भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन् ।भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ । भ्रमण वर्षलाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन् ।

जिल्ला खेलकुद विकास समिति चितवनका अनुसार पुस १७ गतेदेखि निरन्तर क्रिकेट प्रतियोगिता भइरहेका छन् ।

प्रधानमन्त्री कपमा भाग लिन वागमती प्रदेशस्तरीय महिला छनोट प्रतियोगिता भएको थियो । जहाँ वागमती प्रदेशका ४ वटा महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसपछि रंगशालामा खेलकुद गतिविधि विषेश गरी क्रिकेट प्रतियोगिता भइरहेका छन् । समितिकाले तथ्याङक अनुसार वागमती प्रदेशस्तरीय महिला एलिट क्रिकेट प्रतियोगिता, भिजिट भरतपुर कप, सिनियर वागमती प्रदेश छनोट प्रतियोगिता, वडास्तरीय क्रिकेट प्रतियोगिता, मैयाँदेवि मेमोरियल यू–१९ महिला क्रिकेट, चितवन भर्सेज नवलपुर क्रिकेट प्रतियोगिता, अन्तर विद्यालयस्तरीय मेर्यस कप क्रिकेट प्रतियोगिता भइसकेको छ भने इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता भइरहेको छ ।

वागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच अधुरो क्रिकेट रंगशाला निर्माणका क्रममा वागमती प्रदेशका प्रतियोगिता भरतपुरमै गर्ने सहमति पनि भएको थियो ।

आगामी चैत्र २५ गतेदेखि भरतपुरमा फेरि पनि वागमती प्रदेशले विभिन्न ९ विद्याको खेल भरतपुरमा गर्दैछ । जसमा क्रिकेट, भलिबल, फुटबल, स्वीमिङ, तेक्वान्दोलगायतका खेलहरु हुन लागेको प्रदेश खेलकुदका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकरी दिए।

यो प्रतियोगितामा नेपालभरका ५ हजारभन्दा बढी खेलाडी भरतपुर आउने छन् । प्रतियोगितको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बाहेक भरतपुर फुटबल, साईकलिङ प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगितालगायतका खेलकुदहरु भइरहेका छन् । भरतपुर महानगरपालिका नेपालको ७५३ वटा पालिका मध्ये सबैभन्दा धेरै खेल गतिविधि गर्ने पालिकाका रुपमा राष्ट्रिय खेलकुद परिषदबाट सम्मानित भइसकेको छ ।

भरतपुर भ्रमण वर्ष चलिरहेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको पक्का भएसँगै भरतपुरमा खेल गतिविधिहरु दिनप्रति दिन वृद्धि हुँदै गईरहेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट यही भरतपुरको रंगशालामा गराउने गरी पहल गरिरहनु भएको छ । प्रमुख दाहालले यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघलाई अनुरोध गरिसक्नु भएको छ।

रंगशालाको टेण्डर आह्वान भइसकेकाले यू १९ महिला विश्वकप क्रिकेट बन्द प्रशिक्षण यही गर्न क्यान पनि सकारात्मक देखिएको छ ।भरतपुर महानगरले विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता सम्पन्न गरिसकेकाले आगामी वैशाखमा फुटबलको लिग प्रतियोगिता पनि गर्दैछ ।

स्याङ्जामा  हावाहुरीसहित वर्षा, उडायो घरको छानो

गल्याङ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा व्यापक हावाहुरी सहितको वर्षा भएको छ । आज अपरान्हमा आएको हावाहुरी असिनासहितको वर्षाले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।  जोडले चलेको हावाहुरीले गल्याङ नगरपालिका-९ का स्थानीय इन्द्रदेव भण्डारीको घरको छानोको रुपमा प्रयोग गरीएको टिन उडाएको छ। साथै, सोहि वडाको सिमल गैरा भन्ने ठाउँमा देविलाल जिटिको घर भत्काएको  र टेक्रे भन्ने ठाउँका निलकण्ठ भण्डारीको घरको टिन उडाएको एक स्थानीयले जानकारी दिए । त्यसैगरी, हावाहुरीले श्री ज्ञानोदय माध्यामिक विद्यालय, कृषक कुशुम भण्डारीको कृषि र्फम, उमाकान्त भण्डारीको घर र अन्य विभिन्न नागरिका घरमा क्षति पुगेको छ ।त्यसआसपासका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । हावाहुरी असिनासहितको वर्षाले आँप र लिचि जस्ता फलफुलका चिचिलामा समेत क्षति पुर्याएको छ भने विद्युत अवरुद्ध रहेको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन्।

कोसी प्रदेशमा थप पाँच मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री मन्त्रिपरिषद्मा थपिएका हुन्।सरकार विस्तारसँगै कोसीमा अब १० सदस्यीय मन्त्रिपरिषद् भएको छ।  आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलाबल्लभ अधिकारी, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले जिम्मेवारी पाएका छन्। त्यस्तै, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगरले जिम्मेवारी प्राप्त गरेका छन्।  दुई राज्यमन्त्रीहरूमा सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।  कार्की नेतृत्वमा गत वैशाख २७ गते नयाँ सरकार गठन भएको थियो। सरकार गठन प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छ्न । उनले दयार गरेको रिटमा जेठ ९ गते पूर्ण इजलासमा बहस हुँदैछ। संविधानको धारा १६८ को उपाधारा ५ बमोजिम नियुक्त भई विश्वासको मत लिएको मुख्यमन्त्री विस्थापन हुन नसक्ने दाबीसहित कार्की सर्वोच्च पुगेका हुन्। 

पाँच महिनाको छोराको हत्या अभियोगमा आमा पक्राउ

पर्सा । आफनै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  वीरगंज महानगरपालिका १७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई प्रहरीले पक्राउ गरेको हो ।   आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल पर्सा वीरगंजमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका १३ बाट पक्राउ गरेको हो । जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी मद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।   

विद्युत महशुल बढेपछि आन्दोलन

स्याङ्जा। विद्युत नियमन आयोगले बुटवल पावर कम्पनीलाई विद्युत महशुल बढाउने निर्णय गरेपछि आन्दोलन शुरु भएको छ । पश्चिम, दक्षिण स्याङ्जाका उपभोक्ता आयोगले कम्पनीलाई विद्युत महशुल बढाउन पाउने स्विकृती दिएपछि आन्दोलन शुरु गरेका हुन् । पहिलो चरणको आन्दोलनमा स्याङ्जाका ७ राजनीतिक दलले छुट्टाछुट्टै ध्यानाकर्षण विज्ञप्ती बीपीसी र विद्युत नियमन आयोगलाई बुझाएर आन्दोलन शुरु भएको जानकारी दिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पाटी, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पाटीका नेताले हस्ताक्षर गरेर बुटवल पावर कम्पनीको आँधीखोला विद्युत वितरण कार्यालय वालिङमा ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाली काँग्रेसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्रका वालिङ नगर उपाध्यक्ष थमनदेवी काफ्ले, राष्ट्रिय स्वतन्त्र पाटीका प्रतिनिधि प्रकाश अर्याल, नेकपा समाजवादीका केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे र राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जा क्षेत्र नम्वर २ का उपाध्यक्ष बिजय बस्नेतले हस्ताक्षर गरेर ध्यानाकर्षणपत्र बुझाएका छन् । ७ नेताले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विद्युत नियमन आयोगले एकतर्फीरुपले विद्युत महशुल बढाएको आरोप लगाइएको छ । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आफ्नो कार्यकाल सकिनै लागेका बेला ठुलो आर्थिक प्रलोभनमा उपभोक्तालाई मर्कामा पार्ने गरी एकतफीरुपले विद्युत महशुल बढाएको ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ । आयोगले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कम्पनीले विद्युत महशुल बृद्धि नगर्ने र थप गुणस्तरीय सेवा बनाउदै लैजानुपर्ने माग गरिएको बिषयलाई वेवास्ता गरेको र आम उपभोक्तालाई प्रभावित बनाउने गरी गरिएको महशुल बृद्धि तुरुन्तै खारेज गर्न माग गरिएको छ । राजनीतिक दलमार्फत महशुल खारेज गर्ने अनुरोधलाई नसुनिएमा चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । संयुक्त संघर्ष समिति निर्माण गरी राजनीतिक दलले आन्दोलन सुरु गरेको जनाएका छन् । आन्दोलनबाट हुने क्षती बीपीसी र आयोगले जिम्मेवारी लिनुपर्नेसमेत चेतावनी ७ राजनीतिकदलले दिएका छन् । आयोगले कम्पनीलाई समग्रमा झण्डै ४५ प्रतिशत विद्युत महशुल बृद्धि गर्ने अनुमति दिएको छ । सेवा शुल्कमा पनि उत्तिकै बढाउने अनुमति दिएको बताइएको छ । उपभोक्ताले पुरानो महशुलमा प्रति युनिट झण्डै ३ रुपैयाका दरले बृद्धि गरिएको महशुल बुझाउनु पर्नेछ । समग्रमा ५ रुपैयाँ ९८ पैसा प्रति युनिट तिर्दै आएका उपभोक्ताले अव समग्रमा ८ रुपैयाँ ९८ पैसा महशुल लाग्ने गरी निर्धारण गरिएको छ । विद्युत नियमन आयोगको निर्देशीका अनुसार विद्युत महशुल निर्धाण गर्दा अपनाईने व्यवस्था कायम गरिएको छ । तर आयोगले महशुल बृद्धि गर्दा सार्वजनिक सुनुवाई मात्रै गरेर अन्य राय, सल्लाह र सेवा प्रवाहकोसमेत सुझाव र अनुगमन नगरी महशुल बृद्धि गरिदिएको छ । यसरी महशुल बृद्धि गरिदिएपछि यहाँका राजनीतिकदल र उपभोक्ता आन्दोलित हुन शुरु गरेका हुन् ।

लोकप्रिय