शनि विश्वकर्माले जिते नेपाल लोक स्टारको उपाधि, प्राप्त गरे ५० लाख

काठमाडौंः आइएमई नेपाल लोक स्टारको उपाधि शनि विश्वकर्माले जितेका छन् । जितसँगै उनले ५० लाख पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पार्न सफल भएका छन् ।

यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा हात पाए ।

विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरे ।

यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भएका छन् ।

फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रम एपिवान टेलिभिजनबाट प्रशारण भएकाे थियाे ।

पहिलो नेपाल लोक स्टारमा मुख्य निर्णयकमा जयनन्द लामा, राजमजी खाँण, बिबि अनुरागी र सुनिता दुलाल रहेका थिए ।

नेपाल लोक स्टारको अडिसन धनगढीमा फागुन १६, सुर्खेतमा फागुन २२, बुटवलमा फागुन २८, पोखरामा चैत्र ४, काठमाडौंमा चैत २२ र विराटनगरमा चैत्र ११ गते अडिसन भएको थियो ।

यो रियालिटी ‘शो’ चाहना मिडिया प्रा.लिले आयोजना गरेको हो ।

मेलिना र बिकुको आवाजमा ‘लिङ्गे पिङ’ बजारमा (भिडियोसहित)

काठमाडौंः एकपछि अर्को उत्कृष्ट गीत बजारमा ल्याइरहेकी लोकप्रिय गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएकाे छ । उनी र बिकु क्षेत्रीको आवाजमा रहेको ‘लिङ्गे पिङ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक आज सार्वजनिक गरिएको हो । उनीहरुको यो गीतमा राजनराज सिवाकोटीको संगीत, नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । यस्तै गीतको भिडियोमा नेपाल आइडल रवि ओड, रञ्जित पौडेल, दीपा दामानाको मोडलिङ, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको कलर–सम्पादन रहेको छ । भिडियोलाई राजेन्द्र कटालले कोरियोग्राफी र सुरेन्द्र बासेलले निर्देशन गरेका हुन् ।

मिसेस नेपाल- २०१९ बनिन् महेन्द्रनगरकी भाविषा कोइराला चटौत

मिसेस नेपाल इन्टरनेसनल- २०१९ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले जितेकी छिन् । रिबन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको प्रतियोगितामा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरलाई क्राउन र स्यास पहिर्‍याएका थिए। सोही अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिद्वारा सम्मानित गरिएको हाे । समारोहमा प्रतियोगिता पाँचौं वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सीताराम पोखरेल र मिस नेपालका आयोजक गोपालसुन्दर लाल कक्षपतिलाई रिबन अनर अवार्डबाट सम्मानित गरिएको थियो। विभिन्न पेसामा आबद्ध ३० विवाहित महिलाबीच सम्पन्न प्रतियोगितामा विजयी भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाइकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छन्। भाविषा र रंगीनाले उपाधि जितेबापत सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनरअप, स्नेहा राउत थापा सेकेन्ड रनरअप र बेस्ट पर्सनालिटी, शवनम खरेल थर्ड रनर्सअप र बेस्ट र्‍याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाइस, कुश्मादेवी खाँड मल्ल मोस्ट पपुलर र मस्ट फ्रेन्डली तथा आश्मा तामाङ पब्लिक च्वाइस र मोस्ट गर्जियस भएका छन्। अश्विनी झाको कोरियोग्राफी तथा निशुकान्त झाको निर्देशनमा भएको समारोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए।

चर्चामा स्मिता, फेरि ल्याइन् यस्ताे गीत (भिडियोसहित)

काठमाडौंः ‘मायालु तिमी कता छौ’को सफलतापछि गायिका स्मिता दाहालले नयाँ गीत ‘कल्लाई थाछैन’ बोलको नयाँ गीत ल्याएकी छन् । अर्जुन पोखरेलको संगीत तथा यादव लम्सालले लेखेको गीतलाई सोमबार सार्वजनिक गरिएको छ । स्मिता र हिमाल सागरको स्वर रहेको भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरेको अभिनय देख्न पाइन्छ । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् । यसअघि दाहालको ‘मायालु तिमी कता छौ’ गीत एक करोडभन्दा बढी पटक हेरिएको छ ।

स्मिता दाहालको ‘मायालु तिमी कता छौ’लाई एक करोड भ्युज

काठमाडौंः गायिका स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’ले एक करोड भ्युज कटाएको छ । ६ अगस्टमा युट्युबमा राखिएको स्मिताको यो गीतले शुक्रबार एक करोड भ्युज कटाएको हो । शुक्रबार साँझसम्म ‘मायालु तिमी कता छौं’लाई एक करोड ११ हजार बढीपटक हेरिएको छ । आफ्नो गीतलाई करोड बढी भ्युज भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत गायिका दाहालले सबैलाई धन्यवाद दिएकी छिन् । ‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर छ। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिङ गरेका हुन्। भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । राजु पेन्टरद्वारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन्। विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रेतीको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन्।

नेपाल आइडल रवि ओड कुवेत प्रस्थान

काठमाडौंः नेपाल आइडल सिजन–२ का विजेता रवि ओड कुवेत प्रस्थान गरेका छन् । त्यहाँ आयोजना हुने ‘सांगीतिक धमाका’ मा भाग लिनका लागि रवि त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीसँगै लोकदेउडा गायक चक्र बम पनि कुवेत गएका छन् । सामाजिक सञ्जाल फेसबुकमा रविले लेखेका छन्, ‘ कुवेमा हुन गइरहेको सांगीतिक धमाकामा त्यहाँ बस्नुहुने सबै नैपाली दिदिबहिनीमा हार्दिक निमन्त्रणा ।’ कार्यक्रम २० सेप्टेम्बर १२ बजे ब्याज् स्काउट एसोसियन हल हवालीमा हुने जनाइएको छ । आइडल घोषित पछि रवि देश तथा विदेशमा हुने कार्यक्रममा निकै व्यस्त छन् । साथै, उनले एकपछि अर्को गीत बजारमा ल्याइरहेका छन् । केही दिनअघि मात्रै रविले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका छन् । यो गीतमा रविको आवाज, लिरिक्स–संगीत अर्जुन पौडेल, एरेन्ज लहाङ सुब्बाको रहेको छ । यस्तै वर्षा रावत, रञ्जित पौडेल र रवि ओडले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियोलाई बुद्ध थापाले छायांकन, बिकास धमालाले सम्पादन, सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई निकेश खड्काले निर्देशन र सगुन, सौगात पौडेलले उत्पादन गरेका हुन् । निकै व्यस्त रहेका रविले नेपाल आइडलपछि ‘च्याप्प समाउँदै’, ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’, ‘उजाड यो’ लगायत गीत बजारमा ल्याइसकेका छन् । साथै ती गीतहरुले दर्शक–स्रोताको मन जित्न सफल भइरहेका छन् ।

नेपाल आइडल रवि ओडले ल्याए ‘पिएर नशा’ (भिडियोसहित)

काठमाडौंः  एकपछि अर्को उत्कृष्ट गीत बजारमा ल्याइरहेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले अर्को नयाँ कोसेली ल्याएका छन् । उनले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका हुन् । यो गीतमा रविको आवाज, लिरिक्स–संगीत अर्जुन पौडेल, एरेन्ज लहाङ सुब्बाको रहेको छ । यस्तै वर्षा रावत, रञ्जित पौडेल र रवि ओडले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियोलाई बुद्ध थापाले छायांकन, बिकास धमालाले सम्पादन, सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई निकेश खड्काले निर्देशन र सगुन, सौगात पौडेलले उत्पादन गरेका हुन् । निकै व्यस्त रहेका रविले नेपाल आइडलपछि ‘च्याप्प समाउँदै’, ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’, ‘उजाड यो’ लगायत गीत बजारमा ल्याइसकेका छन् । साथै ती गीतहरुले दर्शक–स्रोताको मन जित्न सफल भइरहेका छन् ।

नागिनकी यी नायिकाले गरिन् नग्न योग, तस्वीर भाइरल हुँदै

एजेन्सीः सानो पर्दाकी चर्चित नायिका हुन् आशका गोडरिया । हालै मात्र उनले सार्वजनिक गरेका केही तस्वीरले अहिले उनी भाइरल बनेकी छिन् । नागिन सिरियलमा खेलेपछि चर्चित भएकी हुन् आशका । तर अहिले भने समुन्द्र किनारमा उनले खिचेका तस्वीर व्यापक चर्चाको विषय बनेका छन् । आशका बेलाबखत चर्चामा आइरहन्छिन् । बिहेपछि पोल डान्स गरेर उनी चर्चामा आएकी थिइन् । समुन्द्रको किनारमा लिइएका यी तस्वीरमा आशकाले माथिल्लो कुनै पनि बस्त्र लगाएकी छैनन । आशकाले आफ्नो क्यारिअरको शुरुआत २००२ मा “अचानक ३७ साल बाद” नामक सिरियलबाट गरेकी थिइन । यसपछि उनले सुपरहीट सिरियल कुसुम, गैट सेट गो, सिन्दुर तेरे नामका, विरुद्ध र नागिनमा खेलिसकेकी छिन् । उनी बिस बोस, खतरोंका खेलाडी र नच बलिए जस्ता रियालिटी शोमा पनि देखिएका थिइन । दुई वर्ष अघि उनको बिहे ब्रेट गोबले सँग भएको थियो । ब्रेट गोबले सर्टिफाइड योगा प्रशिक्षक हुन् ।

‘सक्किगोनि’को प्रोमो सार्वजनिक, हेर्नुस् यस्तो छ

काठमाडौंः हास्य टेलिचलचित्र ‘भद्रगोल’को प्रोमो सार्वजनिक भएको छ । ‘सक्किगोनि’ असोज २ गतेबाट हरेक बिहीबार नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । ‘भद्रगोल’बाट छुट्टिएको टिमले ‘सक्किगोनि’ निकालेको हो । जसलाई ‘भद्रगोल’बाट चर्चा कमाएका कुमार कट्टेल ‘जिग्रि’ र अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेका छन् ।

रानुका बारेमा कुरा गर्दा रुन थाले हिमेश, यसरी दिए लतालाई जवाफ

मुम्बई । हिमेश रेशमियाको फिल्म ‘हैप्पी हार्डी एण्ड हीर” को गीत ‘तेरी मेरी कहानी’ रिलिज भएको छ । शुरुआतदेखि नै यो गीत निकै लोकपिैय हुँदै आएको छ । यसको कारण हो सोशल मिडिया स्टार रानु मण्डल । अवस्था यतिसम्म भयो कि यो गीत लन्चको बेला एकपटक त हिमेश साँच्चिकै रुन समेत थालेका थिए । लन्चिङ कार्यक्रममा रानु मण्डल, हिमेश रेशमिया र उनकी श्रीमती सोनियका कपूर उपस्थित थिए । मिडियासँग हिमेशले गीत, चलचित्र र रानु मण्डलका बारेमा कुरा गरिरहेका थिए । तर कुराकानीकै क्रममा हिमेश यति भावुक भए कि रुन थाले । भावुक हुँदै रुन थालेका हिमेशलाई उनकी श्रीमती सोनियाले आँसु पुछेर सान्त्वना दिइन । अहिले यो तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ । लता मंगेशकरले रानुका बारेमा नकारात्मक टिप्पणी गरेपछि यसको जवाफ रेशमले कार्यक्रममार्फत दिएका हुन । रानुको प्रतिभा लताको गीतको लय चोरी गरेर मात्रै नभएको उनले बताए ।

दिनेश ठकुल्लाको निर्देशन रहेको ‘खोले सिस्नु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः मोडल दिनेश ठकुल्लाको निर्देशन रहेको ‘खोले सिस्नु’ बोलको गीत सार्वजनिक भएको छ । गाउँ शहरको परिवेशलाई समेट्दै तयार पारिएको केमेडी ‘खोले सिस्नु’ गीत हाईलाइट्स नेपालको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो । फुर्बा शेर्पा र ल्हामु शेर्पाको स्वर रहेको गीतमा लय शब्द भागवती खड्काको रहेको छ । गीतको भिडियोमा यादब देवकोटा (सरापे), सुसिमा निरैला( बिम्ली), मेनुका थापा, संगीत छेत्रीले अभिनय गरेका छन् ।

हास्य कलाकार पाँडेका दुःख, सक्कली पहिचान नै संकटमा पर्ने चिन्ता

काठमाडौंः  लोकप्रिय हास्य कलाकार पाँडे उमेरले ३३ वर्षका भए। तर उनले निभाउने क्यारेक्टर ७० वर्ष आसपासको छ। भद्रगोलमार्फत दर्शकमाझ चिनिएका उनको वास्तविक पहिचान पाँडे पनि हैन, अर्जुन घिमिरे हो। तर, उनलाई अर्जुन भनेर कमैले चिन्छन्। यस्ता पात्र धेरै छन्, नेपाली हास्य क्षेत्रमा। अधिकांश आफ्नो बास्तविक पहिचानभन्दा सिरियलकै क्यारेक्टरको भरमा चल्न बाध्य छन्। अर्जुन घिमिरेले जिरे खुर्सानी, तितो सत्य लगायतका सिरियलमा सक्कली गेटअपमै अभिनय गरे। तर उनको कुनै पहिचान बन्न सकेन। दर्शकले पनि बास्तै गरेनन्। सिरियलको गेटअपमा त सबैले चिन्छन्, तर सामान्य दैनिकीमा जब बास्तविक स्वरुपमा हुन्छन्, गुमनाम नै देखिएका छन्। टेलिसिरियलमा देखिने नक्कली क्यारेक्टर हावी हुँदा केही कलाकारको सक्कली पहिचानै संकटमा परेको छ। उनीहरु आफ्नै स्वरुपमा फर्कने प्रयासमा छन्, तर सकेका छैनन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

हट नायिका सनी लियाेनी बिहीबार काठमाडौं आउँदै

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी बिहीबार नेपाल आउन लागेको जानकारी दिए । निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमियरका लागि उनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछिन् । प्रिमियरका लागि ७ः३० बजे कुमारी हल पुग्ने सन्नीले मिडिया साक्षात्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने कार्यक्रम रहेको बस्नेतको भनाइ छ । शनिबार भारत फर्किने तालिका सहित नेपाल आउन लागेकी सन्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् । सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ । ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

‘भद्रगोल’बाट छुट्टिएपछि ‘सक्किगोनि’ ल्याउँदै पाँडे–जिग्री

काठमाडौंः ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलकारहरूले ‘सक्किगोनि’ ल्याउने भएका छन् । उनीहरुलाई ‘सक्किगोनि’ मार्फत पुनःटेलिभिजनको पर्दामा दर्शकले हेर्न पाउनेछन् । ‘सक्किगोनि’ नेपाल टेलिभिजनमा असोज २ गतेदेखि प्रत्येक बिहीवार प्रसारण हुनेछ ।

प्रभास अभिनित ‘साहो’ले १० दिनमा कति कमायो?

काठमाडौंः  बलिउड अभिनेता प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ ले १० दिनमा करिब ४ अरब कमाइ गरेको छ । ३० अगस्टमा रिलिज भएको उक्त चलचित्र अझै हलमा जारी रहेको र अझै प्रदर्शन गर्न सकिने अनुमान गरिएको छ । यो फिल्मले विश्वव्यापी र दक्षिण भारतमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी, महेश मांजरेकर, अरुण विजय र मुरली शर्माको पनि भूमिका रहेको छ । चलचित्रले दर्शकहरुबाट धेरै प्रशंसा कमाइरहेको छ । फिल्मले पाँच अर्बको आकडा पार गर्ने आशा राखिएको जनाइएको छ ।

सधै हँसाउने मनोज गजुरेलले सबैलाई रुवाए, प्रचण्डदेखि सबैका रसाए आँखा (भिडियो)

काठमाडौं : कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन सिस्नुपानी नेपालले काठमाडौंमा आयोजना गरेको थियो, एक विशेष कार्यक्रम । उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले ‘बा’शिर्षकमा कविता सुनाए । सधै हँसाउने गजुरेल त्यो दिन निकै भावनात्मक रुपमा प्रस्तुत हुँदै कविता सुनाउनतर्फ लागे । ‘बा’शिर्षकमा निकै भावनात्मक रुपमा कविता सुनाउँदै जाँदा सबैका आँखा रसाए । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड, नेकपाकै नेता नारायणकाजी श्रेष्ठलगायत विभिन्न क्षेत्रका मानिस सहभागी थिए । गजुरेलले कवितात्मक शैलीमा कवितामा ‘बा’ बारे वर्णन गरिरहदा सहभागी प्रचण्ड, श्रेष्ठलगायत सबैका आँखा रसाए । माहौल सुनसान बन्यो । भिडियोमा हेर्नुुस्, गजुरेलले प्रस्तुत गरेको ‘बा’ शिर्षककोे कविता र कार्यक्रमको माहौल :