विद्यार्थीले बन्द गरेको झापाका विद्यालयहरु खोलियो

विद्यार्थीले बन्द गरेको झापाका विद्यालयहरु खोलियो

बिर्तामोड, बैशाख १८। निजी विद्यालयमा भएको शुल्क बृद्धि लगायतका समस्या बारे केन्द्रीय सहमति अनुसार अघि बढ्ने सरोकारवालाको प्रतिबद्धतापछि विद्यार्थी संगठनहरुले झापामा जारी राखेको विद्यालय बन्द लगायतका कार्यक्रम फिर्ता लिएका छन् ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमवारसाँझ सम्पन्न सर्वपक्षीय बार्तामा भएको सहमति अनुसार आन्दोलनरत् विद्यार्थी संगठनले झापामा जारी अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । आन्दोलरत् विद्यार्थी संगठन, स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एन–प्याब्सन झापाका प्रमुख तथा प्रतिनिधिबीचको बार्तामा ५ बुँदे सहमति भएको छ । जस अनुसार मंगलवार विहानबाट निजी विद्यालयहरु पूर्ववतः सञ्चालन हुनेछन् ।

सहमति अनुसार बैशाख १५ गते विद्यार्थी संगठनका प्रतिनिधि केन्द्रीय कार्यक्रम अनुसार शिक्षा कार्यालयमा तालाबन्दी गर्न जाँदा भएको घटनाप्रति जिल्ला प्रशासन र जिशिकाले दुःख व्यक्त गर्दै त्यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् भने विद्यार्थी संगठनकातर्फबाट आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल नपु¥याउने प्रतिबद्धता जनाइएको छ । त्यस्तै शुल्कबृद्धि लगायतका समस्या बारे केन्द्रीय सहमति अनुसार अघि बढ्ने र सोको कार्यान्वयनमा जिशिकाले पहल गर्ने सहमति भएको छ । झापाका शैक्षिक क्षेत्रका अन्य समस्या समाधनमा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण समितिले विद्यार्थी संगठन, प्याब्सन, एनप्याब्सन समेतको सहभागितामा अघि बढ्ने सहमति भएको छ ।

त्यस्तै मापदण्ड विपरीतका निजी विद्यालयलाई जिशिकाले तत्काल कार्वाही प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ । निजी विद्यालय, प्याब्सन, एनप्याब्सन, विद्यार्थी संगठन र जिशिकाबीच कुनै असमझदारी भए संवादका माध्यमबाट सहमतिका साथ अघि बढ्ने समेत प्रतिबद्धता जनाइएको छ ।

सहमतिमा नेविसंघ झापाका सभापति रोशन विष्ट, उपसभापति राजेन्द्र उप्रेती, केन्द्रीय सदस्य सन्तोष उप्रेती, अनेरास्ववियु झापाका अध्यक्ष रोशन सुवेदी, मिलन दाहाल, देशबन्धु ढुंगेल, नवीन राई तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य रवि बस्नेत, जिल्ला इञ्चार्ज खगेन्द्र सुवेदी, कार्यवहाक अध्यक्ष अनिल सुवेदीले हस्ताक्षर गरेका छन् ।

प्याब्सनको तर्फबाट अध्यक्ष कोषराज प्याकुरेल र प्रमुख सल्लाहकार मिलनकुमार ढुंगाना, एनप्याब्सनकोतर्फबाट अध्यक्ष सन्दीप राई, केन्द्रीय सदस्य धर्मराज माझी, उपाध्यक्ष हरि खड्का र अग्निप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारी, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, स्थानीय शान्ति समिति संयोजक जयबहादुर श्रेष्ठले समेत उक्त सहमतिमा हस्ताक्षर गरेका छन् ।

बार्तामा निजी विद्यालयका क्षेत्रमा तथा समग्र शैक्षिक क्षेत्रमा उत्पन्न समस्या बारे छलफल भएको थियो । प्याब्सनका केन्द्रीय सल्लाहकार हरिकुमार प्रसाईंले समय सुहाउँदो शिक्षा दिनका लागि विद्यालयको स्तरोन्नतिसँगै अघि बढ्नुपर्ने र त्यसका लागि सरकार, राजनीतिक दल सबैले सहयोग पु¥याउनुपर्ने धारणा राखे । त्यस्तै प्याब्सन केन्द्रीय सदस्य मोहन सुब्बा, पूर्वाञ्चल सल्लाहकार गोविन्द लम्साल, एनप्याब्सनका मोहन आचार्य, हरि धिमाल लगायतले समेत विद्यालयले व्यहोर्नु परेको समस्या बारे अवगत गराएका थिए । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय