एभरेष्ट दैनिक

५९ औँ विद्यार्थी दिवस : प्रचण्ड, माधव र विप्लव सहितका नेताले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं । ५९ औँ विद्यार्थी दिवसको अवसरमा पाँच विद्यार्थी संगठनले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने भएका छन् । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्ने भएका हुन् । विद्यार्थी संगठनले सोमवार राष्ट्रिय नाचघरमा  “विद्यार्थी दिवस र अबको बाटो “ विषयक कार्यक्रम आयोजना गर्न लागेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन् । विद्यार्थीहरुमा एकताको सन्देश दिन आफुहरुले संयुक्त कार्यक्रम गर्न लागेका छौँ पराजुलीले भने, पार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ।