ब्राजिलका डाक्टरहरूल गरे चमत्कार; वर्ष दिन अघि मरिसकेकी महिलाको पाठेघरबाट जन्मियो स्वस्थ शिशु

ब्राजिलका डाक्टरहरूल गरे चमत्कार; वर्ष दिन अघि मरिसकेकी महिलाको पाठेघरबाट जन्मियो स्वस्थ शिशु

चिकित्सा क्षेत्रले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी उपलब्धि हासिल गरेको छ । हाल मात्रै एउटी मृत महिलाको पाठेघर प्रत्यारोपण गरेकी अर्की महिलाले कुशलता पूर्वक एउटा बच्चा जन्माएकी छिन् ।

यसलाई चिकित्सा क्षेत्रकै महान उपलब्धिको रूपमा लिइएको छ । तर यस उपलब्धिबारे खुलासा भने निकै पछि गरिएको छ । हालै गरिएको एक अध्ययन अनुसार ब्राजिलको साओ पाउलोमा सेप्टेम्बर २०१६ मा ३२ वर्षीय एक महिलामा ४५ वर्षीय मृत महिलाको पाठेघर प्रत्यारोपित गरिएको थियो ।

‘द लासेंट’ भन्ने संस्थाको अध्ययनबाट यस कुराको खुलासा भएको हो । जस अनुसार प्रत्यारोपण गरिएकी ती महिलाले डिसेम्बर २०१७ मा बच्चा जन्माएकी थिइन् ।

यस सफलताले पाठेघरको समस्याले बाँझोपनको समस्या झेलिरहेका महिलाहरूलाई ठुलो सफलता मिल्ने आकलन गरिएको छ । उनीहरूलाई कुनै जीवित पाठेघरदाताको आवश्यकता नरहने जनाइएको छ ।

साओ पाउलोको एउटा अस्पतालमा २०१६ को नोभेम्बर महिनामा  १० घण्टा लगाएर गरिएको शल्यक्रियामा उक्त प्रत्यारोपण सफल भएको थियो । यस प्रत्यारोपणमा दानकर्ताको पाठेघर लगायत यससँग सम्बद्ध नसा, रक्तनली साथै शरीरको तल्लो भागका सबै अवयवहरूमा जोडिएको थियो ।

साओ पाउलो विश्वविद्यालयका डाक्टर र प्रसिद्ध लेखक डेनी एजेनबर्गले यसबारे बोल्दै भनेका छन्, “मृत दानकर्ताहरूका अङ्गहरू प्रत्यारोपण गर्ने प्रविधि विकास हुनु भनेको बढी भन्दा बढी व्यक्तिहरूको पहुँच उपचारसम्म पुऱ्याउनु हो ।”

यसरी उपचार गरिएकी महिलालाई एमआरकेएच सिंड्रोम भन्ने समस्या रहेको थियो । यस समस्याबाट ग्रसित महिलाहरूमा पाठेघर पूर्ण रूपले विकसित भएको हुँदैन । चिकित्सकीय तथ्यांक अनुसार प्रत्येक ४ हजार ५ सय महिलामा एक जनामा यस्तो समस्या देखा पर्ने गर्दछ ।

पाठेघर दान गर्ने महिलाको भने स्ट्रोकका कारण मृत्यु भएको जनाइएको छ ।

उनको प्रतिरोधात्मक क्षमताले प्रत्यारोपित अङ्गलाई हानि नपुऱ्याओस् भनेर प्रत्यारोपण पछि ती महिलालाई रोग प्रतिरोधक क्षमता कमजोर बनाउने औषधि दिइएको थियो ।

पाँच महिना पछि प्रत्यारोपित पाठेघरलाई शरीरले स्वीकार नगरेको कुनै संकेत मिलेन र उनको महिनावारी नियमित हुन थाल्यो ।

प्रत्यारोपणको सात महिना पछि उक्त पाठेघर भित्र निशेचित अण्ड राखिएको थियो । जसको १० दिन पछि डाक्टरहरूले ती महिला गर्भवती भएको घोषणा गरेका थिए ।

अध्ययनले जनाए अनुसार यसरी गर्भाधान गरिएको ३५ हप्ता ३ दिनमा सिजेरियन विधिबाट ती महिलाले अढाई किलोग्राम तौल भएकी बालिका जन्माएकी थिइन् । सिजेरियनको क्रममा प्रत्यारोपित गर्भ झिकिएको थियो र त्यसमा कुनै पनि प्रकारको अनियमितता देखिको थिएन ।

२२ वर्षकी युवतीले अस्पतालबाट चोरिन २६ दिनको शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको बच्चालाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन्। ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर बच्चा लगेर फरार भएको प्रहरी जनाएको छ। उनको खोजि कार्यजारी राखेको प्रहरीले जनाएको छ। 

४०, ५० रुपैयाँमा जीउ बेच्न बाध्य छन् यी किशोरीहरु

सुन्दा पनि अचम्म लाग्ने याे खबर, च-रम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो शरीर बेच्न बाध्य भइरहेछन् । यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । याे राेचक खबर दक्षिणी अफ्रिकाका कैयौं क्षेत्रमा भएकाे र हुदैँ गएकाे छ । यहाँका च रम भोक-मरीबाट पी डित छन् । रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ – भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा दे ह व्या पार गरिरहेका छन् । दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोक-मरीको सम स्या झे लिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झे ल्नु परिरहेको छ । वर्ल्ड भिजन ले आफ्ना स्टाफले नै अंगो ला र जिम्बाब्बेमा दे ह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ सं कटका कारण बाल विवाहको ख तरा पनि बढिरहेको छ ।

९० वर्षीय हजुरबाले गरे गर्लफ्रेण्डसँग बिहे

काठमाडौं । हिन्दी चलचित्रको एउटा चर्चित गीत छ– ना उम्र की सीमा हो, ना जनम का हो बन्धन…। बेलायतको एउटा वयोवृद्ध जोेडीले हालै गरेको निर्णय ठ्याक्कै यही गीतसँग मिल्न पुगेको छ । ९० वर्षका पुगे बेन्टन । डाँडामाथिको घाम भनेझैं कतिखेर हो संसार छोड्ने भन्ने अवस्थामा पुगेका छन् उनी । तर गत हप्ता भने उनले एउटा निर्णय गरे । ३७ वर्षदेखि सम्बन्धमा रहँदै आएकी जोने ओरिस नामक महिलासँग उनले बिहे गरे । अचम्म त के छ भने उनर्की प्रेमिका उनीभन्दा झनै जेठी छिन् । डेलिमेलका अनुसार, गत हप्ता बेलायतको समरसेटमा रहेको घर गएर ९० वर्षीय बेनेट र ९२ वर्षीय जोने ओरिसले बिहे गरे । जोने ओरिसका दुई बच्चा छन् भने ६ नातीनातिना छन् । अझ उनका दुई त पनाती नै छन् । उनले लामो समयदेखि बेनेटको प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन । जोने ओरिसको पहिलो विवाह भने सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि अर्को बिहे गरेपनि उनका ४२ वर्षअघि श्रीमानको मृत्यु भयो । यसपटक भने उनीहरुले प्रेम सम्बन्धलाई औपचारिक रुप दिने निर्णय गरे । को कतिखेर मर्ने हो के थाहा, त्यसअघि पति पत्नीको दर्जा पाउनु राम्रो सोचेर बिहे गरेको उनीहरुले बताए ।

अजब प्रेमको गजब कथाः प्रेमिकाले बिहे गर्न नमानेपछि केटी बन्न खोजे यी युवक, परिवारले बीचमै‌ रोक्दा न केटा न केटी

नयाँ दिल्ली । प्रेममा पागल भएकाहरुले के सम्म गर्दैनन् । यस्तै अनौठो प्रेमको चर्चा अहिले दिल्लीमा भाइरल बनेको छ । ३२ वर्षीय युवक, कार्यालयमा सँगै काम गर्ने एकजना महिलासँग प्रेम हुन्छ । महिला विवाहित, श्रीमान भने दुईवर्ष अघि कोरोनाका कारण निधन भएका । युवक र ती महिलाबीच सामान्य सम्बन्ध भएपनि महिलाले बिहे नै गर्न भने मानिन् । घरमा एउटा छोरी समेत भएकी ती महिलाले उक्त युवकसँग बिहे गर्न नसकिने र बिहेको जस्तो सम्बन्ध कायम गर्न नसक्ने बताएपछि युवक तनावमा पुगे । एउटा मल्टी नेशनल कम्पनीमा काम गर्ने युवकले अन्तमा निकै ठूलो निर्णय गरे । युवतीले विवाहित भइसकेकोले अन्य पुरुषसँग प्रेम या यौनसम्बन्ध कायम गर्न भने नसकिने बताएपछि उनले आफूपनि महिला नै बन्ने निर्णय गरे । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार, ती युवकका बुवाआमाले छोरामा एकाएक परिवर्तन आएको देखे । युवतीको जस्तो व्यवहार गर्ने, झर्किने र एक्लै रुने लक्षण छोरामा देखिएपछि उनीहरु मनोचिकित्सकहाँ पुगे । कुरा बुझ्दै जाँदा युवकले लिंग परिवर्तन गर्ने हर्मोनको सेवन गर्न थालेका रहेछन् । भोपालकी परामर्शकर्ता सरिता राजानीले युवकलाई बोलाएर कुरा गरेपछि बल्ल उनले महिला बन्नका लागि हर्मोनको सेवन गरिरहेको बताए । परामर्शका बेला युवकले बताए अनुसार, ६ महिना अघि सँगै काम गर्ने ती महिलासँग साथी हुँदै प्रेमसम्बन्ध भएको थियो । तर बिवाहको प्रस्ताव गर्दा भने ती महिलाले उनको श्रीमानले निकै माया र हेरचाह गर्ने गरेको र अन्य पुरुषलाइ श्रीमानको रुपमा हेर्न नसक्ने बताएकी थिइन । त्यसपछि युवकले आफू पनि महिला नै बनेर उनीसँग बस्न चाहने निर्णय गरेका रहेछन् । त्यसपछि परामर्शकर्ता राजानीले ती महिलालाई समेत सँगै राखेर परामर्श गरिन । र, हर्मोन थेरापी बन्द गर्ने सुझाव दिइन । तर यसले समस्या के भयो भने ती युवकभित्र पुरुष र महिला दुबै हर्मोनको विकास भयो । उनी न पुरै पुरुष नै रहेका छन् न पूर्ण महिला बन्न सकेका छन् ।

लोकप्रिय