अभिलेखाङ्कन सम्बन्धी क्रियाकलाप नै लेखा प्रणाली हो ।

९अनिवार्य ीष्पभ र क्जबचभ गरि यो पेजलाई अझ लोकप्रिय बनाऔं, तपाईको सहयोग विना हामी केही गर्न सक्दैनौं, यो पेज मन पर्दैन भने हामीलाई अवश्य भन्नहोस्०

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय