रु.२५ बाट सुरु गरेको सहकारीको कारोवार अहिले ५० करोड

गुल्मी, असोज २९ । आज भन्दा २५ वर्षअघि २५ जनाले जनही रु.एक बाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले वार्षिक झण्डै ५० करोडसम्मको कारोबार गर्न सक्ने भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं.१ स्थित लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था जनही रु.एकबाट संकलन भई अहिले यस्तो करोडौंको अवस्थामा आइपुगेको हो ।

सो संस्थाको शनिवार सदरमुकाम तम्घासमा २५ औं वार्षिकोत्सव तथा ८ औं अधिवेशन गरिरहँदा सो संस्थाले यस आवमा ४७ करोड ७६ लाख २४ हजार ५ सय ८९ रुपैयाँको कारोबार गरेको छ ।

सो संस्थाका कोषाध्यक्ष गणेश श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदनमा गत आवमा उक्त कारोबार भएको उल्लेख गरिएको हो । उनको प्रतिवेदनअनुसार गत एकवर्षमा मात्र १९ सय ९२ जना सदस्यहरुको वचत ३ करोड ४५ लाख ७९ हजार ५ सय रुपैयाँ बचत भएको छ ।

त्यस्तै विभिन्न प्रकारका वचत शीर्षकमा रु. २४ करोड ६८ लाख ३ हजार ३ सय २३ रहेको छ ।

जगेडा कोषमा ७० लाख ७१ हजार ३ सय १७ सहित १ करोड ७८ लाख ८० हजार ६ सय ७२ रुपैयाँ रहेको छ । २०७३–०७४ मा व्याज आम्दानी र सञ्चालन आम्दानीबाट ३ करोड ४७ लाख १० हजार १ सय २७ रुपैयाँ रहेको उल्लेख छ ।

त्यस्तै सञ्चालन र व्याज खर्चमा ३ कारोड ७ लाख ५६ हजार ४ सय ८६ रुपैयाँ भएको छ । संस्थाले ४४ करोड ४१ लाख ७८ हजार ७ सय रुपैयाँ ऋण लगानी गरेको छ भने त्यसमध्ये ३७ करोड २० लाख १ हजार ३ सय २५ रुपैयाँ असुली गरेको छ । गत आवमा ३० करोड ८ लाख ३१ हजार ७ सय ५३ सम्पत्ति तथा दायित्व रकम उल्लेख छ ।

संस्थाका सचिव भुवन अर्यालका अनुसार संस्थामा सदस्यहरु वृहत बनाउने उद्देश्यका साथ गतवर्षसम्म ४ हजार ५ सय सदस्यता लिँदा तिर्नुपर्नेमा अब जम्मा एक हजार रुपैयाँ तिरेर सदस्यता लिन पाइने नियम बनाइएको छ । उनका अनुसार संस्थामा शेयर सदस्य १९९२ जना बाल वचतकर्ता ८ सय ७८ जनासहित कुल २८ सय ७९ जना सहभागी छन् । संस्थाले सहुलियत ब्याजदरमा निम्न आय भएका सदस्यहरुलाई विभिन्न व्यवसाय गर्न ऋण लगानी गर्दैछ ।

यसबाट कैयौं विपन्न र बेरोजगारहरुको जीवनस्तरमा सुधार आएको छ । वृद्धवृद्धा, बालबालिका, मृत्यु वा दुर्घटनामा परेका सदस्यहरुलाई कल्याणकारी कोषको व्यस्था गरेको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीले उक्त सहकारी अघिल्लो वर्षसमेत देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएको छ । देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित उक्त सहकारी संस्था बैंकिङ सुविधा सम्पन्न कार्यालय व्यवस्थापन गरेर तम्घासको क्यामपस रोडमा रहेको छ । अध्यक्ष पन्थीले जिल्लाभरकै सहकारी संस्थालाई भविश्यमा यसैमा आवद्ध गर्ने उद्देश्य लिईएको बताए ।

२५ वर्षअघि एक–एक रुपैयाँ उठाएर २५ जनाको समुह बनाउने संस्थापक सचिव मुकुन्दहरी गौतमले उति वेला सहकारी भन्ने कुरा थाह नभएको बताए । ६८ वर्षिय संस्थापक अध्यक्ष रमेश थापाले उतिबेला तम्घास वजारका साहुहरुले गरीब किसानहलाई सय कटा ५ देखि १० सम्मको व्याज त्यसमाथि ठेकी काट्ने चलन त्यसबाट घरबास नै उठ्ने देखेपछि समुह खोलेर रकम वचत गर्न थालिएको बताए ।

कैंयांै ऋण लिएका मान्छे उठीवास लागेका थिए, कैयौंलाई खुल्ला बजारमा लछारपछार समेत गर्दथे, ब्याजमा लगाउने साहुहरुको ज्यादती सहन नसकेरै समुह बनाएर रकम संकलन गरियो र त्यसबाट संकलन भएको रकमले भैपरी आउने सदस्यहरुलाई ऋण प्रवाह गर्न थालिएको हो । उनले भने, ‘दुई वर्षसम्म मासिक एक रुपैयाँका दरले संकलन गरिए पनि पछि क्रमशः बृद्धि गर्दै लगिएको हो ।

हामीलाई सहकारी भन्ने त्यतिबेला थाहा थिएन उनले स्मरण गर्र्दै भने– ‘तर एकजना क्यानाडातिरका विदेश आएर यसो गरे समुदायलाई निकै फाईदा हुने सुझाव दिएका थिए । जिल्लाका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उक्त सहकारी संस्था जिल्लाको उत्कृष्ट र सबैभन्दा बढी कारोवार गर्ने संस्थाका रुपमा रहेको बताए ।

उनको प्रमुख आतित्यतामा सम्पन्न उद्घाटन सत्रमा अन्य विभिन्न सहकारी संस्थाका प्रमुख, प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट व्यवसायी, लगानीकर्ता, वृद्धवृद्धा, परीक्षामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तति र स्थानीय तहको निर्वाचनमा निर्वाचन हुने शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने जनाईएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालयको सञ्चालन रहेको थियो ।

सेक्स र सेयर बजारका ४ चरण

काठमाडौं, असोज २० । म ८/९ वर्षको हुँदाको कुरा । जब भैंसीले राँगो खोज्थ्यो , भैंसीलाई राँगो भएको ठाउँमा लैजाँदा कहिलेकाहीँ दाइसँग भैंसी धपाउँदै म पनि पछिपछि जान्थेँ । सम्भोग (सेक्स) का लागि भैंसी माथि राँगो पहिलोपटक उक्लिसकेपछि केही समय राँगो भैंसीभन्दा अलि टाढै उभिन्थ्यो । राँगोले भैंसीको त्यति वास्ता गर्दैन थियो । तर, मलाई भैंसीमाथि राँगो तुरुन्तै पुन उक्लिए हुन्थ्यो भन्ने लाग्थ्यो । राँगो किन तुरुन्तै नउक्लेको होला ? ममा त्यो जिज्ञासा रहिरहन्थ्यो । यो कुरा मलाई पछि थाहा भयो, पुन सम्भोगका लागि आराम र शक्ति सञ्चयको आवश्यकता पर्ने रहेछ । रवीन्द्र भट्टराई सेक्स नगरेका तर उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ । जब बजार स्खलित हुन्छ, यो तुरुन्तै उक्लिन सक्दैन । तर, लगानीकर्ताको चाहाना उक्लिहाले हुन्थ्यो भन्ने हुन्छ । बजार माथि चढ्न बजारको शक्ति सञ्चय त्यतिकै आवश्यक छ । यो अवस्थालाई बजारमा शक्ति सञ्चयको चरण पनि भनिन्छ । बजारलाई शक्ति प्रदान गर्ने ४ वटा प्रमुख तत्वहरु हुन्छन्– आर्थिक शक्ति, औद्योगिक शक्ति, कम्पनीको शक्ति र मनोवैज्ञानिक शक्ति । जसमा आर्थिक वृद्धि, सरकारी नीति, ब्याज, उद्योगको अवस्था, कम्पनीको नाफा र लगानीकर्ताको मनोवलजस्ता कुरा गर्छन् । यी तत्वले बजारमा शक्ति प्रदान गर्छन् । सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् । जब यी शक्तमा मजबुती आउँदै जान्छ, सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै जान्छ र, सेयर बजार बढ्न थाल्छ । यी तत्व जति बढी मजबूत हुन्छन्, त्यति नै चाँडो बजार बढ्छ । लामो समयसम्म बढिरहन सक्छ । यो अवस्थामा बजारले उन्मादको साँढेको रुप लिन्छ, जसलाई हामी बुलिस भन्छौं । यस्तो बेला बजार छिटो स्खलित हुनबाट रोकिन्छ । शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ । शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ । त्यसैले भनिन्छि– अर्थतन्त्र मजबुत भए सेयर बजारमा स्थिरता आउँछ, दीर्घकालीन रुपमा बढ्छ नत्र वृद्धि अल्पकालीन हुन्छ । बजारको उन्माद र अप्सरा सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् । धेरै ऋषिमूनिको ध्यान अप्सराले भंग गरेका कथा हामी पढ्न पाउँछौं । बढ्दो सेयर बजारले पनि काम, क्रोध, लोभ र मोह त्यागेर हिँडेका साधु सन्तको ध्यानलाई भंग गरी सेयर बजार र यसबाट हुने लाभतर्फ आकर्षित गर्छ । सम्भोग र बजारको उत्तेजना सम्भोगमा स्खलित हुनुअघि व्यापक उत्तेजना आउँछ, जतिबेला पुरुषले सबै कुरा विर्सिएको हुन्छ । त्यस्तै खालको उत्तेजना सेयर बजारले पनि प्रस्तुत गर्छ । र, यो अवस्थामा लगानीकर्ताले सबै कुरा विर्सेका हुन्छन् । बुलिस बजार जब आफ्नो उत्तरतर्फको यात्रालाई बिट मार्ने विन्दूको नजिक पुग्दै जान्छ, बजार अरु समयमा भन्दा बढी उत्तेजित हुन्छ । आफ्नो गतिलाई तीब्र पार्दै जान्छ । यो समयमा बजार अन्य समयभन्दा बढ्दो दरमा बढेको हुन्छ । यो अवस्थामा बजार अस्वभाविकरुपमा प्रस्तुत हुन्छ । त्यतिबेला बजारसम्बन्धी नकरात्मक सूचना र समाचार पनि निष्प्रभावी बन्न पुग्छन् । पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ । नेप्सेका तथ्यांक हेर्ने हो भने जब नेप्से उचाइमा पुग्दै गरेको हुन्छ, त्यहाँ तीब्र वृद्धि देखिन्छ । २०६५ भदौ १५ मा नेप्से ११७५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा नेप्से २३७ अंकले बढेको थियो ।  ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो । यस्तै, २०७२ भदौ ३० गते नेप्से १२०५ अंकको उचाइमा पुग्नु २ महिनाअघि २५५ अंकले बढेको थियो । यस्तै व्यवहार २०५७ सालमा पनि नेप्सेले देखाएको थियो । ०५७ मंसिरमा नेप्से ५४५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा १४० अंकले बढेको थियो । यी तीनै समयमा नेप्सेको २ महिनाको उत्तेजनाको अवस्था उस्तै छ । ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो । सम्भोग र बजार प्रबेश सेक्स नगरेका उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ । अरुले कमाएका कथाएका कथाहरु सुन्दा बजारमा तुरुन्तै हाम फालिहालूँजस्तो जोश, कताकता डर, कताकता लोभ । स्ट्यान्डफोर्ड विश्वविद्यालयका नसा विज्ञान तथा मनो विज्ञान विषेशज्ञ प्राध्यापक ब्रेन कुत्सनले आफ्नो अनुसन्धानमा पत्ता लगाएका छन्– ‘पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ ।’ सम्भोग र सेयरका चरण बिलियन एच मास्टर्स र भर्जिनिया इ जोन्सनले सन् १९६६ मा ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ नामक पुष्तकमा पहिलोपटक सम्भोगका ४ चरणबारे उल्लेख गरेका छन् । जसमा उत्तेजना, प्लाटो, चरम सुख र पूर्वावस्ता पर्छन् । सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था पनि हो । यो अवस्थालाई निरन्तरता दिए हामी दोस्रो चरणमा प्रवेश गर्छौं, जसमा अंगहरुको उत्तेजना अझ बढेर जान्छ । दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् । दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् । त्यसपछि पुर्वावस्थामा फर्किने चरणलाई रेजोलुसन भन्ने गरिन्छ, जसमा व्यक्ति सामान्य अवस्थामा फर्किन्छ । सेयर बजार पनि बुलिस र बियरिसको एक पूरा चक्रमा यस्तै ४ वटा चरणबाट गुज्रिन्छ । जसलाई शक्ति सञ्चय, बढ्दो चरण, वितरणको चरण र घट्दो चरण भनिन्छ । साभार

ल्यारक्याल लामामाथि साढे ९ करोडको भ्रष्टाचार आरोप, ७४ लाख बचतको फैसला

काठमाडौं, असोज २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र विशेष अदालतको तथ्यांक विश्लेषणमा झण्डैं साढे १० करोड रुपैंयाको अन्तर देखिएको छ । आश्विन २०, २०७४-सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा परेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले उनलाई सफाई त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै उनको ७४ लाख रुपैंया बचत हुनुपर्ने फैसला समेत गर्‍यो । करिब एक दशकपछि दोस्रो तहका राजनीतिक नेतामाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा हात हालेको अख्तियारको अनुसन्धान न्यायिक परिक्षणमा असफल भएको हो । सबभन्दा ठूलो बिगोको गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अख्तियार असफल भएपछि लामा रजनीतिक जीवनमा फर्किसकेका छन् । अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसला हेर्दा तथ्यांक विश्लेषणमा साढे १० करोड रुपैंयाको फरक देखिएको छ । विवादास्पद प्रमुख लोकमानसिंह कार्कीको पालामा लामामाथि मुद्दा दायर भएको थियो । माओवादी केन्द्रका सांसद लामाले ९ करोड ४४ लाख रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा अख्तियारले २०७२ कार्तिक ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०५८ देखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानविन गरेको थियो । त्यस क्रममा २० करोड ३४ लाख रुपैंया बैध रुपमा आर्जन गरेर २९ करोड ७९ लाख खर्च गरेको अख्तियारको दाबी थियो । आर्जनको तुलनामा खर्च बढी भएको ९ करोड ४४ लाख रुपैंयालाई गैरकानूनी आर्जन भनी अख्तियारले मुद्दा दायर गरेको थियो । विशेष अदालतले तयार पारेको फैसलाको पूर्णपाठले अख्तियारको आरोपपत्रलाई अस्विकारमात्रै गरेको छैन, लामाको सम्पत्ति उल्टै बचत हुने भनी तथ्यांक विश्लेषणसमेत गरिएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यहरु प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलामा सार्वजनिक पदमा रहँदा लामाले आम्दानीको तुलनामा कम खर्च गरी ७४ लाख ३४ हजार रुपैंया बचत गरेको उल्लेख छ । २९ करोड ९ लाख रुपैंया बैध आम्दानी गरेका लामाले २८ करोड ३५ लाख रुपैंया खर्च गरेको ठहर विशेष अदालतले गरेको छ । लोकमानसिंह कार्कीको पूर्वाग्रही स्वभाव र कार्यशैलीका कारण लामामाथिको अनुसन्धानसमेत विवादमुक्त थिएन । अख्तियारको दाबी के थियो ?  लामाले तलबभत्ता, जग्गा विक्री, ऋण सापटीलगायतबाट आम्दानी देखाएर गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको दावी थियो । घर निर्माण, जग्गा खरिद, शेयर, सवारी साधन तथा विभिन्न घरायसी सामान खरिद र बैंक मौज्दात गरेको अख्तियारको दावी थियो । लामाको अत्यधिक जग्गा कारोवार र त्यस क्रममा भएको खरिदबिक्रीको उतारचढावको दरलाई नै शंकास्पद मानेको थियो ।  ३३ लाखमा खरिद भएको जग्गा तीन महिनापछि डेढ करोडमा बिक्री भएको देखाइएको अख्तियारको दाबी थियो । उसले सुरुकै आर्जन बैध नदेखिएकाले त्यसबाट भएका अन्य कारोवारलाई पनि अबैध भनी मागदाबी लिएको थियो । -कान्तीपुरबाट लामा २०५८ सालदेखि दुई पटक गुम्बा विकास समितीको अध्यक्ष बने । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तिमा उनले लगातार दुई कार्यकाल अनवरत रुपमा काम गरे । त्यसक्रममा केही रकम गैरकानूनी आर्जन देखिए पनि त्यसको ग्राफ खासै उक्लेको देखिदैन । २०६२ सालमा उनको दोस्रो कालकाल पुरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुन:स्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदको सभासद बने । सांसद र सभासद भएको अवधिमा उनको आर्जन गरेको सम्पत्ति अस्वभाविक रुपमा बढेको अख्तियारले गरेको तथ्यांक विश्लेषणमा उल्लेख छ । लामामाथिको पछिल्लो छानविनले करिव १० करोड रुपैंया जग्गामा मात्रै लगानी गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । बुढानिलकण्ठमा उनको ३ वटा घर रहेको भनी अख्तियारले आरोप लगाएको थियो, जसमध्ये एउटा घरमा उनी बस्थे भने बाँकी दुईमा बौद्ध भिक्षुहरुका लागि विद्यालय सञ्चालन गरेको उनले बयानका क्रममा खुलाएका थिए । उनको ९० लाख रुपैंया मूल्यांकन गरिएको सवारी साधन पनि छानविनमा परेको थियो । अख्तियारले २०७२ मंसिरमा विभिन्न सार्वजनिक पदमा रहेका २९ जनाको बैंक लकर रोक्का गरेर सम्पत्ति छानविन गरेको थियो, जसमा लामा पनि एक थिए । लामामाथि अख्तियारले पुस १८ मा पत्र काटेर बोलाएकोमा २० देखि २२ गतेसम्म ४ करोड रुपैंया खाताबाट निकालिएको थियो । त्यसपछि उनको खातामा ६४ लाख रुपैंयामात्रै बाकी थियो । लामामाथि छानबिनका क्रममा अख्तियारले दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लकरबाट गोली बरामद गरेको थियो । त्यसपछि प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत फौजदारी मुद्दा चलाएपछि उनी पदबाट निलम्बनमा परेका थिए । सम्पत्ति विवरणमा उल्लेख नगरे पनि लाजिम्पाटस्थित स्टान्डर्ड चाटर्ड बैंकको लकर पनि भेटिएको थियो, लगत्तै छानविन हुनासाथ लकर रित्तो भेटिएको अख्तियार स्रोतले बतायो । विशेषको फैसला कस्तो छ ?  अख्तियारले ल्यारक्याल लामाले सार्वजनिक पदमा रहेको अवधिमा केवल २० करोड ३४ लाख रुपैंयामात्रै बैध आम्दानी गरेको दावी गरेको थियो । विशेष अदालतले भने सम्पत्ति विश्लेषणका क्रममा त्यसबाहेक उनले ८ करोड ७५ लाख रुपैंया समेत आर्जन गरेको र त्यसलाई बेवास्ता गर्न नमिल्ने ठहर्‍याएको छ । जसअनुसार, जग्गा खरिद, बौद्ध धर्मसम्बन्धी पुस्तक विक्री, सिद्धार्थ फाउण्डेसनको नामबाट विभिन्न बैंकबाट काटिएको चेकबाट प्राप्त रकम समेत जोडिनुपर्ने विश्लेषण गरेको छ । यसबाट लामाको कुल बैध आर्जन २० करोड ३४ लाख रुपैंयाबाट बढेर २९ करोड ९ लाख हुन पुगेको छ । लामाले आफ्नो आर्जनबाट शेयर खरिदमा १ करोड ५३ लाख, ऋण सापटी सावा व्याज भुक्तानीमा ४ करोड ६ लाख, १ लाख ६० हजार नगद मौज्दात, घरायसी सामान खरिदमा १५ लाख ५० हजार रुपैंया खर्च देखाएका थिए । छानविन हुनासाथ झिकिएको ४ करोड ४२ लाख रुपैंयालाई विशेष अदालतले अन्यथा भन्न नमिल्ने ठहर्‍याएको छ । बैंक मौज्दात ६४ लाख ६७ हजार, जग्गा खरिदमा १० करोड ८८ लाख, घर निर्माणमा ७ करोड १७ लाख र सवारीसाधन खरिदमा ९० लाख खर्च भएको भनी अख्तियारले आरोप लगाएको थियो । विशेष अदालतले यी सबै तथ्यलाई यथावत रुपमा स्विकार्दै घर निर्माणको हकमा ७ करोड १७ लाख रुपैंयालाई अस्विकार गरेको छ । व्यक्तिगत रुपमा घर निर्माण गर्दा ठेकेदारलाई १५ प्रतिशत नाफा र ५ प्रतिशत ठेक्काकर दिन नपर्ने भएकाले २० प्रतिशत लागत घटाउनुपर्ने भनी विशेष अदालतले घर निर्माणको खर्चमा १ करोड ४३ लाख रुपैंया घटाएको छ । यसबाट लामाले गरेको लगानीको खर्च समेत अख्तियारले दावी गरेजस्तो २९ करोढ ७९ लाख रुपैंया नभई त्यसबाट घटेर २८ करोड ३५ लाख रुपैंयामा सीमित भएको छ । ‘२९ करोड ९ लाख रुपैंया कुल बैध आर्जनबाट २८ करोड ३५ लाख रुपैंया व्यय(लगानी) गरेको देखिन आयो’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘खर्चको तुलनामा ७४ लाख ३४ हजार रुपैंया बढी आम्दानी देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको भन्ने दावी पुष्टी हुने आधार देखिएन ।’ लामा को हुन् ?  लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट सांसद हुन् । विवादित पृष्ठभूमीका उनी यसअघि २०५८ पुसमा गुम्बा विकास समितीका अध्यक्ष थिए । त्यसपछि उनी माओवादी सिफारिसमा व्यवस्थापिका संसद सदस्य थिए । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानविनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो । अख्तियारले २०५८ सालदेखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानबिन गरेको थियो । लामा २०५८ सालदेखि दुईपटक गुम्बा विकास समितीको अध्यक्ष बनेका थिए । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तीमा उनले लगातार दुई कार्यकाल काम गरे । २०६२ सालमा उनको दोस्रो कालकाल पूरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुनस्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदमा माओवादी सिफारिसमा सांसद थिए ।  त्यसपछि उनी अख्तियारले तीन पटक सार्वजनिक अवस्थामा रहेका बखत उनले गरेको आर्जनको छानविन गरेको थियो । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो । विशेष अदालतबाट सफाइ पाएपछि २०७३ कार्तिकदेखि उनको सांसद पद निलम्बनबाट फुकुवा भएको छ । -कान्तीपुरबाट  

गएकाे आर्थिक वर्षमा कुन कम्पनीले कति दिए लाभांश ? (४५ कम्पनीको सूचिसहित)

काठमाडाैँ, असोज २० ।काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट धमाधम लाभांश घोषणा गर्ने लहर चलेको छ । लाभांश प्रस्तावसहित कतिपय कम्पनीले साधारण सभा पनि बोलाउन सुरु गरिसकेका छन् भने केहीको त साधारणसभाबाट समेत पारित भैसकेको छ । २०७३/७४ सालको कमाइबाट प्रस्तावित बोनस शेयर तथा नगद लाभांश घोषणा गर्ने कम्पनीहरुः वाणिज्य बैंक समूहः १.एनआइसी एशिया बैंक लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत २.सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडः बोनस शेयर १६ प्रतिशत, नगद लाभांश १ प्रतिशत ३.नबिल बैंक लिमिटेडः बोनस शेयर ३० प्रतिशत, नगद लाभांश १८ प्रतिशत ४.सानिमा बैंक लिमिटेडः बोनस शेयर १६ प्रतिशत ५.नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडः बोनस शेयर १५ प्रतिशत, नगद लाभांश २५ प्रतिशत ६.सनराइज बैंक लिमिटेडः बोनस शेयर १५ प्रतिशत ७.नेपाल बंगलादेश बैंक लिमिटेडः बोनस शेयर १२ प्रतिशत, नगद लाभांश ३.७९ प्रतिशत इन्स्योरेन्स कम्पनी समूहः १.नेको इन्स्योरेन्स कम्पनीः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५२ प्रतिशत २.प्राइम लाइस इन्स्योरेन्स कम्पनीः बोनस शेयर २५ प्रतिशत ३.नेपाल इन्स्योरेन्स कम्पनीः बोनस शेयर ५ प्रतिशत ४.प्राडेन्सियल इन्स्योरेन्स लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत ५.प्रभु इन्स्योरेन्स लिमिटेडः बोनस शेयर १९.२० प्रतिशत   विकास बैंक समूहः १.देव विकास बैंकः बोनस शेयर १७.१ प्रतिशत, नगद लाभांश ०.९ प्रतिशत २.मिशन डेभलपमेन्ट बैंक लिमिटेडः बोनस शेयर २२ प्रतिशत, नगद लाभांश १.१४ प्रतिशत ३.मितेरी डेभलपेन्ट बैंक लिमिटेडः बोनस शेयर ३१.४८, नगद लाभांश १.६६ प्रतिशत ४.कैलाश विकास बैंक लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ९.५ प्रतिशत ५.सप्तकोशी डेभलपमेन्ट बैंकः बोनस शेयर ११ प्रतिशत ६.शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकः बोनस शेयर २५ प्रतिशत ७.पूर्णिमा विकास बैंकः बोनस शेयर रु.८ करोड ४५ लाख ५० हजार र नगद लाभांश रु. ४४ लाख ५० हजार ८.तिनाउ विकास बैंकः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ५ प्रतिशत ९.एक्सेल डेभलपमेन्ट बैंकः बोनस शेयर ३०.१२ प्रतिशत, नगद लाभांश १.५८५२६ प्रतिशत फाइनान्स समूहः १.आईसिएफसी फाइनान्सः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ११.०५ प्रतिशत २.युनाइटेड फाइनान्सः बोनस शेयर १९प्रतिशत लघुवित्त कम्पनी समूहः १.छिमेक लघुवित्त विकास बैंक लिमिटेडः बोनस शेयर १९.८९ प्रतिशत, नगद लाभांश २५.११ प्रतिशत २.स्वरोजगार लघुवित्त विकास बैंकः बोनस २५ प्रतिशत, नगद लाभांश १.३२ प्रतिशत ३.स्वदेशी लघुवित्त लघुवित्त वित्तीय संस्थाः वोनस शेयर १५ प्रतिशत ४.फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकः बोनस शेयर १५ प्रतिशत, नगद लाभांश ०.७९ प्रतिशत ५.एनएमबी माइक्रोफाइनान्सः बोनस शेयर २५ प्रतिशत, नगद लाभांश १.३१५८ प्रतिशत ६.मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाः बोनस शेयर ३० प्रतिशत, नगद लाभांश १२.१०५ प्रतिशत ७.रिलायवल माइक्रोफाइनान्सः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत ८.नेरुडे लघुवित्त विकास बैंक लिमिटेडः बोनस शेयर १३ प्रतिशत, नगद लाभांश ७.६८ प्रतिशत ९.साना किसान विकास बैंकः बोनस शेयर २५ प्रतिशत, नगद लाभांश १.३१६ प्रतिशत १०.आरएसडिसी लघुवित्त वित्तीय संस्थाः बोनस शेयर १३ प्रतिशत, नगद लाभांश ०.६८ प्रतिशत ११.नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १५ प्रतिशत १२.लक्ष्मी लघुवित्त वित्तीय संस्थाः बोनस शेयर १० प्रतिशत, नगद लाभांश १६.३२ प्रतिशत १३.समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश ११.५८ प्रतिशत १४.वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.१०८ प्रतिशत १५.निर्धन उत्थान बैंकः बोनस शेयर ६६.६७ प्रतिशत, नगद लाभांश १४.०४ प्रतिशत म्युचल फन्ड कम्पनी समूहः १.एनएमबि सुभल इन्भेष्टमेण्ट फण्ड १स् नगद लाभांश २१.०५६३ प्रतिशत २.सिद्धार्थ लगानी वृद्धि ओरियन्टेड स्कीमः नगद लाभांश २५ प्रतिशत हाइड्रोपावर समूहः १.अरुण भ्याली हाइड्रोपावर लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५३ २.ङादी ग्रुप कम्पनी लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५३ प्रतिशत ३.रिडी हाइड्रोपावरः बोनस शेयर ६ प्रतिशत, नगद लाभांश ०.३१५७ नागरिक लगानी कोषः बोनस शेयर २१.८५ प्रतिशत, नगद लाभांश १.१५ प्रतिशत युनिलिभर नेपालः नगद लाभांश रु.११०० तथा विशेष लाभांश रु.१७० गरी रु.१२७० -दैनिकि न्युजबाट

आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्यायभार परेको तथ्य भेटिएको छ । खड्काले ईन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । दुई बर्षको अवधिमा निगमलाई करिब ६ करोड रुपैयाँ घाटा पुगेको छ । ,  नागरिकमा खबर छ ।

तीन कम्पनीको बोलकबोल गर्ने आइतवार अन्तिम दिन

काठमाडौं, असोज १९ । आइतवार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम मिति रहेको छ । आइतवार बोलकबोल द्धारा खरीद शेयर खरीद गर्ने कम्पनीहरुमा कामना सेवा विकास बैङ्क, गोर्खाज फाइनान्स लिमिटेड र सनराइज बैङ्क लिमिटेड रहेको छ । गोर्खाज फाइनान्स लिमिटेडले बोलकबोलद्धारा हकप्रद शेयर असोज ४ गतेदेखि लिलामीमा ल्याएको थियो । कम्पनीले संस्थापक समूहतर्फको ४ लाख २४ हजार ४ सय २० कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले न्यूनतम प्रति शेयर मूल्य रू.सय तोकेको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरि बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीले शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता र अधिकतमको लागि भने कुनै हद नराखेको जानकारी दिएको छ सनराइज बैङ्क लिमिटेडले ७ लाख १० हजार ७ सय ४३ कित्ता शेयर बोलकबोलद्धारा असोज ८ गतेदेखि विक्री गरेको छ । बैङ्कले संस्थापक तर्फको ७२ हजार ६ सय १२ कित्ता र सर्वसाधारण समूह तर्फको ६ लाख ३८ हजार १ सय ३१ कित्ता शेयर लिलामद्धारा विक्री गरेको हो । बैङ्कले न्यूनतम प्रति शेयर रू। सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरि बोलकबोल गर्नु गर्ने बताएको छ । आवेदकहरुले बोलपत्र पेश गर्दा संस्थापक तर्फको न्यूनतम १ हजार कित्ता, अधिकतममा पूरा आवेदन दिन पाउने र सर्वसाधारण समूहको न्यूनतम १ सय कित्ता र अधिकतममा पूरा कित्ताको लागि आवेदन दिन पाउने रहेको छ । कामना सेवा विकास बैङ्क लिमिटेडको ४५ हजार ४ सय ८७ दशमलव ६० कित्ता हकप्रद शेयर असोज १६ गतेदेखि लिलाम विक्री गरेको छ । बैङ्कले संस्थापक समूह तर्फ २७ हजार १ सय २० दशमलव ३४ कित्ता र सर्वसाधारण समूह तर्फ १८ हजार ३ सय ६७ कित्ताको लागी शिलबन्दी बोलपत्र आह्वान गरेको हो । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू। सय तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागी बोलकबोल गर्दा संस्थापक समूहको लागी न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको लागी १ सय कित्ता लागी आवेदन दिन सक्नेछ । अभियानबाट साभार

नेप्सेको महाप्रबन्धकमा साउदसहित ३ जना छनौट

काठमाडौं असोज १९ । शेयर बजारको नियमन गर्ने निकाय नेप्सको महाप्रबन्धक पदमा तीन जना छनोटमा परेका छन् । अर्थ मन्त्रालयले नेप्सेको महाप्रबन्धक पदका लागि तीन उम्मेदवारको नाम छनौट गरेको हो । मन्त्रालयको असोज १८ गतेको सूचना अनुसार प्राप्त आवेदकहरुमध्ये चन्द्रसिंह साउद, प्रमोद राज शर्मा र मनोज कुमार ज्ञवाली छनौटमा परेका हुन् । महाप्रबन्धकका लागि १३ आवेदकहरु रहेका थिए । शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षण गरी पाँच उम्मेदवार अन्तरवार्ता कार्यक्रमका लागि चयन गरिएको थियो । प्रविन पन्दाक र सीताराम थपलिया अन्तर्वार्ताबाट वाहिरिएका छन्।

वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

रामपुर, पाल्पा १९ । असोज अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गरेको छ । वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बसेकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उहाँ वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थालेको छ । भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय शुरु गर्नुभएको हो । वर्षैपिच्छे व्यवसाय बढाउँदै गएपछि अहिले उनले बारीमा चार सय बोट कागती लगाएको र यसलाई बढाएर पाँच सय बोट पु¥याउने लक्ष्य लिएको छ । भण्डारीले १५० बोट कागतीबाट झण्डै रू एक लाख ५० हजार बराबरको आम्दानी गरेको बताए । घरबाटै प्रतिकेजी सयमा धमाधम कागती बिक्री भइरहँदा उहाँ आफँै व्यवसायमा दङ्ग परेको छ । सबै बोट उत्पादनशील भएपछि वार्षिक रू २० लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । “विगतमा बारीभरि नै तरकारी, अन्नबाली, गेडागुडी लगायो, एक पाथी पनि स्याहार्नै पाइँदैनथ्यो, सबै बाँदर, दुम्सी, खरायो, मृगले खाएर सताउँथ्यो”, उनले भने, “बालीनाली लगाएपछि दिनरात बारीमै कुरेर बस्नुपथ्र्यो, अहिले कागती लगाएपछि वन्यजन्तुको डर पनि छैन आम्दानी पनि भइराखेको छ ।” उनीमात्रै होइन गाउँका झण्डै २० कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका छन् । कागतीको बजार मूल्य राम्रो भएपछि यहाँका कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका हुन् ।

रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

रोल्पा, असोज १९ । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ । जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको छ । अस्ट्रेलियाबाट खरिद गरी ल्याइएका ती बोकाको बजार मूल्य डेढ लाखदेखि दुई लाखसम्म पर्ने वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले बताए । स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी उत्पादकत्व बढाउने तथा बोका बिक्री गरी आयआर्जन गर्ने उद्देश्यका साथ ती बोका भित्र्याइएको उहाँले जानकारी दिए । एउटा वयर जातको बोकाबाट ५० किलोभन्दा बढी मासु उत्पादन हँुदै आएको सम्बद्ध कृषकले बताएका छन् । प्रतिकिलो रु ८०० सम्म मूल्य रहेको सो जातको बोकाको मासु स्वादिष्ट र खँदिलो हुने हँुदा बजारको समस्या नभएको कृषक बिना केसीले बताए । उनका अनुसार वयर जातको बोकाको क्रसबाट स्थानीय बाख्राले समेत तीन वटासम्म पाठापाठी जन्माउने गरेको र ती पाठापाठी पाँच महिना पछि रू १८ हजारमा बिक्री हुने गरेको छ । स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी बढीभन्दा वढी आम्दानी गर्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ जिल्ला पशु सेवा कार्यालयले यस्तो कार्यक्रम गरिरहेको पशु चिकित्सक नीमबहादुर सिंहले बताए । खाद्य सुरक्षा परियोजनाअन्तर्गत जिल्लामा ७१ वटा बाख्रापालन समूह, पाँचवटा भैँसीपालन समूह, दुईवटा डेरी र २४ वटा नमूना बगैँचा कार्यक्रम सञ्चालनमा रहेका छन् । साबिकका लिवाङ, गजुल, जंकोट, वडाचौर, जैमाकसला, कोर्चवाङ, घर्तीगाउँ, जुगार, गैरीगाउँ र बुढागाउँ गाविसमा उक्त कार्यालयले खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको कार्यक्रमका जिल्ला प्राविधिक अधिकृत विजय देवकोटाले जानकारी दिए ।

रूपन्देहीमा करदाताको संख्या बढे

लुम्बिनी, असोज १७ । विगतको तुलनामा भैरहवामा करदाता बढ्न थालेका छन् । व्यक्तिगत एवं व्यावसायिक संघ संस्थालाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालयले विभिन्न अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएकामा यस वर्ष थपिएकासहित कूल करदाता संख्या ४४ हजार ८१९ पुगेको कार्यालयका प्रमुख कर अधिकृत महाराजा कोइरालाले जानकारी दिए । उनका अनुसार आम करदातामा कर बुझाउनु पर्छ भन्ने भावनाको विकास, कर शिक्षा, लगानीको वातावरण सहज, कर प्रणालीमा सुधार, प्रभावकारी अनुगमन, व्यक्तिगत र व्यावसायिक प्यान नम्बर लिने करदाता बृद्धिजस्ता कारणले करदाताको संख्या बढेको हो । आठ वर्षको तथ्यांक हेर्दा कार्यालयको क्षेत्रभित्र वर्षेनी करदाता बढिरहेका छन् । आर्थिक वर्ष २०६६–०६७ मा व्यावसायिक तथा व्यक्तिगत आय करमा र मूल्य अभिवृद्धि करमा दर्ताका साथै अन्तशुल्कमा इजाजत लिनेको संख्या १८ हजार ३८३ थियो । यो संख्या बढेर ०६७–०६८ मा २३ हजार १९१, ०६८–०६९ मा २६ हजार १९७, ०६९–०७० मा २९ हजार ३८२, ०७०–०७१ मा ३३ हजार ८१९ पुगेको थियो । यस्तै आव ०७१–०७२ मा ३७ हजार ९२४, ०७२–०७३ मा ४१ हजार ५४ र ०७३–०७४ मा ४२ हजार ४८४ पुगेको कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक अनुशासन कायम गराउँदै प्रभावकारी कर प्रशासनका लागि नियमित अनुगमनसमेत गरिरहेको जनाएको छ ।

शेयर बजारमा असोज १८ गतेदेखि नयाँ आईपीओ किन्ने अवसर

काठमाण्डौ, असोज १३ । दशै लागेको छ सबै पैसा नसक्नु होला । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपिओ) असोज १८ गतेदेखि विक्री खुला हुँदैछ । शेयर निष्काशन छिटोमा असोज २३ गते बैंकिङ समय पश्चात बन्द हुनेछ । तर पर्याप्त दरखास्त नपरेको खण्डमा भने कार्तिक १६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्दैछ, जसमा २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात् ९ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यस माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय इटहरी उपमहागरपालिका वडा नं. २६ सुनसरी जिल्लामा अवस्थित छ । यस माइक्रोफाइनान्सको १० जिल्लामा शाखा कार्यालय फैलिएको छ । माइक्रोफाइनान्सको आइपिओमा दरखास्त दिनु पर्ने न्यूनतम कित्ता ५० र अधिकतम ९०० कित्ता रहेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनाएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौलाई गरेको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३ (क) अनुसार यस निष्काशनलाई क्रेडिट रेटिङ गराउन आवश्यक नभएकोले क्रेडिट रेटिङ गरेको छैन । धितोपत्र बोर्डले सार्वजनिक निश्कासनहरुका लागि आस्वामार्फतको आवेदनलाई अनिवार्य गरेकै कारण देशभर छरिएर रहेका आस्वा सेवा संचालनको अनुमतिप्राप्त जुनसुकै बैंक तथा बित्तीय संस्थाको शाखामा गएर एफपीओका लागि आवेदन दिन सकिन्छ । dainiknews dot com बाट

भारतसँग एक वर्षमा ११ अर्बको व्यापार घाटा

विराटनगर, असोज १२ । विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलफूल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ रु तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । सो अनुरुप भारतबाट आयात हुने कृषिजन्य वस्तुमा रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो । साथै रु तीन अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् । सोमध्ये सबैभन्दा बढी रु एक अर्ब १० करोड १० लाख ७७ हजार मूल्यको ३७ हजार ९६८ मेट्रिक टन प्याज भित्रिएको हो । सोही अवधिमा रु एक अर्ब ६ करोड ९३ लाख ९७ हजार मूल्य बराबरको ५३ हजार ४७० मेट्रिक टन आलु र तेलहन पदार्थका रुपमा रु ५८ करोड ३८ लाख २५ हजार मूल्य बराबरको नौ हजार १२२ मेट्रिक टन सूर्यमुखी, रु २५ करोड ५९ लाख ८३ हजार मूल्य बराबरको पाँच हजार ३३३ मेट्रिक टन तोरी, रु १४ करोड २८ लाख ४६ हजार मूल्य बराबरको तीन हजार ३२२ मेट्रिक टन भटमास र रु ४३ लाख ३२ हजार मूल्य बराबरको १०८ मेट्रिक टन तील भित्रिएका छन् । सोही अनुरुप रु १५ करोड ३१ हजार ५१ हजार मूल्य बराबरको एक हजार ९२४ मेट्रिक टन लसुन, रु १३ करोड ९९ लाख २६ हजार मूल्य बराबरको १३ हजार ९९३ मेट्रिक टन विभिन्न प्रकारका तरकारी, रु ९७ लाख २० हजार मूल्य बराबरको ६४८ मेट्रिक टन अदुवा, रु सात करोड ८० हजार मूल्य बराबरको ३५४ मेट्रिक टन मरिच, रु दुई करोड २७ लाख ९८ हजार मूल्य बराबरको ४७५ मेट्रिक टन धनिया र रु एक करोड ८३ लाख ७० हजार मूल्य बराबरको विभिन्न प्रकारका मसाला भित्रिएका छन् । सोही अवधिमा रु एक अर्ब ९३ करोड २१ लाख ७७ हजार मूल्य बराबरको विभिन्न प्रकारका फलपूmल भित्रिएको छ । तीमध्ये रु ७५ करोड १८ लाख ७३ हजार मूल्य बराबरको स्याउ, रु ३३ करोड ७० लाख ३१ हजार मूल्य बराबरको अनार, रु २२ करोड ६७ लाख ८५ हजार मूल्य बराबरको अङ्गुर, रु सात करोड १० लाख २१ हजार मूल्य बराबरको कागती, रु आठ करोड ६१ लाख १० हजार मूल्य बराबरको आँप, रु ३९ करोड ७५ लाख ३२ हजार मूल्य बराबरको सुपारी, रु एक करोड ३३ लाख ८६ हजार मूल्य बराबरको तरबुज र रु एक करोड ८५ लाख ३५ हजार मूल्य बराबरका सुन्तला भित्रिएका छन् भने यसका साथै लिची, मौसमी लगायतका फलपूmल भित्रिएको सो कार्यालयले जनाएको छ । विराटनगर नाका भएर भारततर्फ रु तीन अर्बभन्दा बढी मूल्यको कृषिजन्य तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा रु तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरका कृषिजन्य र जडीबुटी निर्यात भएको हो । सोमध्ये सबैभन्दा बढी रु दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबर तीन हजार ८१४ मेट्रिक टन अलैँची र सबैभन्दा कम रु ६ लाख ३३ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुपाडी निर्यात भएको थियोे । त्यसैगरी, रु ४२ करोड ३४ लाख ११ हजार मूल्य बराबरको २३ हजार ५२३ मेट्रिक टन पिना, रु एक करोड ३३ लाख ४३ हजार मूल्य बराबरको बन्दाकाउली, रु ९६ लाख २० हजार मूल्य बराबरको ६४२ मेट्रिक टन फ्रेस अदुवा र रु दुई करोड ४२ लाख ९२ हजार मूल्य बराबरको एक हजार ६१९ मेट्रिक टन कुचो निर्यात भएको जनाएको छ । सोही अनुरुप, रु एक करोड ६ लाख ४८ हजार मूल्य बराबरको १९४ मेट्रिक टन लिनसिड, रु तीन करोड ६६ लाख ८९ हजार मूल्य बराबरको ६५५ मेट्रिक टन तेजपात र रु पाँच करोड ८७ लाख ३९ हजार मूल्य बराबरको ३२५ मेट्रिक टन चिया निर्यात भएको सो कार्यालयले जनाएको छ । त्यस्तै, रु ८८ लाख १८ हजार मूल्य बराबरको ५८८ मेट्रिक टन रुद्राक्ष, रु ४७ लाख ३७ हजार मूल्य बराबरको ३३ मेट्रिक टन चिराइतो र रु ६४ लाख ७० हजार मूल्य बराबरको १९ मेट्रिक टन मजिठो निर्यात भएको छ । साथै नेपालबाट भारततर्फ जटामासी, टिम्बुर, सताबरी, काइयोफुल, वनलसुन लगायतका जडीबुटी निर्यात भएका छन् । रासस

आगलागीबाट लाखौंको नोक्सानी

इटहरी, असोज १२ । इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ। बिहीबार विहान आगलागी हुँदा तीनवटा घरमा रहेका उक्त मूल्य बराबरको धनमाल नष्ट भएको हो। प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कटवालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट सुरु भएको आगलागीमा परेर गुप्ताको घरसँगै जोडिएको सुमन गिरी र चक्रबहादुर राईको घरमासमेत क्षति पुगेको छ। फलफूल पसल भएको स्थानमा बालेको बत्तीबाट आगो लागेको हुन सक्ने आशंका गरिएको छ। आगलागीमा सबैभन्दा बढी नोक्सानी गुप्ताको घरमा भएको प्रहरीले जनाएको छ। इटहरी, धरान र इनरुवाबाट आएको बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सक्रियतमा दुई घण्टापछि आगो नियन्त्रण लिएको थियो।

दशैंमा पूजा र बलिका लागी १ करोड २२ लाख बिनियोजन

बडाwदसैँको टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । ‘पूर्वतिर फर्किएर टीका लगाउँदा राम्रो हुन्छ,’ समितिका अध्यक्ष रामचन्द्र गौतमले भने । सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ । पूजा सामग्रीसहित पुशबलिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापनको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा मठमन्दिर र शक्ति पीठका लागि १ करोड १६ लाख ५२ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको थियो । तर, यस वर्ष १ करोड २२ लाख ३५ हजार २० रुपैयाँ विनियोजन गरेको कार्यालयका प्रमुख हेमन्तराज निरौलाले जानकारी दिए । विनियोजित बजेटको ७० प्रतिशतभन्दा धेरै रकम दसैँको पूजाआजा र बलिका लागि मात्र खर्च हुने गरेको छ । सरकारले हरेक वर्ष पूजा र बलिका लागि पाँच प्रतिशतले रकम बढाउने गरेको छ । शक्तिपीठमा पूजा सामग्री सरकारले २ सय ६९ शक्तिपीठ तथा मन्दिरमा बजेट विनियोजन गरी पूजा सामग्री पठाउने गरेको छ । गोरखा दरबार, नुवाकोट दरदबार, हनुमान ढोका दरबार, पाटन दरबार, पाटन कुमारी मन्दिर, दक्षिण मन्दिर र पाँचखालको भवती मन्दिरलगायतमा पूजा सामग्रीसहित पशुबलि पठाइनेछ । नयाँ पत्रिकाबाट यस्ता पीठहरूमा चोखा राँगा, भेडा, बोका, हाँस, कुखुरा बलि दिइन्छ । बलि दिने पशु सबै सबलांग हुनुपर्ने नियम छ । बलि दिने जनावरको आँखा, कान, खुट्टा, खुरलगायत सबै अंग सकुशल हुनुपर्र्ने निरौलाले बताए । शक्तिपीठ र मन्दिरमा २ सय १६ प्रकारका पूजा सामग्री प्रयोग हुँदै आएका छन् । जसमा धुप, बत्ती, चन्दन, फूल, प्रसाद दियोबत्तीलगायत सामग्र्री प्रयोग हुन्छन् । शक्तिपीठ र मन्दिरमा पूजा सामग्री मल्लकालदेखि नै पठाउने गरिएको थियो ।

आइएमइ सेवाग्राही ठकुरीले जितिन ६ लाखको जीवन बीमा

काठमाडौं, असोज १० । आइएमइ छक्का–पञ्जा अफर सेवाग्राही मोहेदिन मिया ठकुरीले ६ लाखको जीवन बीमा जितेकी छन । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमइले ल्याएको ‘आइएमइ छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आइएमइ सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेकी हुन । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारबाट नेपालमा पैसा पठाउने ठकुरी विजेता छनोट भएकी हुन । भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने छन । गएको भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९ सय जना आइएमइ पे क्यासमार्फत् पुरस्कृत भइसकेका जनाइएको छ । अफर मंसिर ३ गतेसम्म संचालन हुने छ । आइएमइमार्फत पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमार्फत विजेता छानिन्छ ।

राजश्व विभागको असहयोगले अनुगमन प्रभावकारी भएन : आपूर्ति मन्त्री

विराटनगर, असोज १० । आपूर्ति मन्त्री शिवकुमार मण्डलले राजश्व विभागले सहयोग नगरेकोले नै बजार अनुगमन प्रभावकारी हुन नसकेको बताएका छन । आपूर्ति मन्त्री शिवकुमार मण्डलले कानून अभावमा कालोबजारी गर्नेलाई कसुर अनुसारको कारबाही गर्न नसकिएको बताएका छन । विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मण्डलले ५ वर्षमा १७ हजार पटक बजार अनुगमन भए पनि अनुगमन गर्ने निकायलाई अधिकार नभएकोले कारबाही गर्न नसकिएको अबस्था रहेको बताएका हुन । चाडपर्वको समयमा देशभर दैनिक उपभोग्य सामाग्री मिसावट हुने गरेको भएपनि स्पष्ट कानूनको अभावमा मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न नसकेकाले यो संस्कृति व्यापकरुपमा मौलाएको मन्त्री मण्डलले बताए । कानून निमार्णको मस्यौदा भइरहेको बताउदै उनले कानून निर्माण भइसकेपछि मिसावट गर्ने र कालोबजारी गर्नेले उन्मुक्ति नपाउने दावी गरे । मन्त्री मण्डलले समय समयमा बजार अनुगमन भएपनि प्रविधि, प्राविधिक र कानूनको अभावमा दोषीले उन्मुक्ति पाइरहेको बताए ।