लोकसेवा अनुभव : तयारी कक्षा नलिईकन नै लोकसेवामा नाम निकाल्न सफल भएँ

लोकसेवा अनुभव : तयारी कक्षा नलिईकन नै लोकसेवामा नाम निकाल्न सफल भएँ

काठमाडौं, पुस १५ । मेरो जन्म पर्वत जिल्ला, रानीपानी गाविस बिहादीमा भएको हो । म जन्मेर घरमा सबैभन्दा पहिला हिँड्ने सन्तति हुँ रे १ तर अफसोच १ एक वर्षको हुँदा दुवै खुट्टामा पोलियो रोग लाग्यो । आफ्नै खुट्टाको सहाराले हिँड्ने रहर त्यही २–३ महिनामा सीमित हुन पुग्यो ।

त्यसयता कि त अरूको सहारामा, कि त बैसाखीको सहारामा, कि त ह्विलचियरको सहायतामा हिँडिरहेको छु । एसएलसीसम्मको पढाइ नवलपरासीको गैँडाकोटबाट गरेँ । कक्षा ११ र १२ विज्ञान विषयमा नेसनल इन्टिग्रेटेड कलेज, डिल्लीबजारबाट पास गरेँ । मेरो रुचि कम्प्युटर साइन्स पढ्ने वा मेडिकल डाक्टर बन्ने थियो । तर, घरबाट समर्थन भएन ।

रसायन शास्त्र प्रमुख विषय लिई स्नातक तथा स्नातकोत्तर ९केन्द्रीय रसायन शास्त्र विभाग० उच्च डिभिजनमा उत्तीर्ण गरेँ । म जीवनमा धेरै कमपटक दोस्रो भएको छु । पढाइमा मात्र होइन, स्कुलमा हुने विभिन्न बौद्धिक क्रियाकलापमा पनि म प्रायः प्रथम हुन्थेँ ।

लोकसेवाप्रतिको आकर्षण

ठूलो दाजु लोकसेवा पास गरेर स्वास्थ्य सेवातर्फ उप–स्वास्थ्यचौकीमा अहेव इन्चार्ज हुनुभयो । त्यही वेला हो, मैले पहिलोपटक लोकसेवा भन्ने सुनेको । स्नातकोत्तर पढ्न दिदी–भिनाजुसँग कीर्तिपुर बस्थेँ । दिदी–भिनाजुको नयाँबजारमा पुस्तक तथा स्टेसनरी पसल थियो । फुर्सदको समयमा त्यो पसलमा बस्थेँ । सबैले लोकसेवाको पुस्तक किन्ने, पढ्ने गरेको देख्दा मलाई लोकसेवाप्रति आकर्षण बढेको हो ।

लोकसेवाको तयारी

मेरो लोकसेवाको तयारी निकै छोटो भयो । मुस्किलले पाँच महिना तयारी गरेँ । आजसम्म मैले ट्युसन पढेको छैन । त्यसकारण लोकसेवाका तयारी कक्षा त जाँदै गइनँ । स्नातकोत्तरको शोधकार्य चल्दै गर्दा मैले सहायक रसायनविद् प्राविधिक नासुको जाँच दिएको थिएँ ।

जम्मा ५० पूर्णांकको परीक्षामा मैले बल्लतल्ल ४२ वटा प्रश्नको उत्तर मिलाएको थिएँ । तर, धेरै जनाले सम्पूर्ण ५० प्रश्नकै सही उत्तर दिएको भन्दै थिए । मैले आशा मारेको थिएँ । त्यसपछि लगातार पाँच महिनाबीच नासु (अप्राविधिक) र शाखा अधिकृतको परीक्षा दिएँ । सबैभन्दा पहिले सहायक रसायनविद्को नतिजा आयो ।

मेरो नाम दुई नम्बरमा सिफारिस भई पुरातत्व विभागमा नियुक्ति दिइएको थियो । मैले प्रशासनतर्फ शाखा अधिकृतका लागि पनि लोकसेवा परीक्षा दिएको थिएँ । मंसिरमा अधिकृतको नतिजा प्रकाशित भयो । म ८९ नम्बरमा सिफारिस भएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन हो ।

मेरो पढ्ने शैली

मेरो पढ्ने शैली त्यस्तो भिन्न छैन । सुरुमा एकचोटि आद्योपान्त पढ्ने गर्छु, जसले गर्दा किताबमाथिको एक प्रकारको विहंगम दृष्टिकोण प्राप्ति हुन्छ । त्यसपछि प्रत्येक पेज, प्रत्येक अनुच्छेद, प्रत्येक हरफ गहिरिएर पढ्छु । महत्वपूर्ण कुरा टिपोट गर्छु । प्रत्येक कुरा इन्टरनेट, जानकार वा अन्यसँगसमेत पुनर्पुष्टि गर्छु । मैले जम्मा एउटा प्रथम पत्रको किताब, एउटा द्वितीय, एउटा तृतीय अनि एउटा चतुर्थ पत्रको किताब किनेको थिएँ ।

धेरै किताब थुपारेर धेरै जानिन्छ भन्ने लाग्दैन । म थोरै पढ्छु, तर गहिरिएर पढ्छु । बुँदागत टिपोट गर्छु । र, नहेरी ती बुँदा लेख्न कोसिस गर्छु । म हरफ–हरफ घोक्न सक्दिनँ । हरेक अनुच्छेदका महत्वपूर्ण शब्द मात्रै घोकेर बाँकी आफ्नै शैलीमा लेख्ने मेरो बानी छ ।

जागिरे अनुभव

आजसम्मको जागिरे अनुभव ज्यादै सुखद छ । मैले निजामती सेवामा प्रवेश गरेपछि धेरै खालको स्वतन्त्रताको अनुभव गरेको छु । धेरै नयाँ साथीहरू, नौलो ज्ञान हासिल गर्ने मौका पाएको छु । अवसरका विकल्प अनि त्यसका आयाममा हुने बढोत्तरीले जीवनलाई बुझ्ने छुट्टै धरातल उपलब्ध गराउँदो रहेछ । निजामती सेवा प्रवेशले जीवनको महत्वपूर्ण अस्तित्वको ज्ञान हुँदै गर्दा सामाजिक पहिचान वृद्धि भएको महसुस गरेको छु ।

रमेश पराजुली

योजना अधिकृत, राष्ट्रिय योजना आयोग, सिंहदरबार\

नयाँपत्रिकाबाट

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय