लोकसेवा अनुभवः स्कुल पढाउँदै परीक्षाको तयारी गरे

लोकसेवा अनुभवः स्कुल पढाउँदै परीक्षाको तयारी गरे

काठमाडौं । अर्घाखाँचीको पोखराथोकमा जन्मिएँ । हरिहर उच्च माविसम्म त्यही पढेँ । कक्षा १२ सम्म सधैँ प्रथम हुन्थेँ । कक्षा ६ पढ्दादेखि आफूभन्दा तल्लो कक्षाका विद्यार्थीलाई ट्युसन पढाउँथे । कक्षा ११–१२ पढ्दै गर्दा घरको आँगनमा विद्यार्थी पढ्न भरिभराउ हुन्थे । मसँगै पढ्ने विद्यार्थी पनि ट्युसन पढ्न आउँथे ।

अरूलाई पढाउँदा आत्मविश्वास बढ्थ्यो । पढाइमा निखार ल्यायो । प्राप्त पैसाले घरको कमजोर आर्थिक अवस्था सुधार गर्न सहयोग भयो । परिवार र नजिकको चिनजानमा लोकसेवाबाट जागिर कसैले नखाएकोले लोकसेवा बुझेकै थिइनँ ।

यसरी भएँ लोकसेवाप्रति आकर्षित
स्नातक पढ्न भैरहवा बहुमुखी क्याम्पस भर्ना भएँ । भान्दाइकोमा बसेर अंग्रेजी र समाजशास्त्र पढ्दै थिएँ । दिउँसोको समय स्कुल पढाउँथेँ । भान्दाइ घनश्याम पौडेल उहाँका छोरा अशोक पौडेल र ज्वाइँ युवराज ज्ञवालीले लोकसेवा पढ्न प्रेरित गर्नुहुन्थ्यो । लोकसेवामा भनसुन होला वा निकाल्न सकिँदैन होला भन्ने लाग्थ्यो । उहाँहरूको कुराले लोकसेवाप्रति मलाई आकर्षित ग-यो ।

स्कुल पढाउँदै लोकसेवा तयारी
स्नातकोत्तर अध्ययनका लागि काठमाडौं आएँ । त्रिवि कीर्तिपुरमा अंग्रेजी विषय पढ्न भर्ना भएँ । काठमाडौंमा बस्न, पढाइ खर्चका लागि काम गर्नुको विकल्प थिएन । त्रिविको पढाइ दिउँसो भएकाले काम गर्ने समय मिलेन । बीचमै छोडेर बिहानी कक्षा हुने रत्नराज्यलक्ष्मी क्याम्पसमा अंग्रेजी र रात्रि कक्षा हुने एमपिए जमलमा भर्ना भएँ ।

दिनमा स्कुलमा पढाउने काम पनि अघि बढाएँ । स्नातकोत्तर सकिएलगत्तै दैनिक फरक स्कुलमा १४ पिरियडसम्म पढाउँथेँ । शाखा अधिकृतको फाराम भरेँ । प्रारम्भिक चरण पास भएँ । दोस्रो चरणको लागि पिरियड नौ वटामा सीमित गरेँ । एक महिना बेलुका डेढ घन्टा लोकसेवा तयारी कक्षा लिएँ । त्यसले मलाई लोकसेवा अध्ययनमा निरन्तरता दिलायो, प्रतिस्पर्धी चिनायो, छलफल गर्ने साथी र अवसर मिल्यो ।

मेरो पढ्ने शैली
पढाउने कोर्सका मिल्ने र सन्दर्भ जोडिने विषयवस्तुलाई लोकसेवाको कोर्सको सम्बन्धित शीर्षकसँग जोड्दै आन्तरिकीकरण गर्थें । जीवनमा भोगेका ज्ञान लोकसेवा पाठ्यक्रममा कहाँ मिल्न सक्छ, ध्यान दिन्थेँ ।

मिल्नेलाई उदाहरणका रूपमा लेख्दा प्रभावकारी हुँदो रहेछ । लोकसेवाका लागि विषयविज्ञका लेख र एमपिएसम्बन्धी किताबलाई मूल आधार बनाएँ । तेस्रो पत्र त स्कुलमा पढाएका ज्ञान, एमपिए पढ्दाको अनुभवका आधारमा मात्र पास गरेँ ।

सार्वजनिक बिदाहरूको पूर्णउपयोग गरेँ । तर जीवन जिउने आधारको रूपमा रहेको पढाउने पेसा भने लोकसेवा तयारीको लागि भनेर कहिल्यै छाडिनँ । जसले गर्दा मलाई लोकसेवा पासै गर्नुपर्ने तनाव भएन । नौवटासम्म पिरियड पढाउँदै गरेको तयारीले २०६९ सालमा खुलातर्फ तेस्रो स्थानमा शाखा अधिकृत बन्न सफल भएँ ।

उपसचिव पास हुँदा छुट्टै अनुभव
छात्रवृत्तिमा जापान अध्ययन गर्दै थिएँ । उपसचिवको विज्ञापन भयो । अनलाइन फारम भरेँ । जापानको पढाइशैली एजेन्डागत छलफल, प्रस्तुतीकरण र अनुसन्धानमा केन्द्रित हुन्थ्यो । विभिन्न मुलुकका पाहुना प्रशिक्षकको प्रस्तुतीकरण हुन्थ्यो । फरक मुलुकका असल अभ्यासहरू साथै चुनौतीहरूको चिरफार हुन्थ्यो । उठेका प्रत्येक सवाललाई म हाम्रो सार्वजनिक प्रशासनसँग जोडेर मस्तिष्क मन्थन गर्थें ।

म प्रायः नेपालको सार्वजनिक प्रशासनसम्बन्धी सवालमा प्रस्तुति दिन्थेँ । मेरो प्रस्तुतिमा सहभागी र प्रोफेसरहरूले गर्ने टिप्पणी र सुझाबका आधारमा परिमार्जन र विश्वअनुभव जोडेर थप भरिलो बनाउथेँ ।

अन्य देशका सहभागीले सार्वजनिक प्रशासनका बारेमा दिने प्रस्तुतिलाई पनि नोट गर्थें । त्यस्तो अभ्यासले उपसचिव तयारीका लागि सहयोग पुग्यो । अध्ययनकै क्रममा जापानका केही मन्त्रालय, स्थानीय कार्यालयहरूको अवलोकन गरेको थिएँ । त्यहाँ मन छोएका विषयलाई उपसचिवको कोर्स र नेपालको परिवेशसँग जोडेर हेर्थें ।

हाम्रो पद्धतिलाई यो मोडालिटी फिट होला भन्ने कुरा आन्तरिकीकरण गर्थें । जापानमा सिकेको कुरा नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कोणबाट सोचिरहन्थेँ । जापानको अध्ययन र सिकाइलाई सकेसम्म ग्रहण गरेँ । नेपालमा सेवारत रहँदा पनि कार्यशैली र व्यवहारलाई सूक्ष्म विश्लेषण गर्थेंं ।

त्यसरी पढेको र सिकेको ज्ञानकै कारण उपसचिवको नतिजामा खुलातर्फ दोस्रो स्थानमै सिफारिस भएँ । तीन वर्षअघि शिक्षण पेसाको अनुभव जोडेर खुला प्रतिस्पर्धाबाट उपसचिवको लिखितमा उत्तीर्ण भए पनि अन्र्तवार्तामा सफल हुन सकेको थिइनँ । नयाँ पत्रिका दैनिकबाट

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय