बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो

बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो

बझाङ । बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।एमाले उम्मेदवार दमनबहादुर भण्डारीले १५ सय ९२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ९९९ मत पाएका हुन् ।

यहाँ कांग्रेसका अभिषेक बहादुर सिंहले ९५५ मत पाउँदै तेस्रो स्थानमा धकेलिएका छन्।छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मत गनिसकिएको छ। पछिल्लो पटक वडा नम्बर ६ को मतगणना सकिँदा माओवादी उम्मेदवार बुढालाई अरुभन्दा दोब्बर मत झरेको हो । त्यहीकारण उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

बझाङमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ताजा अवस्थामा ५७२ मत ल्याएका छन् ।बझाङमा सबै दलहरू एक्ला एक्लै चुनावी मैदानमा थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन ।

बझाङ अपडेट 
दमन भण्डारी (एमाले)-१५९२
जनक बुढा (माओवादी केन्द्र)-९९९
अभिषेक सिंह (कांग्रेस)-९५५
दिलबहादुर सिंह (एकीकृत समाजवादी)-५७२

जसपाका मन्त्रीले लिए शपथ

काठमाडौँ । जनता समाजवादी पार्टी -जसपा_बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । 

माधव नेपालको प्रतिवेदन : विभिन्न दलबारे धारणा सार्वजनिक, यस्तो छ पूर्णपाठ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  राजनीतिक प्रतिवेदन पार्टीको पोलिटब्युरो बैठकमा छलफलका लागि पेस  गरेका छन् । सोमबारदेखि सुरु पार्टीको पोलिटब्युरो बैठकमा नेपालको प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ ।  प्रतिवेदनमा नेपालले सांसदभित्रका विभिन्न  राजनीतिक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट  पारिएको छ । उनले तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष समेत निकालेका छन्।  यस्तै प्रतिवेदनमा एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गीकार गरेको बताइएको छ। एमालेले कम्युनिस्ट पार्टी विधि पद्धतिमा चल्नुपर्छ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्छ भन्ने मान्यतासमेत परित्याग गरेको नेपालको प्रतिवेदनमा भनिएको छ। नेकपा एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि नभएर एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुन्डमा परिणत भएको नेपालको प्रतिवेदनमा उल्लेख छ। नेपालको प्रतिवेदन २२ शीर्षकमा समेटिएको छ। यहाँ एमालेबाट आफूहरूले गरेको विद्रोह सफल भएको समेत बताइएको छ।क्रियाशील राजनीतिक दलहरूका बारेमा  पनि  विभिन्न कुराहरू प्रस्तुत गरेका छन् । उनले नेकपा माओवादीलाई सैद्धान्तिक अन्योलमा फसेको बताएका छन्।  यस्तै रवि लामिछाने नेतृत्वको रास्वपालाई संविधान गणतन्त्र र संघीयताको विरोधी पार्टी भएको बताएका छन् ।उनले वर्तमान सरकारलाई तत्कालीन राजनीति परिस्थितिको उपज भएको बताएका छन् । उनले कुनै पनि दलको एकल सरकार नबनेको अवस्थामा   गठबन्धन सरकारको विकल्प नभएको बताएका छन् । यस्तो छ पूर्णपाठ

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए । सांसद यादवले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाए। उनले सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको जानकारी दिए। उनले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनी समेत दिए। ‘‘सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात् राष्ट्रिय राजनीतिमा जुन घटनाहरू भइरहेका छन्, त्यहाँ नैतिक रूपले बसिरहन मिलेन। हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ। एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ। तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो। नैतिक रूपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौँ।,’’ सांसद यादवले भने, ‘‘१२ को सङ्ख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रूपमा पनि बसिरहन उचित लागेन। सरकारले गैरजिम्मेवारी काम गर्‍यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ।आन्तरिक शक्ति सञ्चय पहिला गर्नेछौँ।आन्तरिक किचलो छ, विभाजनले गर्दा।’’ सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताए।

अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुँदै, यी हुन् मन्त्री बन्ने सांसद

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । जसपाले तीनजनालाई सरकारमा पठाउने तयारी गरेको हो । पार्टीका महासचिव मोहमद इस्तियाक राईका अनुसार सांसदहरू प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई सरकारमा पठाउन लागिएको हो ।  यादव स्वास्थ्यमन्त्री बन्ने तय भएको छ । झाको मन्त्रालय टुंगिएको छैन । खान भने राज्यमन्त्री बन्ने जनाइएको छ । उनीहरूको शपथ आज साँझै हुने महासचिव राईले बताए ।  जसपाबाट नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन् । जनता समाजवादी पार्टी नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा दिएका छन् । जसपा नेपाल सरकारबाट बाहिरिएपछि जसपाको मन्त्री थपिन लागेका हुन् ।

लोकप्रिय