एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल

एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल सुरु हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । 

छलफलका लागि नौवटा समूह बनाइएको छ । समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको हो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको समूह बनाइएको छ ।  

आज बिहान १० बजेबाट समूहगत नियमित छलफल हुनेछ । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ । 

छलफलमा आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ । 

मंगलबारबाट सुरु बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका थिए । 

०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले राखेका थिए । 

पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेका थिए । 

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गरिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो ३ बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो। सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ। बैठकले प्रहरी नायव महानिरिक्षक उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

यस्ता छन् मन्त्रिपरिषद्का प्रमुख निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक भर्खरै सम्पन्न भएको छ । आज सिंहदरबारमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। संवत् २०८१ वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १. प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र  भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने । २. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने । ३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने । ४. भाषा आयोगको रिक्त सदस्य पदमा  सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

जसपा स्थिरताको कारक बन्छ : अध्यक्ष राई

काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो पार्टी स्थिरताको कारक बन्ने बताएका छन्।काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सरकारलाई अस्थिरतातर्फ लैजान नहुने बताए। अध्यक्ष राईले गैरकानूनी ढंगले नवगठित जसपा दर्ता भएको भन्ने लागेमा अदालत जाने बाटो सबैलाई खुला रहेको बताए।सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नताले जसपा नेपाल विभाजन भएको उनको धारणा थियो । ‘मुलुक अस्थिरताको सिकार बनेको छ। त्यो अवस्था रहनु हुँदैन, हामी त्यसैकारण अस्थिरताको कारक बन्दैनौं भनेका छौं,’ उनले भने।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएको आरोप लगाए ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठक अपरान्ह ४ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  अध्यक्षतामा बसेको हो । आजको बैठक नियमित हो।बैठकमा भोलिदेखि संचालन हुने संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम र नयाँ दललाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ ।  

लोकप्रिय