सामान्य ज्ञान: प्रश्न र उत्तर

सामान्य ज्ञान: प्रश्न र उत्तर

१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमको उद्घाटन कहिले भयो ?
२०७५ पुस १७ गते
(नोट – नेपाल स्काउटले आयोजना गरेको उक्त कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको थियो ।)

२. भानु पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
धुर्मुस सुन्तली फाउन्डेसन

३. नेपालको संविधानले संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठन हुने अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने व्यवस्था गरेको छ ?
प्रधानमन्त्री

४. चाम्चे झरना कुन जिल्लामा पर्दछ ?
लमजुङ

५. विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल पहिलो दम्पती को हुन् ?
अलेक्सी कारास्नोकुल्स र क्याथरिन गिब्सन

६. नेपालमा सिँचाइ दिवस कहिले मनाइन्छ ?
चैत २५ गते

७. अटोेमेटिक राइफलका आविष्कारक को हुन् ?
जान एम ब्राउनिङ (अमेरिका, सन् १९१८)

८. बारुदी सुरुङमुक्त प्रथम एसियाली मुलुक कुन हो ?
नेपाल

९. आइएमई नेपाल लिटेरेटर फेस्टिभल २०१८ कहाँ सम्पन्न भयो ?
पोखरा
(नोट– २०७५ पुस ७–१० गतेसम्म सञ्चालनमा रहेको फेस्टिभलको मूल नारा ‘जहाँ शब्दहरू जीवन्त रहन्छन्’ भन्ने रहेको थियो ।

१०. पहिचान पुरस्कार २०१९ कसलाई प्रदान गरियो ?
सरस्वती प्रतीक्षाको ‘नथिया’ र उन्मुक्त पुस्ताको ‘आफर’ नामक कृतिलाई
(स्मरण रहोस् पहिचान पुरस्कारको पुरस्कार राशि दुई लाख दुई हजार रहेको छ ।)

११. हालसम्म प्राप्त प्रमाणका आधारमा बेलायत जाने प्रथम नेपाली कसलाई मानिन्छ ?
मोतीलाल सिंह

१२. इन्टिग्रिटी आइडल नेपाल २०१८ हुन सफल व्यक्ति को हुन् ?
रामबहादुर कुरुवाङ
(कुरुवाङ बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् । यो अवार्ड सन् २०१४ देखि वितरण सुरु गरिएको हो ।)

१३. नेपालको संविधानअनुसार प्रदेश प्रमुख हुन कति वर्ष पूरा भएको हुनुपर्छ ?
३५ वर्ष

१४. राजवंशी जातिमा पूर्वजको आत्माको चिरशान्तिको कामना गर्र्दै मनाइने जात्रालाई के भनिन्छ ?
हुदुरधुरा जात्रा

१५. पहिलो राष्ट्रिय सुरक्षा दिवस कहिले मनाइयो ?
२०७५ मंसिर ११
(नोट – २०७५ मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलोपटक मंसिर ११ गते मनाइएको हो भने पहिलो सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षा योजनामा सहभागी बनौं, सुरक्षित भविष्य सुनिश्चित गरौँ’ भन्ने रहेको थियो ।)

१६. सार्कले सन् २०१० देखि २०२० लाई कुन दशकको रूपमा मनाएको छ ?
सार्क अन्तरक्षेत्रीय सम्पर्क दशक

१७. नेपाल र भारतबीच सम्पन्न महाकाली सन्धि संसद्बाट कहिले पारित भयो ?
२०५३ असोज ४

१८. मित्र राष्ट्र चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन् ?
टंकप्रसाद आचार्य

१९. औद्योगिक व्यावसाय ऐन २०४९ अनुसार एकद्वार समितिको संयोजक को हुने व्यवस्था रहेको छ ?
उद्योग विभागका महानिर्देशक

२०. लिच्छवीकालमा मन्त्रीसरहको पदाधिकारीलाई कुन पदको नामबाट सम्बोधन गरिन्थ्यो ?
अमात्य

२१. कुन वर्ष राष्ट्रभक्त फ्रेन्च महिला सैनिक जोन अफ आर्कलाई जीवितै जलाइएको थियो ?
सन् १४३१

२२. जिल्लामा बडा हाकिमको सट्टा प्रमुख जिल्ला अधिकारीको नियुक्ति गर्ने व्यवस्था कहिले देखि सुरु भयो ?
विसं २०२२

२३. जोन प्लेयर, स्प्रिङउड नामका तयारी पोसाकका ब्रान्डहरू कुन कम्पनीका उत्पादन हुन् ?
सूर्य नेपाल

२४. एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौँ भन्ने नारा कुन शिखर सम्मेलनको घोषणापत्रले पारित गरेको हो ?
पृथ्वी शिखर सम्मेलन, १९९२

२५. संयुक्त राष्ट्र संघीय विश्वविद्यालय (युएन युनिभर्सिटी) कुन देशमा रहेको छ ?
जापान

एजेन्सीको सहयोगबाट

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय