लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए ।

null

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

“निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।”

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

null

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

“हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।” उहाँले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्नुभयो ।

null

“भर्खरै मात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्याहरू सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

उनले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताए । 

सहकारी प्रकरणमा समिति बनाउन कांग्रेस तयार भएन :  गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा समिति बनाउन कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको बताएका छन् । सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिनिधि सभामा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन् ।  सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने बताउँदै उनले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदिएको बताए। उनले आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टीकरण दिए।समाचारमा आएकै भरमा आफूमाथि छानबिन गर्ने हो भने अरुमाथि पनि छानबिन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरीबन्धु प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताए ।गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे । विश्वासको मत कहिले लिने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीको बधाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सत्ता घटक प्रमुख दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्।  संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएलगत्तै अध्यक्ष ओलीले संसद् भवनमै प्रधानमन्त्री प्रचण्डको कार्यकक्षमा गएर बधाई ज्ञापन गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठकको बेल घेराउ गरी विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए। सोअघि प्रमुख नेता तथा कार्यदल र कार्यव्यवस्था परामर्श समिति बैठकमा सदन खुलाउनेबारे छलफल भए पनि सहमति जुटेको थिएन् ।

रविले बोलेसँगै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा वैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले फेरि सांसद अवरोध गरेका छन्। रविले बोलेर सक्नासाथ आ-आफ्नो आसनमा बसेका कांग्रस संसदहरु फेरि आसनबाट उठेका थिए तर सभामुखले संसद् बैठक स्थगित गरिदिएका हुन् । सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरिएको बताए । उनले आजको बैठक यत्तिकै स्थगित गरेका छन् । अर्को बैठक जेठ ७ गते बस्ने तय भएको छ ।

रवि लामिछानेको खुलासा -'कांग्रेसले डेढ वर्षका लागि प्रधानमन्त्रीमा अफर गरेको थियो'

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि संसद् बन्द गरेको बताएका छन् । उनले सो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

लोकप्रिय