संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्थाको बैठक बस्दै

संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्थाको बैठक बस्दै

काठमाडौं । संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । 

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने तय भएको जानकारी दिए । बैठकले आज दुई बजे बस्ने प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ ।

संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ । 

शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची निश्चित छ । बैठकमा सभामुख घिमिरिेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् ।

अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गरिएको छ । शीर्ष नेताहरु बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

सहकारी प्रकरणमा समिति बनाउन कांग्रेस तयार भएन :  गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा समिति बनाउन कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको बताएका छन् । सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिनिधि सभामा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन् ।  सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने बताउँदै उनले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदिएको बताए। उनले आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टीकरण दिए।समाचारमा आएकै भरमा आफूमाथि छानबिन गर्ने हो भने अरुमाथि पनि छानबिन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरीबन्धु प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताए ।गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे । विश्वासको मत कहिले लिने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीको बधाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सत्ता घटक प्रमुख दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्।  संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएलगत्तै अध्यक्ष ओलीले संसद् भवनमै प्रधानमन्त्री प्रचण्डको कार्यकक्षमा गएर बधाई ज्ञापन गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठकको बेल घेराउ गरी विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए। सोअघि प्रमुख नेता तथा कार्यदल र कार्यव्यवस्था परामर्श समिति बैठकमा सदन खुलाउनेबारे छलफल भए पनि सहमति जुटेको थिएन् ।

रविले बोलेसँगै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा वैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले फेरि सांसद अवरोध गरेका छन्। रविले बोलेर सक्नासाथ आ-आफ्नो आसनमा बसेका कांग्रस संसदहरु फेरि आसनबाट उठेका थिए तर सभामुखले संसद् बैठक स्थगित गरिदिएका हुन् । सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरिएको बताए । उनले आजको बैठक यत्तिकै स्थगित गरेका छन् । अर्को बैठक जेठ ७ गते बस्ने तय भएको छ ।

रवि लामिछानेको खुलासा -'कांग्रेसले डेढ वर्षका लागि प्रधानमन्त्रीमा अफर गरेको थियो'

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि संसद् बन्द गरेको बताएका छन् । उनले सो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

लोकप्रिय