अधिकृतदेखि सहायकसम्मको जागिर खुल्यो

 काठमाडौं, पुस २६ । बैङ्कमा जागिर खाने सोचमा हुनुहुन्छ भने तपाईका लागि राम्रो अवसर आएको छ । साना किसान विकास बैंकमा अधिकृत देखि सहायक श्रेणीसम्मको ११ पदमा आवेदन खुलेको छ । तह ६ देखि तह चार सम्मका लागि आवेदन खुलेको हो । काठमाडौं, बुटवल, पोखरा, नेपालगञ्ज, जनकपुर हेटौडा । विर्तामोडका लागि ११ पदमा आवेदन खुलाएको बैङ्कले जनाएको छ ।
अधिकृत ६ तहका लागि वाणिज्यशास्त्र व्यवस्थापन वा अर्थशास्त्र विषय लिएर मास्टर्स(स्नातकोत्तर) पास गरेकोले आवेदन दिन सक्ने बैङ्कले जानकारी दिएको छ । त्यस्तै तीन वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्ने बताइएको छ । कम्प्युटर सम्बन्धि आधाभूत तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ ।
त्यस्तै चौथो तहमा आवेदन दिन वाणिज्यशास्त्र वा अर्थशास्त्र विषयमा विए पास गरेको हुनुपर्ने एक वर्षको अनुभव भएको र कम्प्युटरको तालिम लिएकाले आवेदन दिनसक्ने बैङ्कले जनाएको छ ।

इच्छुक व्यक्तिले बैंकको कार्यालयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
पढ्नुस् सूचना

vacancy

कक्षा १० को अन्तीम परीक्षा तालिका सार्वजनिक

काठमाँडौ, मंसिर २४ परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले यस वर्षको कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक गरेको छ । कार्यालयका अनुसार आगामी चैत्र ३ गते पहिलो दिन अंग्रजी, ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितिय विषयका लागि परीक्षा हुने छ । प्राविधिक धारका विद्यार्थीको परीक्षा भने १४ गते सकिनेछ । परीक्षामा ६ लाख भन्दा बढी विद्यार्थी सामेल हुने छन ।