सुनचाँदीको मूल्यमा स्थिर

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर नै रहेको छ ।

आइतबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि यही मूल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर नै रहेको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने आज सोमबार यही ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ।

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, मंसिर २६ । नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५४ हजार १ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुन तोलाको ५३ हजार ८ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन ५४ हजार ३ सय र तेजावी सुन ५४ हजारमा विक्री भएको थियो ।

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, मंसिर २१ । सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । बिहीबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सुनचाँदीको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

सुनको भाउ फेरि बढ्यो

काठमाडौं, कात्तिक २१ । आज मंगलबार बजारमा फेरि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुन तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

ह्वात्तै बढ्यो सुनचाँदी भाउ

काठमाडौं, कात्तिक १२ । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । आइतबार सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँ र चाँदी ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । उज्यालो अनलाइनबाट

एकैदिन सुनको भाउ तोलामा ६ सय मूल्य बढ्याे

काठमाडौं, भदौ २३ । नेपाली बजारमा हिजो सुनको भाउ एकैदिन तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको भाउ पनि आज ५७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ५७ हजार २ सय र तेजावी ५६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ छ ।

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, साउन ६ – सुनचाँदीको भाउ शुक्रबार बढेको छ । सुनको भाउ तोलामा ३ सयले वृद्धि भई तोलाको ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । हप्ताको सुरुदेखि नै उकालो लागेको सुनको भाउ समग्रमा यो हप्ता तोलामा ५ सय रुपैयाँ बढेको छ । पहिलो दिन आइतबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार स्थिर रह्यो । मंगलबार तोलामा २ सय रुपैयाँ बढेर ५३ हजार ७ सय रुपैयाँ पुगेको भाउ बुधबार एक सय रुपैयाँ बढेर ५३ हजार ८ सयमा कारोबार भयो । बिहीबार एक सय रुपैयाँ घटेर ५३ हजार ७ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । आइतबार तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ यो हप्ता समग्रमा तोलामा १५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनको भाउ घट्यो

वैशाख १९ । केही दिन यता सुनचाँदीको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएकाले नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले सस्तिएर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलामा ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । विवाहको लगन भएकाले सुनचाँदीको कारोबार बढ्न थालेको पनि महासंघले जनाएको छ । अहिले दैनिक २५ किलोको हाराहारीमा सुनको माग रहेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौं, चैत ३ । सुनको भाउ हवात्तै बढेको छ । सुन बिहीबार तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको भाउ तोलाको ५३ हजार २ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आएकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार तोलामा ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य पुनः ओरालो लाग्यो

काठमाडौं, चैत २ । मंगलबार सुनको मूल्य पुनः ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ४ डलर हाराहारीमा कारोबार भएको थियो ।

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, फागुन १५ । आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ सय तथा चाँदीको भाउ ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन आइतबार तोलाको ५६ हजार ३ सय तथा चाँदी ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार सुनको भाउ तोलाको ५६ हजार तथा चाँदीको भाउ ८ सय ३० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ ।

घट्यो सुनको भाउ

काठमाडौं, फागुन ८ । सुनको भाउ आइतबार घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने आइतबार स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ बढ्यो, तर बजारमा अभाव

काठमाडौं, फागुन ६ । सुनको मूल्य शुक्रबार बढेको छ । आइतबार तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५५ हजार ८ सय पुगेको छ । शुक्रबारको भाउ बिहीबारको भन्दा २ सय रुपैयाँले बढी हो । बिहीबार सुनको भाउ तोलामा ५५ हजार ६ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएकाले भाउ अझै केही बढ्न सक्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले विवाहको लगन भएकाले सुनको माग बढ्न थालेको बताएको छ । तर बजारमा माग अनुसारको सुनको आपूर्ति नहुँदा कारोबार भने प्रभावित भएको महासंघले जानकारी दियो । माघ महिनाको बिचतिर दैनिक ५० किलो भन्दा धेरै माग भएको सुन अहिले ३५ किलोको हाराहारीमा झरेको छ । बजारमा सुन नपाईंदा महंगोमा खरिद गरी बिक्रि गर्नुपर्ने बाध्यता हुँदा कालोबजारी बढेको उनीहरुको भनाई छ । यसरी किनेको सुन ग्राहकलाई मंहगो पर्ने हुँदा कारोबार सन्तोषजनक नभएको हो । शुक्रबार चाँदीको भाउमा भने कुनै घडबढ भएको छैन । बिहीबार जस्तै चाँदी शुक्रबार तोलाको ८२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार सुनको मूल्यमा कमी

काठमाडौं, फागुन ४ । बुधबार पनि सुनको मूल्यमा सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले सस्तिएर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य मंगलबार पनि तोलामा १ सय रुपैयाँले नै घटेर तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने यसदिन पनि तोलाको ८ सय २० रुपैयाँमै स्थीर रह्यो । अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔन्स १२ सय २७ डलर हाराहारीमा कारोबार भएको थियो ।

फेरि घट्यो सुनचाँदीको भाउ

काठमाडौं, माघ २१ । सुनचाँदीको भाउ शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा सुन तोलामा एक सय र चाँदी १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार फाइन गोल्ड तोलाको ५५ हजार १ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । हप्ताको पहिलो दिन आइतबार फाइन गोल्ड तोलाको ५४ हजार ८ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ५ सय रुपैयाँ थियो । यस्तै बिहीबार स्थिर रहेको चाँदीको भाउ शुक्रबार १० रुपैयाँले घटेर तोलाको ८ सय रुपैयाँमा झरेको छ । समग्रमा यो हप्ता चाँदीको भाउ कुनै घटबढ भएन ।

पन्ध्र सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, माघ १४ । विवाहको लगनकै बेला सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार फाइन गोल्ड तोलाको ५४ हजार ६ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ३ सय रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ । बिहीबार फाइन गोल्ड तोलाको ५५ हजार रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको हो । हप्ताको पहिलो दिन आइतबार फाइन गोल्ड तोलाको ५५ हजार ४ सय रुपैयाँमा रस्ट्याण्डर्ड गोल्ड ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आइतबार तोलाको ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार तोलाको ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।