लोकसेवा परीक्षामा सोध्न सकिने सम्भावित प्रश्नोत्तर यस्तो छ, जानिराखौं

लोकसेवा परीक्षामा सोध्न सकिने सम्भावित प्रश्नोत्तर यस्तो छ, जानिराखौं

० नेपालको संसदीय इतिहासमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’को सुरुवात कहिलेबाट भयो ?
२०७५ माघ ४

(नोट – प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्थामा प्रधानमन्त्री र उनको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्न प्रत्यक्ष सोध्न सकिने छ । प्रत्येक महिनाको पहिलो र तेस्रो साता बस्ने पहिलो बैठकको पहिलो एक घन्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था नियमावलीमा रहेको छ ।)

० कसैले पनि घरमा प्रसूति नगरून् भन्ने उद्देश्यका साथ बाल मृत्युदर कम गर्नका लागि ‘शून्य होम डेलिभरी अभियान’ सञ्चालन गर्ने नेपालको एक मात्र स्थानीय तह कुन हो ?
मालिका गाउँपालिका, गुल्मी

(नोट – अभियानअन्तर्गत गाउँपालिकाका गर्भवती महिला भएको घरमा हरियो झन्डा गाड्ने गरिएको छ)

सुमन खड्का

० नेपालको कुन जिल्लालाई ‘पहाडकी रानी तथा नगदेबालीको खानी’ भनेर चिनिन्छ ?
इलाम

० विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा परिचित जापानका मसाजो नोनाकाको निधन कहिले भयो ?
२०१९ जनवरी २०

० भूपी काव्य पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
कवि तीर्थ श्रेष्ठ

० नेपालले प्रथमपटक आफ्नै भूउपग्रह कहिले प्रक्षेपण गर्ने कार्यक्रम रहेको छ ?
२०७६ वैशाख ४

(नोट – उक्त भूउपग्रह प्रक्षेपण जापानको क्युटेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली इन्जिनियरको सहयोगमा गरिने भएको छ)

० गोठालोलाई सामाजिक भत्ताको व्यवस्था गर्ने पहिलो गाउँपालिका कुन हो ?
पचालझरना गाउँपालिका, कालिकोट

(नोट – गाउँपालिकाले ६० वटा भेडा तथा बाख्रापालन गर्ने कृषकलाई मासिक १००० र १०० भन्दा बढी पाल्नेलाई मासिक २००० प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ?

० डेमोक्रेसी सूचकांक २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
९७औँ स्थानमा

० पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो दक्षिण एसियाली मुलुक कुन हो ?
माल्दिभ्स

० नेपाललार्ई एसियाली खेलकुदमा पहिलो पदक दिलाउने खेलाडी को हुन् ?
विधान लामा

० ‘वायो भिलेजको नमुना कार्यक्रम’ सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो ?
तनहुँ

० विश्व सिमसार दिवस कहिले मनाइन्छ ?
फेब्रुअरी २ (‘जलवायु परिवर्तन र सिमसार क्षेत्र’ यो वर्षको नारा)

० कुनै पनि देशको अर्थ व्यवस्था सबल भई विदेशी सहयोग नचाहिने अवस्थालाई के भनिन्छ ?
जिरो नेट ऐड

० अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले प्रदान गर्ने सन् २०१८ को आइसिसी अवार्डमा वर्षको सर्वोत्कृष्ट खेलाडी, सर्वश्रेष्ठ टेस्ट खेलाडी र वर्षको सर्वोत्कृष्ट एकदिवसीय खेलाडीको रूपमा घोषित हुन सफल खेलाडी को हुन् ?
विराट कोहली (भारत)

० उखुको जुसलाई राष्ट्रिय पेय पदार्थ घोषणा गर्ने दक्षिण एसियाली मुलुक कुन हो ?
पाकिस्तान

० अर्थ मन्त्रालयले ‘विकास सहायता प्रतिवेदन २०१८’ कहिले सार्वजनिक ग¥यो ?
२०७५ माघ २

० चर्चित कृति ‘जुकरवर्ग क्याफे’ का लेखक को हुन् ?
अश्विनी कोइराला

० चिलाउनेको बोक्रा कुन रसायनको कारणले चिलाउने गर्दछ ?
स्यालिस्यालिक एसिड

० ब्रिटिस दूत सर थोमस रोले भारतमा व्यापारको सुरुवात कहिले गराए ?
सन् १६१५

० वि.सं. २०६९ बाट खुला गरिएको “लुम्बासुम्बा पदयात्रा मार्ग”ले कुन–कुन जिल्लालाई जोड्छ ?
ताप्लेजुङ (सुकेटार) र संखुवासभा (तुम्लिङटार)

० क्षेत्रफलका आधारमा सानोबाट ठूलो सार्क राष्ट्रको क्रम कुन हो ?
माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, नेपाल, अफगानिस्तान, पाकिस्तान, भारत

० वंशाणुको मौलिक वनावट र कार्यबारे खोजी गर्न कुन प्रविधि प्रयोग गरिन्छ ?
जिन म्यापिङ

० नेपालमा प्रकाशित पहिलो दैनिक पत्रिका ‘आवाज’को पहिलो सम्पादक को हुन् ?
सिद्धिचरण श्रेष्ठ

० नायोगा अभिसन्धि केसँग सम्बन्धित रहेको छ ?
आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटसँग सम्बन्धित

० मानव विकाससम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
एन्थ्रोपोलोजी

० नेपाली साहित्यको कुन कालमा शृंगारप्रधान कृतिहरूको लेखन भयो ?
माध्यमिक काल

० नेपालका शक्तिपीठहरूमध्ये बलि नचढाइने एक मात्र शक्तिपीठ कुन हो ?
छत्रेश्वरी देवी, सल्यान

० नेपाललाई ४ विकासक्षेत्रमा कहिले विभाजित गरियो ?
२०२९ असार १३

० कर्णाली र तिला नदीको संगमस्थललाई के नामकरण गरिएको छ ?
लालातीर्थ

० संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सन् २०१९ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म अस्थायी सदस्यका रूपमा छनोट भएका ५ राष्ट्र कुन–कुन हुन् ?
बेल्जियम, डोमिनिकन रिपब्लिक, जर्मनी, इन्डोनेसिया, दक्षिण अफ्रिका

सुमन खड्का

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय