७ ब्रोकर कंपनिको निलम्बन फुकुवापछि शेयर बजारमा सुधार

नियमन शुल्क समयमै नतिरेपछि निलम्बनमा परेका सात ब्रोकर कम्पनीको कारोबार फुकुवा भएपछि कारोबार रकम समेत सोमबारको तुलनामा २० करोडले बढेको छ ।

यसदिन १६१ कम्पनीका १७ लाख ८९ हजार १०४ कित्ता सेयर ७२ करोड ३१ लाख रुपैयाँमा कारोबार भयो ।

नेप्से परिसुचक २.४८ अंकले बढेर १६१४.०५ अंकमा बन्द भएको छ । मंगलबारको बजारमा उत्पादन र फाइनान्स बाहेक अन्य सबै समूहका सूचक बढेका छन् ।

मंगलबार सबैभन्दा बढी हिमालयन पावर पार्टनको चार करोड ७९ लाख बढीको काराबोर भयो । नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्राईम लाइफ इन्सयोरेन्स, स्टाण्डर्ड चार्टर्ड बैंकको पनि २ करोड बढीको सेयर कारोबार भएको छ ।

मंगलबारको बजारमा सबैभन्दा वढि हिमालयन पावर पार्टनर र मिसन डेभलपमेन्ट बैंकका सेयरधनीहरूले ७ प्रतिशत बढीले कमाएका छन् । आइतबारदेखि कारोबार खुलेको हिमालयनको लगातार मूल्य बढीरहेको छ । त्यस्तै हिमालयन डिस्ट्रिलरी, सांग्रीला डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र पुर्णिमा विकास बैंकको सेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ ।

यसदिन जलविद्युत्त समूह सबैभन्दा बढी ११ अंक बढीले बढ्दा उत्पादन समूहमा भने साढे ११ अंकले गिरावट आएको छ । इन्स्योरेन्स समूह ८ अंक र अन्य समूह साढे सात अंकले बढ्दा फाइनान्स समूह झण्डै एक अंकले घटेको छ । मंगलबार समग्र बजार पूँजीकरण १८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

साताको अन्तमा १ अर्ब ४८ करोडको कारोबार, नेप्सेमा सामान्य गिरावट

काठमाडौं । बिहीबार सेयर बजारमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बुधबारको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटी हो । बिहीबार १४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको शेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको ११ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि सामान्य अंकले ओरालो लागेको छ । परिसूचक शून्य दशमलब ६५ अंकले घटेर १५८७ दशमलब ६४ अंकमा झरेको छ । सो दिन बीमा, फाइनान्स, होटल र अन्य समूहको परिसूचक क्रमशः ६९, ८, ५ र २ अंकले उकालो लागेका छन् । त्यस्तै, हाइड्रो, उत्पादमूलक, विकास बैंक र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । यस दिन सिर्जना फाइनान्स, ज्योती विकास बैंक, साहारा विकास बैकका लगानीकर्ताहरु मालामाल भए भने सेती फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, सिन्धु विकास बैकका लगानीकर्ताहरुले धेरै नै गुमाए । यस दिन बैक समूहको ८७ करोड ३५ लाख, होटल समूहको ७२ लाख, विकास बैंक समूहको १७ करोड ६० लाख, हाइड्रोपावर समूहको ४४ लाख, फाइनान्स समूहको १ करोड ८२ लाख, बिमा समूहको ३१ करोड ६४ लाख, उत्पादन समूहको १७ लाख र अन्य समूहको ८५ लाखको कारोबार भएको छ ।

चार महिनापछि नेप्सेमा भारी बृद्धि, १६ सय बिन्दूमा पुग्यो

काठमाडौँ, चैत १५ । चार महिनापछि नेप्सेमा भारी बृद्धि भएर निर्धारित समय अगावै बजार बन्द भएको छ । नेप्सेले १६ सय बिन्दुको उचाईमा पुगेको छ । मंगलबार तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले बढेपछि कारोबार स्थगित गरिएको छ । बजार एकै दिन ७६ अंकले बढेको छ । यसदिन १ सय ४४ कम्पनीको सेयर किनबेच भएर १ अर्ब ३८ करोडको कारोबार भएको छ । बजार खुलेको आधा घण्टा नबित्दै ३ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको बजार १५ मिनेट बन्द भएर खुल्दा केही सम्हालिएको थियो । बजारमा दिनानुदिन सेयर आपुर्ती बढ्दा पनि लगानीकर्ताहरु हौसिएका हुन् । बजार ४ प्रतिशत बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो भने त्यसपछि आधार घण्टा कारोबार बन्द भएर शुरु भएको केही समयमै बजार ५ प्रतिशतले बढेर दिनभरको लागि कारोबार रोक्का भएको हो । साविक चार घण्टा कारोबार हुने गरेकोमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि ३ घण्टामा नै बजार बन्द भएको छ । मंगलबार मात्रै बजारमा ४२ करोड ९४२ लाख कित्ता० भन्दा बढि सेयर थपिएका छन् । बैंक तथा वित्तीय संस्थाले आगामी असारमा नै प्रस्ताव गर्न सकिने बोनस जोडेर चुक्ता पुँजी पुर्याउन सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बजारमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि वाणिज्य बैंक र बीमा कम्पनीहरु रहेका छन् ।

विराटनगरमा कञ्चनजङ्घा सेक्युरिटिजको नयाँ शाखा विस्तार, सेयरको कारोबार सुरु

मोरङ, चैत १४ । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ । प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक कार्यालय स्थापना गरी कारोबार सुरु गरेको अध्यक्ष प्रियराज रेग्मीले बताउनुभयो । पुँजी बजारसँग सम्बन्धित ग्राहकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउनु शाखाको उद्देश्य रहेको उहाँको भनाइ थियो । “पूर्वका लगानीकर्ताले शाखाबाट धितोपत्रको दोस्रो बजारमा सहजै प्रवेश पाउनेछन्,” रेग्मीले भन्नुभयो, “स्थानीय ग्राहकलाई स्थानीयस्तरबाटै सेवा गर्न शाखा विस्तार गरिएको हो ।” त्यस्तै प्रालिले नेपालगन्ज, बुटवल, नारायणगढ, बनेपा र विर्तामोडबाट पनि काराबोर सुरु गरेको जनाएको छ । यसभन्दा पहिले कम्पनीका नौ वटा शाखा उपत्यकाभन्दा बाहिरका सहरमा सञ्चालनमा थिए । आशयपत्र प्राप्त गरिसकेका अन्य व्यवसायीले यहाँ शाखा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने कार्य गरिरहेका छन् । उहाँका अनुसार नेपालमा हाल ५० वटा धितोपत्र ब्रोकर व्यवसायी कार्यरत छन् ।

नेप्से अपडेटः परिसूचक ५४ अंकले उकालो, डेढ अर्व बढीको सेयर कारोबार

काठमाडौं । आइतबार सेयर बजारमा उल्लेख्य वृद्धि भइरहेको छ । कारोबार शुरु भएको करिब तीन घन्टा ३० मिनेटमा मा नेप्से परिसूचक ५४.८१ अंकले बढेर १५४० दशमलब ८५ अंकमा पुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भएको छ । सो अवधिसम्म एक अर्ब ४७ करोड ३२ लाख १६ हजार २०५ रुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । १४२ कम्पनीको ३० लाख ९१ हजार ९१९ कित्ता सेयर किनबेच भइसकेका छन् । कारोबार भएका सात वटै समूहको परिसूचक उकालो चढेका छन् । बीमाको मात्रै २६९ अंकले उकालो लागेको छ भने हाइड्रो समूहको परिसूचक पनि १५२‍‍.०४ अंकले उक्लिसकेको छ । सो अवधिसम्म ४ वटा कम्पनीको बाहेक अन्य कम्पनीको सेयर मूल्यमा वृद्धि भएका छ । कारोबार भएका १८ वटा कम्पनीको मूल्य १० प्रतिशतका दरले बढेर सक्रिट ब्रेक गरेका छन् ।

उकालो चढ्न नसकेको शेयर बजार, के होला भविष्य ?

काठमाडौं, चैत ६ । सूचक १८८१ सम्म पुगेर फर्किएको सेयर बजार यतिबेला १३ सयको वरीपरि घुमिरहेको छ । गत बिहीबार बजार बन्द हुँदा नेप्से १३५७.३४ विन्दुमा रोकियो । पछिल्लो समय सेयर बजारले केही सकारात्मक संकेत देखाएको छ । चैत सुरु भएसँगै बजारमा विस्तारै माहोल बढ्न थालेको अनुभूति हुँदैछ । कात्तिकयता लगातारजसो घटेको बजार चैत लागेसँगै अब विस्तारै बढेको छ । यसलाई सेयरमा देखिएको सिजनल प्रभाव  भनेर सेयर विश्लेषकले विश्लेषण गरेका छन् । यसो भयो भने सेयर बजारमा हरियाली छाउनेछ  चैत सकिएलगत्तै सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउनेक्रम सुरु हुन्छ । तेस्रो त्रैमासको रिपोर्ट अध्ययन गरेपछि कम्पनीहरुले अर्को वर्ष दिन सक्ने लाभांश लगभग अनुमान लगाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासको रिपोर्ट तुलनात्मकरुपमा राम्रो आएको छ । तेस्रो त्रैमासको रिपोर्ट कस्तो आउला भन्ने धेरैलाई चासो छ । पहिलो र दोस्रो जस्तौ तेस्रो त्रैमासको रिपार्टमा पनि कमाई राम्रो देखिएमा निश्चय नै यसले बजारमा निकै सकारात्मक प्रभाव पार्नेछ । यस आधारमा अबको सेयर बजारको भविष्य धेरै हदसम्म तेस्रो त्रैमासको रिपोर्टमा निर्भर रहने देखिन्छ । यसबाहेक बैंकमा लगानी गर्ने रकम पनि विस्तारै सहज हुने आंकलन पनि हुन थालेको छ । वास्तवमै तरलता अभाव सहज हुन थाल्यो भने यसको थप सकारात्मक प्रभाव बजारमा देखिनेछ । पैसा सहज भयो भने ब्याजदर घट्नेछ । ब्याजदर घट्न थाल्यो र बैंकले सेयर कर्जा सहज पार्न थाले भने त्यो पनि सेयर बजारका लागि सुखद् साबित हुनेछ। हामीकहाँ चैतपछि बजेट सक्न धमाधम काम गरेको देखाउने गरिन्छ । काम अनि खर्च देखाएर बजेट निकासा हुनेक्रम अब धमाधम बढ्नेछ । विकास खर्चका लागि छुट्याइएको पैसा बजारमा आउन थाल्दा यसले तरलता सहज गराउन सक्नेछ । यसो भयो भने सेयर बजारमा पक्कै राम्रो प्रभाव पर्छ । सेयर बजार बुलिस गर्न सहयोग पुग्ने अर्को सबैभन्दा महत्वपूर्ण पक्ष चुनाव हो । वास्तवमै तोकिएको मितिमा स्थानीय निकाय निर्वाचन हुन सक्यो भने त्यो पनि सेयर बजारका लागि पक्कै सुखद् साबित हुनेछ । चुनाव भयो भने दुई प्रकारले सेयर बजारलाई राम्रो गर्नेछ । पहिलो, चुनावमा झन्डै १५ अर्ब रुपैयाँ पैसा बजारमा आउनेछ । यो पैसाको ठूलै हिस्सा सेयर बजारमा पनि जानेछ । यसले बजार विस्तार गराउनेछ । अर्को महत्वपूर्ण विषय भनेको चुनाव हुँदा जनमानसमा सकारात्मक छाप पर्नेछ । आर्थिक, राजनीतिक क्षेत्रसहित अन्तर्राष्ट्रिय समुदायमा समेत सकारात्मक सन्देश जाने र लगानी वातावरण बनाउन सहयोग पुग्नेछ । यस आधारमा सेयर बजारका लागि चुनाज ठूलो फड्को मार्ने अस्त्र साबित हुनेछ । यस्तो भयो भने चाहिँ बजारमा पर्नेछ नकारात्मक असर  केही महिनायता बैंक तथा वित्तीय संस्थाले तरलता अभाव र कर्जा–निक्षेप अनुपातले सीमा काट्न लाग्दा थप कर्जा लगानी गर्न सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरुले भनेजस्तै वास्तवमै लगानी खुम्चिएको हो भने त्यसले बैंकको तेस्रो त्रैमासको रिपोर्टमा असर पर्न सक्छ । लगानी खुम्चिन जाँदा तेस्रोमात्र होइन, त्यसपछिको त्रैमासमा समेत असर गर्न सक्छ । यसो भयो भने सेयर बजार प्रभावित हुनेछ । यसैगरी, तरलता अभाव सहज नहुँदासम्म सेयर बजार बुम हुने सम्भावना अत्यन्त कम हुनेछ । तरलता सहज नभएसम्म निक्षेप र कर्जाको ब्याजदर घट्नेछैन । ब्याजदर नघटेसम्म सेयर बजारमा नयाँ तरंग आउन कठिन हुन सक्छ । यसबाहेक कुनै कारण स्थानीय निकाय निर्वाचन भएन वा मिति पर सारियो भने पनि त्यसले सेयर बजारलाई नकारात्मक असर पुर्याउनेछ । बजारमा बढ्दो हकप्रद र बोनस सेयर व्यवस्थापन गर्न बजार निर्मार्तालगायतका संयन्त्र बन्न सकेन भने अवस्था उत्तिसाह्रो सकारात्मक नहुन पनि सक्छ । नेपाली पैसा डटकममा नवराज ढकालकाे अालेख

शेयर बजारमा पुनः गिरावट

काठमाडौं, चैत २ । मंगलबार सेयर बजारमा पुनः गिरावट आएको छ । बजार परिसूचक ओरालो लागे पनि कारोबार परिमाणमा भने सुधार आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले ओरालो लागेर १३ सय ४७ मा आएर थामियो । उत्पादनमूलकबाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहे । होटल समूहमा सबैभन्दा उच्च २७ अंकको गिरावट आएको छ । वाणिज्य बैंक र जलविद्युत् समूह दोहोरो अंकले ओरालो लागे भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ९ लाख ४५ हजार कित्ता सेयर ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रिमियर इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं, फागुन १७ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २०७२–०७३ को मुनाफाबाट दिएको २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरणका लागि हितग्राही खाता खोली शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुलाई शेयर सूचिकरण भएपश्चात हितग्राही खातामा जम्मा गरिने भएको छ । डिम्याट खाता नभएका शेयरधनीहरुको बोनस शेयरको प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयबाट वितरण गर्ने भएको छ ।

आज फेरि घट्यो नेप्से

काठमाडौँ, फागुन ३ । आज फेरि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार विहानैदेखि नेप्से परिसुचक घट्न थालेको नेप्से ४ दशमलब ४२ अंकले घटेको हो । लामो समयपछि हिजो २६ दशमलब ४८ अंकले वृद्धि भएको नेप्से आज पुन ओरालो लागेर १ हजार २ सय ७४ दशमलब ५६ अंकमा झरेको हो । कारोबार भएका ८ कम्पनी समुह मध्ये ६ वटा कम्पनी समुहका उपसुचकमा गिरावट आएको छ । सबैभन्दा बढी बिमा समुहको उपसुचक ९३ दशमलब ९४ अंकले हस आएको स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँले कमी आएको छ । कूल १ सय ३७ कम्पनीको ५ हजार ७७ कारोबारबाट ४० करोड १० लाख ३४ हजार ३० रुपैयाँ बराबरका १० लाख ५ हजार ४ सय ७७ कित्ता शेयर किनबेच भएका छन् ।

एफपीओ निकाल्न स्टान्डर्ड चार्टर्ड बैंकले पायो अनुमति

काठमाडौँ, फागुन ३ । नेपाल धितोपत्र बोर्डले स्टाण्डर्ड चार्टर्ड बैंकलाई थप नयाँ सेयर (एफपीओ) निष्काशनका लागि स्वीकृति दिएको छ । बोर्डले बैंकलाई सोमबार २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशनको स्वीकृति दिएको हो । प्रतिकित्ता एक सय रुपैंयामा ११९० रुपैंया प्रिमियम थप गरी बैंकले १२९० रुपैंयाको दरले एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बैकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशनको स्वीकृति पाएको हो । जसमध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैयाँ थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ । दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक वर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पु¥याएको छ । नयाँ सेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी चार अर्ब मात्र पुग्नेछ भने जगेडा कोषमा सञ्चित हुने प्रिमियमबाट चालु आर्थिक वर्षमा बोनस बितरणबाट उसले पूँजी आठ अर्ब पुर्याउनुपर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा पाँच अर्ब ११ करोड पाँच लाख रूपैयाँ सञ्चित रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ४९ रूपैयाँ ७० पैसा बनाएको छ ।

आज पनि घट्यो नेप्से

काठमाडौं माघ २५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से’ आज पनि घटेको छ । नेप्से परिसुचक कारोबार हुने साताको तेस्रो दिन आज ४ दशमलब २४ अंकले गिरावट आएको हो । आइतबार र सोमबार पनि दोहोरो अंकले घटेको शेयर बजार परिसुचक आज शुन्य दशमलब ३१ प्रतिशतले गिरावट भई १ हजार ३ सय ४४ दशमलब ६ अंकमा पुगेको छ । मंगलबार कूल १ सय ३२ कम्पनीको ३ हजार ६ सय ५९ कारोबारबाट ३१ करोड ९८ लाख ८० हजार ६ सय १ रुपैयाँ बराबरका ११ लाख ८५ हजार ७ सय ६४ कित्ता शेयर किनबेच भएका छन् । कारोबार भएका ७ कम्पनी समुहमध्ये नेपाल टेलिकम आबद्ध अन्य र वित्त समुहको उपसुचक बाहेक अरु सबैले घाटा बेहोरेका छन् । सबैभन्दा बढी होटल समुहको उपसुचक ४१ दशमलब ७ अंकले घटेको छ । यस्तै बिमा समुहको उपसुचक २३ दशमलब ५६, जलबिद्युत समुहको ६ दशमलब २१, बैंकको ५ दशमलब १५ र विकास बैंक समुहको ३ दशमलब २६ अंकले ओरालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेले ल्यायो नयाँ व्यबस्था, १० कित्ता भन्दा कम शेयर किन्न पाइने

काठमाडौं, माघ २३ । अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने भएको छ । आइतबारदेखि १० कित्ता भन्दा कम शेयर पनि किनबेच गर्न सकिने व्यवस्था लागु हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेञ्जका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच गर्न सकिनेछ । यसअघि १० र १० ले गुणा जाने सङ्ख्यामा मात्र शेयर कारोबार गर्न पाइन्थ्यो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि यो समस्या समाधान हुने र लगानीकर्ता थप लाभान्वित हुने नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

दुई हप्तापछि बल्ल बढ्यो नेप्से

काठमाडौं, माघ १८ । सोमबार ६५ अंकभन्दा बढीले घटेको शेयरबजार परिसुचक नेप्से मंगलबार बढेको छ । नेप्से मंगलबार झण्डै १७ अंकले बढेर १३ सय २६ दशमलव ६ विन्दुमा पुगेको हो । नेप्से सोमबार १३ सय ९ दशमलव ७० बिन्दुमा झरेको थियो । वीमा र अन्य बाहेकका सबै समूह उकालो लागेको दिन मंगलबार सवैभन्दा धेरै होटल समूह १ सय ९ दशमलव ७ बिन्दुले बढेको छ । त्यस्तै बैँकिङ २५ दशमलव ७७, उत्पादन १९ दशमलव ८२, जलविद्यूत १३ दशमलव १५, वित्त ९ दशमलव २, विकाश बंैक समूह ३ दशमलव ३२ समूहले बढेको छ । मंगलबार बीमा समूह भने २८ दशमलव ४२ र अन्य समूह शुन्य दशमलव शुन्य ४ विन्दुले घटेको छ । कारोबार रकम भने मंगलबार केही घटेको छ । सोमबार ५३ करोड ६६ लाखभन्दा धेरैको सेयर किनबेच भएकोमा मंगलबार ५२ करोड ८५ लाखभन्दा धेरैको कारोबार भएको छ । मंगलबार सवैभन्दा धेरै गरिमा विकास बैंकको संस्थापक शेयर ३ करोड ६८ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

ऋण काढेरै जलविद्युत्मा सेयर लगानी

सोलुखुम्बु,  माघ १६ । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाउनुभयो । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताउनुभयो । सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिनुभएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि सेयरमा लगानी गर्न आएको बताउनुभयो । निजी क्षेत्रबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको सबैभन्दा ठूलो ८६ मेगावाटको सो आयोजनामा प्रभावित पाँच गाविसका बासिन्दालाई प्रतिकित्ता रु एक सयका दरले कम्तीमा एक सयदेखि बढीमा २०० कित्तासम्म सेयरमा (१० हजारदेखि २० हजारसम्म) लगानी गर्न पाउने गरी माघ १ देखि १४ गतेसम्मको समय दिएर खुल्ला गरिएको थियो । सो समयमा प्रभावित गाविसहरु तिङ्ला, सल्यान, पञ्चन, काँगेल र नेचाबेतघारीका बासिन्दाको उत्साहजनक सहभागिता रहेको हाइड्रो भेन्चर प्रालिका प्रशासन अधिकृत सुरज ढुङ्गेलले जानकारी दिनुभयो । ढुङ्गेलका अनुसार अति प्रभावित पञ्चन गाविसबाट अति विपन्न दुई घर दलितबाहेक सबैले सेयरमा लगानी गरेका छन् । यस्तै अन्य गाविसबाट पनि उत्साहजनक सहभागिता रहेको छ । एनएमबी बैंकको सल्लेरी शाखा र काठमाडौँको हात्तीसारबाट फारम भर्न तोकिएको थियो । सल्लेरीमा मात्र एक हजार ९०० घरधुरीले रु तीन करोड ८० लाखभन्दा बढीको फाराम भरेका अधिकृत ढुङ्गेलले बताउनुभयो । यस्तै काठमाडौँबाट २०० भन्दा बढीले रु दुई करोड बराबरको सेयर फाराम भरेका साहस ऊर्जा लिमिटेडका अध्यक्ष, हेमप्रसाद पाठकले जानकारी दिनुभयो । पहिलोपटक स्थानीयवासीलाई संस्थापक सेयर खुलाएकामा सोचेभन्दा धेरैको उत्साहजनक सहभागिता रहेको पाठकले बताउनुभयो । आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ११ बैंक तथा वित्तीय संस्थाले रु आठ अर्ब ६५ करोड (७३ प्रतिशत) ऋण लगानी सम्झौता भइसकेको पाठकले जानकारी दिनुभयो । आयोजनामा सेयरधनीबाट २७ प्रतिशत अर्थात् रु तीन अर्ब २१ करोड लगानी हुने आयोजनाले जनाएको छ । जसमा ६० प्रतिशत संस्थापक र बाँकी साधारण सेयर वितरण गरिने छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट निर्माण गर्न लागिएको यो मुलुककै सबैभन्दा ठूलो आयोजना हो । रासस

दुई कांग्रेस जुध्दा सेयर बजार अोरालो

काठमाडौ‌ं, माघ १४ ।  धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जमा रहेका दुई काँग्रेसीको झगडाका कारण मुलुकको धितोपत्र बजार नराम्ररी प्रभावित भएको आजको जनआहवान साप्ताहिकमा खवर छ । धितोपत्र बोर्डको आवरणमा डा. रेवतवहादुर कार्कीले ब्यक्तिगत ’इगो’ साँध्न स्पष्टीकरण सोधेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दावी गरेको छ । कार्की काँग्रेस नेता डा रामशरण महतलाई मोटो थैली बुझाएर अध्यक्ष बनेका व्यक्ति हुन् । भने स्टकका महाप्रबन्धक रहेका सिताराम थपलिया पनि डा महतका असली कार्यकर्ता हुन् । दुई साताअघि बोर्डले नेप्सेका अध्यक्ष र महाप्रबन्धकलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टिकरण सोध्ने विषयमा पनि कुरा नमिले पनि हतार हतार स्पष्टिकरण पत्र काटियो र थपलियालाई साइजमा ल्याउने भन्दै कार्कीले युद्धको नै घोषणा गरेको थपलिया पक्षको आरोप छ । दुई वटा साँढे जुध्दा तोरी बारी माडिए जस्तै कार्की र थपलियाको साँढे जुधाईमा सेयर बजार परेको छ । सेयर बजार दैनिक जसो घट्दै गएको छ । बजार घटाउने विभिन्न कारणहरु रहेको भएपनि प्रमुख कारण भने कार्की र थपलियाको साँढे जुधाई नै प्रमुख कारण रहेको जानकारहरु बताउँछन् । कार्की र थपलिया दुवै काँग्रेस नेता डा महतलाई थैली बुझाएर आएका हुन् । उनीहरु दुवै महतका मान्छे समेत हुन् । तर समस्या कहाँ प¥यो भनेर बुझ्दै जाँदा पत्ता लाग्यो कि सेयर दलालसँग थपलियाले मोटो रकम उठाए । डा सावलाई पैसा दिनु पर्छ भन्दै उठाउने भनेको रकम दलालहरुले काँग्रेस पार्टी कार्यालयको खातामा हालिदिए । पार्टी कार्यालयको खातामा रकम गएपछि न त त्यो रकम थपलियाले पाए न त डा महतले नै । कसैले पनि पैसा नपाएपछि भाउन्न भएका डा महतले फेरि दुवै जनालाई बोलाएर जसरी भएपनि पैसा उठाउन निर्देशन दिए । डा महतको अगाडि हस हजुर भन्दै उठेका कार्की र थपलियाकै कारण यस अघिको पैसा नपाएको भन्दै पैसा उठाउने कि नउठाउने भन्नेमा विलखबन्दमा परे । पैसा उठाउन बोर्डले सहयोग गर्नुपर्ने थपलियाको सर्त थियो । तर कार्कीले उठेको पैसाको ४० प्रतिशत आफूलाई दिनुपर्ने शर्त थपलियालाई तेस्र्याए । बाँकी रहने ६० प्रतिशतमा २० प्रतिशत थपलियाले राख्ने र बाँकी रहने ४० प्रतिशत मात्रै डा महतलाई उपलब्ध गराउने भित्री सहमति भयो । सेयर दलालहरु अधिकाशं काँग्रेस निकटका छन् । थपलिया र कार्कीले उनीहरुलाई होटल हिमालयमा विशेष बैठक भन्दै बोलाए । आफूलाई नियुक्त गर्ने मन्त्रीको आशय समेत उनीहरुले संयुक्त रुपमा राखे । तालुकदार मन्त्रालयमा माओवादी केन्द्रका महासचिव भइसकेका कृष्णबहादुर महरा अर्थमन्त्री छन् । भोलि उनले थाहा पाए के उत्तर दिने भन्ने बारेमा समेत होटलमा राम्रै बहस भयो । थाहा पाए उनलाई समेत जानकारी गराउने सहमति भयो । सोही सहमति बमोजिम कार्की र थपलियासहित सेयर दलालहरु समेत उठे । पैसा पनि राम्रै उठ्यो । स्रोतका अनुसार लगानीकर्तालाई एकाध दिन मात्रै मार्दा पनि सेयर दलालले करिब ४० करोड रकम उठाए । पैसा देखेपछि महादेवको पनि तीन नत्रे भने जस्तै थपलियाले कार्कीलाई दिनु उचित ठानेनन् । काम मैले गर्ने उनलाई किन दिने भन्ने प्रसंग निकाल्दै थपलियाले लौ हजुर पैसा धेरै उठाउन सकिएन, मन्त्रीले थाहा पाए भने हामीलाई समेत अप्ठ्यारोमा पार्लान भन्दै डा महतको जी हजुरी गर्न थपलिया डा महतको निवास पुगे । उनले उठेको मध्य न्यून रकम मात्रै डा महतलाई बुझाए अरु रकम आफैले पच पारे । स्रोत भन्छ कार्की र थपलियाको विवादको प्रमुख कारण नै सोही सेयर दलालबाट उठेको पैसा रहेको बताइन्छ । पैसाको विषयमा कुरा नमिलेपछि बोर्डले थपलियालाई स्पष्टिकरण पत्र काट्यो । बोर्डले सोधेको प्रश्नमा नेप्सेले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको पत्र पठाएको छ । पत्रको बोधार्थ अर्थमन्त्रालयलाई पनि दिइएको छ । नेप्सेले पत्रकार सम्मेलन गरी बोर्डको अवरोधका कारण पूँजी बजार विकासका योजनाहरु अगाडि बढाउन नसकिएको जनाएको छ । सार्वजनिक रुपमा बोर्डको बिरुद्ध अनर्गल प्रचारवाजी गरिएको भन्दै बोर्डले नेप्सेसँग स्पष्टीकरण सोधेको बताएको छ । बोर्डको स्पष्टीकरणमा नेप्सेले स्पष्टीकरण सोध्ने अधिकार बोर्डसँग नभएको उल्लेख गरेको छ । बोर्डले नेप्सेका अध्यक्ष रामजी रेग्मी र महाप्रबन्धक सीताराम थपलियासँग स्पष्टीकरण सोधेको थियो । सात दिनभित्र जवाफ दिन बोर्डले भनेपनि नेप्सेले दुई साता बितेपछि चेतावनीयुक्त जवाफ पठाएको छ । स्पष्टिकरणको दोहारी पनि असाध्यै रमाइलो छ । त्यसो त स्टकका अध्यक्ष रामजी रेग्मी पनि काँग्रेसी कार्यकर्ता नै हुन् ।

आजपनि पनि बढ्यो नेप्से

काठमाडौं, पुस १७ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार पनि बढेको छ । अंग्रेजी नयाँ वर्षको सुरुको दिन नेप्से २२ दशमलब ५५ अंकले बढेको हो । नेप्से बढेपछि सेयर लगानीकर्ताहरु हर्षित बनेका छन् । २२.३४ अङ्कले बढेर परिसूचक १४६५.७२ अङ्कमा पुगेको छ । यो दिन समग्रमा बजार १.५५ प्रतिशतले बढेको छ । १३४ कम्पनीको १३ लाख सात हजार ६५ कित्ता सेयर ५७ करोड ३३ लाख ५० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजार बसेपनि सेयर कित्ता र कारोाबर भएका कम्पनीको आधारलाई हेर्ने हो भने कारोबार रकम बढन सकेको छैन । आइतबार वित्त र उत्पादन तथा प्रशोधन बाहेकका समूहको परिसूचकमा सुधार भएको छ । होटेल समूहको परिसूचक ३५.६४, वाणिज्य बैङ्क समूह २९।३४, बिमा समूहको २७।६७, जलविद्यूत समूहको २६.१ र अन्य समूहको परिसू्चक ७।५२ अङ्कले उकालो लागेका छन् । आइतबार टेलिकमको नौ करोड ४२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ८५ लाख, एभरेस्ट बैंककको दुई करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।