पादरीहरुले नै गर्नथाले बालयौन शोषण

माघ २४ । अष्ट्रेलियामा धर्मका पुजारी पादरीहरुले नै बालयौन शोषण गर्ने गरेको खुलासा भएको छ । सन् १९५० देखि २०१० यसबारे अध्ययन गरिएको र यो दोस्रो पटक गरिएको अध्ययनअनुसार अष्ट्रेलियाका झण्डै ४० प्रतिशत चर्चहरुमा बाल यौनशोषण हुने गरेको छ ।

बाल यौनशोषणसँग जोडिएका मामिला हेर्ने रायल कमिशनमा १९८० देखि २०१५ सम्ममा झण्डै ४५ सय मानिसहरुले यौनशोषणको मुद्धा दायर गरिका थिए ।

यस रायल कमिशन अष्ट्रेलियाको धार्मिक तथा गैरधार्मिक स्थानहरुमा हुने गरेको यौन शोषणको बारेमा जाँच तथा अनुसन्धान गर्नेसंस्थाको सबैभन्दा उच्च स्थानमा रहेको छ ।

यस संस्थामै आवद्ध सिड्नीमा गेल फरनेस वलिकका अनुसार यौन शोषणका पीडितहरु धेरैले न्याय पाएका छैनन् । गेलका अनुसार बच्चालाई उपेक्षा गरियो, उनीहरुलाई सजाय पनि दिइयो, आपको जाँच भएन, पादरी तथा धार्मिक गुरुहरु सजिलै उम्किन सफल भए । ती चर्चाहरुका बारेमा पादरीहरुको केही थाहा हुन सकेन ।
गेलले भने, ‘१९८० देखि २०१५ सम्ममा अष्ट्रेलियाका १००० कै कैथोलिक इंस्टीट्यूशनमा ४००० बच्चाहरु यौन पीडित भए ।’

बलात्कृत ती वालिकाहरुको औषत आयु १०.५ वर्ष रह्यो । त्यही बालकहरुका लागि ११.६ वर्ष रह्यो । तर उनीहरुका विषयमा उजुरी फैसला हुन भने ३३ वर्ष लाग्यो ।

जब अष्ट्रेलियामा रॉयल कमीशनको २०१३ सालमा स्थापना भयाे, स्कुल, स्पोर्ट्स क्लब तथा धार्मिक संस्थाहरुमा हुने यौन उत्पीडनका बारेमा जाँच तथा अनुसन्धान थालेकाे छ ।

ओछ्यान मात्रै तताएर लाखौं कमाउँछिन् यी युवती

मास्को, म्याक्सिम गोर्की जीवित भएको भए सम्भवतः यी युवतीका बारेमा आफ्ना कृतिमा कतै न कतै उल्लेख गर्थे होलान् । कारण हो, यी युवतीको अनौठो पेशा । रुसकी २१ वर्षीय भिक्टोरिया इभाचोयाको पेशाका बारेमा अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा चलेको छ । त्यसो त उनको पेशा नै अचम्मको छ– अर्काको ओछ्यान तताउने ? तर अश्लील अर्थमा चाहिँ होइन नि । हामीकहाँ ‘ओछ्याउन तताउने’ भन्दो सेक्स गर्ने भन्ने बुझ्छन अधिकांशले । तर भिक्टोरियाले भने यौन पेशा गर्दिनन् । बरु उनले अत्यधिक चिसो हुने रुसमा चिसोको मौसममा ओछ्यान तताउने काम गर्छिन् । उनी एकघण्टा ओछ्यानमा पल्टेर तातो बनाउने गरेको बताउँछिन् । उनी एक घण्टा सुतेपछि ओछ्यान तातो हुने र महिनाको डेढलाख रुपैयाँ पाउने समाचारमा उल्लेख छ । प्रायजसोः एकल पुरुषहरुको ओछ्यान उनले तताउँछिन् । कहिलेकाहिँ महिलाहरुले अर्डर गरे उनीहरुको ओछ्यानमा समेत एक घण्टा पल्टिएर तताइदिने उनले बताइन । अचम्म त के छ भने यति मंहगो सेवाका लागि समेत उनलाई भ्याइ नभ्याई भएको छ । सम्भवतः उनी संसारकै पहिलो व्यवसायिक बडी वार्मर हुन । अर्काको ओछ्यानमा पल्टिँदा कसैले सेक्स गर्न खोजे नि ? यसका लागि पनि भिक्टोरिया धधध।भखभचभकतमबष्लष्प।अयm तयार छिन् । उनले जहिले पनि आफूसँग एउटा पेनिक बटन राख्ने गर्छिन् । केही अप्ठ्यारो परे या कुनै युवकले यौन हिंसा गर्न खोजे उनले तत्काले त्यो बटन थिच्छिन् र क्षणभरमैं आइपुग्छन उनको सेक्युरिटी टिम । उनले यो व्यवसायका लागि एउटा पुस्तकबाट प्रेरणा लिएको बताइन । तपाई यो समाचार एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । पुस्तकमा एकजना पात्र हुन्छन् कवि, उनले आफ्नी महिला टाइपिष्टलाई ओछ्यान तताएवापत अतिरिक्त पैसा दिन्छन् । यसबाट उनले यो नयाँ व्यवसाय गर्ने सोचेको बताइन ।

कुनै बेला यी युवती देखेर टाढा भाग्थे केटाहरु, अहिले पछि परेर हैरान

न्यूयोर्क । समय समयको कुरा हो । कुनै बेला यी युवती देखेर टाढा भाग्थे नौजवान केटाहरु । तर आज त्यही केटीसँग एकपटक बोल्न समेत तछाडमछाड चल्छ युवाहरुको । अमेरिकाको टेक्सास राज्यमा बस्ने २३ वर्षीय सवाना आर्टिज आजभोली आफ्नो शरीरका कारण निकै चर्चित बनेकी छिन् । कुनै बेला मोटी भनेर हेपिइने सवाना अहिले भने आफ्नो पर्फेक्ट शरीरका कारण आकर्षणको केन्द्र बनेकी छिन् । पत्याउन गारो पर्छ, कुनै समय उनको तौल १ सय १० किलोसम्म पुगेको थियो । सानैदेखि खानेकुराकी शौकिन सबानाले जंक फुड र कुकिज बढी खाने गर्थिन । यसले उनी मोटोपनाको शिकार बनिन । स्कूलका साथीहरु त सवानालाई कुकिज मोनस्टर भनेर जिस्क्याउने गर्थे । तर एउटा घटनाले भने उनको पुरै जीवन परिवर्तन भयो । सवाना भन्छिन्– त्यो घटनापछि मेरो संसार नै बदलियो । हिजो मोटी भनेर जिस्क्याउनेहरु नै आज पछि पर्न थाले । सवाना १८ वर्षकी छँदा उनकी आमालाई मधुमेह भएपछि खुट्टा काट्नु परेको सवाना बताउँछिन् । यो घटनापछि सवानाले आफ्नो बानी परिवर्तन गर्ने कसम खाइन । त्यसपछि उनले जंक फुड खान छोडिन भने शारीरिक व्यायाममा पनि जोड दिइन । यसरी केही समयमा नै उनको तौल ३७ किलो कम भयो । र, उनी बनिन् आकर्षक फिटनेस गर्ल । राज्यमा बस्ने २३ वर्षीय सवाना आर्टिज आजभोली आफ्नो शरीरका कारण निकै चर्चित बनेकी छिन् । कुनै बेला मोटी भनेर हेपिइने सवाना अहिले भने आफ्नो पर्फेक्ट शरीरका कारण आकर्षणको केन्द्र बनेकी छिन् । पत्याउन गारो पर्छ, कुनै समय उनको तौल १ सय १० किलोसम्म पुगेको थियो । सानैदेखि खानेकुराकी शौकिन सबानाले जंक फुड र कुकिज बढी खाने गर्थिन । यसले उनी मोटोपनाको शिकार बनिन । स्कूलका साथीहरु त सवानालाई कुकिज मोनस्टर भनेर जिस्क्याउने गर्थे । तर एउटा घटनाले भने उनको पुरै जीवन परिवर्तन भयो । सवाना भन्छिन्– त्यो घटनापछि मेरो संसार नै बदलियो । हिजो मोटी भनेर जिस्क्याउनेहरु नै आज पछि पर्न थाले । सवाना १८ वर्षकी छँदा उनकी आमालाई मधुमेह भएपछि खुट्टा काट्नु परेको सवाना बताउँछिन् । यो घटनापछि सवानाले आफ्नो बानी परिवर्तन गर्ने कसम खाइन । त्यसपछि उनले जंक फुड खान छोडिन भने शारीरिक व्यायाममा पनि जोड दिइन । यसरी केही समयमा नै उनको तौल ३७ किलो कम भयो । र, उनी बनिन् आकर्षक फिटनेस गर्ल ।

यी हुन डेबिट कार्डबाट भिख माग्ने संसारकै एक्लो भिखारी

न्यूयोर्क, एजेन्सी । भिखारी भन्ने बित्तिकै सडक छेउ या घरटोलमा मागेर हिँड्ने मानिसको प्रतिबिम्ब आँखा अगाडि आउँछ होला । तर संसारमा एकजना यस्ता भिखारी पनि छन् जसले क्रेडिट काडबाट भिख माग्ने गर्छन । अमेरिकाको डेट्रोइट निवासी ४२ वर्षीय हेगनस्टान विगत कैयन् वर्षदेखि यसरी भिख मागिरहेका छन् । कतिपय अवस्थामा मानिसहरुले “खुला पैसा छैन” भन्दै टार्ने गरेपछि यी भिखारीले क्रेडिट कार्ड मेसिनबाट भिख माग्न शुरु गरेको बताएका छन् । यदि कसैले खुला पैसा छैन भनेपछि यिनले तत्कालै कार्ड रिड गर्ने मेशिन देखाइहाल्छन् । डेट्रोइटले रेड लाइट बलेको बेला गाडीहरुमा भिख माग्ने छगर्दछन् । उनीसँग भएको मेसिनले भिजा, मास्टर अमेरिकन कार्ड एक्सेप्ट गर्दछ । यति मात्रै हैन, उनले लिंक्डइनमा आफ्नो प्रोफाइल पनि बनाएका छन् । भिख माग्दा उनीसँग एउटा बोर्ड सधैं सँगै हुन्छ । यो बोर्डमा लेखिएको हुन्छ– होटलको आवश्यकता छ, शेल्टर सबै भरिइसके ।

एकपटक सुते ६ महिनापछि मात्रै उठ्छिन यी युवती

काठमाडौं, रामायणको कुम्भकर्ण पात्रका बारेमा त सुन्नु भएको होला, एकपटक सुते ६ महिनापछि मात्रै जाग्ने गर्थे रे उनी । एक्काइशौं शताब्दीमा पनि यस्ता मान्छे छन् भन्दा पत्याउन गारो पर्छ । तर एकजना यस्तै महिलाका बारेमा अहिले मिडियामा चर्चा चलेको छ । बेलायत निासी यी महिलालाई मानिसहरु स्लिपिङ ब्यूटी भनेर पनि बोलाउँछन । बेलायतको स्टकपोर्ट बस्ने १६ वर्षीय बेथ गुडियर एकपटक सुते ६ महिनासम्म उठदिनन् । २२ घण्टा पुरै सुतेपछि २ घण्टाका लागि उठेर स्वास्थ्य राम्रो बनाउन केही खाने गरेको उनकी आमा बताउँछिन् । बेथलाई एकपट ब्रेन ट्युमर भएपछि अस्पताल भर्ना भएकी थिइन । तर त्यहाँ गरिएका सबै जाँचमा उनीमा कुनै समस्या भने देखिएन । कुरा गर्दा निकै थाक्ने भएकोले उनलाई ह्विल चेयरको आवश्यकता पर्ने आमाले बताइन ।

मानिस र सुँगुरको वीर्यबाट नयाँ प्रजाति बनाईने, भ्रूण बनाउन सफल

मानिस र सुँगुरको शुक्राणुको समिश्रबाट भ्रुण बनाउन वैज्ञानिकहरू सफल भएका छन् । मानिसको ० दशमलव ००१ प्रतिशत भन्दा कम र बाँकी सुँगुरको शुक्राणु प्रयोग गरी वैज्ञानिकले भ्रुण बनाएर अध्ययन सुरु गरेका हुन् । मानिस र जनावरको शुक्राणुको समायोजनबाट बेग्लै प्रजाति बनाउन सकिने परम्परागत मान्यताको परीक्षणका लागि अनुसन्धान सुरु गरेको वैज्ञानिकले बताएका छन् ।  यो प्रक्रिया निकै चुनौतिपूर्ण रहेको द जर्नल सेलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मानिसको स्टीम सेललाई सुँगुरको भ्रुणमा प्रयोग गरिएको छ । यसलाई २८ हप्तासम्म विकास हुन दिइएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । भ्रुणमा रहेको मानिसको स्टीम सेलले काम गर्न थालेको उनीहरुले बताएका छन् । ठूलो जनावरभित्र मानव सेल विकास भएको यो पहिलो घटना रहेको वैज्ञानिकको भनाई छ ।

यी महिलालाई देख्ने बित्तिकै पछाडि दौडिन्छन् सर्प, टोकिसके ५ पटक

बैतडी, सर्पका बारेमा अनेकन् किंवदन्ती सुनिन्छन् । तर नेपालको सीमावर्ती जिल्ला बैतडीसँग जोडिएको भारतको पौडीमा बस्ने एकजना महिलाको जीवनमा भने सर्पले निकै समस्या निम्त्याएको छ । अचम्म के छ भने यी महिलालाई देख्ने बित्तिकै सर्प पछि पर्ने गर्छन् । गाउँमा सर्प रिसाएकी महिला भनेर चिनिन्छन् संगीता नाम गरेकी यी महिला । आजसम्म संगीतालाई ५ पटक सर्पले टोकिसकेका छन् । समयमा नै उपचार पाएको कारण उनको जीवन त जोगियो तर त्रासले भने छोडेको छैन । संगीतालाई सर्पले किन यसो गर्छन् त भन्ने जवाफमा गाउँलेहरुले भने एउटा घटना सुनाउँछन् । एकदिन उनको परिवारले गोठमा पसेको सर्पलाई मारेपछि सर्पहरुले पछ्याउन छोडेपछि उनीहरु बताउँछन् । गाउँलेहरुले सर्पको त्रासबाट छुटकारा पाउन गाउँमा नै शिव मन्दिर समेत बनाएका छन् । तर सर्पहरुले भने संगीतालाई पछ्याउन छोडेका छैनन् ।

यस्तो छ हेलिप्याड ल्याण्ड हुने कार !

एजेन्सी । लिमोजिन संसारको सबैभन्दा महंगो कारमध्येमा पर्छ । यो कार निकै लामो हुन्छ र यसको डिजाइन उत्कृष्ट होटलको कोठाभन्दा कम हुँदैन । यो कार द अमेरीकन ड्रिम संसारको सबैभन्दा लामो लिमोजिन हो । यसलाई अमेरीकाको प्रशिद्ध डिजाइनर जय ओहवर्गले पुनसृजना गरेका हुन् । यो कार करीब १०० मिटर लामो छ र यसमा २६ वटा टायर छ । यसमा हेलिप्याड छ । जहाँ हेलिकप्टर ल्याण्ड हुन सक्छ । यसको भित्र स्वीमिङ पुल र किंग साइज पलङ पनि छ । यस कारको मुल्य करीब ४३ करोड  रुपैया बताइएको छ । के हो लिमोजिन लिमोजिन कुनै करा ब्राण्ड होइन । यो कार अर्डर गरेपछि मात्र बनाइन्छ । यसलाई प्रयोगकर्ताको माग अनुसार बनाइन्छ । यो कारको मुख्य विषेशता भनेको ब्रांडको हिसावले नभइ सुविधाको हिसावले यसलाई पुन डिजाइन गरिन्छ । यसमा कार चलाउने व्यत्ति र बस्ने व्यक्ति एउटै कारमा भएपनि छुट्टै छुट्टै हुन्छन्।

यौन चाहना अनुसार पारदर्शी हुँदै जाने अनौठो कपडा (भिडियो सहित)

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला । तर अव मुटुको धड्कनसंगै कपडा पारदर्शी हुँदै जाने प्रविधिको विकाश भएको छ । मानिसको यौनइच्छा र चाहना अनुरुप कपडाले आफ्नो रुप बदल्दै पारदर्शी हुँदै जाने यो प्रविधिलाई स्टुडियो राजगार्देले बनाएका हुन् । यो डिजाइनर ड्रेस इन्टिमेसी २.० नामको एक फेसन प्रोजेक्टले तयार पारेको हो । यो कम्पनी चीन र नेदरल्याण्डको लागि फेसन र आर्टको क्षेत्रमा काम गर्छ । यो ड्रेसमा प्रविधि र मानिसको अंतरंगतालाई बुझ्न सक्ने गरि समायोजन गरिएको छ । परिस्थिति अनुसार पारदर्शी हुँदै जाने यो ड्रेसमा इलेक्ट्रोनिकवायर र एलईडी लगाइएको हुन्छ । जसलाई लगाएर हिंडदा खास परिस्थितिमा उत्पन्न हुने यौन उत्तेजना हुँदा आफैँ कपडा पारदर्शी हुँदै जान्छ ।जव यो ड्रेस लगाउने व्यक्ति अर्को व्यक्तिको नजिक जान्छ र उसको धड्कन बढ्न थाल्छ तव यो ड्रेस पारदर्शी बन्दै जान्छ । यो ड्रेस अहिले जम्मा दुइ मोडलमा उतारिएको छ । इंटिमेसी ह्वाइट र इंटीमेसी ब्ल्याक गरि दुइ रंगमा यो ड्रेस अहिले उपलब्ध छ । कम्पनीले यो ड्रेस कुनै खास पार्टी वा समारोहमा जाँदा लगाउन उपयुक्त हुने बताएको छ । हेर्नुस भिडीयो

“केटा भएर बाँच्दा घीन लाग्यो, त्यसैले केटी बनेँ”

माघ १० । केटा भएर जन्मिइन उनी तर समयक्रमसँगै केटाका पुरुषाङ्ग असहज हुन थाल्यो उनलाई । “आफू केटा भएर जन्मिएको कुरामा घीन लाग्ने गथ्र्यो, यसरी कति दिन बाँच्नु भन्ठानेर सबै कुरा चेन्ज गरेँ र अहिले केटीको रुपमा खुशी छु” अमेरिकाको पेन्सिलभेनियाकी २४ वर्षीय ग्वेन भन्छिन् । ग्वेनले २२ वर्षको उमेरमा हर्मोन थेरापी गरिन, अरु उपचार पनि चलाइन् र अन्ततः बनिन महिला । ‘रेडडिट’ नामक वेबसाइटमा दुई हजार बढीले उनलाई कैयन् प्रश्न सोधेका छन्– महिलादेखि पुरुष बन्ने उनको यो यात्राका बारेमा । जिज्ञासाहरुको उत्तर दिँदै ग्वेनले आफ्नो कथा अगाडि बढाइन । ग्वेन भन्छिन, “धेरै मानिसलाई ट्रान्स–सेक्सुअल हुनु भनेको के हो भन्ने थाहा छैन । अरुलाई अप्ठ्यारो लाग्ला भनेर कसैले सोध्दैनन् पनि” यही कुरा देखेर आफूले यसबारेमा सम्पूर्ण जानकारी दिन खोजेको उनले बताईन् । विविसी मिडियाले ग्वेनलाई ५ वटा प्रश्न सोधेको थियो । तपाइको मनमा महिला बन्ने चाहना कहिलेदेखि आयो ? पाँच वर्षको छँदा महिला भएको सपना देखेको ग्वेन बताउँछिन् । “म औधी खुशी भएँ । तर यो सपना अनौठो थियो । म बच्चा थिएँ र मलाई सबैले बच्चाजस्तै व्यवहार गर्थे पनि । मेरो सपना पुरा हुने अवस्था थिएन । एक मनले त आत्महत्या गरुँ भन्ने लाग्यो । मरेको भए पक्कैपनि अर्को जुनीमा केटी जस्तै देखिन्थे होलाँ भन्ने सोचेँ” उनले भनिन् । के मानिसहरु तपाईसँग पनि अरुसँग जस्तै व्यवहार गर्छन् ? मैले आफ्नो शरीरलाई महिलाजस्तो बनाएपनि मलाई लाग्थ्यो, म पुरुष हुँ । त्यसो त मानिसहरुको व्यवहार मित्रवत नै थियो । तर पनि उनीहरु मसँग भित्रैदेखि जोडिन सकेका थिएनन् । एकपटक एकजना महिलासँग ठोक्किन पुग्दा उनले समेत असहज अनुभूति गरिन । तर मेरा महिला मित्रहरुलाई भने मेरो अहिलेको स्वरुपसँग कुनै गुनासो छैन । तपाईको केटी साथीसँग कस्तो व्यवहार हुन्छ ? मेरो एकजना केटी साथी पनि छिन् । मेरो शरीरमा भएको परिवर्तनलाई लिएर उनले कहिल्यै अप्ठ्यारो अनुभूति गरिनन् । अहिले म उनीसँग सेक्सको झनै आनन्द लिइरहेकी छु । अहिले पनि मैले आफ्नो पुरुष अङ्गको प्रयोग गर्न सक्छु तर यसको प्रयोग नगर्ने कोशिस भने गरिरहन्छु । यदि म र मेरो केटीसाथी सँगै बस्यौं र बच्चा चाह्यौ भने के होला भन्ने प्रश्न मेरो मनमा पनि उठ्छ । अहिले त म यही रुपमा बस्छु तर बच्चा पाएपछि सर्जरी गरेर महिला अंगहरु हटाउँछु कि ? तपाईले हार्मोन थेरापी लिनुभएपछि त्यसले कस्तो किसिमको फरकपन ल्याइदियो ? हर्माेनको प्रयोगपछि उनको शरीरिक स्वरुपमा निकै परिवर्तन आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हर्मोनोका कारण कपाल बढ्यो, शरीरमा बोसोको जमात अलग तरिकाले हुन थाल्यो । छातीमा बोसोका डल्लाहरु हुन थाले । अनि मांशपेसी तथा हड्डीको बनावट पनि फरक किसिमको भयो । कम्मरपछाडीको हड्डी पनि बढ्न थाल्यो । मेरो उचाई पनि केही कम भयो ।’ उनले थपिन्, जब परिवर्तनको समय थियो त्यो समयमा मलाई केही अप्ठ्यारो महशुस हुन्थ्यो । तर अहिले म पुरै परिवर्तन भैसके । म पूर्ण रुपमा महिला भइसके । त्यसैले मानिसहरु मसँग कस्तो व्यवहार गर्ने भन्नेबारे भने एकछिन सोच्छन् । तपाई साच्चै नै केटी मान्छे हो भन्ने तपाईलाई कहिले लाग्यो ? उनी भन्छिन्, ‘एक समय जब म रेलमा कही जाँदै थिए, कोही केटा मतिर आकर्षित भइरहेको थियो । म एकछिन त स्तभ्द नै भए । मलाई अचम्म लाग्यो, मनमा खुसी पनि लाग्यो, मलाई अपरिचितले महिला सम्झियो भनेर । अनि म आत्तिए । असहज महशुस भयो ।’ तपाईको घर परिवार तथा नातेदलारहरुलाई आफ्नो बारेमा बताउँदा उनीहरुको प्रतिक्रिया कस्तो रह्यो ? एक जना काकाले मसँग कुरा गर्न नै छोड्नुभयो । अरु नातेदारहरुले भने मलाई स्वीकार गरेका छन् । आमालाई भने मेरो धेरै नयाँ कुराको बारेमा बुझ्नु पर्छ । तर अब हामी एक अर्काको नजिक छौं । मलाई लाग्छ अब हाम्रो सम्बन्धमा वास्तविकता छ ।

यस्तो पनि: ७९ पाउण्डको खाना, १ हजार पाउण्ड टिप्स !

पोर्टा डाउन, उत्तरी आयरल्याण्डको एउटा रेष्टुरेण्टमा एक जना ग्राहकले दिएको टिप्स यतिखेर अन्तर्राष्ट्रिय मिडियामा चर्चित बनेको छ । पोर्टा डाउनमा रहेको भारतीय रेष्टुरेण्टमा खाना खाएपछि खुशी भएका एकजना ग्राहकले होटलका शेफ शब्बीर सत्तारलाई बोलाएर एक हजार पाउण्ड टिप्स दिएका थिए । अचम्म त के छ भने ग्राहकको आफ्नो बिल भने जम्मा ७९ पाउण्ड मात्रै थियो । गत मंगलबार ती ग्राहकले शब्बीरलाई बोलाएर खानाको प्रशंसा गर्दै शानदार खानाका लागि सर्भिस फिस दिएको बताए । रेष्टुरेण्टका मालिका लुना एकुसले रेष्टुरेण्टकै इतिहासमा यति सम्मान पहिलोपटक पाएको जनाएका छन् । उनले पाइएको टिप्स होटलमा काम गर्ने सबैमा दामासाहीले बाँडिने बताए ।

सपनाको नम्बरले जितायो २६ करोडको लट्री

क्यानडाकी एक महिलाले आफ्नो सपनाको आधारमा २६ करोडको लट्री जितेकी छिन् । विगत ४० वर्षदेखि यस लट्रीमा सामेल हुँदै आएकी ती महिलालाई यस पटक भने उनले देखेको सपनाको आधारमा चुनिएको नम्बरले करोडपति बनाएको हो । नोवा स्कॉटियाकी ओलगा बेनोले ४९ लाख डॉलर अर्थात झण्डै २६ करोड रुपैयाँ लट्री जितेकी बीबीसी न्युजले जनाएकाे छ । ओलगाले लट्री जित्नका लागि सन् १९८९ को मेमा उनलाई सपनामा १ नम्बर देखिन र त्यो नम्बरले जित्ने संकेत पनि पाइन् । त्यहाँदेखि हरेक वर्ष उनले उक्त नम्बरमा नै उनले आफ्नो भाग्य दाउमा लगाउने गर्दैथिन् । अन्ततः ४० वर्षपछि उनले सो नम्बरबाट २६ करोड जित्न सफल भएकी हुन् । ओलगा क्यान्सरबाट पीडित छिन् । उनले जितेको उक्त रकमले उनलाई उपचारका लागि निकै राहत मिल्ने बताएकी छिन् । त्यस्तै उपचारका लागि घरसमेत विक्री गर्नुपरेकोमा उनले अब आलिसान घर खरिद्ने समेत खुलासा गरेकी छिन् ।

एकैपटक ५ स्वस्थ्य शिशु जन्माइन यी महिलाले

काठमाडौं, तपाईले जुम्ल्याहा या तिम्ल्याहा सन्तानको बारेमा त सुन्नुभएको होला । तर एकैपटक पाँचजना बच्चा जन्माएको कुरा सुन्दा पत्यार लाग्ला त ? लाग्दैन नि । तर हालैमात्र एकजना महिलाले एरिजोनाको अस्पतालमा एकैपटक पाँचवटा स्वस्थ्य शिशु जन्माएको समाचारले हामी सबैलाई चकित पार्छ नै । प्रकाशित समाचार अनुसार, डिसेम्बर ४ का दिन सेन्ट जोसेफ एण्ड मेडिकल सेन्टरमा मार्गरेट र माइकल बौडिनेटको घरमा यी पाँच बच्चा जन्मेका हुन । त्यो पनि १७ मिनेटको फरकमा । नवजात शिशुमध्ये ४ छोरी र एउटा छोरा छन् । उनीहरुले शिशुको नाम एभा, क्लो, क्यामिली, इजाबेल र ल्यूक राखेका छन् । तर यो यात्रा त्यति सहज भने थिएन । यसअघि मार्गरेटको दुईपटक मिसक्यारेज भएको थियो । त्यसपछि उनीहरुले फर्टिलिटीको सहारा लिए । यो प्रविधि सफल त भयो तर सोनोग्राफी गर्दा मार्गरेटको पेटमा चारवटा मुटु चलिरहेको कुरा नर्सले जानकारी दिइन । पछि पेटमा ५ शिशु भएको थाहा भयो । पाँचवटा बच्चा पेटमा रहेको सुन्दा आत्तिएको बताउँछिन मार्गरेट । आफूले दुई या ती बच्चासम्म जन्माउन सक्ने मानसिकता बनाउन सक्ने भएपनि पाँच बच्चा जन्माउने कुरा सोचेको पनि थिएन । तर दम्पत्तिले चिकित्सकहरुको पूर्ण रेखेदेखमा यी बच्चा जन्माए । दम्पत्ति भन्छन्– अब पुग्यो, यति धेरै बच्चा छन् । हामी धेरै खुशी छौं ।