स्कूलका विद्यार्थीहरुलाई दिवा खाजा प्रभावकारी, १० वटा विद्यालयलार्इ भाँडावर्तन वितरण

स्कूलका विद्यार्थीहरुलाई दिवा खाजा प्रभावकारी, १० वटा विद्यालयलार्इ भाँडावर्तन वितरण

सिन्धुपाल्चोक, चैत १६ । दिवा खाजाको वातावरण मिलाई रहेको नेत्रज्याेति कृषि सहकारी संस्थाले एक अन्तरकृया कार्यक्रम गरेर १० वटा विद्यालयलाई भाँडावर्तन वितरण गरेको छ ।

ठूलो सिरुवारी गाउँ विकास समितिका १० वटा सामुदायिक विद्यालयहरुलाई स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरु प्रयोग गरेर विद्यालय दिवा खाजा व्यवस्थापन गर्नको लागि आवश्यक भाँडावर्तन वितरण गरिएको हो । नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रत्येक विद्यालयमा स्थानीय स्तरमा उत्पादन भएको सामग्री कोदोको रोटी, गहुँको रोटी, मकै, भट्मास र जाउलो खुवाउनको निमित्त उक्त परिकार निर्माण गर्न आवश्यक पर्ने भाँडा सामग्री खाद्य स्टोरको लागि बाक्सा र विद्यार्थीको आधारमा प्लेट, चम्चा, किचेनका सामानहरु समेतका सामग्रीहरु वितरण गरिएको हो ।

जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे, जिल्ला शिक्षा कार्यालय आयोजना कार्यान्वयन इकाई प्रमुख तथा जिल्ला पोषण समितिका सम्पर्क व्यक्ति कृष्ण सुवेदी, विश्व खाद्य कार्यक्रमका रुद्र सुनुवार, समाजसेवी शान्ता थापा क्षेत्री, राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय महासचिव सागर श्रेष्ठ लगायतको विषेश उपस्थितिमा नेत्रज्योती कृषि सहकारी संस्थाले प्रत्येक विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्ष र खाजा सहयोगीहरुलाई सेतीदेवी माविको प्राङ्गणमा भाँडावर्तन वितरण गरेको हो ।

यसअघि गणेश आधारभूत विद्यालयमा विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रिया कार्यक्रम पश्चात भाँडावर्तन वितरणको कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिशिअ घिमिरेले बैशाख ५ गतेभित्र सबै सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तकहरु ल्याइसक्न सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिए ।

जिल्ला शिक्षा कार्यालयबाट प्रत्येक विद्यालयको खातामा पाठ्यपुस्तक वापतको ७५ प्रतिशत रकम निकासा भइसकेको हुँदा त्यो निकासाको रकम निकालेर अहिलेको परीक्षा सकिने बित्तिकै शिक्षा मापदण्ड अनुसार पाठ्यपुस्तक खरिद गर्न शिक्षकहरुलाई निर्देशन गरेका छन् ।

नेत्रज्योती कृषि सहकारी संस्था, नेत्रज्याेति मार्ग, डडुवाले आयोजना गरेको विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताए ।

विश्व खाद्य कार्यक्रमको विषेश सहयोगमा साविक ठूलोसिरुवारीका १० वटा सामुदायिक विद्यालयमा शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्नहरु प्रयोग गरेर नेत्रज्याेति कृषि सहकारी संस्थाले खाजा खुवाइरहेको कार्यक्रमका विषयमा गणेश आधारभूत विद्यालय जंगलछापमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घिमिरेले जिल्ला शिक्षा अधिकारी लगायत सबै विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुको दाता भनेको विद्यार्थी र अभिभावक हुन् ।

त्यसैले अभिभावकको मन जितेर उनीहरुको छोराछोरीलाई मनोरञ्जनात्मक तरिकाले शिक्षा दिनुपर्ने बताए । उनले कर्मचारीहरुको दाता भनेकै नागरिक हुन् र मालिक नै नागरिक हुन् उनीहरुले तिरेको करबाट उठेको रकमले हामीहरुले तलव खाइरहेका छौं ।
त्यसैले पनि जनता तथा अभिभावकहरु हाम्रा मालिक हुन् । उनीहरुको अनुकूलतामा विद्यालयले काम गर्नुपर्ने बताए ।

विद्यालय दिवा खाजा सम्बन्धमा विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुलाई कार्य व्यस्ता भार काम गर्नको लागि र स्थानीय बालबालिकाहरुलाई चाउचाउ बिस्कुट तथा कुपोषण सम्बन्धी खालका सामग्रीहरु प्रयोग गर्नुभन्दा गाउँमै उत्पादन भएका सामग्रीहरुबाट खाजा निर्माण गरेर खुवाउँदा पौष्टिक आहार प्राप्त हुने भएकोले यो कार्यक्रम परीक्षणको रुपमा लागू गरिएको बताए ।

सहकारी संस्थाले प्रत्येक विद्यालयमा खाजा सहयोगी राखेर खाजा व्यवस्थापन गरिरहेको र प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरेर कृषि उत्पादनलाई बढाउनको निमित्त विषेश योगदान गरिरहेकोले उक्त योगदानलाई सबैले सम्मान गर्नुपर्ने उनले बताए ।

सहायक जिल्ला शिक्षा अधिकारी तथा जिल्ला शिक्षा कार्यालय पोषण समितिका सम्पर्क व्यक्ति कृष्ण सुवेदीले सहकारी संस्थाले सधैंभरी काम गर्नको लागि ठेक्का लिएको होइन, यहिँका बालबच्चाहरुलाई उनीहरुकै अभिभावकहरुबाट उत्पादन भएको खाद्यान्न सामग्रीहरु प्रयोग गरेर बनाइएको खाजाबाट बढी पौष्टिक आहार हुन सक्छ भनेर यो कार्यक्रम परीक्षणकालको रुपमा लागू गरिएको, र विशेषगरी विश्व खाद्य कार्यक्रमले नेत्रज्योती कृषि सहकारी संस्थालाई प्रत्येक विद्यालयमा १–१ जना खाजा सहयोगी राखेर खाजाको व्यवस्थापन गरेको हुँदा विद्यालयका शिक्षक तथा प्रअहरुलाई यस सम्बन्धमा कुनैपनि समस्या नपर्ने गरी काम गर्न सहजता मिलेको बताए ।

उनले यो कार्यक्रम सफल हुँदा विद्यालयका शिक्षक तथा सहयोगीलाई मार नपर्ने गरी खाजाको लागि अर्को कर्मचारीको व्यवस्थापन समेत गर्दा राम्रो हुन्छ कि भन्ने विषयमा यो परीक्षण गरिएको पनि प्रष्ट पारे ।

विश्व खाद्य कार्यक्रमका रुद्र सुनुवारले सहकारीको माध्यमबाट यो कार्यक्रम लागू गर्न सके सहजता र शैक्षिक स्तरमा उन्नति हुन्छ कि भनेर परीक्षणको रुपमा सहकारीलाई यो कार्यक्रमको व्यवस्थापन गर्न सहयोग गरेको बताए ।

नेत्रज्याेति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले विगतमा भएका खाजा व्यवस्थामा परिवर्तन भएको, चाउचाउ, विस्कुट खुवाउने प्रक्रिया हटेर गाउँमै उत्पादन भएका कोदो, मकै तथा धानबाट निर्मित सामग्रीहरु प्रयोग गरी खाजा खुवाउने व्यवस्थामा तीव्रता आएको यसरी पौष्टिक खाजा खान पाउँदा विद्यार्थीहरु पनि आकर्षित भएको बताए ।

कार्यक्रममा सेतीदेवी माध्यमिक विद्यालयका विव्यस अध्यक्ष देवी दुलाल, प्रअ हरिविक्रम नेपाल, डडुवा भवानीशंकर माविका बद्रीप्रसाद नेपाल, गणेश आधारभूत विद्यालयका शान्ति गिरी, कुण्डला माविका विव्यस अध्यक्ष दिवाकर फुयाँल, लेखापाल गोविन्द ढुङ्गेल, झमलादेवी आधारभूत विद्यालयका लालबहादुर श्रेष्ठ, बाघभैरव आधारभुत विद्यालयका हरि ढुङ्गेल लगायत विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुले आ–आफ्नो तर्फबाट खाजाको प्रभावकारीता विषयमा धारणा राखेका छन् ।

नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष शिव केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा १० वटा विद्यालयका प्रधानाध्यापक, पोषण सम्पर्क व्यक्ति तथा सहकारी संस्थाका खाजा सहयोगीहरुको उपस्थिति रहेको थियो ।

विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेत्रज्योती कृषि सहकारी संस्था लि.का सचिव नेत्रबहादुर बस्नेतद्वारा प्रस्तुत प्रतिवेदन नेत्रज्योति कृषि सहकारी संस्था लि.ले नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक, विश्व खाद्य कार्यक्रमको सहयोगमा २०७३ भाद्र १ गतेदेखि विद्यालय दिवा खाजाको लागि प्रत्येक विद्यालयमा खाजा सहयोगीको व्यवस्था गरेर स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्न प्रयोग गरी दिवा खाजा वितरण गरिरहेको छ ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रत्येक विद्यालयमा विद्यार्थी उपस्थिति विवरण अनुसार खाजा निर्माण गरेर खुवाउनुका साथै विद्यालयलाई कृषि क्षेत्रको प्राथमिकतामा राख्दै प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरी करेसाबारीको लागि आवश्यक पर्ने सामग्रीहरु समेत विद्यालयलाई उपलब्ध गरार्इ सकिएको छ।

सिन्धुपाल्चोक जिल्लामा प्रति महिना रु १०० र ३ माना चामल अभिभावकबाट संकलन गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रधानाध्यापकबाट दिवा खाजा व्यवस्थापन गरिएको उदाहरणहरु देखिएको छ ।

तर हाम्रो सदरमुकाम नजिकै रहेको साँगाचोक स्रोतकेन्द्र अन्तर्गत साविक ठूलोसिरुवारी गाविसको १० वटा विद्यालयमा सरकारले प्रति विद्यार्थी रु १५ का दरले उपलब्ध गराइएको र उक्त रकमबाट बाह्य सामग्रीको प्रयोग गरी चाउचाउ बिस्कुट खुवाइरहेको प्रथालाई हटाएर स्थानीय स्तरमै उत्पादन भएको सामग्रीहरुको व्यवस्थापन गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा खाजा सहयोगी राखेर व्यवस्थापन गर्दा समेत केही विद्यालयहरुले यसलाई असहयोग गरेको देखिन आएको छ ।

यसरी उपलब्ध भएको रकमलाई पनि सदुपयोग गर्न नसक्नुमा हामी आफै गाउँवासीहरुको कमजोरी रहने हामी सबैले महसुस गरेका छौं ।

त्यसैले पनि नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडले यसको सदुपयोगताको लागि विभिन्न कदमहरु चाल्दै आएको छ । यस खाजा कार्यक्रमको निरन्तरता र व्यवस्थापनको लागि सहकारीले आफ्नो बुताले भ्याएसम्म आवश्यक व्यवस्थापनमा लागिरहन्छ ।

अरु जिल्लाहरु भन्दा सिन्धुपाल्चोकमा रहेका ५४२ विद्यालय मध्ये ११२ विद्यालयमा मात्र यो व्यवस्था लागू गरिएको छ ।

जम्मा राष्ट्रभरीकै २९ जिल्लाका केही विद्यालयमा लागू भएको यो कार्यक्रम १० वटा जिल्लामा खाद्यान्न सामग्री, पीठो, चामल उपलब्ध गराइएको छ भने २९ जिल्लाको केही विद्यालयमा नगद प्रवाह गरिएको छ । त्यहि नगद प्रवाह गरिएको जिल्ला मध्ये सिन्धुपाल्चोक पनि एक हो । सिन्धुपाल्चोक जिल्लामा साविक ७९ गाविस मध्ये जम्मा १५ वटा गाविस छानिनुमा ठूलोसिरुवारी पनि भाग्यमानि मान्नुपर्छ । किनभने जिल्लामा रहेका ७९ गाविसहरु र ५४२ विद्यालयहरु मध्ये ठूलोसिरुवारीको १० वटा विद्यालय पक्कै पनि दूर्गम र पिछडामा थिएन ।

सदरमुकामको नजिकै रहेको र जिल्लाको हिमाली क्षेत्र र सिमान्तकृत क्षेत्र भन्दा हामी दूर्गम होइनौं । एउटा विद्यालयबाट अर्को विद्यालयमा जान झण्डै ६ घण्टा पैदल यात्रा गर्नुपर्ने वाध्यता रहेको यसै सिन्धुपाल्चोकमा हेर्ने हो भने- हामी ६ घण्टामा त गाविसभरीको पूरै विद्यालयमा घुम्न सक्ने अवस्थामा छौं । यहि जिल्लामा विहान बेलुका पेटभरी खान नपाउने अवस्थाका बालबालिकाहरु पनि हुन सक्छन् ।

त्यस्ता दूर्गम र पिछडा बालबालिकालाई समेत बेवास्ता गर्दै ठूलोसिरुवारीमा आएको खाजा कार्यक्रमलाई आफ्नो अनुकूलमा अनियमितता गरेर व्यक्तिगत फाइदा उठाउन खोज्नु महा अपराध हुन जान्छ । त्यसैले पनि सहकारी संस्थाले खाजा व्यवस्थापनमा बढी चासो लिएको हो । यस्तो अवस्थामा रहेको यहाँको १० वटा विद्यालयका बालबालिकालाई जिल्ला शिक्षा कार्यालयले व्यवस्थापन गरेको दिवा खाजामा हेलचक्राइँ गर्न कुनैपनि हालतमा सहकारीले नदिने अठोटका साथ यो कार्यक्रममा समावेश भएको हो ।

कार्यक्रमको सुरुवातमा सहकारी संस्थाका केही कमी कमजोरीहरु हुन सक्छ । जानेर होस, नजानेर होस् भएका उक्त कमी कमजोरीहरुलाई सुधार गर्दै स्थानीय खाजा व्यवस्थापनमा विद्यालय शिक्षकहरु र व्यवस्थापन समितिको संलग्नतालाई टाढा राखेर उनीहरुलाई विद्यालयको शिक्षा स्तारोन्नतीको लागि मात्र तल्लीन रहने कार्यलाई अझ सहजता पुर्याउनको निमित्त सहकारीले यो खाजा व्यवस्थापन गरेको हो ।

माथि उल्लेखित रहेका विषयहरुलाई ध्यानदृष्टिले विचार गर्ने हो भने हामी हाम्रा बालबालिकालाई पौष्टिक आहार खुवाउँदै विद्यालयमा पठाउनबाट किन वञ्चित गराउँदैछौं भन्ने विषयमा अनविज्ञ नै रहेको मान्नुपर्छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारले यसरी सुविधा दिँदादिँदै पनि नीजि विद्यालयमा घरबाट खाजा बोकेर फि तिरेर बालबालिका पढाइरहेका हामीले देखेका छौं ।

सामुदायिक विद्यालय र नीजि विद्यालयहरु बीच हुने प्रतिष्पर्धामा सामुदायिक विद्यालयलाई अगाडि ल्याउनको निमित्त विभिन्न खालको योजनाहरु अगाडि ल्याइएको छ । यो योजना अन्तर्गत अब सहकारीले आगामी शैक्षिक सत्रमा भर्ना अभियान तीव्र रुपले सञ्चालन गर्ने योजना राखेको छ । शिक्षा कार्यालयको मापदण्ड र नीतिभित्र रहेर सहकारीको प्रत्येक शेयर सदस्य र सबै नागरिकको बालबालिकालाई नजिकको सामुदायिक विद्यालयमा अध्ययन गराउनको निमित्त सहकारीले विशेष कार्ययोजना अगाडि ल्याउन लागेको छ । यो कार्ययोजनालाई सहयोग पु¥याउन सबैसित हार्दिक अपिल समेत गरेको छ । आगामी दिनमा दिवा खाजालाई अझ व्यवस्थित मर्यादित रुपले नमूनाको रुपमा अगाडि लैजान यहाँहरुको सल्लाह र सुझावको अपेक्षा समेत राखेका छन् ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय