२८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न दुई करोड अनुदान

२८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न दुई करोड अनुदान

झापा, वैशाख १६ । झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले रु एक करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ-गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जनाएअनुरुप झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न उक्त रकम प्रदान गरेको हो ।

माध्यमिक तहका विद्यालयका लागि प्रति विद्यालय रु ६ लाख ५० हजारका दरले रकम प्रदान गर्न लागिएको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्यालयमा सुविधा सम्पन्न लाइबेरी स्थापना गर्न सो रकम प्रदान गर्न लागिएको हो ।

‘इ’ लाइबेरी स्थापनाका लागि अनुदान रकम पाउने विद्यालयमा लालपानी मावि शिवसताक्षी, चन्द्रभानुज्योति पृथ्वीनगर, सगरमाथा मावि पृथ्वीनगर, आर्दश मावि घैलाडुब्बा, महेन्द्र मावि जलथल, कनकाई मावि सुरु्गा, ज्यामिरगढी मावि ज्यामिरगढी, जनता मावि बालुवाडी रहेका छन् ।

यस्तै सहिद धर्मभक्त मावि तोपगाछी, सरस्वती मावि लखनपुर, गौरीशङ्कर मावि डाँगीबारी, महेन्द्ररत्न मावि तोपगाछी, मङ्गलमय मावि लखनपुर, बालकल्याण मावि महाभारा रहेका छन् ।

त्यस्तै कवि शिरोमणि मावि मेचीनगर, पशुपति मावि राजगढ, डिल्लीराज मावि टाघनडुब्बा, कालिस्थान मावि अर्जुनधारा, सिंहदेवी मावि दमक, सरस्वती मावि वुट्टाबारी, वलनिकुञ्ज मावि शिवसताक्षी, जनता मावि गौरादह, महेन्द्र मावि विर्तामोड, चम्पापुर मावि कनकाई, शनिश्चरे मावि अर्जुनधारा, काँकरभिट्टा मावि मेचीनगर, कमला मदन आश्रित मावि तोपगाछी र मोती मावि पथरिया रहेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिनुभयो ।

भौतिक संरचना निर्माणका लागि अनुदान रकम लिएका विद्यालयले भने पुस्तकालय निर्माणका लागि रकम पाएका छैनन् । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गर्न २८ वटा विद्यालयले अनुदान रकम पाएका हुन् ।

झापामा तीन सय ६५ वटा सामुदायिक विद्यालय रहेको उप जिल्ला शिक्षा अधिकारी होम भण्डारीले जानकारी दिनुभयो ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय