सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

सुनको मूल्य लगातार वृद्धि,कति बढ्यो त यो साता

  काठमाण्डौं । कारोबारको अन्तिम दिन आज पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस साता शुरूवाती दिनदेखि नै बजारमा सुनको मूल्य बढेको थियो । आइतवार ९२ हजार ५ सय रुपैयाँ प्रति तोलाका दरले किनबेच भएको छापावाल शुक्रवारसम्ममा १ हजार ५ सय रुपैयाँसम्म बढेको छ । सोमवार ९२ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन मंगलवार प्रतितोला ९३ हजार १ सय रुपैयाँ, बुधवार प्रति तोला ९३ हजार ४ सय रुपैयाँ र बिहीवार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यस हप्ता चाँदीको मूल्य केही वृद्धि भएपनि लगातार ३ दिनसम्म भने स्थिर रहेको छ । आइतवार १ हजार २ सय ५० रुपैयाँ प्रति तोलामा किनबेच भएको चाँदी शुक्रवारसम्ममा ३० रुपैयाँले बढेको छ । चाँदी सोमवार १ हजार २ सय ५५ रुपैयाँ प्रति तोला र मंगलवार १ हजार २ सय ६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधवार, बिहीवार र शुक्रवार (आज)भने चाँदी एउटै मूल्यमा कारोबार भइरहेको छ । यस दिन चाँदी १ हजार २ सय ८० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन कतिमा हुँदैछ किनबेच

काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ बिक्रि वितरण भैराखेको छ । तर, चाँदीको भाउ भने स्थिर रहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । भने , तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३०० रुपैयाँ कायम भएको थियो ।

सुनकाे मूल्य प्रतिताेला ५०० ले बढ्याे

सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

फेरी बढ्यो सूनचाँदीको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ०२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य आइतबार प्रतितोला रु. ९१ हजार ९ सय तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज पनि उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहिबार बढ्यो सुनको मूल्य

पाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९४ हजार १ सय रूपैयाँमा कोरोबार भएको सुन मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । सोमबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार प्रतितोला ८ सयले बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १२०० पुगेको छ जुन हिजो प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको थियो ।  

घट्यो सुनको मूल्य

काठमाडौंः सोमबार बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार सुन तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

घट्यो सुनको मूल्य

काठमाडौंः आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । शुक्रबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज २५ रुपैयाँ घट्दै १३ सय ४५ पुगेको छ ।

तिजको अघिल्लो दिन ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौंः बिहीबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन प्रतितोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार र बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४ सयरुपैयाँ पुगेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँ रहेको थियो । शुक्रबार हरितालिका तीज हो । हरितालिका तीजको अघिल्लो दिन सुनको मूल्य घटेको हो ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो । अहिलेसम्म नेपालमा सुनको मूल्य सबैभन्दा बढी ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । सो मूल्यमा ३१ असारमा कारोबार भएको थियो । शुक्रबार ९२ सय २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्यमा पनि बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ तोकिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ९ सय ९५ रुपैयाँ तोकिएको थियो ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौंः बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ । जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो ।

सुनको मूल्य २०११ यताकै उच्च

एजेन्सीः न्यूयोक–वाल स्ट्रिटमा यो अनौठो समय भएको छ । सम्भावित आर्थिक सुधारको आशाबीच धितोपत्र बजार उकालो लागिरहेको छ । लगानीकर्ताहरु अझै पनि अमेरिकामा कोभिड–१९ फैलन सक्नेप्रति नर्भसको अवस्थामा छन् । यसैबीच सुनको मूल्य २०११ को सेप्टेम्बरदेखिकै उच्च विन्दुमा पुगेको छ । यो १९०० भन्दा बढीमा पुग्ने देखिएको छ । २०२० को हालसम्मको अवस्थामा सुनको मूल्य झन्डै १९ प्रतिशतले वृद्धि भएको छ । २००८ मा लेहम्यान ब्रदर्स टाट पल्टिएपछिको अवस्थामा केही कमी आएपछि सुनको मूल्यमा केही वृद्धि भएको थियो । त्यसपछि सुनको मूल्य २०११ मा सबै समयको उच्च भएको थियो । स्ट्यान्डर्ड एन्ड पुअरले अमेरिकाको क्रेडिट रेटिङ घटाएपछिको अवस्थामा सुनको मूल्य बढेको हो ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौः सुनको मूल्य मंगलबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९० हजार २ सयमा कारोबार भएकोमा मंगलबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्यमा पनि सात सय रुपैयाँले बढेर ९० हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।