अब जाडोमा भाँडा माझ्ने झन्झटबाट मुक्त

काठमाडौं, माघ ३ । अब भाँडा माझ्ने समस्याबाट मुक्त हुनुहोस् । भान्साघरमा खाना पकाउन जति मेहनत लाग्ने गर्छ, त्योभन्दा बढी मिहेनत लाग्दछ । यद्यपि अब घन्टौ. लगाएर भाँडा माझ्नुपर्ने छैन ।

किनभने भाँडा माझ्ने छुट्टै नयाँ प्रविधि भित्रिसकेको छ । भाँडा माझ्ने मेसिनको आविष्कार भइसकेको छ, जसबाट अब गृहिणीहरुलाई जाडोयाममा चिसो पानीमा घण्टौं लगाएर भाँडा माझ्ने झन्झटबाट अब मुक्त हुने भएको छ ।

मेसिन छैन भने पनि केही उपाय अपनाएर सजिलै भाँडा माझ्न सकिन्छ । भाँडा माझ्नुअघि सबै भाँडालाई खाली गरेर पानीमा केही समय भिजाएर राख्नुपर्छ । त्यसको केही समयमा भाँडा धोइहाल्नुपर्छ ।

धेरैबेरसम्म त्यत्तिकै राख्दा भाँडा सुकेर सफा गर्न अझ गार्‍हो हुन्छ । भाँडामा बढी चिल्लो लागेको छ भने तातोपानीले धुनुपर्छ । सबै भाँडा तातोपानीले धोए छिटो र राम्रोसँग सफा हुन्छ ।

स्क्रेच हटाउन दूध–दही राखिएका भाँडामा चिसो पानी प्रयोग गर्नुपर्छ । तातोपानीले ती भाँडा चिपचिप हुनसक्छन् । कागती घोटेर वा मिसाएर धोए भाँडा राम्रोसँग सफा हुन्छन् । भाँडा माझ्ने स्पन्जको छनोट पनि विचार पुर्‍याएर गर्नुपर्छ ।

एकतर्फ नरम र अर्कातिर खस्रो टाइपको स्पन्ज छान्नुपर्छ । भाँडा माझ्नुलाई बोरिङ कामका रूपमा लिनु हुँदैन । त्यसैले राम्रो वा सुगन्धित लिक्विड वा साबुन छान्नुपर्छ । भाँडामा पानीको दाग पनि लाग्छ जुन सार्‍है नराम्रो देखिन्छ ।

यसबाट जोगिन पानीमा अलिकति भेनेगर मिसाएर भाँडा पखाल्दा राम्रोसँग सफा हुन्छ । म्युजिक बजाएर भाँडा माझ्दा अझ रमाइलोसँग काम गर्न सकिन्छ । कतिपय अवस्थामा खाना पकाउँदा भाँडा डढेर सफा गर्न एकदम कठिन हुन्छ ।

त्यस्ता भाँडालाई सफा गर्नुअघि रातभरि बेकिङ सोडा वा नुन पानीमा भिजाएर राख्नुपर्छ । डढेका भाँडा भेनेगर वा बेकिङ सोडाले पनि सफा गर्न सकिन्छ ।

भाँडा एकदमै खराब भएका छन् भने पानी र आधा कप डिसवासर पाउडर वा बेकिङ सोडा मिसाउनुपर्छ । त्यसलाई उम्लिएपछि निकालेर एक घन्टा त्यत्तिकै छोड्नुपर्छ । सफाइका साथ भाँडालाई कीटाणुमुक्त राख्नु पनि त्यत्तिकै जरुरी हुन्छ ।

त्यसका लागि एन्टिजर्म लिक्विड क्लिनर प्रयोग गर्न सकिन्छ । सुख्खा डिटर्जेन्ट प्रयोग गर्ने हो भने त्यसलाई सुख्खा राख्ने प्रयास गर्नुपर्छ । साबुन प्रयोग गर्ने हो भने भाँडा धोएपछि साबुनमा रहेको पानी फालिदिनुपर्छ नत्र साबुन छिट्टै गल्छ ।

भाँडा माँझ्दा पन्जा लगाउनुपर्छ जसले हात तथा छालालाई सुरक्षित राख्छ । पन्जा लगाउँदा हात सुख्खा हुन र फुट्न पाउँदैन भने डिटर्जेन्टको केमिकलबाट पनि जोगिन सक्छ ।

माझ्ने क्रममा भाँडाहरू फुट्न वा टुट्न सक्छन् । त्यसैले भाँडा माझ्दा पहिले काँचका गिलासहरू त्यसपछि प्लेट, त्यसपछि बाबल र त्यसपछि मात्र कराही, पकाउने भाँडाहरू माझ्नुपर्छ । एक–एक भाँडा धुनुभन्दा ठूलो भाँडामा राखेर एकै पटक धोए पानीको बचत हुन्छ ।

अब नेपालमै मोबाइल सेट उत्पादन !

चितवन, मंसिर २९ । भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताइएको छ । उद्योग स्थापनाका लागि काठमाडौं वा चितवनमध्ये एक हुने पनि बताइएको छ । सन् २००८ बाट भारतको उत्तरप्रदेशस्थित ग्रेटरनोयडाबाट कम्पनीले लेमन मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले हाल २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ वटा मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको छ ।

सामाजिक सञ्जालको नियमित प्रयोगले मानसिक तनाव कम हुने

मेलवर्न, मङ्सिर २५। सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालैअष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो । युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक अर्कालाई सम्पर्कमा रहिरहन सहयोग गरेकाले मानसिक तनाव कम गराएको हुन सक्ने निश्कर्ष निकालिएको छ । नकारात्मक सन्देशहरु पनि लेखिने प्रत्यक्ष रुपमा वार्ता गर्न नसक्नेको लागि पनि सामाजिक सञ्जालले राम्रो गरेको जनाएको छ । “सामाजिक सञ्जालहरुमा नकारात्मक विचारहरु मात्रै आउदैनन, त्यहा आफुलाई मन परेका, रमाईलो र उत्तेजक लाग्ने सामग्रीहरु पनि छनौट गर्न पाईने भएकाले राम्रो व्यवहार निर्माणका लागि यो सहयोगी हुने देखिन्छ”, यस अध्ययनको नेतृत्व गर्नु हुने मेलवर्न युनिभर्सिटीका पेग्गी केर्नद्धारा शुक्रबार जारी बक्तव्यमा लेखिएको छ । “सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यको अन्तरसम्वन्ध बुझ्ने क्रममा सामाजिक सञ्जालहरुको प्रयोगलाई कसरी राम्रो बनाउने र यसले मानसिक स्वास्थ्यमा कसरी सहयोग गर्ला भन्ने बारेमा पनि अध्ययन गरिएको छ,” केर्नेले जानकारी दिनुभयो । मोनास युनिभर्सिटीका अनुसन्धानकर्ता एलिजावेथ सिब्रुकले सामाजिक सञ्जालको प्रयोग भविश्यमा कस्तो होला र यसले मानिसको मानसिक स्वास्थ्य र समाजमा के कस्तो प्रभाव पार्ला भन्ने बुझ्नका लागि अध्ययन गरिएको बताउनु भयो । रासस  

सुबिसुले ल्यायो नयाँ अफर

काठमाडौं, टेलिभिजन नेटवर्क र इन्टरनेट सेवा प्रदान गरिरहेको सुबिसु केबल नेटले उपभोक्ताहरुका लागि विशेष सुविधासहितको प्याकेज घोषणा गरेको छ । संस्था स्थापनाको १६ औं वार्षिकोत्सवका अवसरमा सुबिसुले “आशा गरेभन्दा बढी” प्याकेज घोषणा गरेको हो । उक्त सुविधा अफरमा ग्राहकहरुलाई इन्टरनेट र टेलिभिजन सेवामा ५० प्रतिशत भन्दा छूट दिने घोषणा गरिएको छ । यसैगरी ग्राहकहरुले क्लियर टिभी सेट टप बक्स, मोडेम, वाईफाई राउटर र जडान खर्च सित्तैमा पाउने समेत कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभी प्याकेज २,९९९ मा इन्टरनेट तथा क्लियर टिभी कम्बो प्याकेज .७,९९९ मा प्राप्त गर्न सक्ने छन् । यो योजना सिमित अबधिका लागि लागू गरिएको छ भने योजनामा सर्तहरु लागू हुने कम्पनीले जनाएको छ । सुबिसु नेपालको पहिलो कम्पनी हो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्दछ ।

मोबाइलमा नेटवर्क टिपाउन चार घण्टा हिंड्नुपर्ने

जाजरकोट,  मङ्सिर २२। यहाँको जुम्लाको सिमानासँग जोडिएको रोकायगाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चारघन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी दुई गाउँका स्थानीयवासीले देशमा जुन व्यवस्था आएपनि आफूहरुलाई छुन नसकेको बताउने गरेका छन् । रोकायगाउँ–१ र २ पर्ने यी दुई गाउँका स्थानीयवासी चारघन्टा हिँडेर रम्सिल आएर फोन गर्ने गरेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले बताए। आफूले फोन गर्न खोजेमा चारघन्टा हिँडेर फोन गर्ने, तर बाहिरबाट फोन आउने कुरा बन्द हुने गरेको उनले बताए । दिनभरि त्यहीँ बसिरहने कुरा भएन ? चार घन्टा हिँडेर पनि नायकवाडाको रतनकोटको स्काई टावरले बिहान र वेलुका काम गर्दैन, दिउँसो मात्र काम गर्ने भएकाले निकै तनाव हुुने गरेको स्थानीयवासी नीमबहादुर शाहीले बताए । जिल्लाको भगवती, दह, मोर्क लगायतका ठाउँमा टेलिफोनको निकै समस्या हुने गरेको छ । फोनको समस्याबारे सबैलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । रासस

आइफोन सेभेन पाएपछि नामै परिवर्तन

एजेन्सी । युक्रेनमा एकजना युवकले कानूनीरुपमै आफ्नो नाम आइफोन सेभेन राखेका छन् । ती क्रेजी युवाले आफ्नो हुँदाखाँदाको नाम परिवर्तन गरी नाथे आइफोन सेभेन राख्नुको अनौठो कारण छ, त्यो हो सित्तैमा आइफोन सेभेन पाएकोले । एपीका अनुसार २० वर्षे अलेक्जेन्डर टुरिनले आफ्नो नाम आइफोन सिम राखेका छन् । युक्रेनी भाषामा त्यसको अर्थ आइफोन सेभेन भन्ने हुन्छ । आइफोन सेभेन प्रमोशनका लागि पछिल्लो समयमा घोषित नीतिको फाइदा उठाउन उनले यसो गरेका हुन् । जसअनुसार आफ्नो नाम परिवर्तन गरी आइफोन सेभेन राख्ने पहिलो ५ जनालाई उक्त फोन निःशुल्क दिइने उल्लेख छ । स्मरण रहोस्, आइफोन सेभेनको मूल्य युक्रेनमा झण्डै साढे ८ सय डलर अर्थात झण्डै ९० हजार पर्छ । तर, कानूनी रुपमा नाम परिवर्तन गर्न केवल २ डलर शुल्क तिरे पुग्दछ । ती युवकले आफ्नो नाम परिवर्तन गरेर आइफोन सेभेन राख्ने हठात् निर्णयबाट उनका साथीभाई तथा परिवार सुरुमा त स्तब्ध भए तर अहिले भने उनलाई सहयोग गरिरहेका छन् ।