खोटाङमा आगलागी पाँच करोड क्षति

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीबजारमा मंगलबार राति भएको आगलागीमा पाँच करोड ११ लाख १५ हजार रुपैयाँको भौतिक क्षति भएको बताइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ स्थित हलेसीबजारका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले १३ घरमा जलेर क्षति उक्त रकम बराबरको धनमाल जलेर नष्ट भएको हो ।

महादेव गुफाको दक्षिणी क्षेत्रमा साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले मगम राईको दुईवटा घर जल्दा रु ८० लाख, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर जल्दा रु एक÷एक करोड, जगदीश दासको होलसेल पसल जल्दा रु एक करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

प्रनाउ थापाका अनुसार आगलागीमा आंशिक रुपमा घर क्षति भएको प्रकाशचन्द्र गिरीको रु १५ लाख, रेगिन्द्र राईको रु एक लाख, गोविन्द राईको रु पाँच लाख, सरनसरी राईको रु पाँच लाख, सरनकुमार राईको रु एक लाख ५० हजार, महानन्द राईको रु एक लाख, कृष्ण राईको रु दुई लाख ५० हजार र कम्पराज राईको रु १५ हजार क्षति भएको हो ।

आगलागीबाट पूर्णरुपमा घर क्षति भएका पाँच पीडित परिवार अहिले आफन्त तथा सुरक्षाकर्मीले बनाई दिएको कटेरामा बसिरहेका छन् । चिसो मौसम भएकाले सुरक्षाकर्मीले बनाई दिएको कटेरामा बस्न समस्या भएको पीडित परिवारले बताएका छन् ।

आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । साँझको समयमा अचानक सल्किएको आगो इलाका प्रहरी कार्यालय हलेसी र स्थानीयवासीले करिब साँढे तीन घण्टापछि नियन्त्रणमा लिएका थिए ।

आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको थियो । नगरपालिकामा दमकल नहुनु र पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएकाले धेरै क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताउनुभयो ।

अग्निपीडितलाई बुधबार घटनास्थलमै पुगेर विभिन्न संघसंस्थाले राहत उपलब्ध गराएका छन् ।

सामसङले घोषणा: “उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग”

काठमाडौं, असोज १० ।  सामसङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो चरणको उत्सवको उमंग योजना अन्तर्गत हरेक दिन एक जना भाग्यशाली विजेताको छनौट गर्दै आएको छ । “उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग” योजना १ सेप्टेम्बर २०१७ देखि लागू भई सेप्टेम्बर १८ तारिखमा समाप्त हुने छ । सामसङ इलेक्ट्रोन्किसले हालसम्म १९ जना विजेताको छनौट गरिसकेको छ । विजेताहरुलाई बधाई ज्ञापन गर्दै सहभागीहरुलाई धन्यवाद समेत प्रदान गर्दै आएको छ । यस योजनामा अवधिभर अर्थात् योजना समाप्त हुँदा ३५ भाग्यशाली विजेताको छनौट गरिनेछ र वहाँहरुले सामसङ होम अप्लाइन्सका एक सेट समान आफ्ना घर लैजानुहुने छ । यस योजनामा सहभागी हुन ग्राहकले खरिद गर्नुभएको नयाँ सामसङ द्धन् स्मार्टफोनमा भएको ११ डिजिटको सिरियल नम्बरलाई ३७७२२ मा एस एम एस पठाई दर्ता गर्नु पर्दछ । एस एम पठाउँदा मोबाइलको मेसेजमा गई क्ब्ःक्ग्ल्न् टाइप गरी स्पेस दिई नयाँ द्धन् मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ । एस एम एस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एस एम एस बाटै ग्राहकलाई दिइने छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज ाबअभदययप।अयmरकबmकगलनःयदष्भिल्ए मा भाद्र २१ गते देखि वेलुकाको ठीक ५ बजे प्रत्यक्ष प्रसारण गरी देखाइने छ । लक्की ड्रको अतिरिक्त १००० वा १०० को पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुने छ ।  

दसैंका सामान केरुङ नाकामा अलपत्र

काठमाडौं, भदौ ३१ । रसुवागढी नाकामा दसैंका लागि झिकाइएका व्यापारिक सामान अलपत्र परेका छन् । चिनियाँ अधिकारीहरुले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो । राजधानी लगायत मुलुकका अधिकांश बजारमा दसैंमा चिनियाँ तयारी पोशाकको बिक्री हुने गरेको छ । व्यवसायीका अनुसार हाल जाँचमा कडाइ गरेपछि दैनिक ३० देखि ४० कन्टेनरमात्र नेपाल भित्रने गरेका छन् । यसबाट सामान आयातमा प्रत्यक्ष प्रभाव परेको छ । सीमाबाट आवतजावत गर्ने प्रत्येक कन्टेनरलाई केरुङ प्रहरी, भन्सार र क्वारेन्टाइनले १० देखि १५ मिनेट लगाएर जाँच गर्दै आएका छन् । पटकपटक यस नाकाबाट भित्रिएको सुन बरामद हुँदै आएको छ । दुई सातामै क्रमशः १५ र ८८ किलो सुन बरामद भएको थियो । कान्तिपुर दैनिकबाट

प्राधिकरणका पूर्व महाप्रबन्धकविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, भदौ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, उत्पादन सञ्चालन तथा संभार विभागका पूर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार रुपैयाँ बिगो दावीसहित सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । श्रेष्ठले विद्युत प्राधिकरणको महाप्रवन्धक पदमा रहँदा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम आयोगले बिगो अनुसारको जरिवाना र कैद सजायसहित मुद्दा दायर गरेको हो । श्रेष्ठ २०३६ साल चैत ५ गते नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेण्ट ईन्जिनियर पदमा नियक्त भएका थिए ।

खाना पकाउने ग्याँसको मूल्य फेरि घट्यो

काठमाडौं, साउन १७ । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । मंगलबार रातिबाट लागु हुने गरी निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । बुधबारबाट उपभोक्ताले खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १३ सयमा किन्न पाउनेछन  । भने पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

संसदबाट आर्थिक वर्ष २०७४/०७५ को पूर्ण बजेट पारित

काठमाडौं, असार २९ । व्यवस्थापिका संसदले बिहीबार आगामी आर्थिक वर्ष २०७४/०७५ को पूर्ण बजेट पारित गरेको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार गए जेठ १५ गते नै आर्थिक वर्ष २०७४/०७५ को बजेट संसदमा प्रस्तुत गरेपनि स्थानीय तह निर्वाचन र एमालेसहितका प्रतिपक्ष दलको अवरोधका कारण बजेट आश्रित विधेयकमाथि ढिला गरी छलफल सुरु भएको थियो । संसदको आजको बैठकले सामान्य छलफलपछि आर्थिक विधेयक २०७४ र राष्ट्र ऋण उठाउने विधेयक २०७४ बहुमतले पारित गरेको थियो । विनियोजन विधेयक भने संसदले यसअघि नै पारित गरिसकेको थियो । छलफलका क्रममा सांसदहरुले बजेट विनियोजनका क्रममा आफ्नालाई प्राथमिकता दिएको, प्राथमिकताको क्षेत्र पहिचान हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । बजेट आश्रित तीनै वटा विधेयक संसदले बुहमतले पारित गरेसँगै पूर्ण बजेट पारित भएको हो । बजेट पारित भएसँगै नयाँ आर्थिक वर्षमा नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहमा काम गर्न सहज हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा सम्बोधन गर्दै साउन एक गतेदेखि नै बजेटको अख्तियारी स्थानीय तहलाई दिने यसअघि नै बताएका थिए ।

पारिश्रमिक नपाएपछि डिभिजन सडक कार्यालयमा तालाबन्दी

दोलखा, असार ९ । मजदुरले निर्माण व्यवसायीलाई घेराबन्दी गरेपछि निर्माण व्यवसायीले सदरमुकाम चरिकोटमा रहेको डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले रकम नदिएपछि निर्माणमा संलग्न मजदुरले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । मजदुरले निर्माण व्यवसायीलाई दबाब दिएपछि निर्माण व्यवसायीले सडक कार्यालयमा तालाबन्दी गरेका हुन् । काम सम्पन्न गरेको महिनौँ बितिसक्दासमेत डिभिजन सडक कार्यालयले रकम नदिएपछि मजदुरबाट आफूहरु घेराबन्दी परेका निर्माण व्यवसायी सङ्घ दोलखाका सचिव राजेश थापाले बताए । उनले सडक कार्यालयका प्रमुख इन्जिनियर अशोक तिवारीले कुनै वास्ता नगर्दा समस्या उत्पन्न भएको बताए । डिभिजन सडक कार्यालयका प्रमुख तिवारी विभागबाट रकम नआएका कारण समस्या आएको बताए । विभागले अर्थमन्त्रालयले रकम निकासा नगरेकाले रकम पठाउन असमर्थ रहेको जनाउँदै आएको तिवारीको भनाइ छ । जिल्लामा रु ६० करोड बराबरको निर्मण कार्य सम्पन्न भए पनि निर्माण व्यवसायीले भुक्तानी पाउन सकेका छैनन् ।