शुक्रबारदेखि इपियस फाराम खुला, अब बिना झन्झट अनलाइनबाटै भर्न सकिने

शुक्रबारदेखि इपियस फाराम खुला, अब बिना झन्झट अनलाइनबाटै भर्न सकिने

काठमाडौं, चैत ८ । शुक्रबारदेखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।

भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने छ । परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्ने छ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा इ–सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । यद्यपी, बिहीबार साँझदेखि नै परीक्षा शुल्क बुझाउन बैंकमा युवाको भीड देखिएको छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । कोहीले भने बिहान ४ बजेदेखि लाइनमा बसिरहेको बताएका छन् । परीक्षार्थीको सुविधाका लागि बैकले सुविधाका लागि टोकन वितरन गरिरहेका छ्न् ।

यता इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले विभिन्न संचारमाध्यमसँग कुराकानीमा परीक्षार्थीले नबुझेर लाइनमा बसेको बताए । उनका अनुसार बैंकबाहेक अनलाइनबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने र फारम भर्न सकिने सूचना यसअघि नै निकालिएको थियो । इपिएसको वेबसाइटमा मात्रै नभई भाषा सिकाउने संस्थामा पनि यसबारे जानकारी दिएको उनले बताए । बिहिबार राती १२ बजेपछि घरबाटै परीक्षा शुल्क जममा गर्न सकिने उनले जानकारी दिए ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट ….. बाट भर्न सकिने छ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्ने छ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९–ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ ।

कोटा बढ्यो

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२०का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत् १८ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।

काठमाडौं, चैत ८ । शुक्रबार फेरि बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुन तोलामा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजावी सुन ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर ५९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार बजारमा चाँदीको मूल्यमा भने यथावत नै रहेको छ ।

सोमबार चाँदी तोलामा ७३० मा कारोबार भएको छ भने आजपनि ७३० रुपैयाँमै कारोबार भइरहेको छ ।

विश्वविद्यालय सुधार्ने प्रधानमन्त्रीको संकल्प : कसैलाई बन्देज नहुने गरी त्रिविको उपकुलपतिमा खुल्यो दरखास्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएकी पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सूचना सच्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डको विश्वविद्यालय सुधार गर्ने चाहान अनुसार विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन भएको हो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गर्दै योग्य र इच्छुक जोसुकै उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने गरी सुचना जारी गरेको हो ।  

यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

काठमाडौँ । रोजगारीका लागि बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायतबिच सम्झौता भएको थियो । सोही आधारमा विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरेको थियो । जसमा मागभन्दा कम नर्सहरूको मान्य आवेदन परेको थियो । अनलाइन आवेदन दिएकाहरूलाई तोकिएको मापदण्डको आधारमा प्रारम्भिक सूची प्रकाशित गरेको हो । उनीहरूलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तर्वार्ताको लागि बोलाइएको छ । अन्तर्वार्ता लैनचौरस्थित बेलायती दूतावासमा हुनेछ । नर्सका लागि तोकिएको कडा मापदण्डका कारण थोरै आवेदन परेको थियो । बेलायतले आईएलटीएसमा सात ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो । जसमा पुरानाहरूको हकमा भाषागत समस्या देखिएको थियो भने नयाँमा कार्यानुभवको अभाव देखिएको थियो । अनलाइन मार्फत सात सय भन्दा बढीले रजिस्ट्रेसन गरेका थिए । तर, ७५ जनाको मात्रै मान्य कागजपत्र पेस गरिएको थियो । तिनीहरूबाटै विभागले ७१ जनाको प्रारम्भिक सूची तयार पारेको हो ।    

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी नियुक्तिका लागि आवेदन

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आठौंदेखि चौथो तहसम्मका लागि लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिन सक्ने बताइएको छ ।

करारमा जागिर खाने हो? हेर्नुस् सूचना

काठमाडौं, वैशाख १५ । महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट खोटाङले डिप्लोमा कार्यक्रमका लागि करारमा कर्मचारीको माग गरेको छ । रिक्त रहेका पदका लागि इन्ष्टिच्युटले करारमा कर्मचारी माग गरेकाे हाे ।  योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र निवेदन पेश गर्नका लागि एक सूचनासमेत जारी गरिएको छ ।

लोकप्रिय