इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौं । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, त्यहाँ राजेशपायल राई’ भन्दा फरक नपर्ला । 
‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल राई नपुगेको र सांगीतिक कार्यक्रम नगरेको देश सायदै होला । नेपालीहरु विश्वको कुना–कुनासम्म पुगेका छन्, जहाँ–जहाँ राजेशपायलले कार्यक्रम गरिसकेका छन् । 

यसैक्रममा नेपाली सांगीतिक क्षेत्रका यी ‘मेगास्टार’  अप्रिल अर्थात शुक्रबार इराकमा प्रस्तुत हुँदैछन् । हङकङ, मकाउ हुँदै इराक पुगेका राजेशपायलले भने, ‘संसारका अधिकांश देशमा सांगीतिक कार्यक्रम गरिसकेको छु । तर, इराकमा पहिलोपटक प्रस्तुत हुन लागेको हुँ ।’ इराकको विमानस्थल टेक्दा राजेशपायललाई त्यहाँ रहेका नेपालीले भव्य स्वागत गरेका थिए ।
गायक राजेशपायलले इराकको कुर्दिस्तानमा कार्यक्रम गर्न लागेका हुन् । जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेका थियो ।
१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरुकै अनुरोधमा सांगीतिक प्रस्तुती दिन राजेशपायल त्यहाँ पुगेका हुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए । 

राजेशपायल आफ्ना नयाँ तथा पुराना गीतबाट सदावहार चर्चामा रहँदै आएका छन् । उनका फ्यान तथा शुभचिन्तक संसारभर छन् । उनी कन्सर्ट सर्वाधिक रुचाइने नेपाली कलाकार पनि हुन् । त्यसैले पनि उनी बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त हुँदै आएका छन् । 

राजेशपायलले भने, ‘अमेरिकामा १७औँ पटक कार्यक्रम गरिसकेँ, तर इराकमा पहिलोपटक गर्दैछ, यो मेरो लागि पक्कै स्मरणीय हुनेछ र दर्शकलाई पनि अविस्मरणीय तुल्याउने प्रयास गर्नेछु ।’ 

सेन्सर बोर्डको नाम प्रमाणिकरण बोर्ड राख्न प्रस्ताव

हेटौडा ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ । दोस्रो दिनको सेसनमा ‘फिल्म सेन्सर कि ग्रेडिङ ?’ विषयमा अन्तरसवांद सम्पन्न भयो । पत्रकार सञ्जोग बस्यालले सहजीकरण गरेको अन्तरसंवादमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, फिल्म निर्देशक मनोज पण्डित, सेन्सर बोर्डका सदस्य निश्चल बस्नेत र चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी वक्ता थिए । बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहने बताए । ‘सेन्सर बोर्डलाई या त बोडकै अधिनमा ल्याउनु पर्यो, या त संसर बोर्डलाई सूचना तथा सञ्चार मन्त्रालयभन्दा बाहिर निकाल्नुपर्यो’, उनले भने, ‘सेन्सर बोर्डलाई प्रमाणिकरण बोर्ड नाम राखौं । अनि ग्रेडिङको पनि काम गरौं ।’ फिल्म निर्देशक मनोज पण्डितले राज्यको दायित्व जनता र दर्शकसँग हुनुपर्ने बताए । ‘राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, लठ्ठी बोकेर थर्काउने होइन,’ सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उनले भने, ‘यो विधि प्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।’ बोर्डका सदस्य रवि अधिकारीले विकास बोर्डले सेन्सरका लागि सिफारिस दिने गरे पनि सेन्सर पछि त्यसको गाली बोर्डले खाने गरेको स्मरण गरे । उनले सेन्सर बोर्डका सदस्यलाई तीनदेखि पाँच वर्षसम्म तालिम लिएर योग्य बनाई बोर्डमा नियुक्ति दिनुपर्ने बताए । सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले २०२६ सालमा बनेको ऐनमा टेकेर चलचित्र हिडिँ रहेकाले त्यसैमा रहेर नयाँ बुँदा थपिएको भन्दै सेन्सर बोर्डको बचाउ गरे । उनले अहिलेको अवस्थामा  बनाइएका बुँदालाई परिवर्तन गर्न नसकिने बताए ।

रमाइलो चुट्किलाः कमिला र हात्तीबीच रमाइलो गफ

एकदिन कमिला स्कुटर चढेर भट्टीमा खान जाँदै थियो रे एउटा हात्तीले लिफ्ट मागे छ । अनि हुन्छ भनेर चढाएछ । एक छिनपछि अर्को हात्तीले पनि लिफ्ट मागे छ तर रोकेन, अनि हात्तीले किन नदिएको लिफ्टभन्दा त्यति पनि थाहा छैन ? ट्राफिक नियम एउटा स्कुटरमा ३ जना चढन पाईन्छ मुर्ख ?

रमाइलो चुट्किलाः शेरेको मोबाइलमा यस्तो म्यासेज…‍.

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । एकदिन उसले म्यासेजमा आई लभ यु लेखेर पठाउने निर्णय गरेछ । उसले राती आई लभ यु लेखेर केटीको नम्बरमा म्यासेज पठाएछ । केही समयपछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलिपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएरमात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ । रातभरि केटीकै सपना देखेछ । बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रहेछ…. +9771414 Your Message Not delivered. Account balance: 0.17 Rupees. Please recharge in time. Thank you

चुट्किलाः प्रेमी र प्रेमिकाबीचको रमाइलो गफ

प्रेमिकाः के तिमी मलाई साँच्चिकै माया गर्छौ ? प्रेमीः हो भनेको, मैले हिजै आफ्ना प्रेमिकाहरूको लिस्ट हेरेर कन्फर्म गरेको । राम र श्यामसँग कुरा गर्दै थिएँः श्यामः मेरी प्रेमिका मलाई यति धेरै माया गर्छे तर आजसम्म ऊ मँसग बोलेकी छैन । श्यामः (अचम्म पर्दै) हँ, किन नबोलेको ? रामः मेरी प्रेमिका बहिरा छ क्या ! प्रेमीः बिहान खोइ कसको अनुहार देखिएछ, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन । प्रेमिकाः मैले भनेको मान्दैनौ, त्यो तिम्रो बेडरुममा भएको ऐना हटाइदेऊ, नत्र सधैं त्यस्तै होला । एजेन्सीको सहयोगबाट

मुक्तकः आलोच नै आलोचना गर्नेलाई के भन्ने खै !

आलोच नै आलोचना गर्नेलाई के भन्ने खै । खुट्टामात्रै तान्न लागी पर्नेलाई के भन्ने खै ।। अस्वस्थ त्यो फोहोरको डङ्गुर भित्र बसेरनी । असल पनि खराव भनी मर्नेलाई के भन्ने खै ।। बेकामे त्यो बाठो भन्दा काम गर्ने लाटो बन । हिरा भन्दा बहुमुल्य शिरमा लाउने माटो बन ।। भुत भविष्य नियालेर बर्तमानमा असल बन्दै । सन्ततिले पढ्ने राम्रो ईतिहासको पाटो बन ।। शान्ति अधिकारी बाङ्गाटिङ्गा भाग्य रेखा सिधा पार्न सकिएन । झटारोले आकाशको फल झार्न सकिएन । हाँसो खुशी सु ख भन्ने धनीलाई मात्र रै छ । भन्ने ठानी गरिबको आत्मा मार्न सकिएन ।। खतरा भो भन्दै जेल सार्ने होलान् पक्कै । ठुला बडा पर्ने डरले मार्ने होलान् पक्कै ।। न्यायको के आसा गर्ने सबै बिक्रीमा छन् । सत्यतथ्य लुकाई कुरा टार्ने होलान् पक्कै ।। तिम्ले एक पाईला सारे मैले दुई पाईला सार्छु । बिश्वासले हात समाउ निर्धक्क भै सागर तार्छु ।। दुनियाँको कुरै छाडौँ कस्ले कस्लाई के गर्छ र । यिनै पाखुरीको भरले झुपडी नि स्वर्ग पार्छु ।। छ मुहार उज्यालो मन तिम्रो कालो । हुन खोज्छौअघि मिची सबको पालो ।। घमण्डको ज्वाला भित्र हुर्क्यो छुद्र बानी । कति ढाक्छौ ईज्जत लगाई सानो टालो ।। मर्न बरु सजिलो छ बाँच्न धेरै गाह्रो । मनमा पीडा लुकाएर हाँस्न धेरै गाह्रो ।। सिन्को सम्म नभाच्नेले तारा झार्छु भन्दा। अनुमानमै जिन्दगी यो दाँज्न धेरै गाह्रो ।। बिरोधकै लागी बिरोध गर्ने बानी त्यागौ। शब्द सापट मागी बिरोध गर्ने बानी त्यागौ।। काम गर्नेलाई हजार बाधा कामै नगर्नेले । निन्द्रा बाट जागी बिरोध गर्ने बानी त्यागौ ।। शान्ति अधिकारी एजेन्सीको सहयोगबाट

नगरकोटीको ‘दोचा’ सार्वजनिक

काठमाडौं, भदौं १७ । चर्चित साहित्यकार कुमार नगरकोटीको संस्मरणात्मक पुस्तक दोचा सार्वजनिक भएको छ। शनिबार नयाँ बानेश्वरस्थित अल इन वान मार्टमा नगरकोटीका बाल्यकालका साथी अक्षय अधिकारी र उनलाई लेखनमा सहयोग गरेका रवी मल्लले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे। पुस्तकबारे टिप्पणी गर्दै धिकारीले ुदोचाु नगरकोटीको नोस्टाल्जिया (पूर्व स्मृति) रहेको बताए। त्यस्तै मल्लले नगरकोटीको लेखनको सुरुवाती चरणमा उनका लेख छाप्नु पर्ने लागेर मासिक पत्रिका समकालिन साहित्यमा लगेर गएको स्मरण गरे । बुक हिलका प्रकाशक भुपेन्द्र खड्काले नगरकोटीको संस्मरण उनका कर्म र कुकर्मको संस्मरण रहेको बताए। बुक हिलले प्रकाशन गरेको २६६ पृष्ठको दोचाको मूल्य ५ सय रुपैयाँ रहेको छ।

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे, रातो डोली सजाएर लिन आँउछ अरे

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे रातो डोली सजाएर लिन आँउछ अरे ‘अरे’ अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक अनि प्रेमील भाकाहरुलाई भाका हाल्दै अनि कम्मर मर्काउँदै आज धेरै चेलीहरु गोलबद्ध भएर उत्रिएका छन्, अा-अाफ्ना रंगमञ्चमा । पती अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौं । पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ । तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् । हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । अब थोरै कुरा गरौं तीजका गीतहरुको, परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन भनें कृपया नदिनुहोला । रत्यौलीका गीत र शब्दहरु अनि तीजका भाकाहरु अवश्य फरक छन् तथापि सस्तो लोकप्रियताकालागि रत्यौलीका शब्दहरुमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दै तथाकथित मसला हालेर तीजकालागि तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन ? सोचनीय छ । चाहे लाउडस्पीकरमा घन्किने गीत हुन या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ, त्यो माैलिक होस्, नेपाली माटोको सुगन्धदिने खालको होस् । रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहाैलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ । समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् । विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले आजको दिन विभिन्न ठाउँहरूमा अनेक कार्यक्रमहरू गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्ने गर्दछन् । रातो रङ्ग र हर्षको प्रवाह आज नेपाली सञ्चार माध्यमहरुले पनि गर्नेछन । पत्रिकाहरु पनि तीज विशेष रौनकयूक्त तस्बिर र शब्द सामाग्रीले भरिएको हुनेछन । सनातन हिन्दू महिला लगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गीएको छ । ‘तीज’लार्इ महिलाहरुको चाड भनेर निकै लेप लगाइएपनि पुरुष र महिलाहरु दुवैकालागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरुले जसरी आफ्नो श्रीमान र भविष्यमा हुने श्रीमानकोलागि व्रत बस्ने तीजजस्तो चाडको अवसर प्रदान गरिएको छ तर पुरुषहरुकालागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । तथापि पुरुषहरुले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरुप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्दछन । अाजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो । ‘तीज’ शब्द नामारकण कसरी भयो भन्ने कुरामा हामीले थारै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलार्इ यहाँहरूमाझ राख्दैछाैं । तीज बर्षायाममा निस्कने एकप्रकारको किरा भएको र बर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै बर्षे किरासंग समबन्धित भएको पनि पायौं । अर्कोतर्फ तीहार, त्योहार भन्नाले उत्कर्षको चाडका रुपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरुपमा आएको कुराहरु पनि पायौं । बास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनेर गरेको १०८ बर्षको तपस्याको याद दिलाउने गर्दछ । अहिले आएर वरवधुले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरु तुहीएर जाने हामीसबैलाई थाहा छ । माता पार्वतीको असिम कृपाले प्रेम अनि प्रेमीहरुको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् । तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलार्इ झनै शक्तिकासाथ अघि बढाउन सकोस्, सबैको जय होस । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् । अनि पुरुष मीत्रलाई सानो प्रश्न जाँदाजाँदै, आफ्नो लागि व्रत बस्ने धर्मपत्नी या प्रेमीकालाई के उपहार दिने सोच्नुभएके छ ? कसैले आफ्नोलागि व्रत बस्ने चाल पाउनुभएको छ भने साँझमा एक कल फोन या भेट गर्नाले व्रत र प्रेम दुबैको सम्मान हुनेछ है । ( हाम्रो पात्रोबाट साभार)

प्रेम, एक सपना र ऊ

आज पनि त्यही टुँडीखेल छेउको लिस्नो क्याफेमा मलाई नै कुरेर बसिरहेकी थिई उ, हुन त उसको र मेरो फेसबुके चिनजान भए पनि व्यवहारमा हामी वर्षौंका साथी जस्ता, भेटघाटको इतिहास पनि खासै लामो थिएन, दुई हप्ता अघि ईलाम अस्पतालमा अप्टोमेट्रिष्टको रुपमा उसको नियुक्ति भएर ऊ यहाँ आए पछि, तेस्रो भेट थियो यो । म हतार हतार उसको नजिक पुगेँ । उसको अघि टेबलमा कफि रित्याइसकेका दुई वटा खाली कप थिए । मलाई लाग्यो धेरै समय पर्खाएँछु । म के बोलुँ सुझिरहेको थिएन । “कति बेला आयौ आज अलि बढी नै कुराएँ है तिमीलाई” मैले सोधेँ । “उम” उसले मुसुक्क हाँस्दै भनी । “धन्न डक्टरहरू रिसाउन जान्दैनन् र मात्र नभए त मलाई गाह्रो हुने थ्यो” मैलै हाँस्दै भने । “अँ हो नी, गफाडी” उसले भनी । म मक्ख पर्थेँ उसले गफाडी भन्दा । एक छिन सन्नाटा छायो हामी बीच, गफ गर्न आए त भैहाल्थ्यो नि अब के कुरा गरुम सोच्दै थिएँ । “ओई ! कहाँ हराको ?” “हँ” सोचमग्न मलाई ब्यूँझाई उसले । “हराको हैन हौ, के बोल्ने भनेर सोचेको नि” मैले भने । “तिमी त कस्तो के च्याटमा चाहिँ मज्जाले गफ लाउने बाहिर भेट्दा चाहिँ नबोल्ने भर्चुअल गफाडी” उसले हाँस्दै भनी । म लाजले भुतुक्क भएँ, मेरो सबभन्दा कमजोरी यही नै हो कसैलाई भेट्दा औपचारिक कुरा बाहेक अरु कुरा गर्न आउँदैन । आफूलाई अली संयमित बनाउँदै भने” बोल्ने टपिक नभेटेर के यस्तो ?” “हा हा हा” ऊ हाँसी मज्जाले उसको ठूलो आवाज निकालेर हाँस्ने बानीले मलाई अप्ठ्यारो महशुस हुन्थ्यो, म सबैतिर हेर्थेँ सबैले हामीलाई हेरेर खिल्ली उडाउँदै छन् कि झैँ लाग्थ्यो । “कफि मगाउँ है ?” मैले सोधें । “उम् हुन्छ” उसले भनी । कफि ल्याई दिए क्याफेका दाइले । हामी बसेको पल्लो टेबलमा एक प्रेम जोडी प्रेम साटासाट गरिरहेथे सायद थिएन तिनलाई कसैले केही भन्ला संकोच । “ल हेर प्रेम होस त यस्तो” मैले त्यो जोडी तर्फ संकेत गर्दै भने । “यस्तो नि प्रेम हुन्छ र ?” उसले निधार खुम्च्याउँदै भनी । “कस्तो हुन्छ त, के हो त प्रेम ?” मैले उल्टै प्रतिप्रश्न गरेँ । “प्रेम” एक छिन रोकिएर उसले भनी, “प्रेम त परिभाषाहिन छ र यसको शक्ति पनि सीमाहिन छ । त्यसैले त मानिसले प्रेमको ठेट परिभाषा बनाउन सकेको छैन त्यसैले त रसियन कथाकार एन्टोन चेकोभले भनेका छन्, ‘लव इज अ ग्रेट मिस्ट्रि’ ।” एकछिन रोकिएर फेरि सुरु भई”अपनत्वको भाव, सामिप्यताको आभास, मजबुत स्नेहको एक भावना प्रतिको लगाव त हो नि प्रेम भनेको । जीवात्मा प्रतिको दयाभाव, माया, करुणा र स्नेह सबैको प्रतिनिधीत्व गर्ने एउटा आत्मिक वा मनोवैज्ञानिक गुण त हो नि प्रेम । प्रेम, जसले कला, साहित्य, ग्रन्थ, गीत, संगीत र दर्शनमा जति ठाउँ पाएको छ, त्यस्तो अरु कुनै कुराले सायदै ठाउँ पाएको छ । इतिहासका क्रुर साशकहरू पनि प्रेमको अघि कायल थिए । सायद सबैभन्दा ज्यादा बयान हुने शब्दनै प्रेम हो । जस्तै बौद्दिक व्यक्तित्त्वहरू पनि प्रेमको वयान गरेर थाक्दैनन् ।” कफि पिइसकेर फेरि भनी “प्रेम र जीवनको त अन्नोन्यास्रित सम्बन्ध छ । प्रेमहिन जीवन बीजबिनाको फल जस्तो अनुर्वर, शब्द बिनाको किताब जस्तो रित्तो, सितलता बिनाको छहारी जस्तो असहज, बास्ना बिनाको फुल जस्तो निरस हुन्छ, बाँच्न लायक हुँदैन ।” ऊ निरन्तर प्रवाहित थिई, म उसका कुरामा यति एकाग्र थिएँ कि, जति मानिसहरू सन्तहरूले दिने प्रवचन लिन भएर सुन्छन्, उसको वाणीको प्रवाहमा म निरन्तर बहँदै थिएँ । ऊ फेरि भन्न थाली” मलाई लाग्छ प्रेम सत्य हो, मानव रुपि जीवनको एक अतभुत् आनन्द, एउटा मिठो भोगाई । तर हेरन आजकल प्रेमको विकृत रुप बिलकुल् शरिर केन्द्रित, पशुको झैँ । भ्रमवश मानिसले यौनलाई प्रेम सम्झेको छ । कुनै एक व्यक्ति प्रति उसको विशेष खुबि, व्यक्तित्त्व र सौन्दर्यताको कारणले उब्जिएको भाव प्रेम होइन, यो त बासना हो, आकर्षण हो । बासना सधैँ बदलिरहन्छ । आज मन परेको व्यक्ति वा बस्तु, भोलि मन नपर्न पनि त सक्छ नि । आज मन परेको व्यक्ति वा बस्तुभन्दा राम्रो व्यक्ति वा बस्तु देख्दा त्यो प्राप्त भैदिए हुन्थ्यो भन्ने चाहना उत्पन्न हुन्छ । त्यो त आसक्तिपना हो । जब आसक्ति पैदा हुन्छ, आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध, क्रोधले अविबेक, अविबेकले स्मृतिभ्रम, स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुन्छ । त्यसैले हेर त मान्छेलाई यही आसक्तिपनाले पछ्याएको छ, यही भएर त यत्तिका मानिस दुःखी छन्, वेदनाले पिल्सिएका छन्, संक्रमित हृदयका रुग्ण मानिसहरू छन्, अपराध र युद्ध छन् ।” यति भनिसकेर ऊ मुसुक्क हाँसी । “वा यति राम्रा कुरा पनि आउँदो रछ त” मैले भने । “हु म, आउँछ त” उसले भनी । घडी हेरेपछि उसले भनी” लौ म त जाने अब, बैनि आकी छे घुम्नलाई भनेर ।” “ओके जाऊ उसो भए” मैले भनें । “ल, म पे गर्छु है आज” उसले भनी । “गर न गर, आखिर आँखा डक्टर न पर्यौ !” मैले हाँस्दै भने । “पख न तिम्लाई अर्को भेटमा जान्या छु । बाई, गएँ” भन्दै ऊ गई । मेरो मोबाईल बज्यो, म झल्याँस्स व्युजिएँ, अर्लाम बज्या रैछ ४:३० को । कति मिठो सपना देखेँछु ! ट्विटर खोलेर “कहिलेकाहीँ यति मिठा सपना देखिन्छ कि फेरि निदाएर त्यही सपना दोहोर्याएर देख्न मन लाग्ने” ट्विट गरेँ । आखिर को थिई त्यो सपनावाली ?

‘‘ऑफ डार्क’’ फिल्मको ट्रेलर सार्वजनिक

मंसिर २५ । भारतमा बोल्ड कन्टेन्टवाली फिल्मलाई यो सर्टिफिकेटको साथमा जारी गरेको हो । तर, केही फिल्म यस्तो छ कि उनलार्य यो सर्टिफिकेटपछि भारतमा रिलिज नगरेको थियो । यसैगरी एक फिल्म छ, ‘फिफ्टी शेड्स अफ ग्रे’ । यस फिल्मको भारतले बैन गरेको थियो । अब यसै फिल्मको दोस्रो पार्ट बनाएको ‘फिफ्टी शेड्स अफ डार्क’ । यस फिल्मका दोस्रो अफिसियल टे«लर जारी भएको दुई दिनमात्रै बितेको छ तर अहिलेसम्म १५ लाख विव्स आइसकेको छ ।