पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नै छैन

पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नै छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचल्ने भएको छ।जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएपछि मुद्दा नचलाउने निर्णय गरेको हो।


निर्णय अनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अलि कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो।

अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले यो निर्णय गरिएको वकिलको कार्यालयको भनाई छ।साथै मृतकका परिवारले समेत तात्कालिन समयमा आफुहरुले मुद्धा दायर गर्दा पञ्चा सिंहलाई पनि घटनामा संलग्न भनि मुछेको भएपनि सो घटनामा उनको संलग्नता नरहेको बयान दिएका छन् ।

कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको थियो। यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् । राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नेछन् । सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक र विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले सुरक्षित कारोबारसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ । 

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको प्रतिनिधिको थलो संसद् अब बन्धक बन्न नसक्ने स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा उद्घाटन गर्दै उनले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताए । सहज रूपमा सदन सञ्चालनका निम्ति सबैको साथ आवश्यक रहेको उनले उल्लेख गरे । अहिलेको अवस्थामा संसद् अवरोध भए अध्यादेशबाट निर्णय लिनुपर्ने अवस्था आउने भएकाले त्यसलाई हेक्का राख्न उनले आग्रह गरे । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका साथै महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाध रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए । समानुपातिक प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्था संघमा देखिएको र त्यसको असर प्रदेशमा देखिएको उनले बताए । यस्तो अवस्थामा संघीयतामाथि नै प्रश्न उठाइन थालेको उनको भनाइ छ ।

व्यक्तिकेन्द्रित समिति गठन हुन सक्दैन : एमाले उपाध्यक्ष पोखरेल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनमा व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् ।  । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन ।”  गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे ।   उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको संघीयतालाई बलियो बनाउने बताए । विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे ।  वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिए । उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको बताए ।  वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरुसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने धारणा राखे । रासस

अवरुद्ध संसद् खुलाउने प्रयास : सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे हुने छलफल अवरुद्ध सदन खुलाउने विषयमा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ।  आजै समय व्यवस्थापन भए सभामुख घिमिरेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन् । कांग्रेसको अवरोधका कारण लगातार संसद् बैठक अवरुद्ध भएपछि सभामुख घिमिरेले सदन खुलाउने पहल गर्दै आएका छन् ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ । 

लोकप्रिय