परीक्षार्थीहरुका लागि तयार पारेका वस्तुगत तथा विषयगत सम्बन्धित प्रश्नोत्तर

परीक्षार्थीहरुका लागि तयार पारेका वस्तुगत तथा विषयगत सम्बन्धित प्रश्नोत्तर

लोकसेवा परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरुको लागि लोकसेवा आयोगद्वारा तयार पारिएका सम्भावित केही वस्तुगत र विषयगत प्रश्नोत्तरुहरु तयार गरेका छन् । अध्ययनमा अझै तीव्रता दिनका लागि लोकसेवाले विभिन्न किसिमका वस्तुगत र विषयगत प्रश्नोत्तरका सामाग्रीहरु यसरी तयार पारी परीक्षार्थीहरुका सामु ल्याएका छन् ।

हेर्नुहोस् केही प्रश्नोत्तरु–

वस्तुगत प्रश्नोत्तर

१. वि.सं. २०७४ पुसमा घोषणा गरिएको बालमैत्री वडा कुन हो ?

– राकम कर्णाली (दैलेखको आठ गाबिस नपा–४)

– बालमैत्री वडा घोषणासँगै राकम कर्णाली नेपालकै दोस्रो र दैलेख जिल्लाको पहिलो बालमैत्री वडा हुन सफल भएकोे ।

– स्थानीय तह सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०४८ र नियमावली २०५१, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ सँगै बालमैत्री स्थानीय तह घोषणा कार्यविधि, २०७० मा व्यवस्था भए बमोजिमका विभिन्न ३९ वटा सूचक पूरा गरे बापत राकम कर्णालीलाई बालमैत्री वडा घोषणा गरिएको ।

२. साहित्यकार प्रेमा शाहको निधन कहिले भएको हो ?

– वि.सं. २०७४ पुस ६

३. मैथिली भाषाको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यका साथ १५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं. २०७४ पुस ७–८, सप्तरीको राजविराज

४. तिम्रो सोचले जीवनको उचाई निर्धारत गर्छ भन्ने विचारक को हुन् ?

– इडविन लुइसकोल

५. नेपालमा वन्यजन्तुको डीएनए परीक्षणको सुरुवात कहाँ गरिएको छ ?

– खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
– विधि विज्ञान प्रयोगशालामा मानवका डीएनए परीक्षणको सुरुवात यसअघि नै सुरु भइसकेको ।
– एउटै प्रयोगशालामा मानव तथा वन्यजन्तुको डीएनए परीक्षण गर्ने दक्षिण एसियामै यो पहिलो प्रयोगशाला भएको बताइएको ।

६. महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ?

– लैङ्गीक बजेट

– नेपालमा आव २०६४–६५ देखि लैङ्गिकबजेट लागू गरिएको

– महिला र पुरुाष्बीच समानता कायम गर्न सहयोग पुर्याउनु, बजेट कार्यक्रम र आयोजनाबाट महिलाको क्षमता अभिवृद्धि गर्नु, महिला र पुरुषका भिन्न–भिन्न आवश्यकतालाई भिन्न–भिन्न प्रकारले सम्बोधन गर्नु, आयोजना चक्रका सबै प्रक्रियामा महिलाको सक्रिय एवम् सार्थक सहभागिता गराउनु, लाभको बाँडफाँडमा महिलाको हिस्सा वृद्धि गर्नु, सार्वजनिक स्रोतसाधनको न्यायोचित वितरण गर्नु लैङ्गित बजेटको उद्देश्य रहेको ।

७. वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन कहिले भएको हो ?

– वि.सं. २०७४ पुस ६

(हामी नदीका दुई किनारा हाम्रो सङ्गम असम्भव छ, मनमा माया तनमा माया, मेरो माल मलाई फर्काइ दे बाबु, ए मेरी मुना नभन त्यसो जूनमा फुलेकी लगायतका गीतमा सङ्गीत भरेका शर्मा वि.सं. १९९६ फागुन २७ मा काठमाडौंको डिल्लीबजारमा जन्मेका ।)

८. नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?

– बर्दिया, कैलाली र कञ्चनपुर

(झण्डै १२ सय ४० को सङ्ख्यामा रहेको सोनाहा जाति सूचीकृत नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको)

९. जगदीश घिमिरे प्रतिष्ठानले जगदीश घिमिरे स्मृति पुरस्कार पहिलो पटक कसलाई प्रदान गर्ने निर्णय गर्यो ?

– साहित्यकार मनु ब्राजाकी (पुरस्कार राशिः रु ५१ हजार)

१०. सरकारले २०७४ पुस ५ मा सार्वजनिक बहुआयामिक गरिबी सूचकाङ्क (एमपीआई) अनुसार नेपालमा गरिबको सङ्ख्या कति रहेको उल्लेख छ ?

– २८.६२ प्रतिशत

– स्वास्थ्य, शिक्षा र जीवन स्तरसँग सम्बन्धित विभिन्न १० सूचकको अध्ययनको आधारमा सो प्रतिवेदन तयार पारिएको ।

– राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको बहुआयामिक गरिबीको क्षेत्रमा अनुसन्धान गरिरहेको संस्था अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई) सहकार्यमा ।

– प्रतिवेदनले अघिल्ला सूचकाङ्कलाई पनि बहुआयामिकगरिबी सूचकाङ्कका आधारमा रुपान्तरित गर्दा नेपालको गरिबी अवस्थामा सुधार आएको देखाएको । प्रतिवेदन अनुसार सन् २००६ मा ०.३१३ अङ्कबाट घटेर २०११ म ०.१८६ हुँदै २०१४ मा ०.१२७ मा गरिबी सूचकाङ्क पुगेको उल्लेख ।

– प्रदेशअनुसार ६ नं. प्रदेशमा सबैभन्दा धेरै गरिब रहेको पाइएको । सो प्रदेशको एमपीआई सूचकाङ्क ०.२३० रहेको । त्यस्तै प्रदेश ६ पछि प्रदेश नम्बर दुई ०.२१७ एमपीआईसहित सबैभन्दा धेरै गरिबी रहेको प्रदेशको दोस्रो स्थानमा रहेको ।

– प्रदेश नम्बर सात ०.१४६, प्रदेश पाँच ०.१३३, प्रदेश एक ०.०८५, प्रदेश चार ०.०६१, प्रदेश नम्बर तीन ०.०५१ एमपीआईसहित क्रमशः पाँचौँदेखि पहिलो स्थानमा रहेका ।

– सूचकाङ्कले शून्यदेखि ९ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहमा परेको र तीमध्ये ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा रहेको पुष्टि गरेको ।

– १३ औँ आवधिक योजनामा गरिबीको रेखामुनि रहको जनसङ्ख्या २१ प्रतिशत रहेको तर यस प्रतिवेदन अनुसार उक्त जनसङ्ख्या २१ प्रतिशत रहेको तर यस प्रतिवेदन अनुसार उक्त जनसङ्ख्यालाई १७ प्रतिशतमा झार्ने १४ औँ आवधिक योजनाको लक्ष्य पूरा गर्न कठिन देखिएको ।

विषयगत प्रश्नोत्तर

१. नेपालको संविधानमा थप भएका मौलिक हक के–के हुन् ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधान ९२०७२० को धारा १६ देखि धारा ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था छ ।

नेपालको अन्तरिम संविधान, २०६३ मा २१ वटा मौलिक हकको व्यवस्था थियो । यसरी हेर्दा वर्तमान नेपालको संविधानमा १० वटा मौलिक हक थप भएका छन् तर संविधानमा सातवटा मात्र नयाँ मौलिक हक थप भएका छन् भने बाँकी तीनवटा मौलिक हक परिमार्जन गरेर थप भएका छन् ।

जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

पूर्णरुपमा थप भएका मौलिक हकः

– सम्मानपूर्वक बाँच्न पाउने हक धारा १६

– अपराध पीडितको हक धारा २१

– खाद्य सम्बन्धी हक धारा ३६

– आवासको हक धारा ३७

– दलितको हक धारा ४०

– ज्येष्ठ नागरिकको हक धारा ४१

– उपभोक्ताको हक धारा ४४

परिमार्जन गरेर थप भएका मौलिक हक

– भाषा तथा संस्कृतिको हक धारा ३२

– स्वास्थ्य सम्बन्धी हक धारा ३५

– सामाजिक सुरक्षाको हक धारा ४३

२. वाणिज्य बैङ्क भनेको के हो ? वाणिज्य बैङ्कका उद्देश्य लेख्नुहोस् ।

सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने, भुक्तानी गर्ने, कर्जा प्रदान गर्ने, मौद्रिक नीति कार्यान्वयन गर्ने जस्ता कार्य गरी मुलुकको आर्थिक विकासमा सहयोग गर्ने बैङ्क भनिन्छ । यसको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ । यो केन्द्रीय बैङ्कबाट अनुमति लिई स्थापना हुन्छ ।

वाणिज्य बैंकका उद्देश्य

– निक्षेप स्वीकार गर्नु,

– कर्जा प्रदान गर्नु,

– मुनाफा आर्जन गर्नु,

– मौद्रिक नीति कार्यान्वयन गर्नु,

– आर्थिक विकासमा सहयोग गर्नु,

– आधुनिक बैङ्किङ सेवा उपलव्ध गराउनु,

३. उपभोक्ता हित संरक्षण गर्न विक्रेताले के–कस्ता विषयमा ध्यान दिनुपर्दछ ? लेख्नुहोस् ।

एपभोक्त हित संरक्षण गर्न बिक्रेताले दोहायका विषयमा ध्यान दिनुपर्दछः

– थोक वा खुद्रा बिक्रेताले अनिवार्य बिक्री बिल दिने,

– उपभोग्य मिति उल्लेख नभएका वस्तु आयात नगर्ने,

– उत्पादन वा आयात भएका वस्तुमा नेपाली वा अङ्ग्रेजी भाषामा स्पष्ट बुझिने लेबल राख्ने,

– उपभोग्य मिति समाप्त भएका कैफियत देखिएका वस्तु थोक वा खुद्रा बिक्रेताबाट फिर्ता लिने वा नष्ट गर्ने व्यवस्था गर्ने,

– उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल आदिमा केरमेट नगर्ने, नगराउने ।

एजेन्सीको सहयोगबाट साभार

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय